पन्छीपालन व्यवसाय विगत तीन दशकदेखि व्यवसायीकरणतर्फ उन्मुख हुँदै गइरहेको छ । यस व्यवसायले बजार, बिजुली, यातायात जस्ता पूर्वाधार विकास भएको क्षेत्रहरूमा उद्योगको रूप लिइसकेको छ, तर नेपाल कुखुरा व्यवसाय विभिन्न चुनौती र अप्ठ्यारोको सामना गर्दै अगाडि बढी रहेको छ । यथार्थ, हामीसामु विद्यमान छ र नेपाल सरकारबाट पोल्ट्री क्षेत्रको विकासका लागि स्पष्ट नीति र कार्यान्वयन नहुँदा व्यावसायीहरू चिन्तित बनेको देखिन्छ ।
समय समयमा कुखुरामा देखापर्ने रोगहरू, आइपर्ने समस्याहरूको उचित सम्बोधन नहुँदा यस व्यवसायको भविष्य अन्यौल हुने विश्लेषण पनि गरिन्छ । कुखुरापालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्न सकिन्छ तर कमजोर व्यवस्थापन, गुणस्तरीय दाना उपलब्ध नहुँदा, कुखुुरापालनसम्बन्धी उचित पर्याप्त जानकारी नहुँदा थप चुुनौतीको सामना कृषकले गर्नु परेको छ । यहाँ कुखुुरापालन गर्दा आवश्यक पर्ने व्यवस्थापन र पोषणसम्बन्धी प्राविधिक पक्षलाई बुँदागत रूपमा चर्चा गर्ने जर्मर्को गरेको छु ।
१. खोरको व्यवस्थापन
– कुखुरापालनको लागि खोरको छनोट जनघनत्व भएको भन्दा कम्तिमा ३ कि.मि. टाढा, बिजुली, बाटो, पानीको उपलब्धता, पानी नजम्ने ठाउँ रोज्नुपर्छ ।
– खोरको लम्बाइ पूर्व पश्चिम र मोहडा उत्तर दक्षिण गर्ने गरी बनाउनुपर्छ ।
– खोरको निर्माण प्राविधिकको सरसल्लाह बमोजिम बनाउनु पर्दछ । कुखुराको सङ्ख्याको आधारमा लम्बाई बनाए पनि चौडाइ भने ३२–३४ फिट भन्दा बढी हुनु हुँदैन ।
ब्रोइलर कुखुराको खोप
चल्लाको उमेर खोपको नाम खोप लगाउने तरिका
१ दिनमा मेरेक्स छालामा
२ दिनमा IBH120 आँखामा
७ दिनमा F1/B1 आँखामा
१४ दिनमा गम्वारो इन्टरमिडियट आँखामा
२१ दिनमा गम्वारो इन्टरमिडियट प्लस पानीमा
२८ दिनमा लासोटा पानीमा
– जैविक सुरक्षाको उपायहरू अपनाउनुपर्छ ।
– सापेक्षित आद्रता बढी भएमा श्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ त्यसैले कुखुरा खोरको आद्रता ६०–८० प्रतिशत बिचमा कायम गर्नुपर्छ ।
२. पानीको व्यवस्थापन
– पानीको आवश्यकता र बाहिरी वातावरणको तापक्रम अन्तर सम्बन्धित छ ।
– पानी फोहोर वा जिवाणुको मात्रा बढी भएमा औषधी जस्तै सो क्रेना, किलिन ट्यावबाट पानी उपचार गर्दा रोगको सङ्क्रमण गर्ने काम गर्दछ ।
– पानीको गुणस्तर नियमित रूपमा कल्चर गरेर चेक गर्नुपर्दछ ।
– पानीको शुद्धिकरण नियमित रूपमा गर्नुपर्दछ । पानीमा भ्याक्सिन दिँदा पानी शुद्धिकरण गर्नहुँदैन ।
– २४ सै घण्टा सफा पानीको व्यवस्था हुनुपर्दछ । सकेसम्म एक हप्ता पानी उमालेर खान दिए अति उत्तम हुन्छ ।
३. दानाको व्यवस्थापन
मासु उत्पादन गर्ने कुल लागतको ६०–७० प्रतिशत हिस्सा दानाले ओगटेको छ । त्यसैले दानाको उचित व्यवस्थापन गर्न जरूरी छ ।
– यदि दानामा क्यालोरीको मात्रा बढि भएमा मासुमा बोसो लाग्ने र शारीरिक वृद्घिदर पनि कम हुन्छ ।
– दानाको भण्डारण गर्दा सुख्खा र घाम पानी नपने ठाउँमा गर्नुपर्दछ ।
– गर्मी समयमा दाना कम खाने भएकाले पौष्टिक तत्व पुग्ने गरी बनाइएको दाना दिनुपर्दछ ।
– दाना एकचोटी सिद्धिसकेपछि अर्कोचोटी हाल्दा दानाको भाँडो सफा गरेर मात्र हाल्नुपर्दछ ।
– एक दिनदेखि १४ दिनसम्म, द्यय दाना १४ देखि २८ दिन सम्म, B1 दाना २८ दिनदेखि ४२ दिनसम्म, B2 दाना ४२ दिन पश्चात् B3 दाना खुवाउनु पर्दछ ।
– कुखुराको दाना बनाएको ३ दिनदेखि ५ दिन सम्म स्टोर गर्न सकिन्छ तर लामो समयसम्म स्टोर गर्दा ढुसी लाग्ने हुनाले कुखुरालाई Cu So 4 1gm प्रति ५ लिटर पानीमा राखेर ५ दिनसम्म दिन सकिन्छ ।
४. सोत्तरको व्यवस्थापन
– सोत्तर सुकेको, ढुसी, किरा, कमिला नलागेको हुनुपर्दछ ।
– सोत्तर ८ इन्च भन्दा बाक्लो हुनुहुँदैन ।
– कुखुराको सोत्तर राम्रो बनाउनको लागि समय समयमा चुना र विलिचिङ्ग पाउडरलाई ५ः१ को अनुपातमा चलाउनु पर्दछ ।
– हप्ता हप्तामा सोत्तरलाई निसङ्क्रमणको औषधी प्रयोग गर्नुपर्दछ ।
५. भेन्टिलेसनको व्यवस्थापन
– कुखुरालाई सफा र ताजा हावा उपलब्ध गराउनको लागि भेन्टिलेसनको उचित व्यवस्था मिलाउनुपर्छ ।
– एउटा २ के.जी. तौल भएको स्वस्थ पोथीले २४ घण्टामा ५२ लिटर कार्बनडाइअक्साइड फाल्दछ । त्यसै ले कुखुरा खोरभित्र सजिलैसँग हावा ओहोरदोहोर हुने ठाउँ बनाउनुपर्दछ ।
– कुखुरा खोरको पर्दा खोल्दा उत्तर, दक्षिण दिशाको दुवैतर्फ समान उचाइमा खोल्नुपर्दछ ।
– हुरी बतास लाग्दा खोरको पर्दा लगाउनु पर्दछ । प्रकाशको व्यवस्थापन
– दिनमा २२/२३ घण्टा खोरभित्र उज्यालोको व्यवस्था मिलाउनु पर्दछ ।
– प्रकाश दिँदा खोरको जुनसुकै कुनामा बसेर पनि पत्रिका पढ्न सक्ने उज्यालो हुनुपर्दछ । जानकारीको लागि ४० वाटको बल्भ भुईँको सतहबाट ६ देखी ७ फिटको उच्चाइमा राखी १० फिटको फरकमा राखी आवश्यक प्रकाश हुनुपर्दछ ।
७. कुखुराको व्यवस्थापन
– चल्ला खोरमा ल्याउने बित्तिकै चिकगार्ड राखी गोलो बनाएको ठाउँमा राख्ने र चिनी वा इलेक्ट्रोकेयर १ ग्राम प्रतिलिटर पानीमा राखेर दिने ।
– दोस्रो दिनदेखि हल्का औषधी र भिटामिन दिनुपर्दछ ।
– चल्ला र ग्रोअरको दानामा रातो छेर्ने रोग ऋयअअष्मष्यकष्क विरुद्ध औषधी राख्ने र नियन्त्रण हुन नसकेमा पानीमा औषधी दिनुपर्दछ ।
– कुखुरा एकैनासको बनाउनको लागि कुखुराको वजन लिनुपर्दछ । वजन कम वा बढी भएकोलाई ग्रेडिङ्ग गरी कम वजन भएको लाई वजन बढाउने औषधि र धेरै मात्रामा दाना खुवाउनुपर्दछ ।
– कुखुरालाई समय समयमा कलिङ्ग वा छनौट गर्दै जानुपर्दछ ।