बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

टिमुर खेती कसरी गर्ने ?

बिहीबार , माघ ४ २०८०
10 views
टिमुर खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

टिमुर, झाडी वर्गमा पर्ने बासनादार वनस्पति हो । यसको पात तथा फुलहरूबाट एक प्रकारको मिठो बासना आउँदछ । टिमुर ने पालमा प्राकृतिक रूपमा उच्च पहाडी भागमा र महाभारत श्रृङ्खलाको ९०० मिटरदेखि २५०० मिटरसम्म राम्रो फैलिएको पाइन्छ । टिमुरको बोट धेरै हाँगा बिगाँ हुने ४ देखि ६ मिटरसम्म अग्लो हुन सक्ने झाडी प्रकारको सानो रुख हो । यसको बोक्रा खपटा जसरी निस्किएका हुन्छन् । साथै हाँगाहरूमा काँडै काँडा हुन्छन् । हाँगाको अन्तिम भागबाट डाँठमा पात पलाउने प्रत्येक आँख्लाबाट फूलहरू निस्किएका हुन्छन् । फूलहरू हल्का हरियो तथा पहेँलो रङ्गका हुनुका साथै एक ठाउँबाट झुप्प फुल्दछन् । फल सानो र गोलो हुन्छ । फलहरू पाक्दा रातो तर बीउ भने कालो र चम्किलो हुन्छ र स्वाद तितो र जिब्रो पर्पराउने हुन्छ फलबाट बास्ना पनि आउने हुन्छ ।

उपयोगिता 

टिमूर बहुउपयोगी बिरुवा हो । यसलाई साधारणतया अचारमा मसलाको लागि प्रयोग गरिन्छ । प्राय घरेलु औषधिको रूपमा प्रयोग हुन्छ । टिमुर वा टिमुरको तेल दाँत दुखेको निको पार्न, तागत दिने, अजिर्ण, हैजा, रुघा खाकी तथा ज्वरो, वायु, पेटसम्बन्धि रोगका साथै पेटभित्रको जुका झार्ने औषधिहरूमा प्रयोग गरिन्छ ।
जुका लागेको ठाउँमा टिमुर र नून मिुसाएर लगाएमा जुका झर्दछ । टिमुर माछाको विषमा पनि प्रयोग गरिन्छ । 

टिमुरमा रहेको मुख्य रासायनिक तत्त्व

यसमा पाइने मुख्य रसायन लिमोनिन र मिथाइल सिनामेट हुन् ।

खेती गर्ने तरिका

टिमुरको खेती हाँगा र बिउ दुबैबाट गर्न सकिन्छ ।

बिउबाट

टिमुरको बिरुवा बीउबाट उमारिन्छ । फल राम्ररी रातो भई पाकेपछि असोज कार्तिक महिनामा सङ्कलन गरी बिउ निकालिन्छ । बासनादार भएको कारण बिउको अंकुरण क्षमताक्रम थोरै समयसम्म मात्र रहन्छ । त्यसैले बिउ टिप्ने वित्तिकै तुरुन्तै सफा गरी नर्सरीमा र्छन सकिन्छ । बिउ छर्नुभन्दा अघि एक दिनअघि बिउलाई तातो पानीमा डुबाई राख्नु पर्दछ । नर्सरीमा वेर्ना एक हात अग्लो भएपछि वर्षाको मौसमा बेर्ना सार्नु उपयुक्त हुन्छ । विरुवा रोप्दा दुई देखि ३ मिटरको फरकमा रोप्नु पर्दछ । 

हाँगा कटिङ्बाट

हाँगा कटिङ्को लागि स्वस्थ्य टिमुरको बोटको बुढी औँलाका मोटाई भएका हाँगाहरू छान्नु पर्दछ । हाँगा कटिङ्ख गर्ने काम माघ फाल्गुन महिनामा गर्दा राम्रो हुन्छ । हाँगा काट्दा कम्तिमा ३ वटा आँख्ला पर्नेगरी तेर्सो काटेर नर्सरी ब्याडमा लगाउनुपर्दछ । रो प्ने भागलाई रुट हर्मोन छिट्टै जरा निस्कनको लागि प्रयोग गरिने औषधिको झोलमा चोपेर रोप्दा छिट्टै जरा हाल्ने हुन्छ र राम्रो सफलता पनि हासिल गर्न सकिन्छ । कटिङ् गरेर रोपेको बेर्नामा जरा पलाएपछि आवश्यक स्थानमा सार्न सकिन्छ ।

सङ्कलन गरिने समय तथा विधि

बैशाख जेठमा टिमुरको फुल लाग्न थाल्दछ । फल लागेर राम्ररी पाकेपछि साउनदेखि असोज महिनामा टिमुरको सङ्कलन गरिन्छ । सङ्कलन गरिएका गेडाहरूलाई राम्ररी सुकाई बोरामा कसेर ओभानो ठाउँमा राख्नु पर्दछ । बीउको लागि भने टिमुरको फल फुट्नुभन्दा अगाडि नै सङ्कलन गर्नु राम्रो हुन्छ ।

Sourc

थप समाचार