बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सात–भाइ कोदे बाली (औषधीय अनाज ) : खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरण सुरक्षाको लागि

बिहीबार , साउन १० २०८१
8 views
सात–भाइ कोदे बाली (औषधीय अनाज ) :  खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरण सुरक्षाको लागि

समाचार शेयर गर्नुहोस्

Share this news

सारशं : 

अन्नहरु मध्ये उत्तम कोदिया बालीलाई औषधीय र पोषणीय अनाज पनि भनिन्छ । यी समुह अन्तगत मुख्य सात बालीहरु कागुनो, जुनेलो, कोदो, सामा, धान कोदो, घोंगे, र चिनो (काजु- कोसा-धाघो-चि) पर्दछ, जसलाई सात-भाई कोदे (कोदिया) बाली भनिन्छ। श्री-अन्न र सु-अन्नमा पर्ने यी बालीहरु कम लगानीमा, र फालिएको ठाउँहरुमा पनि खेती गर्न सकिने, अनुकुलन क्षमता बढी भएको, सबै बर्गको मानिसले खान योग्य, धेरै रोगहरु निको पर्न सक्न भएकोले यिनीहरु खाद्य, पोषण, स्वस्थ, व्यवसाय र वाताबरण सुरक्षाको लागि अति उतम मानिन्छ ।

नेपालमा धेरै थरिको भुमि-जातहरु पाइन्छ र परम्परागत रुपमानै यी बालीहरुको योगदान किसान, र उपभोक्ताहरुमा निकै महत्व हुदै आएको छ । पिठो र दानाबाट सम्पूर्ण परिकारहरु बनाउन सकिने र पोषण र औषधीय गुण भएकोले हाल आएर यो बालीहरुको उपज क्रमित रुपमा बढ्दै गइरहेको छ । धेरै जसो रोगहरु (मुख्यत उच्च रक्तचाप, हृदयघात, मधुमेह (सुगर वा चिनी रोग), थाइराइड, ग्यस्ट्रिक, अपच, प्रोस्ट्रेट, नशा च्यापिएर ढाड दुखेको, उच्च कोलेस्ट्रोल, कलेजोमा बोसो जम्मा हुने, मानसिक रोग, कोरोना भाइरस, डिप्रेशन, सूजन) केहि महिना (करिव ३ महिना) निरन्तर खाए पछी ठिक भएको, बिरामीहरुको अनुभब छ ।

यो बालीहरुको विस्तार सँगै ठाउँ बिशेष जातहरुको विकास गरी पूर्ण रुपमा यान्त्रिकीकरण गर्न सके स्वस्थ समुदाय, स्वस्थ वातावरण र दिगो कृषि हुने बैज्ञानिक तथा परम्परागत तथ्यहरु भएकोले सबैबाट यी बालीहरुको प्रबर्द्धन र सम्बर्द्धन गर्नु पर्ने देखिन्छ ।

परिचय : 

कृषि भनेको उत्पादन मात्र होइन, स्वस्थ, वातावरण, कसरत, पोषण, खाद्य, ओखती, मनोरंजन पनि हो । कृषि अन्तर्गत धेरै मात्रामा उत्पादन गर्ने बाली र पकाएर धेरै मात्रामा खाने दानादार उपजलाई अन्न बाली भनिन्छ र यस अन्तरगतको मसिनो दाना हुने र सुक्खा ठाउँमा पनि उत्पादन गर्न सकिने बाला भएको बालीलाई कोदिया (कोदे वा कोदो जन्य) बाली भनिन्छ । धेर विविधता  भएको, चराचुरुङ्गीलाइ मन पर्ने, लगानी कम, खेती गर्न सजिलो तर बढी फल्ने, प्रांगारिक रुपमा उत्पादन भैरहेको पोषिलो र स्वस्थकर, पर्यावरणीय उत्पादन बढी भएकोले यी बालीहरुको माग बढ्दो छ । गेडा/ दाना तथा पिठो बनाएर विविध परिकारहरु बनाउन सकिन्छ ।

सी-४ बाली भएकोले यिनीहरुलाइ पानी एक दम कम भए पनि हुन्छ र हावा वाट पनि पानी लिन सक्छन् । कोदिया बाली साना बीउ भएका घाँसहरूको अत्यधिक विविध समूह हुन्, जसलाई विश्वभरि अन्न र पशु आहारा तथा मानव खाद्यान्नका लागि व्यापक रूपमा खेती गरिन्छ । कोदे बालीहरु नेपालका सबै ७७ जिल्लामा ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म खेती गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले नेपालको चौथो सबैभन्दा महत्त्वपूर्ण कोदो बाली हो । यस बालीको उच्च पोषणीय मूल्य र विभिन्न जलवायुमै अनुकूल हुने क्षमताका कारण यो लोकप्रिय छ। यी बालीहरुको खेती प्रांगारिक रूपमा गरिन्छन्, जहाँ कीटनाशकहरूको प्रयोग हुँदैन वा न्यूनतम रुपमा तथा जैविक बिषाधि प्रयोग गरिन्छ । यसले कोदे बालीहरूलाई दिगो कृषि प्रणालीको महत्वपूर्ण हिस्साको रुपमा लिन सकिन्छ ।

वर्तमानमा भोकमरी, गरिबी, पोषणीय चुनौतीहरू, र सीमांत खेतीको परिप्रेक्ष्यमा यी अन्नबालीहरू राम्रोसँग मेल खान्छन् । स्वास्थ्य र पारिस्थितिकीय चासोको बारेमा जागरूकता बढे सँगै, [ प्राचीन अन्नबालीहरूको उपयोगिता पुनः खोजी गरिएको छ । विशेष गरी, कोदे बालीहरू स्वास्थ्य र पर्यावरणीय फाइदाका लागि प्रशंसा पाउँदैछन् । कोदिया बालीहरूले प्राचीनकालदेखि नै मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेलेका छन् । तिनको ऐतिहासिक र सांस्कृतिक महत्व परम्परागत परिकारहरू, अनुष्ठानहरू, र लोक कथाहरूमा झल्किन्छ । विविध जलवायुमै अनुकूल हुने क्षमताले तिनको विश्वव्यापी उपस्थिति सुनिश्चित गरेको छ। यिनीहरूको खेती, तिनको सांस्कृतिक प्रयोग, र तिनको इतिहासले कृषि, संस्कृति, र इतिहास बीचको धनी अन्तरसम्बन्धलाई स्पष्ट रूपमा देखाउँछ । विभिन्न व्यक्तिहरुको अनुभव (खादर वली, तिलक ढकाल, केपी आचार्य, झलनाथ खनाल र अन्य) अनुसार, हस्पिटलले नीको पार्न नसकेको सबै रोग, यी बालीहरुको सेवनाबाट नीको हुने, केहि महिनाबाट धेरै नै सुधार हुने, अन्य धेरै जसो रोगहरु पनि निको हुने बताउनुहुन्छ ।

परम्परागत रुपमा कोदोबाट रक्सि बनाउने चलन व्यापक भए पनि यसको फाइदाको हिसाबले खानामा प्रयोग गरी गहुँ, चामल, जौ आदि वाट रक्सि, बियर, जाड बनाउनु राम्रो हुने देखिन्छ । पोषिलो अन्न (पोषणीय अनाज वा पोषण-अन्न), र औषधि गुण भएको अन्न (औषधीय अनाज) हुनाले विभिन्न स्वास्थ्य लाभहरू प्रदान गर्नुको साथै र कुपोषण रहित समाज निर्माण गर्न सहयोग गर्छ। नेपालको प्रमुख कोदिया बालीहरुमा कोदो, चिनो, कागुनो र जुनेलो पर्दछ। नेपालमा यी ७ प्रजाति भित्र धेरै भुमि जातहरु छन् र ठाउँ अनुसार फरक फरक भएको पाइन्छ । कृषक स्तरमा ११०० भुमिजातहरु छन् भने नेपाल जिन बैंकमा १२८० परिग्रहण र बिदेशी जिन बैंकहरुमा ११०७ परिग्रहणहरु संरक्षण गरी राखिएको छ । तर यी बालीहरु हेलामा परेकोले, कोदिया बालीको ५०% विविधता हराइसकेको छ। नेपालको प्रमुख कोदिया बालीहरुमा कोदो, चिनो, कागुनो र जुनेलो पर्दछ। नेपालमा यी ७ प्रजाति भित्र धेरै भुमि जातहरु छन् ठाउँ अनुसार फरक फरक भएको पाइन्छ ।

कृषक स्तरमा ११०० भुमिजातहरु छन् भने नेपाल जिन बैंकमा १२८० परिग्रहण र बिदेशी जिन बैंकहरुमा ११०७ परिग्रहणहरु संरक्षण गरी राखिएको छ। तर यी बालीहरु हेलामा परेकोले, कोदिया बालीको ५०% विविधता हराइसकेको छ। कोदिया बाली अन्तर्गत कोदो नेपालको प्रमुख बाली हो जसलाई कु-अन्न (कुआएर खाने वा तल्लो वर्गको खाना) भनिन्थ्यो तर आजकाल, तिनीहरू पुनः लोकप्रिय हुँदै गएका छन् र सु-अन्न अर्थात् सुपर फूड भनिन थालेका छन् । कोदे वालीहरुलाइ विभिन्न समुहमा राख्न सकिन्छ। जस्तै स्वास्थ्य र पोषण को आधारमा श्री अन्न, सु-अन्न, र कु-अन्न (कोस्ठिका १); दानको आकारको आधारमा ठुले (प्रमुख) कोदिया अन्न (उदाहरणमा जुनेलो र घोंगे) र साने (गौण) कोदिया अन्न (उदाहरणमा कागुनो, धान कोदो, चिनो, सामा) । त्यसै गरी खोस्टाको आधारमा खोस्टा रहित (नाङ्गो) अन्न (जस्तै घोंगे, जुनेलो र कोदो) र खोस्टा सहित (खोस्टे) अन्न (जस्तै कागुनो, धान कोदो, सामा, चिनो) । दर्ता भए नभएको आधारमा पनि समुकृत गर्न सकिन्छ, जस्तै दर्ता तथा पंजीकरण गरिएको जातहरु (रात कोदो, दुधे चिनो, बरियो कागुनो, काब्रे कोदो-१, ओख्ले-१, डल्ले-१, कात्रे कोदो-२, सैलुंग कोदो-१) र भूमि-जातहरु (जस्तै कालो जुनेलो, सेतो कोदो, हाडे चिनो, आदि)।
 

सात-भाई कोदे (कोदिया) बाली: काजु-कोसा-धाघो-चि

नेपालमा १२ प्रजातिको कोदिया बाली पाइने भए पनि, ७ वटा कोदिया बालीहरु (कागुनो, जुनेलो, कोदो, सामा, धान कोदो, घोंगे र चिनो) प्रमुख रुपमा पाइन्छ । मानव र वाताबरणको लागि यो बालीहरु निकै नै लाभदायिक भएकोले र सरल तरिकाले सयुक्त रुपमा उत्पादन र उपभोग बढाउन सकिने हुँदा, सात-भाइ कोदे (कोदिया वा कोदो जन्य बाली) जसलाई छोटकरी मा काजु- कोसा-धायो-चि भनिन्छ। 

यो बालीहरुको विवरण तालिका १ मा र बाला तथा बिउहरुको फोटोहरु चित्र २ र ३ मा उल्लेख गरिएको छ। यी सबै बालीहरु लामो नल, साँगुरो र लामो पात भएको र बालाहरु बोटको सबै भन्दा माथिको टुप्पामा लाग्छ । बाला र दानाको रङहरुमा विविधता पाइन्छ। एक आपसमा मिलाएर पनि खेती गर्न सकिने र पिठो वा दाना पनि मिसाएर परिकार बनाउने सकिने हुँदा सात भाइ कोदे बालीको रुपमा लिन सकिन्छ। कागुनोमा एकल बाला लरक्क परेको र झुलेको हुन्छ ।

जुनेलो मकै जस्तै अग्लो, ढोड मोटो र चम्मर ठुलो र धेरै हाँगाहरु भएको हुन्छ। कोदो होचो, केहि हद सम्म साखा हाँगाहरु आउने र बाला मुठ्ठी जस्तो हुन्छ । सामा कागुनो जस्तै मध्यम उच्चाई भएको र बाला ठाडो नझुक्ने हुन्छ र बालामा भएको औलाहरु मा खाली ठाउँ देखिन्छ। धान कोदो धान जस्तै हुने तर दाना एक दम मसिनो हुने, धेरै साहेक हाँगाहरु आउने र झुकेको बाला मा प्रसस्त मात्रामा साहेक बालाहरु हुने हुन्छ। घोंगे अग्लो र मोटो ढाँट भएको, ठुलो पात र मकैको घोगा जस्तै लामो तर खोस्टा नभएको हुन्छ । धान जस्तै झलेको बाला भएको तर मोटो पात र कम मात्रामा साहेक हाँगा हुने बाली चिनो हो। यसको दाना धानको भन्दा सानो र धान कोदो भन्दा ठुलो हुन्छ । 

सम्बन्धित विषय

थप समाचार