परिचय वाली उत्पादन गर्नका लागि विउ एउटा प्रमुख लागत सामग्री हो । गुणस्तरयुक्त वीउको अभावमा उत्पादनमा ठूलो ह्रास हुन्छ । अधिकांस कृषकहरुले बीउ आफै उत्पादन नगरि अरुको भर अथवा कृषि सामग्री संस्थानको भर परेको हुन्छ ।
अरुको भर पर्दा वीउ महंगो हुन जानुको साथौ वीउ समयमा उपलव्ध नहुन सक्दछ । जसको कारणले गर्दा कुल गहुंको उत्पादनमा ह्रास हुन सक्छ । वीउ एउटा जीवित विरुवाको सानो रुप हो । त्यसमा विरुवाका संम्पूर्ण गुणहरु समेटिएको हुन्छ ।
तथा वीउका गुणस्तरहरु उम्रने क्षमता, शुद्धता, झारपातको वीउ तथा चिस्यान प्रतिसत निर्धारण गरे अनुसार हुन्छ । यदि वीउ बृद्धिका सैद्धान्तिक अवस्थाहरु अपनायनौ भने वीउका गुणहरुमा ठूलो हस आउंछ ।
असल वीउमा हुनु पर्ने गुणहरु वीउको आनुवंशिक र जातीय शुद्धता, यो गुण वीउलाई पूर्व वंश वा स्तरवाट प्राप्त भएको हुन्छ । जातीय शुद्धता कायम राख्न जातीय मिश्रण वाट जोगाउनु पर्दछ । गहुं वाली स्वयम सेचन हुने वाली भएको हुनाले वंशानुगत शुद्धता कायम राख्न सजिलो छ ।
वीउको भौतिक शुद्धता धुलो, माटो, भुस,झारपात वीउ नमिसिएको हुनु पर्दछ ।
वीउको आकार रंग र आकृतिमा समानता ।
वीउको परिपक्वता राम्रो संग पाकेको वीउ हुनु पर्दछ ।
वीउ एकनासकोहुनु पर्दछ ।
वीउको उमेर एक वर्ष वा एक सिजन ।
वीउको जीवन क्षमता उम्रने क्षमता हुनुपर्दछ ।
वीउको सुसुप्ता अवस्था हुनु पद
वीउको स्तर १) प्रजनन वीउ – यो वीउ अनुसन्धान कर्ता द्धारा थोरै मात्रामा उत्पादन हुन्छ ।
२) मूल वीउ – सरकारी कृषि फार्महरु द्धारा अलि बढी मात्रामा उत्पादन हुन्छ । यसमा सेतो ट्याग लागेको हुन्छ ।
३) प्रमाणित प्रथम – यो वीउ कृषकहरु स्तरमा वढी मात्रामा प्राविधिकहरुको रेखदेख मा उत्पादन हुन्छ । यसमा निलो ट्याग लाग्छ ।
४) प्रमाणित दोश्रो – यो कृषकस्तरमा अत्यधिक मात्रामा उत्पादन हुन्छ्र । प्राविधिकहरुले सहयोग गर्दछ । यसमा हरियो ट्याग लागेको हुन्छ ।
गहुं उत्पादन प्रविधि - हावापानी छनौट – वीउ उत्पादन गर्ने जात सिफारिश क्षेत्रमा लगाउनु पर्दछ । जस्तै तराई, पहाड, उच्च पहाड । सिफारिश क्षेत्रमा नलगाएमा विस्तारै वंशानुगत गुणमा परिवर्तन हुन जान्छ ।
- जग्गा छनौट – जग्गा तराईमा कम्तीमा १ हेक्टर एक प्लटमा हुनुपर्दछ । सिंचाई सुविधा तथा वाटो हुनु पर्दछ । पूर्व वाली गहुं नै भएमा त्यही जात हुनु पर्दछ ।
- श्रोत वीउ तथा स्तर छनौट – कृषक स्तरमा प्रमाणित प्रथम पुस्ताको वीउ उत्पादन गर्न मूल वीउ कृषि फार्म,केन्द्रवाट दिनु पर्दछ ।
- जात छनौट – त्यस क्षेत्रमा कृषकले, मन पराएको जात लगाउने । सिफारिश गरेको नयां जात को छनौट गर्नुपर्दछ ।
- पृथकता दुरी – गहुं वालीमा एकजात वाट अर्को जातको दुरी कम्तीमा ३ मिटर र कालो पोके रोग लागेको वाली देखि ५० मिटर टाढा हुनुपर्छ ।
- मल र वीउको प्रयोग – मलको मात्रा नाइट्रोजन १०० केजी प्रति हेक्टर ,फस्फोरस ६० केजी प्रति हेक्टर, पोटास ४० केजी प्रति हक्टरे,वोरेक्स १० केजी प्रति हेक्ट ,गोबरमल भए २ टन प्रति हेक्टर र वीउ १२० केजी प्रति हेक्टर आबश्यक पर्ने हुन्छ ।
- सिंचाई– मुकुट जरा अवस्था २१ दिनमा अनिवार्य रुपमा सिंचाई गर्नु पर्दछ । अत्यधिक, चिस्यान माटोमा भए निकासको व्यवस्था मिलाउनु पर्दछ । गहुं बाली बाट राम्रो उत्पादन लीनको लागी चार देखि पांच पटक सम्म सिंचाई गर्नु पर्दछ ।
- गोडमेल – झारपात भएमा २,४ डी.१ ग्राम प्रतिलिटर पानीमा घोलेर २० लिटर झोल प्रति रोपनीमा पात भिज्ने गरि छर्नु पर्दछ ।
- रोगि¨ – बेजातको बोट अग्लो वा होचो वोट, झारपातको वोट ,झारपातको वोट कालो पोके लागेको वोट उखेलेर खेत वाहिर जलाई दिनु पर्दछ ।
- वीउ वाली कटानी – वाली पूर्ण रुपमा पाकेपछि मात्र काटनु पर्दछ । काटेर थ्रेसर मेसिनमा चुटने ।
- वीउ प्रशोधन – वीउलाई सफा गर्ने ,सुकाउने,मेसिनमा प्रशोधन गर्ने । प्रशोधन गर्दा एकनासको वीउ मात्र छुटयाउनु पर्दछ ।
- वीउ प्रमाणिकरण – त्यसको लागि सर्वप्रथम वीउ वाली पूर्व जानकारी फारम वा निवेदन विउ विजन प्रयोग शाला मा पठाउनु पर्दछ । वालीमा फूल फूल्ने बेला वा काटने पूर्व निरिक्षण गर्नु पर्दछ । त्यसको प्रतिवेदन कृषकलाई पनि एक प्रति दिनु पर्दछ ।
वीउ नमूना लिने विउ परिक्षण गराउन प्रयोगशालामा पठाउनु पर्दछ । निर्धारित स्तर अनुसार वीउको गुण पुगेमा वीउको लागि सिफारिश हुन्छ ।
- वीउ उपचार, प्याक गर्ने, भण्डारण – वीउ प्रमाणिकरण पछि वीउ उपचार गरि ट्याग लगाएर वोरा वन्दी गरि भण्डारण गर्नु पर्दछ ।
सिफारिस अनुसार गहुको वीउको गुणस्तर प्रमाणित वीउ खेत स्तर – पृथकता दुरी ३ मिटर, प्रत्येक २००० वालामा अन्य जातको ४ बाला, रगते झार २ बोट प्रति २००० वालामा, कालो पोके रोग ४ प्रति २००० वालामा,अफटाईप (बेजातको गहुं) ६ प्रति २००० वालामा वीउ स्तर – शुद्धता ९८ प्रतिसत, निस्कृय पदार्थ २ प्रतिसत,अरु वाली वीउ २० वटा प्रति केजी, झारपातको विउ ५ प्रति केजी विउ, उम्रने क्षमता कम्तीमा ८५ प्रतिशत, चिस्यान अधिकतम १२ प्रतिसत ।
मध्य र उच्च पहाडको लागि उत्कृष्ट गहुँको जातः डब्लु–के १२०४ र खेती प्रविधि कुनै पनि वालीको उत्पादनको लागि माटो र हावापानी अनुसारको उपयुक्त जातको आवश्यकता पर्दछ ।
यसै परिप्रेक्षमा नेपाल कृषि अनुसन्धान परिषद्ले अन्तराष्ट्रिय मकै तथा गहुँ अनुसन्धान विकास केन्द्र मेक्सिकोमा प्रजनन् गरिएको सामग्रीहरुको उपयोग गरी विभिन्न परीक्षणहरुका मूल्याङ्कन पश्चात उच्च र मध्य पहाडी क्षेत्रमा उपयुक्त हुने डव्लु. के. १२०४ गहुँको जात सिफारीस गरेको छ ।
यो नढल्ने, धेरै फल्ने, ढिलो समय सम्म छ्वाली हरियो रहने, एकै समयमा पाक्ने, आदी गुणहरु भएको जात हो ।
जातीय गुणहरु वोटको उचाई : सरदर ८३ से. मि. बाला लाग्ने समय अवधि : सरदर १२७ दिन (बीउ रोपेको दिन पछि) पाक्ने अवधि : सरदर १६९ दिन उत्पादन क्षमता : ६८८९ किलो प्रति हेक्टर रोगसंग लड्ने क्षमता : पहेंलो सिन्दुरे रोग नलाग्ने गहुँको दानाको रंग : सेतो दानाको बनावट : कडा, अन्डाकारको गोलो दानामा प्रोटिनको मात्रा : १६% पिठोको प्रोटिनको मात्रा : १४.९% स्वाद, सुगन्ध : राम्रो पकाउन : सजिलो अन्य गुणहरु : धेरै समय सम्म भण्डारण गर्न सकिने, बजार सम्भाव्यता बढी भएको ।
बीउ भाईटाभेक्स–२०० ले राम्रोसँग उपचार गरेको बीउ वा आफ्नै घरमा २ देखि ३ ग्राम सम्म भाईटाभेक्स–२०० ले प्रति किलोग्राम बीउ उपचार गरेर रोप्नको लागि ठिक्क पार्नु पर्छ ।
यसरी उपचार गरेको बीउ रोप्नाले कालो पोके जस्ता ढुसिजन्य रोगबाट वालीलाई बचाउनसकिन्छ । प्रति रोपनी जग्गाको लागि ५ देखि ६ किलोग्राम सम्म बीउको आवश्यकता पर्दछ ।
जमीनको तयारी मल र बीउ छर्ने जमीनमा प्रयाप्त मात्रामा चिस्यान संरक्षण गर्ने राम्रोसँग जमीन जोत्नु पर्छ । उक्त जमीनमा कम्तिमा पनि दश टन प्रांगारिक वा गोठेमल प्रति हेक्टरको दरले जग्गामा मिलाउनु पर्दछ ।
रासायनिक मलको मात्रा प्रांगारिक वा गोठेमलको प्रयोगको आधारमा अड्कल्नु पर्छ । साधारणतया ६० किलो नाइट्रोजन, ६० किलो फोस्फोरस र ६० किलो पोटाश जमीनको तयारी गर्दा प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ ।
जमीनको राम्रोसँग तयारी गरेर मात्र बीउ छर्ने काम गर्नु पर्दछ । बाँकी ६० किलो नाइट्रोजनको मात्रा, यूरियाका माध्यमबाट पहिलो सिंचाई पछि र वाला पसाउने बेलामा ३०–३० किलोका दरले प्रयोग गर्नु पर्दछ ।
असिञ्चित क्षेत्रमा ६० किलो नाईट्रोजन, ४० किलो फोस्फोरस र ४० किलोग्राम पोटास प्रति हेक्टरको दरले जमीनको तयारी गर्दा नै प्रयोग गर्नु पर्छ ।
सिंचाई जमीन सुख्खा छ भने वाली लगाउनु भन्दा अघि नै सिंचाई गर्नु पर्छ । बीउ उम्रेको २५ दिन पछि एक पटक र बाला पसाउने बेलामा अर्को पटक सिंचाई गर्नु पर्छ । गोडमेल बेला बेलामा झारपात निकाल्नु राम्रो हुन्छ । झार मार्नको लागि विषादी प्रयोग गर्नु राम्रो हुदैन ।
बाली भित्याउने गहुँ राम्रोसँग पाकेपछि, गहुँको पुरै बोटमा परिवर्तन हुन्छ । गहुँको दाना सुकेपछि काट्नु पर्छ । यसको उत्पादन सरदर ६.९ टन प्रति हेक्टर रहेको छ ।