बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

PREMIUM NEWS

विशेष समाचार तथा विश्लेषण

Premium

जोखिम व्यवस्थापनको भरोसायोग्य साझेदार: शिखर इन्स्योरेन्सको दुई दशक

बिहीबार , असार २५ २०८३
23 views
जोखिम व्यवस्थापनको भरोसायोग्य साझेदार: शिखर इन्स्योरेन्सको दुई दशक

समाचार सारांश

मुख्य समाचार एक नजरमा

नेपालमा बीमा क्षेत्रको विस्तारसँगै बीमाप्रति नागरिकको विश्वास पनि क्रमशः बढ्दै गएको छ ।  केही दशकअघिसम्म सीमित वर्गको पहुँचमा रहेको बीमा सेवा आज आम नागरिक, व्यवसायी, उद्योगी, कृषक र सवारीधनीसम्म पुगेको छ ।  यो परिवर्तनमा योगदान पु‍र्याउने अग्रणी कम्पनीहरूमध्ये एक हो शिखर इन्स्योरेन्स । बजार विस्तार, दाबी भुक्तानी, सेवा प्रवाहमा सुधार तथा प्रविधिको प्रयोगमार्फत नेपाली बीमा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल यो कम्पनी २०६१ मंसिर २ गते स्थापना भएको हो । दुई दशकभन्दा लामो यात्रामा शिखर इन्स्योरेन्सले आफूलाई केवल बीमा कम्पनीका रूपमा मात्र नभई जोखिम व्यवस्थापन र आर्थिक सुरक्षाको भरोसायोग्य साझेदारका रूपमा स्थापित गरेको छ ।  कम्पनीले ग्राहकको आवश्यकता र क्षमता अनुरूप किफायती तथा भरपर्दो बीमा योजना उपलब्ध गराउँदै आएको छ । साथै, बीमा क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव न्यूनीकरण गर्ने, अन्तर्राष्ट्रियस्तरका बीमा उत्पादनहरू भित्र्याउने तथा विदेशी मुद्राको बाह्य प्रवाह कम गर्ने लक्ष्यसमेत कम्पनीको रहेको छ । कम्पनीले ग्राहकको अपेक्षाअनुसार छिटो, सरल र विश्वसनीय सेवा प्रदान गर्दै बीमित र बीमकबीच विश्वास तथा आत्मविश्वासको सम्बन्ध सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको छ ।  विश्वसनीय बीमा कम्पनी  नेपालमा आर्थिक गतिविधि विस्तार हुँदै जाँदा सम्पत्ति, उद्योग, व्यवसाय र सवारी साधनको सङ्ख्या बढ्दै गयो । त्यससँगै जोखिम व्यवस्थापनको आवश्यकता पनि बढ्यो । यही आवश्यकतालाई सम्बोधन गर्न स्थापित शिखर इन्स्योरेन्सले सुरुदेखि नै ग्राहक केन्द्रित सेवा, पारदर्शिता र द्रुत दाबी भुक्तानीलाई प्राथमिकतामा राख्यो ।  कुनै पनि बीमा कम्पनीको सफलताको मुख्य आधार ग्राहकको विश्वास हो । बीमा खरिद गर्दा ग्राहकले कम्पनीसँग गर्ने सम्झौता भविष्यमा आइपर्न सक्ने जोखिमको सुरक्षा हो । यस्तो अवस्थामा कम्पनीको विश्वसनीयता नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कम्पनीले आफ्ना ग्राहकहरूको जोखिमको सुरक्षा गरेर नै विश्वासिलो बीमा कम्पनीको रूपमा आफ्नो पहिचान बनाएको छ ।  बीमितको सुरक्षा कवच  अधिकांश नेपालीहरू बीमालाई अनावश्यक खर्चको रूपमा लिन्छन् । तर बीमा भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमबाट सुरक्षा दिने व्यवस्था हो । दुर्घटना, रोग, मृत्यु, आगलागी, प्राकृतिक विपत्ति, सवारी दुर्घटना वा अन्य अप्रत्याशित घटनाका कारण हुने आर्थिक क्षतिलाई कम गर्न बीमाले सहयोग गर्छ ।  त्यसैले, बीमालाई प्रायः ‘आर्थिक सुरक्षा कवच’ वा ‘जोखिम व्यवस्थापनको भरपर्दो माध्यम’ भनिन्छ । त्यसैले बीमा हरकोहीका लागि महत्त्वपूर्ण हुन्छ । समयमा बीमा नगर्नाले ग्राहकले वर्षौँदेखि गरेको लगानी वा व्यवसाय एकै घटनाले संकटमा पर्न सक्छ ।  बीमाले त्यस्तो क्षतिलाई कम गर्न सहयोग गर्छ । शिखर इन्स्योरेन्सले यही अवधारणालाई व्यवहारमा उतार्दै विभिन्न बीमा योजनामार्फत लाखौँ ग्राहकलाई सुरक्षा प्रदान गर्दै आएको छ । नेपालको निर्जीवन बीमा क्षेत्रमा अग्रणी स्थान कायम राख्न सफल यो कम्पनीले स्थापनाकालदेखि नै बीमाको पहुँच अभिवृद्धि गर्दै आएको छ । बीमा बजारको दायरा विस्तार गर्दै कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक १३ प्रतिशत बजार हिस्सा कायम राख्दै रु. ५ अर्ब ७९ करोड (५७९ करोड) बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ ।  कम्पनीले आगामी तीन वर्षभित्र रु. १,००० करोड बीमाशुल्क आर्जन गर्ने महत्वाकांक्षी व्यावसायिक लक्ष्यसमेत निर्धारण गरेको छ ।  दाबी भुक्तानीः ग्राहक कम्पनीका दीर्घकालीन ब्रान्ड एम्बासडर बीमा कम्पनीको मूल्याङकन विज्ञापन वा शाखा संख्याले मात्र हुँदैन । वास्तविक परीक्षा दाबी भुक्तानीको समयमा हुन्छ । ग्राहकलाई क्षति पुगेपछि छिटो, पारदर्शी र निष्पक्ष रूपमा दाबी भुक्तानी गर्न सक्नु नै सफल बीमा कम्पनीको पहिचान हो । नेपालमा आगलागी, बाढीपहिरो, सडक दुर्घटना तथा अन्य विपत्तिका घटनामा शिखर इन्स्योरेन्सले दाबी भुक्तानीमार्फत हजारौँ ग्राहकलाई राहत उपलब्ध गराएको छ । व्यवसायिक प्रतिष्ठानदेखि व्यक्तिगत सम्पत्तिसम्मका बीमितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै कम्पनीले आफ्नो विश्वसनीयता बलियो बनाएको छ । दाबी भुक्तानीको अनुभव राम्रो भएका ग्राहकहरू नै कम्पनीका दीर्घकालीन ब्रान्ड एम्बासडर हुन् ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुल ३५३ करोड रुपैयाँ बराबरको बीमा दाबी व्यवस्थापन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल दाबी खर्च २३२ करोड रुपैयाँ रहेको थियो । जसको आधारमा एक वर्षमै कुल दाबी खर्चमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को असोज महिनामा देशभर परेको अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा विभिन्न समयमा देशका अन्य भागमा भएका प्राकृतिक विपत्तिका कारण सम्पत्ति बीमा र मोटर बीमामा दाबी उल्लेखनीय रूपमा बढेको हो ।  समीक्षा अवधिमा मात्रै बाढीजन्य क्षतिबाट कम्पनीमा १३५ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो । यद्यपि कम्पनीले अवलम्बन गरेको सुदृढ पुनर्बीमा व्यवस्थापनका कारण खुद दाबी रकम कुल दाबीको तुलनामा सीमित रूपमा मात्र बढेको जनाएको छ । कम्पनीका अनुसार पुनर्बीमकबाट प्राप्त हुने रकम, भुक्तानी हुन बाँकी दाबी, Incurred But Not Reported (IBNR), Incurred But Not Enough Reported (IBNER)  Margin Over Best Estimate (MOBE)  लगायतका प्रावधान समायोजनपछि आर्थिक वर्ष २०८१/ ८२ मा खुद दाबी खर्च १ अर्ब २ करोड १३ लाख १७ हजार ७४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । कम्पनीले हवाई बीमातर्फ भने दाबी खर्च ऋणात्मक देखिएको जनाएको छ । गत आर्थिक वर्षमा भुक्तानी हुन बाँकी राखिएको रकमभन्दा कम रकम भुक्तानी गर्नुपरेको तथा गत आर्थिक बर्षमा नयाँ दाबी नपरेकाले यस्तो अवस्था आएको कम्पनीको भनाइ  छ । समयमै दाबी भुक्तानी शिखर इन्स्योरेन्सले समयमै बीमा दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राख्दै दाबी व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाएको जनाएको छ । सूचना प्रविधिमा गरिएको लगानीका कारण दाबी प्रक्रिया छिटो, सहज र पारदर्शी भएको कम्पनीले उल्लेख गरेको छ ।दाबी खर्च बढे पनि कम्पनीको नेट कम्बाइन्ड रेसियो (Net Combined Ratio)  भने सुधारिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६८ प्रतिशत रहेको यो गत आर्थिक बर्षमा अवधिमा घटेर ६० प्रतिशत मा झरेको कम्पनीले जनाएको छ । यसले कम्पनीको सञ्चालन दक्षता र जोखिम व्यवस्थापनमा सुधार भएको संकेत गर्ने कम्पनीको दाबी छ । कोरोना बीमाको ९५ करोड रुपैयाँ दाबी अझै बाँकी कम्पनीका अनुसार कोरोना बीमाअन्तर्गत १० हजार २२५ वटा दाबी वापत नेपाल सरकारबाट प्राप्त हुनुपर्ने करिब ९५ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ । नेपाल बीमा प्राधिकरणको मापदण्डअनुसार बीमा कम्पनीहरूले आफ्नो हिस्साभन्दा बढी रकमसमेत भुक्तानी गरिसकेका भए पनि नेपाल सरकारले कबुल गरेको रकम उपलब्ध नगराएकाले दाबी भुक्तानी प्रक्रिया अझै पूरा हुन नसकेको कम्पनीले जनाएको छ । यस सम्बन्धमा नेपाल बीमक संघले नेपाल सरकारविरुद्ध दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेको पनि कम्पनीले उल्लेख गरेको छ । भदौमा भएको जेनजी आन्दोलनको हुलदंगा दाबी २४२ करोड कम्पनीले भदौ २३ र २४ गते २०८२ मा देशका विभिन्न स्थानमा भएका घटनापछि हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत ४४८ वटा दाबी परेको जनाएको छ । ती दाबीको कुल रकम २४२ करोड रुपैयाँ पुगेको छ ।  हालको पुनर्बीमा व्यवस्थाअनुसार हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमार्फत गरिएको छ । १० करोड रुपैयाँसम्मको जोखिममा ३५ प्रतिशत कम्पनीले खुद धारण गर्ने र ६५ प्रतिशत पुनर्बीमा गरिने व्यवस्था रहेको छ भने १० करोड रुपैयाँभन्दा माथिको सम्पूर्ण जोखिम पुनर्बीमामा रहने कम्पनीले जनाएको छ । यस व्यवस्थाअनुसार २४२ करोड रुपैयाँ बराबरको दाबीमध्ये कम्पनीको खुद दायित्व करिब ३७ करोड रुपैयाँ मात्र पर्ने अनुमान गरिएको छ । पुनर्बीमा विविधीकरण गरिने भदौ महिनाको घटनापछि हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमालाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरसम्म विविधीकरण गर्नुपर्ने आवश्यकता देखिएको कम्पनीले जनाएको छ । कम्पनीले Excess of Loss Reinsurance  लगायतका अतिरिक्त पुनर्बीमा व्यवस्था लागू गर्ने रणनीति तयार गरिरहेको र नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमा प्रणालीलाई थप सुदृढ बनाउने योजना रहेको जनाएको छ । बीमा सेवा विविधीकरणको रणनीति समयसँगै ग्राहकको आवश्यकता पनि परिवर्तन हुँदै गएको छ । त्यसलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न प्रकारका बीमा सेवा उपलब्ध गराउँदै आएको छ । सवारी साधन बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मरीन बीमा, हवाई बीमा, कृषि बीमा, दुर्घटना बीमा लगायतका सेवामार्फत कम्पनीले विभिन्न क्षेत्रका ग्राहकलाई समेटेको छ । नेपालजस्तो प्राकृतिक विपत्तिको उच्च जोखिम रहेको मुलुकमा कृषि तथा सम्पत्ति बीमाको महत्त्व अझ बढी छ । कृषक र व्यवसायीलाई जोखिमबाट जोगाउन यस्ता बीमा योजनाले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा तीन नयाँ बीमालेखसार्वजनिक गर्दै नेपालमा बीमाको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले नेपालमा सबैभन्दा धेरै ७८ प्रकारका बीमालेख सञ्चालन गरिरहेको छ । तीमध्ये ८ वटा बीमालेख कम्पनीले आफैँ विकास गरेका नवीन बीमा योजना हुन् । प्रत्येक वर्ष नयाँ बीमा उत्पादन विकास गर्दै बीमाको पहुँच र दायरा विस्तार गर्ने रणनीतिअनुसार समीक्षा अवधिमा थप तीन नयाँ बीमालेख सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा नवीनतम बीमा उत्पादन विकासमा आफ्नो उल्लेखनीय योगदान रहेको दाबी गर्दै नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरी आफैँले विकास गरेका बीमालेखहरूले बीमा क्षेत्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ । जोखिम कहिले आउँछ भन्ने कसैलाई थाहा हुँदैन । तर, जोखिमका लागि तयार रहन सकिन्छ । जसका लागि शिखर इन्स्योरेन्स बलियो साझेदार बन्न सक्छ ।   

प्रिमियम समाचार

विस्तृत समाचार र विशेष सामग्री पढ्नुहोस्।

पूरा समाचार पढ्नुहोस्

समाचार शेयर गर्नुहोस्

Share this news

विस्तृत समाचार

पूरा समाचार र थप विवरण

नेपालमा बीमा क्षेत्रको विस्तारसँगै बीमाप्रति नागरिकको विश्वास पनि क्रमशः बढ्दै गएको छ । 

केही दशकअघिसम्म सीमित वर्गको पहुँचमा रहेको बीमा सेवा आज आम नागरिक, व्यवसायी, उद्योगी, कृषक र सवारीधनीसम्म पुगेको छ । 

यो परिवर्तनमा योगदान पु‍र्याउने अग्रणी कम्पनीहरूमध्ये एक हो शिखर इन्स्योरेन्स । बजार विस्तार, दाबी भुक्तानी, सेवा प्रवाहमा सुधार तथा प्रविधिको प्रयोगमार्फत नेपाली बीमा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल यो कम्पनी २०६१ मंसिर २ गते स्थापना भएको हो । 
दुई दशकभन्दा लामो यात्रामा शिखर इन्स्योरेन्सले आफूलाई केवल बीमा कम्पनीका रूपमा मात्र नभई जोखिम व्यवस्थापन र आर्थिक सुरक्षाको भरोसायोग्य साझेदारका रूपमा स्थापित गरेको छ । 

कम्पनीले ग्राहकको आवश्यकता र क्षमता अनुरूप किफायती तथा भरपर्दो बीमा योजना उपलब्ध गराउँदै आएको छ । साथै, बीमा क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव न्यूनीकरण गर्ने, अन्तर्राष्ट्रियस्तरका बीमा उत्पादनहरू भित्र्याउने तथा विदेशी मुद्राको बाह्य प्रवाह कम गर्ने लक्ष्यसमेत कम्पनीको रहेको छ । 
कम्पनीले ग्राहकको अपेक्षाअनुसार छिटो, सरल र विश्वसनीय सेवा प्रदान गर्दै बीमित र बीमकबीच विश्वास तथा आत्मविश्वासको सम्बन्ध सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको छ । 

विश्वसनीय बीमा कम्पनी

 
नेपालमा आर्थिक गतिविधि विस्तार हुँदै जाँदा सम्पत्ति, उद्योग, व्यवसाय र सवारी साधनको सङ्ख्या बढ्दै गयो । त्यससँगै जोखिम व्यवस्थापनको आवश्यकता पनि बढ्यो । यही आवश्यकतालाई सम्बोधन गर्न स्थापित शिखर इन्स्योरेन्सले सुरुदेखि नै ग्राहक केन्द्रित सेवा, पारदर्शिता र द्रुत दाबी भुक्तानीलाई प्राथमिकतामा राख्यो । 

कुनै पनि बीमा कम्पनीको सफलताको मुख्य आधार ग्राहकको विश्वास हो । बीमा खरिद गर्दा ग्राहकले कम्पनीसँग गर्ने सम्झौता भविष्यमा आइपर्न सक्ने जोखिमको सुरक्षा हो । यस्तो अवस्थामा कम्पनीको विश्वसनीयता नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कम्पनीले आफ्ना ग्राहकहरूको जोखिमको सुरक्षा गरेर नै विश्वासिलो बीमा कम्पनीको रूपमा आफ्नो पहिचान बनाएको छ । 

बीमितको सुरक्षा कवच 

अधिकांश नेपालीहरू बीमालाई अनावश्यक खर्चको रूपमा लिन्छन् । तर बीमा भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमबाट सुरक्षा दिने व्यवस्था हो । दुर्घटना, रोग, मृत्यु, आगलागी, प्राकृतिक विपत्ति, सवारी दुर्घटना वा अन्य अप्रत्याशित घटनाका कारण हुने आर्थिक क्षतिलाई कम गर्न बीमाले सहयोग गर्छ । 

त्यसैले, बीमालाई प्रायः ‘आर्थिक सुरक्षा कवच’ वा ‘जोखिम व्यवस्थापनको भरपर्दो माध्यम’ भनिन्छ । त्यसैले बीमा हरकोहीका लागि महत्त्वपूर्ण हुन्छ । समयमा बीमा नगर्नाले ग्राहकले वर्षौँदेखि गरेको लगानी वा व्यवसाय एकै घटनाले संकटमा पर्न सक्छ ।

 बीमाले त्यस्तो क्षतिलाई कम गर्न सहयोग गर्छ । शिखर इन्स्योरेन्सले यही अवधारणालाई व्यवहारमा उतार्दै विभिन्न बीमा योजनामार्फत लाखौँ ग्राहकलाई सुरक्षा प्रदान गर्दै आएको छ ।

नेपालको निर्जीवन बीमा क्षेत्रमा अग्रणी स्थान कायम राख्न सफल यो कम्पनीले स्थापनाकालदेखि नै बीमाको पहुँच अभिवृद्धि गर्दै आएको छ । बीमा बजारको दायरा विस्तार गर्दै कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक १३ प्रतिशत बजार हिस्सा कायम राख्दै रु. ५ अर्ब ७९ करोड (५७९ करोड) बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ । 

कम्पनीले आगामी तीन वर्षभित्र रु. १,००० करोड बीमाशुल्क आर्जन गर्ने महत्वाकांक्षी व्यावसायिक लक्ष्यसमेत निर्धारण गरेको छ । 

दाबी भुक्तानीः ग्राहक कम्पनीका दीर्घकालीन ब्रान्ड एम्बासडर

बीमा कम्पनीको मूल्याङकन विज्ञापन वा शाखा संख्याले मात्र हुँदैन । वास्तविक परीक्षा दाबी भुक्तानीको समयमा हुन्छ । ग्राहकलाई क्षति पुगेपछि छिटो, पारदर्शी र निष्पक्ष रूपमा दाबी भुक्तानी गर्न सक्नु नै सफल बीमा कम्पनीको पहिचान हो ।

नेपालमा आगलागी, बाढीपहिरो, सडक दुर्घटना तथा अन्य विपत्तिका घटनामा शिखर इन्स्योरेन्सले दाबी भुक्तानीमार्फत हजारौँ ग्राहकलाई राहत उपलब्ध गराएको छ । व्यवसायिक प्रतिष्ठानदेखि व्यक्तिगत सम्पत्तिसम्मका बीमितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै कम्पनीले आफ्नो विश्वसनीयता बलियो बनाएको छ ।

दाबी भुक्तानीको अनुभव राम्रो भएका ग्राहकहरू नै कम्पनीका दीर्घकालीन ब्रान्ड एम्बासडर हुन् । 

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुल ३५३ करोड रुपैयाँ बराबरको बीमा दाबी व्यवस्थापन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल दाबी खर्च २३२ करोड रुपैयाँ रहेको थियो । जसको आधारमा एक वर्षमै कुल दाबी खर्चमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को असोज महिनामा देशभर परेको अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा विभिन्न समयमा देशका अन्य भागमा भएका प्राकृतिक विपत्तिका कारण सम्पत्ति बीमा र मोटर बीमामा दाबी उल्लेखनीय रूपमा बढेको हो ।  समीक्षा अवधिमा मात्रै बाढीजन्य क्षतिबाट कम्पनीमा १३५ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो ।

यद्यपि कम्पनीले अवलम्बन गरेको सुदृढ पुनर्बीमा व्यवस्थापनका कारण खुद दाबी रकम कुल दाबीको तुलनामा सीमित रूपमा मात्र बढेको जनाएको छ ।

कम्पनीका अनुसार पुनर्बीमकबाट प्राप्त हुने रकम, भुक्तानी हुन बाँकी दाबी, Incurred But Not Reported (IBNR), Incurred But Not Enough Reported (IBNER)  Margin Over Best Estimate (MOBE)  लगायतका प्रावधान समायोजनपछि आर्थिक वर्ष २०८१/ ८२ मा खुद दाबी खर्च १ अर्ब २ करोड १३ लाख १७ हजार ७४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

कम्पनीले हवाई बीमातर्फ भने दाबी खर्च ऋणात्मक देखिएको जनाएको छ । गत आर्थिक वर्षमा भुक्तानी हुन बाँकी राखिएको रकमभन्दा कम रकम भुक्तानी गर्नुपरेको तथा गत आर्थिक बर्षमा नयाँ दाबी नपरेकाले यस्तो अवस्था आएको कम्पनीको भनाइ  छ ।

समयमै दाबी भुक्तानी

शिखर इन्स्योरेन्सले समयमै बीमा दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राख्दै दाबी व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाएको जनाएको छ । सूचना प्रविधिमा गरिएको लगानीका कारण दाबी प्रक्रिया छिटो, सहज र पारदर्शी भएको कम्पनीले उल्लेख गरेको छ ।
दाबी खर्च बढे पनि कम्पनीको नेट कम्बाइन्ड रेसियो (Net Combined Ratio)  भने सुधारिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६८ प्रतिशत रहेको यो गत आर्थिक बर्षमा अवधिमा घटेर ६० प्रतिशत मा झरेको कम्पनीले जनाएको छ । यसले कम्पनीको सञ्चालन दक्षता र जोखिम व्यवस्थापनमा सुधार भएको संकेत गर्ने कम्पनीको दाबी छ ।

कोरोना बीमाको ९५ करोड रुपैयाँ दाबी अझै बाँकी

कम्पनीका अनुसार कोरोना बीमाअन्तर्गत १० हजार २२५ वटा दाबी वापत नेपाल सरकारबाट प्राप्त हुनुपर्ने करिब ९५ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ ।

नेपाल बीमा प्राधिकरणको मापदण्डअनुसार बीमा कम्पनीहरूले आफ्नो हिस्साभन्दा बढी रकमसमेत भुक्तानी गरिसकेका भए पनि नेपाल सरकारले कबुल गरेको रकम उपलब्ध नगराएकाले दाबी भुक्तानी प्रक्रिया अझै पूरा हुन नसकेको कम्पनीले जनाएको छ । यस सम्बन्धमा नेपाल बीमक संघले नेपाल सरकारविरुद्ध दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेको पनि कम्पनीले उल्लेख गरेको छ ।

भदौमा भएको जेनजी आन्दोलनको हुलदंगा दाबी २४२ करोड 
कम्पनीले भदौ २३ र २४ गते २०८२ मा देशका विभिन्न स्थानमा भएका घटनापछि हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत ४४८ वटा दाबी परेको जनाएको छ । ती दाबीको कुल रकम २४२ करोड रुपैयाँ पुगेको छ । 

हालको पुनर्बीमा व्यवस्थाअनुसार हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमार्फत गरिएको छ । १० करोड रुपैयाँसम्मको जोखिममा ३५ प्रतिशत कम्पनीले खुद धारण गर्ने र ६५ प्रतिशत पुनर्बीमा गरिने व्यवस्था रहेको छ भने १० करोड रुपैयाँभन्दा माथिको सम्पूर्ण जोखिम पुनर्बीमामा रहने कम्पनीले जनाएको छ ।

यस व्यवस्थाअनुसार २४२ करोड रुपैयाँ बराबरको दाबीमध्ये कम्पनीको खुद दायित्व करिब ३७ करोड रुपैयाँ मात्र पर्ने अनुमान गरिएको छ ।

पुनर्बीमा विविधीकरण गरिने

भदौ महिनाको घटनापछि हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमालाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरसम्म विविधीकरण गर्नुपर्ने आवश्यकता देखिएको कम्पनीले जनाएको छ । कम्पनीले Excess of Loss Reinsurance  लगायतका अतिरिक्त पुनर्बीमा व्यवस्था लागू गर्ने रणनीति तयार गरिरहेको र नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार हुलदंगा तथा आतंकवाद बीमाको पुनर्बीमा प्रणालीलाई थप सुदृढ बनाउने योजना रहेको जनाएको छ ।

बीमा सेवा विविधीकरणको रणनीति

समयसँगै ग्राहकको आवश्यकता पनि परिवर्तन हुँदै गएको छ । त्यसलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न प्रकारका बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

सवारी साधन बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मरीन बीमा, हवाई बीमा, कृषि बीमा, दुर्घटना बीमा लगायतका सेवामार्फत कम्पनीले विभिन्न क्षेत्रका ग्राहकलाई समेटेको छ ।


नेपालजस्तो प्राकृतिक विपत्तिको उच्च जोखिम रहेको मुलुकमा कृषि तथा सम्पत्ति बीमाको महत्त्व अझ बढी छ । कृषक र व्यवसायीलाई जोखिमबाट जोगाउन यस्ता बीमा योजनाले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा तीन नयाँ बीमालेखसार्वजनिक गर्दै नेपालमा बीमाको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

कम्पनीले नेपालमा सबैभन्दा धेरै ७८ प्रकारका बीमालेख सञ्चालन गरिरहेको छ । तीमध्ये ८ वटा बीमालेख कम्पनीले आफैँ विकास गरेका नवीन बीमा योजना हुन् । प्रत्येक वर्ष नयाँ बीमा उत्पादन विकास गर्दै बीमाको पहुँच र दायरा विस्तार गर्ने रणनीतिअनुसार समीक्षा अवधिमा थप तीन नयाँ बीमालेख सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमा नवीनतम बीमा उत्पादन विकासमा आफ्नो उल्लेखनीय योगदान रहेको दाबी गर्दै नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरी आफैँले विकास गरेका बीमालेखहरूले बीमा क्षेत्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।


जोखिम कहिले आउँछ भन्ने कसैलाई थाहा हुँदैन । तर, जोखिमका लागि तयार रहन सकिन्छ । जसका लागि शिखर इन्स्योरेन्स बलियो साझेदार बन्न सक्छ । 

 

थप समाचार