बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गहुँको बिउ कसरी छनोट गर्ने ?

शुक्रबार, माघ ५ २०८०
35 views
गहुँको बिउ कसरी छनोट गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

गहुँ धान तथा मकै पछिको तेश्रो ठूलो खाद्यान्न बाली हो । नेपालमा ७ लाख ६ हजार हेक्टर क्षेत्रफलमा १९ लाख ४९ हजार मे.टन गहुँको उत्पादन हुने गर्दछ । साथै गहुँको उत्पादकत्व २.७५ मे.टन/हे. रहेको छ । आवश्यक कृषि सामाग्रीहरूमध्ये गुणस्तरीय बीउ एक महत्त्वपूर्ण एवं कम मूल्यको सामग्री हो ।

बीउ एउटा उत्पादनको आधारभूत सामग्री तथा वंशाणुगत गुणको बाहक हो, जसले बिभिन्न हावापानी र अवस्थामा बाह्य श्रोतको प्रयोगमार्फत राम्रो उत्पादन दिन्छ । असल बीउ प्रयोग गर्दा १५ देखि २० प्रतिशतसम्म उत्पादनमा वृद्धि हुन्छ । नेपालमा करिब १२ मे.टन प्रजनन बीउ तथा २०० मे.टन मूल बीउ उत्पादन गर्ने गरिएको छ ।

बीउ उत्पादनमा बीउको जात छनौट

बीउ उत्पादन गर्दा ध्यान दिनु पर्ने एक महत्त्वपूर्ण कुराहरूमध्य बीउको जात छनौट एक हो । कुनै पनि वालीको वृद्धि विकास तथा राम्रो उत्पादनको लागि उचित र सुहाउँदो अनुकुल हावापानीको आवश्यकता पर्दछ । भौगोलिक अवस्थाअनुसार विभिन्न क्षेत्रहरूका लागि विभिन्न जातहरू सिफारिस भएका छन् । तराई पहाड र हिमालका लागि गरी हाल ३२ वटा गहुँका जातहरू सिफारिस भएका छन् । सिफारिस जातहरूमध्ये बीउ उत्पादन क्षेत्रको हावापानी अनुसार उपयुक्त जातको छनौट गर्नु अत्यावश्यक हुन्छ ।

गहुँका प्रचलित जातहरू मध्य व्यवसायिक रूपमा बीउ उत्पादन गर्ने जातनहरू क्रमशः आदित्य, विजय, गौतम, WK-१२०४, BL-१४७३, BL-११३५, वाणगंगा, तिलोत्तमा, भृकुटी आदि रहेका छन् । अन्नपूर्ण, पासाङ्ल्हामु, WK –१२०४, गौरा, धौलागिरी, डाँफे र स्वर्गद्वारी जस्ता जातहरू मध्यपहाडी क्षेत्रहरूमा लोकप्रिय मानिन्छन भने तराई तथा भित्री मधेश क्षेत्रमा भृकुटी, रोहीणी, गौतम, आदित्य, तिलोत्तमा जस्ता जातहरु लोकप्रिय छन् । यसका साथै बीउ उत्पादन गर्दा रोगका अवरोधक जातहरूको छनौट गर्नु आवश्यक हुन्छ । जस्तै WK-१२०४ पहेँलो सिँदुरे रोगको अवरोधक जात हो । विजय कालो सिँदुरे रोगको अवरोधक जातहरू हो ।

– गुणस्तरयुक्त बीउको छनोट

– जातीय शूद्धता राम्रो भएको ।

– उम्रने शक्ति राम्रो भएको ।

– ओजस राम्रो भएको ।

– भौतिक शूद्धता राम्रो भएको ।

– चिसान कम भएको ।

– रोग कीराबाट बञ्चित भएको ।

जग्गाको छनौट

१) बीउ उत्पादनको लागि जग्गा सफा, समतल, मलिलो र पानीको राम्रो निकास भएको छान्नु पर्दछ ।

२) आवश्यकता अनुसार सिँचाइ र निकासको ब्यवस्था गर्न सकिने ।

३) आफु बसेको ठाउँबाट नजिक वा सजिलैसँग पुगी निरीक्षण गर्न सकिने खालको हुनु पर्दछ ।

४) बालीअनुसार पृथकता दुरी कायम गर्न सकिने हुनु पर्दछ ।

५) बीउ उत्पादन सानो सानो प्लटमा धेरै ठाउँमा नगरीकन एकै ब्लकमा गरे उचित हुन्छ ।

६) अघिल्लो सिजनमा त्यही बालीको अन्य जातहरू नलगाएको हुनु पर्दछ ।

पृथकता दुरी 

एक जातबाट अर्को जातसँग समिश्रित हुन नदिन एक जातको बाली अको जातको बालीसँग पृथकता राख्नु पर्दछ । स्वंय सेचन प्रकृयाको वालीमा भन्दा परबालीमा पराग सेचन क्रियाको बालीलाई बढी पृथकताको दुरी दिनुपर्दछ । सेचन प्रकृयाबाट बीउ÷दाना बन्दछ । गहुँ स्वंय सेचन प्रकृयाबाट बीउ बन्ने हुनाले यी बालीहरूलाई एक जात अर्को जातसँग कम्तिमा ३ मीटर (मूल र प्रमाणित)को पृथकता दुरी आवश्यक पर्दछ । गहँुको सन्दर्भमो कपोकेला रोग लाग्ने खेतभन्दा १५० मीटर फरकमा बीउ बाली लगाउनु पर्दछ ।

जमिनको तयारी 

बीउ उत्पादन गरिने खेतको माटो मलिलो हुनुपर्छ । जमिनको तयारी झारपातरहित र समतल गर्नु पर्छ । सम्भव भएसम्म लाइन–लाइन मिलाई बिउ छरेपछि झारपात निकाल्न र निरीक्षण गर्न सजिलो हुन्छ । खेत जोती सकेपछि डल्ला फोरी माटो बुर्बुराउँदो पर्नुपर्दछ । गहुँको बीउ छर्दा माटोमा चिस्यान हुनु आवश्यक छ ।

मलखादको प्रयोग

मलको सही तथा आवश्यक रूपमा प्रयोग गर्दा उत्पादन बढाउन सकिन्छ । बाली नाईट्रोजन कि.ग्रा.प्रति फस्फोरस कि.ग्रा.प्रति) पोटास कि.ग्रा.प्रति कम्पोष्ट मे.टन प्रतिहे. गहुँ १०० ५० ५० १० देखि २० नाइट्रोजनको हकमा आधा मात्रामा शुरूमा लगाउँदा चौथाई भाग र बाला निस्कने बेलामा चौथाई भाग प्रयोग गर्नुपर्छ । फस्फोरस र पोटासको रोप्ने वेलामा नै पुरै मात्रा प्रयोग गर्नु पर्दछ । जस्ताको कमीको लक्षण देखिएमा त्यसको लागि १५–२० के.जी. प्रति हेक्टर जिंकसल्फेट प्रयोग गर्न सकिन्छ ।

बीउ दर र उपचार

बीउको उम्रने शक्ति राम्रो र दाना पनि पोटिलो भएको हुनुपर्दछ । प्रतिहेक्टर १२० केजी तथा प्रति रोपनी ६ केजीेका दरले बीउको प्रयोग गर्नु पर्दछ । २ ग्राम भाइटाभेक्स– २०० प्रति के.जी. बीउका दरले बीउको उपचार गरी छर्ने ।

बीउ छर्ने समय र तरिका

राम्रो बीउ उत्पादन गर्न बीउ समयमा नै पर्दछ । मंसीर दोस्रो हप्तादेखि तेस्रो हप्तासम्म ढिलोमा पुसको पहिलो हप्ताभित्र बीउ छर्नुपर्दछ । ढिला बीउ छर्नु परेमा बीउको मात्रा २५ प्रतिशत बढाउनुपर्दछ । लाइन लाइन मि २५ से. मि. को दुरीमा बिउ छरेपछि झारपात निकाल्न र निरीक्षण गर्न सजिलो हुन्छ । एउटा जातको बिउ छरिसकेपछि मात्र अर्को जातको बिउ छर्दा बिउ मिसिने सम्भावना कम हुन्छ ।

गोडमेल र झारपात नियन्त्रण

गहुँ बालीमा प्रशस्त झारपातहरू आउन सक्ने भएको हुनाले समयमा गोडमेल गरी झारपातको नियन्त्रण गर्नु पर्दछ । चौडा पाते झारका लागिः २,४-डी ५०० ग्राम (सक्रिय विष)लाई ५००-६०० लिटर पानीमा मिसाइ प्रति हे. का दरले गहुँ ३० देखि ४० दिनभित्र छनुपर्दछ ।

सांगुरो पाते झारका लागि : इसोप्रोटुरान (सक्रिय ७५० विष ग्राम)लाई ७०० लिटर पानीमा मिसाइ प्रति हे.का दरले गहुँ ३० देखि ४० दिनभित्र छनुपर्दछ ।

दुबै थरी झारका लागि : २, ४ डी १८० ग्रा. र आइसोप्रोटुरान ७५० (ग्रा. सक्रिय विष) मिसाइ १२०० ग्रा. प्रति हे. ६००-७०० लि. पानीमा मिसाइ गहुँ ३० देखि ४० दिनभित्र छर्ने ।

सिँचाइ : गहुँ बालीलाई कम्तिमा तीनदेखि पाँच पटक सिँचाइको आवश्यकता पर्दछ । शीर्ष जरा निस्कने अवस्था, गाँज लाग्दा, बाला निस्कने अवस्था, फुल फुल्दा र दाना विकास हुने अवस्थामा सिँचाइ गर्नु पर्दछ ।

थप समाचार