बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

के हो बाज्रा खेती ? कसरी गर्ने ?

सोमबार, असार २५ २०८१
11 views
के हो बाज्रा खेती ? कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
बाज्रा मसिना गोलाकार दाना हुने घाँसे परिवारमा पर्ने एक परम्परागत अन्नबाली हो । वातावरणीय अवस्थाले फरक पार्ने भए पनि सामान्यतया बाज्रा १००-१८० दिनमा तयार हुन्छ । यो बाली छिटो बढ्छ र औसतमा १५-३ मिटर सम्मको उचाई हुन्छ ।

खडेरी, कम उर्वराशक्ति, उच्च तापक्रम तथा उच्च नुनिलोपना सहन सक्ने क्षमताका कारण जलवायु परिवर्तन अनुकुलन तथा खाद्य सुरक्षामा यस बालीको विशेष महत्व रहन्छ।

बाज्रा एक ग्लुटेन रहित अन्न भएकाले पाचन प्रणालीको समस्या भएका व्यक्तिहरूलाई विशेष रूपमा लाभदायक हुन्छन । यो गर्मि मौसममा खेति गरिने बाली हो। प्रदेश नं. ५ मा प्रशस्त खेति गर्न सकिने सम्भावना भए पनि हाल आएर यस बालीको खेति नगन्य रूपमा रहेको छ।

मानव स्वास्थ्यमा बाजाको महत्वः
बाज्रामा पाइने फलाम तथा जिंकका कारणले गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मद्दत गर्दछ । फोस्फोरसको प्रशस्त मात्रामा उपलब्धता हुने भएकाले बाज्राको प्रयोगले हड्डीको विकास तथा मजबुत गर्नमा मद्दत गर्दछ।

बाज्रामा प्रशस्त मात्रामा रेसा पाइने भएकाले पाचन प्रणाली सुधार गर्न तथा झाडापखाला लागेको बेलामा प्रयोग गर्न सकिन्छ, र त्यसका साथै मोटोपना घटाउन तथा पथ्थरीको समस्याबाट बचाउन पनि मद्दत गर्दछ ।

बाज्राको प्रयोगले क्यान्सरबाट बचाउन सहयोग गर्दछ र मधुमेहका बिरामीलाई उपयुक्त हुन्छ । यसमा पाइने म्याग्नेसियमका कारणले गर्दा स्वास प्रस्वास प्रणालीलाई सुधार गर्न मद्दत गर्दछ।

यसमा हुने एन्टीअक्सिडेन्टका कारणले गर्दा मुटुको स्वाथ्य तथा रक्तचापको अवस्था सुधार गर्नमा मद्दत गर्दछ।

बाजाको प्रयोग :
- बाज्राको प्रयोग मुख्य गरी रोटि, ढिडो खिचडी तथा हलुवा बनाएर खान प्रयोग गरिन्छ।

- बाज्रालाई जाँड तथा रक्सी बनाउन पनि प्रयोग गरिन्छ ।

- त्यसका अलावा बाज्रालाई लड्डु तथा विभिन्न खाले मिठाई बनाउन पनि प्रयोग गरिन्छ।

- बाज्रालाई कुकिज, बिस्कुट, तथा पास्ता जस्ता औधोगिक उत्पादनहरू बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

- बाज्रालाई पशुपन्छीको आहारा तथा घाँसको रूपमा पनि प्रयोग गरिन्छ ।

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, बाँके 

सम्बन्धित विषय

थप समाचार