बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नानीमकै - Baby Corn

बिहीबार , साउन ३ २०८१
11 views
नानीमकै -  Baby Corn

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :

नानीमकै (Baby Corn) भनेको तरकारी पकाएर अथवा सलादको रुपमा वा अरु विभिन्न परिकारको रुपमा बनाएर खाइने कलिलो खोया मकै (गर्वे मकै) हो । नानीमकै शाकाहारहरुको लागि वानस्पतिक प्रोटिनको निकै राम्रो स्रोत हो । करिव ६-८ सैन्टीमिटर लम्बाइ १.५ सैन्टीमिटर गोलाइ भएको नानीमकैको सुत्ला भित्रको गर्वे घोगाको साइजलाई उपयुक्त साइज मानिन्छ जसमा झण्डै १८ प्रतिशत वानस्पतिक प्रो टिन पाइन्छ । नेपालमा खासगरि शहर बजारको भोज भतेर मा मिश्रित तरकारी पकाँउदा नानीमकै पनि मिसाउने गरिन्छ । यसको साथै नेपालमा पनि अचेल होटल तथा रेष्टुरे न्टह¿मा नानीमकैबाट विभिन्न यरी बरीका खाद्य परिकारह बनाउने गरेको पाइन्छ  । त्यसै गरी सलादमा पनि नानीमकैको गर्वे खोयालाई आकर्षक रुपमा काटेर मिसाइएको हुन्छ

धेरैले नानीमकैलाई भिन्दै खालको होचो पुड्को बोट हुने मकैको जात होला भन्ने ठान्दछन् तर कुरा यसो होइन । यो साधारण मकैको बोट हुर्किए पछि त्यसमा लाग्ने कलिलो सुत्ला (Ear) हो जसलाई जुंगा निस्केको दुई या तीन दिन पछि त्यसमा परगसेचन हुनु अघिनै भाँचेर भुत्ला (खोसेला) सहितको नानीमकै को नानी घोघा वा भुत्ला झिकेर नानीमकैको खोयाको रुपमा पोका पारेर बजारीकरण गर्न सकिन्छ । नानीमकैको खोयाहरु उपयुक्त प्लाष्टिकमा प्याक गरेर वजारमा लाग्नु अघि शीत भण्डार भित्र अथवा फिज भित्र राख्न सकिन्छ । यसो गर्दा चाहिए जति नानीमकैलाई नियमित आपूर्ति गने ' हिसाबले बजारमा पठाउन सकिन्छ । नेपालमा व्यावसायिक रुपमा कृषक समूहमा वा कृषि सहकारीमा आवद्ध भएका कृषकहरुले सजिलै सित नानीमकै खेती गर्न सक्ने ठूलो संभावना छ जसले स्वदेशमा आयआर्जन र रोजगारीको नयाँ वाटो प्रदान गर्ने छ । यसकारण परंपरागत निवार्हमुखी खे तीबाट माथि उठेर यस प्रकारका बढी फाईदा हुने व्यावसायिक खेती तर्फ नवयुवक पकहरु लाग्नु पर्ने देखिन्छ ।

उत्पादनमा ध्यान दिन् पर्ने कुराहरू :

१) जातीय छनौट :

नानीमकै उत्पादनको लागि बन्नको लागि सिफारिश भएको जुनसुकै मकैका जातहरु पनि प्रयोग गर्न सकिन्छ । चितवन र नवलपरासी क्षेत्रका केही किसानले "रामपुर कम्पोजिट" जातको मकैलाई नानीमकै उत्पादन गर्न तथा त्यसपछि बचेका हरिया बोटहरुलाई काटेर पशुचारा (घाँस) उत्पादन गर्न समेत उपयुक्त मान्दछन् ।

२) जमिनको छनौट र रोपाई :

सामान्य मकै खेतीलाई जस्तै नानीमकैको लागि पनि पानी नजम्ने र मलिलो दुमट माटो सवभन्दा उपयुक्त मानिन्छ । रोपाईको वेलाको हिसावले भन्ने हो भने तराई र भित्री मधेशमा सालभरि नानीमकैको खेती गर्न सकिन्छ । तर वैशाख जेठ महिनामा रोपेको नानीमकै को उत्पादन बढी हुने देखिएको छ । मूख्यवाली तथा सहायक वालीको रुपमा गरी दुई तरिकाले नानीमकै रोप्न सकिन्छ ।

• मूख्यवालीको रुपमा नानीमकै रोप्दा बोटमा लाग्ने सबै सुत्लाहरुलाई नानीमकैको रुपमा प…
नियमित रुपले वजारमा बेच्न पठाउन सकिन्छ ।

• सहायक वालीको रुपमा नानीमकैको खेती गर्दा बोटको भागमा लाग्ने पहिलो घोघालाई वीउको रुपमा वढ्न दिने र त्यसपछि बोटको तलतिर लाग्ने सुत्लाहरुमा परगसेचन हुनु अगावै नानीमकैका सुत्लाहरु भाँच्ने गरि न्छ । यसमा रोपाईको दूरी अरु खेतीको मकै बालीलाई सरह राखिन्छ अर्थात लाइन र बोटको दूरी क्रमशः ७५ से.मी. (लाइनको) र २४ से. मी (बोटका) राखिन्छ । यसमा बीउको दर ६७० ग्राम प्रति कट्टा भए पुग्छ ।

३) मल व्यवस्थापन राम्ररी पचेको गोवरको मल या कम्पोप्ट मल :

५०० किलो प्रति कठ्ठाको हिसाबले मकै रोप्नु भन्दा अघि जमिन तयारी गर्दा हाल्नु पर्छ। अनि त्यसपछि वाली रोप्ने वेलामा युरिया ३५ किलो, डि.ए.पी. २ किलो तथा पोटाश मल १.६ किलो प्रति कठ्ठाको दरले हालेर माटोमा राम्ररी मिलाउनु पर्छ। अन्यमा मकै रोपेको ३-४ हप्ता भित्र फेरि २ किलो युरि या तथा १ किलो पोटाश मल प्रति कठ्ठाको हिसावले एकनासले थपेर टपड्रेस गर्ने पर्छ र त्यसपछि हलुकासित माटो खनेर मलहरु राम्ररी मिलाई दिनुपर्छ ।

४) गोडमेल :

झारपात व्यवस्थापनको लागि मकै रोपेको २ हप्ता भित्र पहिलो गोडाई गर्ने र त्यसपछि रोपेको ३-४ हप्ता भित्र दोश्रो गोडाई गर्ने र मल टपड्रेसिङ्ग गरेर बोटहरुमा माटो को उकेरा दिनु पर्छ । वर्षाको पानी वा सिचाई गरेको पानी जम्न दिनु हुँदैन । यसको लागि पानीको राम्रो निकास हुनुपर्छ ।

५) कीरा व्यवस्थापन :

गवारो कीराको प्रकोप बढी देखिएको अवस्थामा त्यसको राम्रो नियन्त्रण गर्न पर्छ। यसको लागि कार्बारिल नामक विषादी १ ग्राम प्रति लिटर पानीको हिसावले मिसाएर घोल तयार गरेर छर्कनु पर्छ । विषादी छर्दा अपनाउनु पर्ने सावधानीहरु राम्ररी अपनाउनु पर्छ । गबारोको भाले पुतलीहरुलाई आकर्षण गरेर मार्न फेरोमेन पासो थापेर गवारो कीराको प्रकोप कम गर्न पनि सकिन्छ ।

६) धान-चमर हटाउने :

मुख्य वालीको रुपमा नानीमकै खेती गर्दा हरेक बोटको धान-चमरा मकै रोपेको ४०-४५ दिन भित्र हटाई सक्नु पर्छ । यसो गर्दा नानीमकैको गुणात्मक स्तरमा समेत सुधार भएर खोयाको आकार र तौल समेत राम्रो हुन्छ ।

७) बाली कटानीः

जव मकै बोटमा पहिलो सुत्ला माथि २-३ से.मि. लामा केही जुगाहरु देखापर्छन् तव नानीमकैको लागि त्यो सुत्ला भाँच्नु पर्छ । त्यसपछि मात्र पछि पछि आउने अरु बोटको उँधो तिरका सुत्लाहरु पनि जुंगा निस्कन थालेको हेरेर मात्र वेला भएपछि क्रमशः भाच्नु पर्छ । पहिलो सुत्ला मकै रो पेको करीव ५० दिनमा तयार हुन्छ । राम्रो र ताजा नानी मकै का खोयाहरु हल्का सुनौलो पहेंलो रंगका हुन्छन् ।

८) उत्पादन र बजारीकरण:

नानीमकैको बजारीकरणको व्यवस्थापनमा पहिले नै योजना गर्न पर्छ। यसको खेती सफल गर्नको लागि उत्पादनमा निरन्तरता, शीत भण्डारण (कोल्ड स्टोर) को व्यवस्था, नानीमकैको सुरक्षित बन्धनीकरण (प्याके जिङ्ग), बुवानी तथा बजारीकरण, आदिमा भर पर्दछ । शहर का तारे होटलहरुको बजारको अवस्था अध्ययन गरेर मात्र नानीमकै उत्पादन योजना बनाउनु पर्छ । नाफा कतिसम्म हुन्छ र डिलरहरु मार्फत तारे होटलहरुमा प्रति हप्ता कति किलो विक्री गर्न लैजाने हो व्यवस्था मिलाएर मात्र व्यवसायिका हिसाबले नानीमकै उत्पादन गर्नु राम्रो हुन्छ । यसको लागि उत्पादन गर्ने कृषकहरुको समूह बनाएर सामूहिक रुपमा धेर थोर नानीमकै सबैले खेती गर्दा राम्रो हुन्छ । गाँऊमा नियमित रुपमा नानीमकै गुणात्मक रुपले राम्रो र धेरै उत्पादन नियमित रुपले प्राप्त हुन सकेमा त्यही थलो मै व्यापारीहरु आएर नानीमकैका प्याकहरु खरीद गर्न सक्छन् । नेपालको तारे होटलहरुमा शहरमा लगेर वेचविखन गर्ने एजेण्टहरु मार्फत कृषक समूहले नानी मकैको बजारीकरण गर्न सक्ने ठूलो संभावना देखिन्छ। हाल काठमाडौं, पोखरा र चितवनाका ठूलो तारे होटलहरुमा सिजन हेरि प्रति हप्ता नानीमकैको एकमुष्ट माग ४०० - ६०० किलो सम्म भएको अनुमान छ । हाल नेपाली बजारमा नानीमकैको सरदर मूल्य रु १३० किलो पर्दछ । नानीमकै करीव २२५ किलो प्रति कट्टा उत्पादन हुन्छ र यस हिसाबले उत्पादल लागत खर्च तथा चको बजारिकरण खर्च कटाएर सरदर चोखो आम्दानी लगभग प्रति कड्डा रु २०, ००० जति हुने देखिन्छ । हाल थाइल्याण्डबाट नानीमकै वट्टामा प्याक भएर नेपालमा पैठारी हुने गरेको छ।  नानीमकै का वट्टाहरु सुपरमार्केटहरु मार्फत नेपाल आउने गरेको छ - जुन विभिन्न तारे होटलहरुले प्रयोग गरि आफ्‌ना ग्ग्रहकहरुलाई - सेवा पुऱ्याएका छन् ।

९) हरियो पशुचाराको लागि :

सबै नानीमकैका सुत्लाहरु - भाँचीसके पछि पनि बोट पूर्ण स्वस्थ रहन्छ र हरियो हुन्छ

■ जसलाई काटेर हरियो पशुचाराको रुपमा हरियो चाराको रुपमा दुहुनो गाई भैंसीलाई नियमित रुपले खुवाउन सकिन्छ । ठूलो

■ ठूलो योजना गरी व्यावसायिक हिसावले सम्हाल्न सक्ने गरी बढी - मात्रामा नानीमकै खेती गर्दा धेरै हरियो बोटह¿ प्राप्त हुने

■ भएमा त्यस्तो अवस्थामा हरियो मकैको बोटहरु टुका दुका - पारेर यसवाट सुधारिएको उच्चाकोटको हरियो 'साइलेज चारा बनाउने प्रविधि पनि अपनाउन सकिन्छ अनि लैनो वा बकेरनो गाईभैंसी वाट बढी दुध उत्पादन लिन सकिन्छ । "र ामपदूर कम्पोजिट" भन्ने सिफारिस भएको मकैको जातबाट हरियो चारा पनि सरदर १ टन प्रति कठ्ठा सजिलैसित उत्पादन हुन्छ ।

सन्दर्भ ग्रन्थहरुः Krishna Adhikari. 2000. A preliminary survey on production and marketing of baby corn in Chitwan and Kathmandu valleys in Nepal. A survey report, National Maize Research Programme (NMRP, 2000. Joshi, M. 2010. Prospects of baby corn production for income and employment generation for the farmers in Kailali and Kanchanpur. 

सम्बन्धित विषय

थप समाचार