बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कसरी गर्ने बदाम खेती ? यस्ता छन् सजिलो उपाय

बुधबार, असार २० २०८१
15 views
कसरी गर्ने बदाम खेती ? यस्ता छन् सजिलो उपाय

समाचार शेयर गर्नुहोस्

Share this news

पृष्ठभूमि
तेलहन बाली नेपालको प्रमुख नगदे बाली हो । यसको खेती नेपालको तराई, मध्य पहाड तथा केही मात्रामा उच्च पहाडमा पनि गरिन्छ । यसको क्षेत्रफल तथा उत्पादन तराईमा खासगरी चितवन, नवलपरासी तथा दाङमा सबभन्दा बढि छ । वर्षे तेलहन बाली अन्तर्गत, बदाम एक प्रमुख बाली हो ।

यस बालीको आफ्नै किसिमको, स्वास्थ्यलाई फाइदा गर्ने किसिमको गुणहरु रहेको पाइन्छ । एक ग्राम बदामले ५.८ किलो क्यालोरी शक्ति दिन्छ । यसमा ४८ देखि ५० प्रतिशत सम्म उच्चकोटीको तेल, २६ देखि २८ प्रतिशत प्रोटिन, २० प्रकारका आवश्यक खनिज तत्व र ७ प्रकारका भिटामिन उपलब्ध हुन्छ ।

यसमा प्रशस्त मात्रामा खाद्यान्न रेसा तथा क्यान्सर (अर्बुद रोग) र मुटुरोग विरुद्ध उपयोगी रसायन पाइन्छ ।

स्थानीय नाम: बदाम
वैज्ञानिक नाम : एराचिस हाइपोजिया एल.
परिबार : लेगुमीनोसी
उप-परिवार : प्यापीलीओनोसी
जाति : रोजेल्स
क्रोमोजोम संख्या : ४०

खेती गरिने क्षेत्र : उष्णकटिबंधीय, उप९उष्णकटिबंधीय र न्यानो शितोष्ण

उत्पति : ब्राजिल (दक्षिणी अमेरिका)

बढी खेती गरिने देशहरु : भारत, चीन, अमेरिका, सेनेगल, इन्डोनेसिया, नाइजेरिया, म्यानमार, सुडान, अर्जेन्टिना

नेपालमा यसको बढी खेती गरिने जिल्लाहरु : बाँके, सल्यान, म्याग्दी, काभ्रेपलान्चोक, बर्दिया, गोरखा, सर्लाही, नवलपरासी, रुपन्देही, तेह्रथुम, कास्की, पर्सा, सिन्धुली, रोल्पा

प्रयोग : स्न्याक्स, खाजा, तेल, वनस्पति घिउ, पिना-पशुको आहार, मलखाद, वीउमा ५०% तेलको मात्रा हुने । प्रोटिन- २६-२८%, स्यचुरेटेड फ्याट्टी एसिड-१९%, मोनो अनस्यचुरेटेड फ्याट्टी एसिड९४८५, पोली अनस्यचुरेटेड फ्याट्टी एसिड- २०%
नेपाल सरकारको आ.व. २०७८-७९ को तथ्याङ्कलाई हेर्ने हो भने, बदाम बालीको खेती ५३२८ हेक्टर, उत्पादन ७३९७ मे.टन र उत्पादकत्व १.३९ टन/हेक्टर रहेको छ।

449129997_1155225362400580_6700613007382591354_n.jpg
2.jpg

नेपालमा १० वर्षको विभिन्न चरणका सफल अनुसन्धान पछि नवलपुर बदाम १ जात उन्मोचन गरि तराई, भित्री मधेश र मध्य पहाडको (समुन्द्री सतह वाट १४) देखि १५०० मिटर उचाई सम्मको लागि सिफारिस गरिएको छ । उक्त जातको बदाम ३०-३५ दिनमा फूल फुल्छ भने १२५ देखि १३० दिन सम्म तयार हुने गर्दछ ।

यस जातमा प्रति बोटमा ३४-४० कोसा लाग्ने गर्दछ भने प्रति कोसा २ ओटा दाना हुने गर्दछ । यसमा पातमा लाग्ने दुसिजन्य रोगसँग लड्ने क्षमता हुनुको साथै सुख्खा सहन सक्ने क्षमता रहेको छ । यस नवलपुर बदाम १ जातको दाना, अन्य बदामको जात भन्दा ठुलो र हल्का सेतो गुलाबी रंग र गोलो आकारको हुने गर्दछ ।

यस जातमा (४७.२७%) तेलको मात्रा र ३४.२२% प्रोटिनको मात्रा पाइन्छ । यस जातको मुख्य आकर्षणको विषय भनेको यसमा रहेकको उत्पादकत्व क्षमता साथै ठुलो र पुस्ट दाना हुने रहेको छ । यसको उत्पादकत्व २.५ देखि २.८ टन प्रति हेक्टर रहेको छ ।

प्रविधि प्रयोग गर्ने तरिका बदाम उत्पादन प्रविधि
हावापानी :
बदाम वाली अवधिमा, ७५० देखि १५०० मिलिमिटर सम्म वर्षा हुने गर्मी हावापानि हुने क्षेत्रमा बदाम खेती राम्रो हुन्छ । २० देखि ३५ सेल्सियस तापक्रम हुने तराइ, भित्री मधेश तथा मध्य पहाडी टारहरुमा नदिको छेउछाउ, पानिको निकास राम्रो भएको बलौटे दोमट जग्गामा बदाम खेती सफलताका साथ गर्न सकिन्छ ।

माटो
यसको खेती गर्न पानी नजम्ने र निकासको उचित व्यवस्था भएको बलौटे दोमट माटोको छनौट गर्नुपर्दछ ।

बाली चक
बदाम-गहुँ, मकै-बदाम-तोरी, बदाम-मसुरो, बदाम-चना, बदाम-हिउँदे तरकारीको बाली चक्र र अन्तरबालीमा बदाम र मकै ९२:१० को अन्तरवाली फाइदाजनक पाईएको छ ।

जमिनको तयारी
जमिनको छनौट पछि माटोको किसिम हेरी दुई तिन पटक खनजोत गरी पाटा लगाइ माटो बुरबुराउदो पार्नु पर्दछ । कम्पोष्ट तथा राम्ररी पाकेको गोबर मल बदाम रोप्न एक महिना अगाडि पहिलो जोताइमै माटोमा मिसाइदिनु पर्दछ ।

1626845495-W8LMh.jpg

रोप्ने समय
तराई र भित्री मधेशमा मौसमी वर्षा शुरू भएपछि जेष्ठ १५ देखि असार १५ सम्म बदाम लगाउन सकिन्छ भने मध्य पहाडको हकमा वैशाखको दोश्रो हप्ता देखि जेष्ठको दोश्रो हप्ता सम्म लगाउने गरिन्छ । रोप्ने बेलामा माटोमा प्रशस्त मात्रामा चिस्यान हुन आवश्यक हुन्छ।

बीउ दर तथा रोप्ने तरिका
सबै बदाम एकै किसिमका हुँदैनन् । बीउको मात्रा, बदामको जातीय गुण र माटोको उर्वराशक्तिमा भर पर्छ । एक हेक्टरका लागि ७० किलो दाना अथवा १०० कि.ग्रा. कोसा बीउ लाग्दछ । लाइन देखि लाइन विचको दुरी ४० से।मि। तथा वोट देखि बोटको दुरी १५ से.मि. कायम गर्नु पर्दछ ।

बीउ उपचार
एक किलोग्राम बीउमा थाईरम १.५ ग्राम वा वेभिष्टीन २ ग्रामका दरले मिसाइ उपचार गर्नु पर्दछ । खुने र धमिरा कीराको प्रकोप हुने जग्गामा क्लोरोपाइरीफस ५ मिलिलिटर प्रति किलोग्राम बीउमा मिसाएर रोपेमा धमिरा र खुम्रेको रोकथाम गर्न सकिन्छ ।

मलखादको मात्रा तथा प्रयोग
राम्रो सँग पाकेको गोबरमल वा कम्पोष्ट मल प्रति हेक्टर ६ देखि ८ मे.टन प्रयोग गर्न बदाम खेतीको लागि फाईदा जनक हुन्छ । मलखादको मात्रा माटोको उर्वराशक्ति तथा लगाइने बालीको किसिममा भर पर्दछ ।

तापनि बदाम बालीमा रासायनिक मलखादको मात्रा नाइट्रोजन २० किलो, फस्फोरस ४० किलो तथा पोटास २० किलो प्रति हेक्टर सिफारिस गरिएको छ । विशेषगरी बदामको सुइरो पस्ने वेला देखि कोसा वृद्धि हुनेबेला क्यालसियम र सल्फर तत्वहरु बोटलाई उपलब्ध हुन आवश्यक हुन्छ ।

जिप्सम (क्याल्सियम सल्फेट) मल ३०० देखि ४०० किलो प्रति हेक्टर फूल फुल्ने बेला प्रयोग गर्दा उत्पादनमा वृद्धि भएको पाइएको छ । कम्पोष्ट मल बीउ रोप्न एक महिना अगाडि र अन्य तत्वहरु नाइट्रोजन, फसफोरस तथा पोटास युक्त मलहरु जमिनको अन्तिम तयारीमै प्रयोग गर्नु पर्दछ ।

गोडमेल
बदाम अन्यबालीको तुलनामा बेग्लै किसिमको हुन्छ। यसमा हाँगामा फूल फुल्छन र कोसाको वृद्धि माटोभित्र हुन्छ। माटोमा सुइरो पस्न तथा कोसाको राम्रो वृद्धि-विकाशको लागि माटो खुकुलो बनाउनु आवश्यक हुन्छ ।

त्यसैले माटोको किसिम हेरी एक वा दुईपटक गोडमेल गर्नु पर्दछ । गोडमेलमा बढी ज्यामी लाग्ने भएकोले बदाम रोपेको ४८ घण्टा भित्र पेन्डिमिथालिन नामक झारनाशक विषादी २-३ एमएल प्रति लि. पानीमा मिसाई फल्याटपेन नोजल भएका स्प्रेयरले माटोमा छरेमा एक महिनासम्म झारहरु आउदैन ।

फाटफुट आएको झारलाई ३५ दिनभित्र उखेलेमा उत्पादन अझै राम्रो भएको पाइएको छ । अथवा, लासो ४ एम.एल. र प्रति लि.पानीमा झोल बनाइ रोपेको २ दिनभित्र छरेमा झारहरु एक महिनासम्म आउँदैन । एक हेक्टरको लागि ५०० एम.एल. पानीको आवश्यकता हुन्छ ।

सिचाइँ
खासगरी मनसुन वर्षा शुरू भएपछि बदाम रोपिन्छ । बाली अवधिभरी वर्षा भइरहने हुनाले सिँचाइको आवश्यकता पर्दैन तर कोसा लाग्ने वेला अर्थात रोपेको ६०९७० दिनमा सुख्खारखडेरी भएमा एकपटक सिँचाइ गर्न आवश्यक हुन्छ । माटोमा चिस्यान कमी भएमा सुइरो माटो भित्र पस्न नसकी उत्पादन घट्न जान्छ ।

बदाम पाकेको जाँच्ने र खन्ने
बदाम रोपेको ३० दिनमा फूल लाग्दछ र ५०-९० दिनसम्म सुइरो माटोभित्र पस्ने र कोसा बढने क्रम भईराख्छ । त्यसैले सबै कोसाहरु एकैपटक तयार हुँदैन । पाक्ने बेलामा बदामको बोट केही पहेंलो देखिन्छ । पुराना पातहरु पहेंलियर झर्न थाल्छन ।

त्यसैले सम्पुर्ण कोसाहरु एकैपटक पाकिसकेको हुँदैन । करिव ७५-८० प्रतिशत कोसाहरु कडा भइसकेको छ र दाना माथि खैरो कागज जस्तो आवरण देखिएको र खोष्टाको भित्री भागमा कालो ध्वाँसे रंगको भइसकेको छ भने वाली तयार भएको थाहा हुन्छ र बाली उखेली हाल्नु पर्दछ ।

उखेल्न ढिलो भएमा खन्न बढि ज्यामी लाग्छ । पहिले पाकेको कोसा उम्रिन थाल्नुका साथै रोग तथा कीराको प्रकोप बढेर उत्पादन घटन जान्छ ।

धेरै क्षेत्रफलमा बदाम लगाएमा खन्न सजिलोका लागि एकपटक हल्का सिँचाइ गरेर चार पाँच दिन पछि बोटसहित उखेलेर खेतमै चार घाम सुकाएर कोसा अलग गर्नुपर्छ । काटिएका वा कुहिएका कोसाहरु अलग गरि सुकाएर गोदाममा भण्डारण गर्दा बदाम कुहिदैन ।

भण्डारण
बदाम खनिसकेपछि ६-७ दिन घाममा सुकाउनु पर्दछ । कोसा हल्लाउँदा खटखटको आवाज आउने र दुइ औला बीच दानालाई रगडदा दाना माथिको पातलो कागत जस्तो जाली सजिलै जाने भएमा बदाम सुकेको बुझिन्छ ।

सुकेको बदामको दानामा ८-१० प्रतिशत मात्र चिस्यान रहनु पर्दछ । कोसा फुटेका वा काटेको र ८ प्रतिशत भन्दा बढि चिस्यान भएमा भण्डारण गर्न उपयुक्त मानिंदैन । भण्डारण गर्दा कोसा सहितको बदाम राख जरुरी हुन्छ ।

हावाको सन्चार राम्रो भएको कोठामा काठको फल्याक माथि बोरामा अथवा भकारीमा भण्डार गर्न उचित हुन्छ ।

स्रोतः बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर 

थप समाचार