बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मास बालीको आधुनिक खेती प्रविधि

सोमबार, असार ११ २०८१
9 views
मास बालीको आधुनिक खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

बालीको परिचय
वानस्पतिक चिनारी तथा विविधता
मास बाली (Vigna mungo L.) कोसेबाली परिवारमा पर्दछ । यसको जरा ट्याप रूट प्रणालीमा आधारित हुन्छ र डाँठ थोरै धारिलो बाक्लो खैरो झुसले ढाकिएको र अधर देखि नै थुप्रै हाँगाविङ्गाहरु निस्केका हुन्छन् ।

यसका पातहरु ठुला, तीनपाते (trifoliate) तथा बैजनी रंगको झुसले ढाकिएका हुन्छन्। पातहरू ५-१० सेन्टिमिटर लामो र अंडाकार हुन्छन् र फूलहरु ५-६ वटा फूलहरूको समूहमा फुल्दछन् । कोसाहरू लामो र बेलनाकार र ४९ ६ सेन्टिमिटर लामो हुन्छन् । प्रत्येक कोसामा कालो वा गाढा खैरो ४-१० बीउहरू हुन्छन् ।

नेपालमा मासबाली क्षेत्रफल तथा उत्पादनको दृष्टिकोणले दोश्रो महत्वपूर्ण कोसेबालीको रुपमा रहेको छ । करिब २३,०५६ हेक्टर क्षेत्रफलमा मासको खेती भई २०,४४० मे.टन उत्पादन र ८८७ के. जी.प्रति हेक्टर उत्पादकत्व रहेको तथ्याङ्कले देखाउदछ ।

विशेषतया यो बाली मध्य पहाडको बेसी, टार तथा उपत्यकामा मकैसँग मिश्रित बाली प्रणालीको रुपमा वा एकल बालीको रुपमा वा धानको आलीमा, भिरालो जग्गामा तथा घर वरिपरि लगाउने प्रचलन छ भने तराईमा प्रायजसो एकल बालीको रुपमा, सडकको किनारतिर र धानको आलीमा लगाईन्छ ।

मासको दाल आम नेपालीको खानाको पहिचान हो र यसबाट २५ प्रतिशत प्रोटिन र प्रचुर मात्रामा पोटासियम पाइन्छ । मासको परिकारहरु सजिलै पच्नुका साथै स्वादिष्ट हुन्छन् ।

टुसा उमारेर खाइने दानाहरुमा प्रशस्त मात्रामा भिटामिनहरु तथा एमिनो एसिड पाईन्छ । मासबाट मस्यौरा, क्वांटी, रोटी बारा, फुरौला, खिचडी आदि विभिन्न परिकारहरु बनाईन्छन् ।

मास पशु आहारको रुपमा समेत प्रयोग गरिन्छ । अन्य कोसेबालीले जस्तै मासले
वायुमण्डलमा रहेको नाईट्रोजनलाई माटोमा स्थिरीकरण गरी विरुवालाई
उपलब्ध गराउने भएकाले यसलाई हरियो मलको रुपमा र भुक्षय रोक्न समेत
खेती गरिएको पाइन्छ ।

श्रोत तथा साधनको कमीले यस बालीको अनुसन्धानमा खासै फड्को मारेको देखिंदैन । खासगरी उन्नत जातहरु सिफारिस नहुनु, पहेंलो छिरविरे रोगको प्रकोप बढ्नु, माटोमा सुक्ष्म तत्वहरु बोरोन, क्याल्सियम, तथा मोलिब्डेनमको कमी हुनु साथै कृषक समक्ष उन्नत खेती प्रविधिको विस्तार हुन नसक्नु तथा खेती गर्दा उन्नत प्रविधि नअपनाउनु आदि मुख्य कारणहरु पर्दछन् ।

यो बालीको स्थानीय जातहरुमा आवश्यक सुधार गरी नयाँ जातको विकास गरी उत्पादकत्व बढाउन सकेमा खाद्य सुरक्षा तथा दिगो कृषि विकासमा महत्वपूर्ण योगदान दिन सकिने संभावना देखिन्छ ।

मास खेती प्रविधि हावापानी र माटो
नेपालमा मासको खेती तराई देखि मध्य पहाड (१००-१९०० मिटरको उचाई सम्म) मा गृष्म तथा वर्षा दुबै मौसममा गर्न सकिन्छ। मासको बिरुवाको वृद्धि विकास र राम्रो उत्पादनको लागि २५-३५ D. से. तापक्रम आवयश्यक पर्दछ।

विशेषत मास छोटो प्रकाश अवधि मन पराउने बाली भएकाले फूल खेल्ने समयमा हुने वर्षातले भने उत्पादनमा प्रतिकुल असर पारेको देखिन्छ । मासले खडेरी तथा गर्मी सहन सक्छ तर अत्याधिक तुसारो र हिमपात सहन सक्दैन ।

मासलाई विशेष गरि वर्षे बालीको रुपमा लगाउने भए पनि गृष्म मौसममा यसको खेती गर्दा सिंचाईको आवयश्षकता पर्दछ । मासलाई विभिन्न प्रकारको माटोमा उब्जाउन सकिन्छ । यो बाली पानी नजम्ने वा समुचित जल निकास भएको बलौटे दोमट वा दोमट माटो भएको जग्गामा लगाउन उपयुक्त हुन्छ ।

धेरै अम्लिय माटो मास खेती को लागि उपयुक्त हुँदैन तसर्थ माटोको पी.एच. तटस्थ भएको (६ देखि ७.५) हुन उत्तम हुन्छ ।

जातको छनौट
मासका विभिन्न जातहरु विभिन्न जलवायु तथा भौगोलिक वातावरणको लागि उपयुक्त हुने गरि सिफारिस गरिएको छन् । निश्चित जात छनौट गरी सिफारिस गरिएका क्षेत्रमा लगाउँदा मासबाट कृषकहरुले मनग्य उत्पादन लिन सक्छन् ।

कोसेबाली अनुसन्धान कार्यक्रम खजुराले मासबालीको प्रजनन् र मूल बीउ उत्पादन गरी विभिन्न सरकारी र गैरसरकारी संघ संस्था, सहकारी र कृषक समूहहरुलाई उपलब्ध गराउँदै आएको छ ।

448541548_1169949304156830_7781870800296700705_n.jpg

बाली चक्र र खेती प्रणाली
मध्य पहाडको खेती प्रणालीमा मास एक्लै वा अन्य बालीसँग अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउनु पर्दछ । यसको लागि कोदो, मकै, बाजा र कपास जस्ता बालीसँग अन्तरबाली वा मिश्रित बाली को रुपमा लगाउन सकिन्छ ।

त्यसैगरी यो बालीलाई फराकिलो दुरी आवयश्यक भएका बालीहरु जस्तै रहर र उखुसँग समेत सफलता पुर्वक अन्तर बालीको रुपमा खेती गर्न सकिन्छ ।

मासलाई धान खेतको आलीमा लगाउने प्रचलन परापूर्वकाल देखिनै रहँदै आएको छ । प्रचलित मास बाली खेती प्रणाली निम्नानुसार रहेको पाइन्छ ।

- मकै + मास (गहुँ वा तोरी)
- धान + मास (आलीमा) गहुँ वा तोरी
- मकै - आलु - मास
- मकै - गहुँ - मास
- मकै - मास - गहुँ - हरियो मल (ढैचा)

जमिनको तयारी
जमीनलाई १५ देखि ३० से.मी. गहिरोसँग २९३ पटक जोनु पर्दछ र अघिल्लो बालीको अवशेषहरु र झारपातहरु हटाउनु पर्दछ । अन्तिम जोताईमा आवश्यक सिफारिस मलखाद राखि राम्रोसँग डल्ला फोरी पाटा लगाई सम्याउनु पर्दछ ।

बाली लगाउने समय
मास लगाउने समय खेती गरिने ठाउँ, वर्षा तथा बाली पद्धति अनुसार फरक फरक हुन सक्दछ । मध्य पहाडको लागि जेष्ठको अन्तिम हप्ता देखि असार दोश्रो हप्तामा बीउ छर्न उपयुक्त मानिएको छ भने तराई र भित्र मधेशमा वर्षे सिजनको लागि श्रावणको अन्तिम हप्ता देखि भदौ दोश्रो हप्तामा र गृष्म सिजनमा चैत्रको अन्तिम हप्ता देखि वैशाखको दोश्रो हप्ता सम्ममा बीउ छर्न उपयुक्त मानिन्छ ।

घैया धान वा मकै पछि मास लगाउने ठाउँहरु जस्तै लम्जुङ्ग, गोरखा, तनहुँ, दैलेख, डडेल्धुरा आदिमा भदौ महिना भरीमा मास छर्न सकिन्छ। तराई क्षेत्रमा गृष्म बालीको रुपमा मध्य फाल्गुन देखि मध्य चैत्रमा लगाउन सकिन्छ भने मध्य चैत्र भन्दा ढिलो लगाउँदा मास पाक्ने बेलामा वर्षा भै उत्पादनमा असर पुग्न संभावना रहन्छ ।

बीउको दर, रोप्ने तरिका र बीउ उपचार (सुक्ष्मजीव उपचार)
- गृष्म सिजनमा एकल बालीको रुपमा लगाउँदा ३० के.जी. प्रति हेक्टर अर्थात १ के.जी. प्रति कट्ठाको दरले रोप्नु पर्दछ भने बर्षे सिजनमा २० के.जी. प्रति हेक्टर अर्थात ७०० ग्रा प्रति कट्ठाको दरले रोप्नु पर्दछ तर बीउको उमारशक्ति ७५ प्रतिशत भन्दा बढी हुनु जरुरी हुन्छ । हरियो मलको प्रयोग गर्ने उद्देश्यले मास लगाउँदा बीउदर २०-४० के.जी.रहे। का दरले प्रयोग गर्नु उपयुक्त हुन्छ ।

- लाइनमा रोप्दा एक लाइन देखि अर्को लाइनको दुरी ४० देखि ५० से.मी. तथा एक वोट देखि अर्को बोटको दुरी १० से.मी. हुनुपर्दछ ।

- बीउवाट उत्पन्न हुने ढुसीजन्य रोगहरु नियन्त्रणको लागि वेभिष्टिन २ ग्राम प्रति के।जी। बीउको दरले राम्ररी मिसाई उपचार गर्नु पर्दछ । मासबाली पहिलो पल्ट लगाउँदा भने बीउलाई राईजोबियम जैविक मलले उपचार गर्नु फाइदाजनक हुन्छ ।

- यसको लागि राइजोवियम मल (KAU-BG-2 and BG-12)  बाट बीउ उपचार गर्नु परेमा ५ ग्राम प्रति १ के. जी. बीउमा १० प्रतिशत चिनी पानीको झोलमा मलेर उपचार गर्नु पर्दछ ।

सिंचाई
मास वर्षे बाली भएकोले साधारणतया सिचाईको आवश्यकता पर्दैन तर धेरै समय सम्म खडेरी परेमा सिंचाईको आवश्यकता पर्दछ । खासगरी कोसामा दाना भरिने बेलामा एक सिंचाई दिनुपर्ने हुन्छ । गृष्म सिजनमा लगाइने मास खेती गर्दा २ देखि ३ पटक सम्म सिंचाईको आवश्यक पर्दछ ।

मलखाद व्यवस्थापन (रासायनिक, जैविक)
मलखाद कति प्रयोग गर्ने भन्ने कुरा माटोको उर्वराशक्ति तथा कृषकले गोठेमल कति प्रयोग गर्छन् भन्नेमा निर्भर रहन्छ ।

माटो धेरै मलिलो भएको अवस्थामा रासायनिक मलको आवश्यकता पर्दैन तर जग्गा कम मलिलो रहेको अवस्थामा र मास एकल बालीको रुपमा खेती गरिदा डि.ए.पी. ३ के.जी.। युरिया ३०० ग्राम र पोटास १.३ के.जी. तथा ५०० के.जी. कम्पोष्ट मल प्रति कठ्ठाका दरले जमीन तयार गर्ने बेलामा माटोमा राम्रोसंग मिलाउनु पर्दछ ।

मासमा फस्फोरस बढी मात्रामा उपलब्ध हुने हुँदा फस्फोरसयुक्त मलको मात्रा अन्य दालबालीको तुलनामा मासलाई धेरै चाहिन्छ । यसको साथै ५ ग्राम मोलिब्डेनिम प्रति के।जी। बीउमा उपचार गर्दा वा अनुसन्धानबाट प्राप्त नतिजा अनुसार २.५ प्रतिशत अमोनियम मोलिब्डेटले उपचार गर्दा मासको उत्पादन बढेको पाईएको छ ।

बाली भित्र्याउने समय (समय, बाली पाकेको पहिचान (Maturity
Indices), कटानी तथा भण्डारणका उपायहरु आदि):

मास ६० देखि ८० दिनमा पाक्दछ । मास पाक्ने बेलामा कोसाहरु कालो हुने गर्दछन् । मास बाली ८५ प्रतिशत कोसाहरु पाकेपछि काट्नयोग्य भएको मान्नु पर्दछ ।

कोसेबालीलाई उखेल्नु हुँदैन किनभने उखेल्दा जरामा रहेका गिर्खामा संकलन भएका नाइट्रोजनहरु नस्ट हुन जान्छन् ।

काटेको बोट राम्ररी घाममा सुकाई लठ्ठी अथवा गोरुले दाई गरि दानालाई सफा गर्नु पर्दछ ।

मासका दानाहरु सफा गरी ३ देखि ४ दिन सम्म घाममा सुकाई सकेपछि, टोक्दा कटक्क आवाज आउने भएमा, १ क्विन्टल बीउमा १ चक्की सेल्फस हाली हावा नछिर्ने भाँडोमा भण्डारण गर्नु पर्दछ ।

बीउ भण्डारण
- बीउलाई राम्ररी सुकाएर ९ प्रतिशत चिस्यानमा भण्डारण गर्नु पर्छ ।

- ५ देखि १० डिग्री से. तापक्रममा अन्न भण्डारण गरेमा कीरा ढुसीबाट सुरक्षित राख सकिन्छ ।

- बीउ भण्डारण गर्दा गारो वा भुईको चिसोबाट बचाउन जमिनको सतहबाट ४ इन्च उठाई फलेकमा राखु पर्छ ।

- नँया बीउलाई पुरानो बीउसँग मिसाउनु हुन्न ।

- भण्डारण गर्नु अघि भण्डारण कोठा सफा राखुपर्छ ।

- भण्डारण गर्नु अघि मालाथायन ५० इ.सी. को ५ प्रतिशतको झोल बनाई भण्डार कोठाको भित्ता तथा भुईंमा छर्नु पर्दछ ।

- विषादी छरेको भाँडा ओभानो भएपछि मात्र बीउ भण्डारण गर्नु पर्दछ ।

- सेल्फस वा क्विलफस मध्ये कुनै विषादी २ गोली प्रति मे.टन बीउमा कपडाको टालोमा पोको पारी राखु पर्दछ ।

उत्पादन
उन्नत प्रविधि र उन्नत जात लगाई मास खेती गर्दा प्रति हेक्टर १।२ देखि १।५ टन सम्म उत्पादन लिन सकिन्छ ।

बीउ प्रमाणीकरण
बीउ प्रमाणीकरण प्रक्रियाले उत्पादित बीउको जातीय शुद्धता कायम रहेर नरेहेको बारेमा जानकारी दिन्छ । यस प्रक्रियामा खेतबारीमा बिरुवाको अवलोकन तथा प्रयोगशालामा जातीय परिक्षण गरिन्छ जसले गर्दा बीउको गुणस्तर नियन्त्रणमा सहयोग पुग्दछ ।

बाली अवलोकन
बीउ बिजन प्रयोगशालाका अधिकृत वा तालिम प्राप्त आधिकारिक व्यक्ति वा कृषि ज्ञान केन्द्ररजिल्ला कृषि विकास कार्यालयका बाली विज्ञलाई कम्तीमा दुईपटक मास फूल फूलेपछि बीउ वृद्धि प्लटमा लगेर अवलोकन गराउनु पर्दछ । अवलोकन गराउनु अगाडि खेतबारीलाई सफा राखे, मासका अन्य नराम्रा बोटहरु भए निकालेर हटाउनु पर्छ ।

बेजाते बोटहरुको नियन्त्रण
बीउ बालीका रुपमा खेती गरिएको खेतमा उही जातका अग्ला, होचा बोटहरु, अर्को जातको बोटहरु, रोगी बोट, कमजोर बोटहरु, भिन्न प्रकारका फूलहरु वा चाँडै पाक्ने ढिलो पाक्ने बोटहरु देखापरेमा समयमै हटाउनु पर्छ ।

स्रोत: बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर

थप समाचार