बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जौं खेती कसरी र कुन ठाँउमा गर्न सकिन्छ ?

शुक्रबार, असार १५ २०८१
8 views
जौं खेती कसरी र  कुन ठाँउमा गर्न सकिन्छ ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय, महत्व र उपयोग
मानिसले खेती गरेका बालीमध्ये उवा सबभन्दा पुरानो बालीमा पर्दछ । उवा (Naked barley) अर्थात् मुडुले जौ अथवा जौ (Barley) दुबैलाई एकीकृत रूपमा जौ भनिन्छ।

नेपालमा धान, मकै, गहुँ, र कोदो पछि उत्पादन र क्षेत्रफलका हिसाबले जौ पाँचौं स्थानमा पर्ने खाद्यान्न बाली हो । उवाको वैज्ञानिक नाम  Hordium vulgare हो ।

उवाखेती नेपालको तराई देखि ४,००० मिटर उचाइसम्म गर्न सकिन्छ भने उवा नेपालको उच्च पहाड २,०००मिटरभन्दा बढी उचाइ भएका पहाडी र हिमाली प्रदेशमा खेति गरिन्छ ।

यसकारण उवा खाद्य असुरक्षा भएका यी पहाडी तथा हिमाली क्षेत्रका लागिमहत्त्वपूर्ण बाली हो । परम्परागत रूपमा उवा नेपाल, इथोपिया र जापानमा खेती गरिन्छ भने हाल युरोप, उत्तर अमेरिका र अस्ट्रेलियाजस्ता देशहरूमा समेत यो बाली प्राङ्गारिक (Organic) बालीका रूपमा खेती गरिन्छ ।

बीयर (Beer) बनाउने माल्ट जौबाट प्राप्त हुने भएकाले यसको औद्योगिक महत्त्वपनि छ । नेपालमा उवाको प्रयोग पहिले– पहिले सातु र खोलेका रूपमाउच्च पहाडी र हिमाली भेगमा गरिन्थ्यो तर हाल आएर सबैक्षेत्रमा भातखाने चलन आएकाले उवाजस्ता बालीको महत्त्व कम हुँदैगएको छ ।

खाद्य सुरक्षामा टेवा पुर्याउने बालीका रूपमा पनि उवाजस्ता बालीको महत्व अझ बढी छ । १०० ग्राम उवामा करिब १३ भाग पानी, १२ भाग प्रोटिन, २ भागचिल्लो, ६८ भाग कार्बोहाइड्रेटम पाइन्छ । उवाकोदानाको मुख्य भागमा प्रोटिन हुन्छ चिल्लो पदार्थ कम
हुन्छ ।

यसका साथै उवामा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेस पाइन्छ । यीसबै तथ्यले उवा नेपालीका लागि कति महत्त्वपूर्णखाद्यान्न हो भन्नेकुराकोपुष्टि गर्दछ ।

हावापानी र माटो
उवाखेती नेपालको उच्च पहाडी तथा हिमाली भेगमा गर्न सकिन्छ । यसबालीलाई सुरुमा चिसो र बाली पाक्ने बेलामा न्यानो र सुक्खा मौसम चाहिन्छ । फूल फूल्ने समयमा पहारिलो दिन र रातमा शीत नपर्ने मौसम अनुकूल हुन्छ ।

यसको वृद्धि विकासका लागि १२ देखि १५ रपाक्नका लागि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त हुन्छ । उवाखेतीका लागि पानी निकासको राम्रो व्यवस्था भएको उर्वर तथा दोमट माटो उत्तम मानिन्छ ।

जमिनको तयारी, लगाउने समय, बीउदर, दूरी रसिँचाइ व्यवस्थापन
- पहाड तथा हिमाली क्षेत्रमा स्थानीय हलोले राम्रोसँग खनजोत गरी जमिनको तयारी गर्नुपर्दछ र डल्ला फुटाई २ देखी ३ पटक जोत्नु पर्दछ ।

- असिञ्चित क्षेत्रमा साँझपख जोती रातभरि छोडी बिहान सम्याउनु (मुढो लाउनुरपाटो लगाउनु) पर्छ ।

- यसो गरेमा बारीमा चिस्यान रहन्छ र राम्रोसँग उवा उम्रन्छ ।

- नेपालको पहाडी भेगमा उवा लाइनमा लगाउने भन्दा सिधैछर्ने चलन छ ।

- लाइनमा लगाएमा गोडमेल सिँचाइ बाली संरक्षण र एकनासले बिरुवा संख्या कायम हुनाले अन्य खेती कार्यगर्न सजिलो हुन्छ र उत्पादन पनि बढी हुन्छ ।

- लाइनदेखि लाइनको दूरी २० सेन्टिमिटर र गाँजको दूरी ४ देखी ५ सेमि हुनुपर्दछ भने गहिराइ ५ देखी ६ सेमी हुनुपर्दछ ।

- उवा कात्तिकदेखि मङ्सिरसम्म लगाउन सकिन्छ ।

- हिमाली क्षेत्रमाकात्तिकको पहिलो साता र भित्री र मध्य पहाडमा कात्तिकभरिमा रमङ्सिरको दोस्रो साताभित्र लगाइसकेमा राम्रो उत्पादन लिन सकिन्छ ।

- असिञ्चित क्षेत्रमा कात्तिकको सुरुमै उवा लगाइसक्नुपर्छ ।

1718832101winter-wheat2.jpeg

जौ र उवाका जातहरु
- सोलु उवा, केच, गाल्ट, एचबिएल ५६ र बोनस

गुणस्तरीय बीउ र बीउका लागि गर्नुपर्ने मुख्यकार्यहरू

- बीउका लागि बाली छुट्टै एकजातबाट अर्को जातमा नमिसिएको जातीय शुद्धता कायम हुनुपर्छ ।

- बीउको लागि छनोट गर्दा दाइँगर्नु पहिले राम्रा, पोटिला, रोगरहित बाला छानी छुट्टै राख्नुपर्दछ ।

- यदि धेरै बीउ छान्न परेमाखलामा दाइँगर्दा जातीय मिश्रण हुनुहुँदैन र प्रत्येक जात छुट्टा–छुट्टै चुटेर थन्क्याउनु पर्दछ ।

- प्रत्येक जात अलग–अलग खेतमा लगाउनु पर्दछ । बीउका लागी यी सबै पक्षमा ध्यान पुर्याउनु पर्छ । बालीको उत्पादनमा गुणस्तरीय बीउको ठूलो महत्त्व हुन्छ ।

- बीउकोउमारशक्ति ९८ प्रतिशत भन्दा कम हुनु हुदैन, बीउको चिस्यान मात्रा भण्डारण गर्दा १२५ भन्दा कम हुनुपर्छ, बीउको जातीय शुद्धता कायम हुनुपर्छर अरू बाली वा अरू जातको मिसावट हुनुहुँदैन ।

- बीउमा रोग, कीरा लागेको, टुटेफुटेको र ढुङ्गामाटो मिसिएको पनि हुनुहुदैन । यी सबैगुणयुक्त बीउ भए तापनि बीउलाई भण्डारण गर्दा ध्यान पुर्याउनुपर्छ ।

- बीउ भण्डारण गर्ने ठाउँ सफा, हावा खेल्ने, सुक्खा, हुनका साथै सिडबिन, भकारी, घैंटो, आदि बीउ भण्डारण गर्ने भाँडा हावा नछिर्ने हुनुपर्दछ ।

- वर्षा याममा चिस्यान बढी हुने र रोग, कीरा पनि लाग्नेहुँदा बीउलाईसमय–समयमा निरीक्षण गरी घाममा सुकाउनुपर्छ ।

- नेपाल कृषि अनुसन्धान परिषद्ले वि. सं. २०४७ मा एउटा सोलु उवासिफारिस गरेपछि हालसम्म अरू उन्नत उवाका जातहरू सिफारिस गरेको छैन तापनि स्थानीय रैथाने उवाका १३० जातहरू संकलन गरी खुमलटारमा रहेको जिन बैंकमा संरक्षण गरिएको छ ।

मलखाद र सिँचाई
- मलखादको प्रयोग गर्दा आधा भाग नाइट्रोजन तथा फस्फोरस र पोटासकोपूरै भाग बीउ छर्ने बेलामा प्रयोग गर्नुपर्छ ।

- बाँकी रहेको आधा भागनाइट्रोजन पहिलो सिँचाई गर्ने बेलामा हाल्नुपर्छ ।

- नेपालमा उवा तथाअन्य कम महत्त्व भएका बालीमा रासायनिक मल प्रयोग गर्ने
चलन त्यतिप्रचलित छैन ।

- तसर्थ उवामा गोठे मल र प्राङ्गरिक मलको नै बढी प्रचलन छ ।

- मलखादको मात्रा माटो कति मलिलो छ भन्नेकुरामा निर्भर रहन्छ ।

- सिँचाइ सुविधा भएको क्षेत्रमा राम्रोसँग कुहिएको गोबर ५०० देखी ७०० के जी प्रति रोपनी बाली लगाउनु १ महिना पहिले माटोमा राम्रोसँग मिलाई जोती पुर्नुपर्छ ।

- उवाखेती कम चिस्यान भएका स्थानमा पनि हुने बाली हो । सिँचाइकोव्यवस्था भएमा यस बालीलाई निम्नानुसार सिँचाइ गर्दा राम्रो उत्पादन हुन्छः

  • एकपटक मात्र सिँचाइ गर्ने व्यवस्था भएमा रोपेको ३० देखी ३५ दिन पछी गाँज आउने बेलामास
  • दुई पटक सिँचाइ गर्न सकिने भएमा गाँजिने तथा दाना लाग्ने बेलामास
  • तीन पटक सिँचाइ गर्न सकिने भएमा गाँजिने, बाला निस्कने तथादानामा दूध पस्ने बेलामा ।

बाली काट्ने र थन्काउने
- पाकेको बाली काटेपछि आँगन वा खालियानमा ल्याई सुकाउनुपर्छ र चुटीसफा गरी
थन्क्याउनुपर्छ ।

- उच्च् पहाड जस्तै, जुम्लामा उवा चुट्दा एककिसिमको लाठीमा डण्डी बाँधी चुट्ने गरिन्छ ।

- यसो गर्दा उवा छिटोझर्ने हुन्छ तर प्रायःजसो ठाउँमा लट्ठीले र गोरुबाट दाइँ गर्ने चलन छ भनेतराईतिर ट्रेक्टरले दाइँगर्ने चलन पनि छ ।

- बाली अनुगमन र मूल्याङ्कन उवा खेती लगाउनुभन्दा पहिले जग्गा छनोट, उपयुक्त आवहवा भएको स्थानमा खेती गर्न प्राबिधिकबाट निरीक्षण गरिरहनुपर्छ ।

- खेती लगाएपछि गोडमेल गर्ने बेला, सिँचाइ गर्ने बेला, रोगकीरा लागेको बेला खेतबारीमा निरीक्षण गरिरहनुपर्छ ।

- विषय विशेषज्ञबाट समय –समयमा खेतीको निरीक्षण हुनु पर्छ ।

- बीउका लागि खेती गरिएको छ भने बीउबिजन विज्ञबाट खेतीको गँजाउने, फूल फूल्ने र बाली थन्क्याउने बेलामा निरीक्षण हुनुपर्छ ।

- बीउका लागि भण्डारण गरेको स्थान, चिस्यानको मात्रा, जातीयशुद्धता, रोगमुक्तर गुणस्तरीयता बीउमा हुनुपर्ने गुणहरू भएको छन् कि छैननन् विज्ञबाट अनुगमन हुनुपर्दछ ।

उत्पादन
उन्नत प्रविधि र उन्नत बीउको प्रयोग गरी बाली लगाएमा उवाको उत्पादन प्रतिरोपनी १५० देखी १७५ केजीसम्म लिन सकिन्छ ।

स्रोतः कृषि ज्ञान केन्द्र, म्याग्दी

थप समाचार