नेपालका ७५ वटै जिल्लाहरूमा खेती गरिने कोदा [Finger millet: Eleusine coracana (L.) Gaertn.] क्षेत्रफलका हिसाबले धान, मकै र गहुँ पछिको चौंथो महत्त्वपूर्ण पोषिलो र गुनिलो खाद्यान्न बाली हो । हातका औंलाजस्ता बाला हुने भएकाले अंग्रेजीमा यसलाई फिङ्गर मिलेट भनिन्छ ।
कृषि विकास मन्त्रालयको तथ्याङ्क, २०१४ अनुसार नेपालमा २ लाख ७१ हजार हेक्टरमा कोदोखेती गरिन्छ, जसबाट १।१ टन र हेक्टरको औसतमा लाख ४ हजार टन उत्पादन हुन्छ । कोदामा ७२.६५ कार्बोहाइड्रेट, ७.७५ प्रोटिन , ३.६५ रेसा, २.७५ खनिज पदार्थहरू तथा १.५५ चि ल्लो पदार्थ पाइन्छ । १०० ग्राम कोदामा ३४४ मी.ग्रा क्याल्सियम, २८३ मी.ग्रा फस्फोरस, ३.९ मी.ग्रा फलामका साथै प्रशस्त मात्रामा म्याँग्निज, जिङ्क र पोटासियम पाइन्छ । कोदामा हाम्रो शरीरलाई चाहिने प्रशस्त पोषक तत्वहरू पाइने भएकाले गर्भवती महिला, केटाकेटी,मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरूका लागि यो उत्तम खाना हो ।
कोदाको मुख्यतः ढिँडो, रोटी र खोले खाने चलन छ भने यसको नल र दाना दुबै पशु आहाराका रूपमा प्रयोग गरिन्छ । उत्पादित कोदाको प्रमुख हिस्सा रक्सी र जाँड उत्पादनमा पनि प्रयोग भइरहेको छ । प्रायजसो सीमान्त जग्गामा खेती गरिने र प्रतिकुल समयमा पनि उत्पादन दिने भएकाले कोदाले हाम्रो खाद्य तथा पोषण सुरक्षामा ठूलो योगदान दिएको छ ।
विविधता
नेपालमा खेती हुने कृषकका स्थानीय जातहरूमा मुड्के कोदो, झ्यापे कोदो, चुल्ठे कोदो, च्याल्ठे कोदो, रातो कोदो, सेतो कोदो, कालो कोदो, सानो कोदो, ठूलो कोदो, पाउँदुरे कोदो, पछौटे कोदो, सम्धी कोदो, ज्वाईं कोदो, डल्ले कोदो, ओख्ले कोदो, गम्की कोदो, झोपे कोदो, लामपाते कोदो, भैंसी कोदो, लुर्के कोदो, असारे कोदो, असोजे कोदो, कात्तिके कोदो, भँचुवा कोदो, उर्चो कोदो, लोप्रे कोदो, टाउके कोदो, नङ्गे कोदो, नङकटुवा कोदो, दूधे कोदो, मडुवा कोदो, बन्से कोदो, लत्रे कोदो, लेकाली कोदो, लट्टे कोदो, मट्यङ्ग्रे कोदो, केस्रे कोदो, झ्याउरे कोदो, चाम्रे कोदो, पहेँले कोदो, झम्के कोदो, छत्रे कोदो, धौले कोदो, बाटुले कोदो, चौमासे कोदो, तेमासे कोदो आदि छन् ।
यिनीहरूमध्ये कति पय जातहरूमा छिटो पाक्ने, नढल्ने, रोगकीरा सहने, सुक्खा सहने, पीठो पर्ने, धेरै फल्ने, खान मीठो आदि जस्ता अति महत्त्वपूर्ण विशिष्ट गुणहरू रहेका छन जुन आज हाम्रा लागि मात्रै हैन, भावी सन्ततिका लागि पनि अति उपयोगी हुन सक्छन ।
जातीय छनोट
कोदाका रैथाने जातहरूबाट नै उत्कृष्ट बोटहरू र तिनका ५० देखि १०० बालाहरू छनोट गरी हरेक वर्ष बीउ छनोट गर्दै कृषक स्वयंले पनि अपेक्षाकृत बढी उब्जानी दिने उपयुक्त जात छनोट गर्न सक्छन ।
छनोट गर्दा धेरै चिसो तथा धेरै खडेरी सहन सक्ने, ठूला र आकर्षक बाला भएको, नढल्ने, रोगरकीरा नलागेका, बाला सुक्दासम्म पनि बोट हरियै रहने, एकै नासले पाक्ने, मध्यम एकैनासको उचाइ भएका, धेरै गाँज भएका बोटहरूबाट बालाहरू छान्दै जानुपर्छ ।
असल बीउमा हुनुपर्ने गुणहरू
गुणस्तरीय बीउको प्रयोगबाट मात्रै १५ देखि २० प्रतिशतसम्म उत्पादन बढाउन सकिने कुरा विभिन्न अनुसन्धान हरूबाट पुष्टि भइसकेको छ । जातीय गुण भएको, झारपात, अन्य बाली तथा अन्य जातका बीउहरू नमिसिएको ढुङ्गा ,माटो र छेस्का नमिसिएको, कुनै पनि रोग र कीराको संक्रमण नभएको, एकैनासे, चमकयुक्त र पोटिलो, ८५ प्रतिशत भन्दा उच्च उमारशक्ति भएका र प्रतिकुल अवस्था सहन सक्ने क्षमता भएको बीउलाई असल बीउ भनिन्छ ।
तालिका १
खेती प्रणाली र रोप्ने समय :
छरुवा वा पाउँदुरे कोदो वैशाखमा छरी भदौमा टिपिन्छ भने रोप्ने कोदो ब्याडमा बेर्ना तयार गरी ठाउँ हेरीकन जेठदेखि साउनसम्ममा रोपिन्छ ।
तराई, भित्रीमधेस र बेँसीमा असारको पहिलो–दोस्रो हप्ता, मध्यपहाडमा जेठ दोस्रो पक्ष तथा उच्च पहाडमा वैशाख मध्यदेखि जेठ मध्यसम्म कोदो रोप्नका निम्ति उपयुक्त समय हो । धेरै ढिलो गरी रोपेमा पनि कोदाको फूल फुल्ने बेला चिस्यानको कमी भई उत्पादन घट्ने भएकाले असिञ्चित क्षेत्रमा मनसुन सुरु हुनासाथ कोदो रोप्नुपर्छ ।
जग्गा र जात छनोट :
रोप्ने समयमा माटामा पर्याप्त मात्रामा चिस्यान उपलब्ध हुनु अति आवश्यक हुन्छ । कोदोबालीका लागि पानी नजम्ने, मलिलो दोमट माटो उपयुक्त हुन्छ । बीउ–उत्पादनका निम्ति सकेसम्म अघिल्लो वर्ष कोदो नलगाएको जग्गा छान्नुपर्छ ।
बाली लगाउने अवस्था :
१) चोखो बाली : प्रायः यो तरिकामा छिटो मकै तयार हुने वा ५००० देखि ७००० फिट उचाई भएको स्थानमा खेती गर्ने गरिन्छ । यसको लागि जमिन ४/५ पटक खनजोत गरी मसिनो वनाउने र प्रसस्त पाकेको कम्पोष्ट उन्नत खेती प्रविधि तथा मल राखी कोदोको वीउलाई एकनासले जमिनमा छर्ने र माटोले पुरी दिने गरिन्छ । यसरी गरिने खेतीलाई नै चोखो खेती वाली भन्ने गरिन्छ ।
ब्याड व्यवस्थापन :
कोदालाई ब्याड राखेर पछि बेर्ना रोप्ने वा सिधै छर्ने दुवै तरिकाले खेती गरिन्छ । एक रोपनी जग्गाका लागि ८५ प्रतिशत भन्दा बढी उमारशक्ति भएका ४०० देखि ५०० ग्राम बीउ आवश्यक हुन्छ ।
कोदोबालीमा रोगको आक्रमण नहोस भन्नका निम्ति २.५ ग्राम भाइटाभेक्स र थिराम र कार्बेन्डाजिमले प्रति के.जी। बीउलाई उपचार गर्न सकिन्छ । कोदाको बीउ राख्दा २० से.मी उच्च ब्याड बनाई २ देखि ३ से.मी गहिराइमा बीउ छर्नु पर्छ।
पृथकता दुरी र बिरुवा रोप्ने दूरी :
कोदो एक स्वयंसेचित बाली भएकाले मकै र तोरीमा जस्तो एक जात र अर्को जातबीच प्राकृतिक सङ्करणरसेचन हुने सम्भावना हुँदैन, तसर्थ एक जात र अर्को जातबीचको पृथकता दूरी थोरै (१ देखि २ मिटर) मात्र भए पुग्छ ।
बीउ राखेको ३ देखि ४ हप्तामा ब्याडबाट बेर्ना उखेलेर राम्रोसँग तयार पारिएको र प्रशस्त चिस्यान भएको माटामा लाइन देखि लाइनको दूरी २० देखि २५ से.मी. र बोटदेखि बोटको दुरी १० से.मीको फरकमा रोप्नुपर्छ ।
झारपात तथा रोग व्यवस्थापन :
कोदो असिञ्चित बर्खे बाली भएकाले यसमा झारपातको समस्या धेरै हुन्छ, जसलाई समयमै गोडमेल गरेर हटाउने गर्नु पर्छ । यसका पातमा मरुवा (ब्लास्ट) र थोप्ले (सर्कोस्पोरा) रोग लाग्दछ । सिफारिस गरिएका जातहरूमा रोग कम लाग्ने भएकाले त्यस्ता जातहरू लगाउने, रोग नलागेका बोटहरूबाट बीउ राखी बीउ उपचार गरेर रोप्ने गर्नु पर्छ ।
बेजात हटाउने :
बीउ–उत्पादन गरिएको जग्गा बाला निस्कन े र पाक्ने बेलामा कम्ती मा २ पटक निरीक्षण गर्नु पर्छ । यदि हामी आफ्ना लागि मात्रै थोरै मात्रामा बीउ उत्पादन गर्दछौं भने ठूला र आकर्षक बाला भएको, स्वस्थ एकै नासका बोटहरूबाट आवश्यक मात्रामा बालाहरू छान्नुपर्छ तर धेरै बीउ उत्पादन गर्नु छ भने झारपातका बोटहरू, अन्य बालीका बोटहरू, रोगी, धेरै छिटो वा धेरैढिलो बाला निस्केका, बेजात बोटहरू हटाएर बाँकी सबै वोटहरूबाट बीउ लिनुपर्छ ।
कटानी–चुटानी :
कोदाका बाला राम्ररी सुके पछि चिनो लगाएका बोटहरूबाट आँसीका सहायताले बाला टिपेर छुट्टै राम्रोसँग सुकाउनुपर्छ । बीउ–उत्पादन गरिएको जातलाई अन्य जातहरू भन्दा छुट्टै सफा खलो वा त्रिपालमा चुटेर राम्रोसँग सुकाउनुपर्छ ।
भण्डारण :
भण्डारण गरिएको कोदोबालीमा त्यति कीरा लाग्दैनन् तर पनि ढुसीजन्य रोगले आक्रमण नगरोस र बीउको जीवितपन लामो समयसम्म रहोस भन्नका लागि बीउलाई सुकाएर दाँतले टोक्दा कुटुक्क आवाज आउने (१२ देखि १३ प्रतिशत चिस्यान हुने) भएपछि राम्रोसँग बन्द गर्न सकिने टिनको भकारी, सुपर ब्याग र बोरा वा अन्य उपलब्ध भाँडामा बीउका बारेको जानकारी र सङ्केत पत्र (लेबल) सहित ओस नलाग्ने ठाउँमा भण्डारण गर्नु पर्दछ ।