बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

PREMIUM NEWS

विशेष समाचार तथा विश्लेषण

Premium

पहाडी क्षेत्रमा तिते फापर– १ र तिते फापर– २ को उन्नत खेती प्रविधि

शुक्रबार, साउन ११ २०८१
9 views
पहाडी क्षेत्रमा तिते फापर– १ र तिते फापर– २ को उन्नत खेती प्रविधि

समाचार सारांश

मुख्य समाचार एक नजरमा

फापर वालीले अन्नवालीहरूमध्ये नेपालमा छैटौं स्थान ओगटेको छ । यो वाली उच्च पहाडी क्षेत्रमा वसोबास गर्ने मानिसहरूका लागि खाद्य सुरक्षा र पोषणको दृष्टिकोणले प्रमुख बालीको रूपमा चिनिन्छ । तिते फापर १ र तिते फापर- २ नेपाली फापरका रैथाने जातहरूबाट छनोट गरी मध्य पहाडी र उच्च पहाडी क्षेत्रका लागि विकास गरिएका जातहरू हुन् । यी जातहरू रोग कीराप्रतिरोधी, सीमान्तकृत वा क्रम मलिलो जग्गामा, कम हेरविचारमा सजिलै खेती गर्न सकिन्छ । तिते फापरमा मिठे फापरमा भन्दा १०० गुणा बढी प्रोटिन तत्व पाइन्छ र यसको प्रयोग उच्च रक्तचाप, मुटु, कोलेस्टेरोल, मधुमेह आदि रोगीहरूका लागि अत्यन्त उपयोगी मानिन्छ । तिते फापर - १ र तिते फापर- २ मा क्रमशः प्रोटिन १३.०६% र १५.४१%, फलाम २.४५% र १.०४% पाइन्छ । नेपालमा फापरको औसत उत्पादकत्व १०४७ किलो प्रतिहेक्टर छ भने तिते फापर- १ र तिते फापर- २ को औसत उत्पादन क्रमशः १५२६ किलो/हे. र १५८८ किलो हे. पाइएको छ । पृष्ठभूमि नेपालमा अन्न वालीहरूमध्ये फापर वाली क्षेत्रफल, उत्पादन, उत्पादकत्व र उपभोगको हिसाबले छैटौं स्थान ओगटेको छ । यो बाली उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि प्रमुख अन्नबालीको रूपमा चिनिन्छ । यसको खेती मध्य पहाडमा (६००-१७०० मी.) र उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्र (१७००-४५०० मी.) का जिल्लाहरू विशेष गरी रुकुम, रोल्पा, जाजरकोट, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, काभ्रे, दोलखा, ओखलढुङ्गा सोलुखुम्बु, ताप्लेजुङ आदि प्रमुख रूपमा हुन्छ । पहाडी वाली अनुसन्धान कार्यक्रमद्वारा हाल विकास गरिएका जातहरू दोलखा जिल्लाको मेलुङ गाउँपालिकाबाट तिते फापर- १ र याकु, गौरीशङ्खकर गाउँपालिकाबाट तिते फापर- २ सन् १९८६ मा सङ्कलन गरी सुरुवातमा चारित्रीकरण एवम् राष्ट्रिय अवलोकन नर्सरीमा मूल्याङ्कन गरी विभिन्न स्थानमा गरिएको परीक्षणहरूमा एक्सेसन ३२२२३-१ र एक्सेसन ३२२२७-१ को नामबाट मध्य पहाडी र उच्च पहाडी क्षेत्रहरूमा धेरै वर्षसम्म परीक्षण गरी उत्पादनलगायत अन्य गुणहरू र कृषकहरूको प्रतिक्रियाको आधारमा छनोट गरिएका यी जातहरू क्रमशः ACC ३२२२३- १ लाई तिते फापर- १ र ACC ३२२२७-१ लाई तिते फापर- २ वाट नामकरण गरी जातीय उन्मोचनका लागि प्रस्ताव पेस गरी हाल जातीय उन्मोचन तथा प्राविधिक उपसमितिवाट जातीय उन्मोचनको सिफारिस गरिएको छ । जातीय विशेषताहरू तिते फापर- १ :  विभिन्न समयमा गरिएको परीक्षणहरूको आँकडाअनुसार तिते फापर- १ को डाँठको रङ सुरुमा हरियो र पाक्ने समयमा गुलावी रङ, पातको भेट्नो हल्का गुलाबी रडको, दानाको आकार गोलो र दानाको टुप्पातिर केही तिखो हुन्छ । एउटा बोटमा ५-७ वटा मुख्य हाँगाहरू लाग्ने गर्दछन् । सरदर उचाइ ८५.९ से.मी., पातको सङ्ख्या ८ वटा प्रतिकाण्ड, फूल फुल्ने ४३ दिन, औसत पाक्ने अवधि ७८ दिन, एउटा बिरुवामा फूलको झुप्पा औसतमा १५ वटा, हजार दानाको औसत तौल १८.२ ग्राम र प्रतिहेक्टर उत्पादकत्व १५२६ किलो (१०८३- २२४२ किलो)/हे. हुन्छ । यो जातले धुले ढुसी (पाउडरी मिल्ड्यु र सेते ढुसी डाउनी मिल्ड्यु रोगहरू सहन सक्ने देखिएको छ । तिते फापर- २ :  यस जातको बोटको उचाइ औसत ८५ से.मी. हुन्छ । यस जातको एउटा बोटमा ५-९ वटा मुख्य हाँगाहरू लाग्ने गर्दछन् । डाँठको रङ सुरुमा हरियो र पाक्ने समयमा गुलावी रङ, पातको भेट्नो हल्का गुलावी रङको, फूलको रङ । हरियो सेतो, दानाको रङ (कालो खैरो, दानाको आकार हल्का गोलो र दानाको टुप्पातिर केही बोधो परेको, विरुवाको औसत उचाइ ८२.९५ सेमी (५०-१३६ सेमी, पातको सइख्या ८-११ प्रतिकाण्ड, औसत ४३ दिनमा फूल फुल्ने, औसत ७८ दिनमा पाक्ने, औसतमा प्रतिविरुवा फूलको झुप्पा १६ वटा लाग्ने, हजार दानाको औसत तौल १८३ ग्राम, उत्पादन १५८८ किलो (१०००-२२८० किलो हेक्टर रहेको छ। यो जातले धुले दुमी (पाउडरी मिल्ड्यु र सेते ढुसी (डाउनी मिल्ड्यु रोगहरू सहन सक्ने देखिएको छ । महत्व तथा उपयोग :  तिते फापरलाई उच्च (पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि खाद्य तथा पोषण सुरक्षाको हिसाबले अत्यन्त महत्वपूर्ण मनिन्छ । यो वालीलाई जलवायु परिवर्तन अनुकूल, सीमान्तकृत र कम मलिलो जग्गामा पनि खेती गर्न सकिन्छ । यसको दाना, पात, डाँठ र जरा प्रयोग गरिन्छ । तिते फापरमा मिठे फापरमा भन्दा १०० गुणा बढी प्रोटिन तत्व पाइन्छ र यसको प्रयोग उच्च रक्तचाप, मुटु, कोलेस्टेरोल, मधुमेह आदि रोगीहरूका लागि अत्यन्त उपयोगी मनिन्छ । यसलाई ढिंडो, रोटी, दोर्पा (दाल, हरियो र सुकेको पातको तरकारी र अचार, सुप, फुरौला आदिको रूपमा प्रयोग गरिन्छ । त्यसै गरी यसको पराल गाईबस्तुको लागि, दानाको बोक्राबाट तकिया र हरियो विरुवा मलको रूपमा प्रयोग गरिन्छ । यसको वृद्धि छिटो हुने भएकाले झारको रोकथामको लागि र कुनै कारणवश पहिलो वाली असफल भएमा अर्को मुख्य वाली लगाउनुभन्दा पहिले यो बाली लगाएर सजिलै उत्पादन लिन सकिन्छ । आजकल नगदे वालीको रूपमा र स्वास्थ्यसम्बन्धी जनचेतनाको कारणले खाना तथा औषधिको रूपमा यस वालीको महत्व दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । पौष्टिक तत्वहरू :  खाद्य अनुसन्धान महाशाखा खुमलटारमा गरिएको अनुसन्धानको नतिजाअनुसार तिते फापर- १ र तिते फापर- २ को खाद्य पदार्थमा पाइने पौष्टिक तत्वहरू निम्न रहेका पाइएका छन् । सिफारिस क्षेत्र :  यो जात मध्य पहाडी (६००-१७०० मी.) र उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्रमा (१७००-४५०० मी.) सम्म खेती गर्न सकिन्छ । खेती प्रविधि :  हावापानी यसको खेती १६-३० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा गर्न उपयुक्त मानिए तापनि उचित वानस्पतिक वृद्धिका लागि १७- २० डिग्री से. सम्मको तापक्रम साथै ६०-८०% सापेक्षिक आर्द्रताको आवश्यकता पर्छ । फापरको बीउ उम्रनका लागि कम्तीमा पनि ६-८ डिग्री से. तापक्रम चाहिन्छ तर १६-२२ डिग्री से तापक्रम उपयुक्त मानिन्छ । फापरले तुसारो र वृद्धि विकासको क्रममा २ डिग्री से भन्दा तलको तापक्रम सहन सक्दैन । फूल फुल्ने अवस्थामा तातो हावा चलेमा वा हावाको तापक्रम बढी भएको माटोमा चिस्यान कम भएमा उत्पादनमा हास आउँदछ । फापरको सफल खेतीका लागि कम्तीमा पनि औसत वार्षिक वपां १०० मिली हुनु राम्रो मानिन्छ । फूल  फुल्ने अवस्थामा बढी तापक्रम, तुसारो, बढी हावाको गति र बढी सुक्खा परेमा उत्पादनमा निकै ह्रास आउँछ । बाली प्रणाली (१) उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्र फापर-गहुँ, फापर-जौ, फापर-बाँझो, फापर-गहुँ-फापर, फापर-वांझो-कोदो-बांझो (२) मध्य पहाडी क्षेत्र मकै-फापर, फापर-धान, मकै-फापर-वांझो, धान-फापर-बाँझो, मकै + भटमास-फापर, मकै + भटमास-फापर-सस्यु तोरी  लगाउने समय :  उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्र: जेठ-साउन मध्य पहाडी क्षेत्र : फागुन-चैत, भदौ-असोज माटो फापरलाई कम उर्वर माटोदेखि बढी उर्वरता भएको माटोमा खेती गर्न सकिन्छ तर बढी उर्वरशील माटोमा वानस्पतिक वृद्धि भई ढल्दछ । यसको उचित वृद्धि र विकासका लागि ५-६ पी.एच. भएको माटो उपयुक्त मानिन्छ । फापर वालीले अन्य बालीहरूभन्दा केही बढी अम्लीयपन सहन सक्दछ । यसको उपयुक्त खेतीका लागि हल्का बलौटे वा बलौटे दोमट माटो उपयुक्त मानिन्छ । धेरै वजनदार, चिम्ट्याइलो, पानी जम्ने माटोमा फापरको खेती राम्रोसँग गर्न सकिदैन । बढी चिम्ट्याइलो माटोमा एकनासले विउ उम्रन नसकी विरुवाको उपयुक्त घनत्व कम हुन्छ । भखरै मात्र फडान गरिएको जग्गा, पानीको निकास गरिएको खेत, प्राङ्गारिक पदार्थ मात्र धेरै भएको ठाउँमा पनि फापरको सफलतापूर्ण खेती गर्न सकिन्छ । फापरको जात र बीउको छनोट :  फापर वालीवाट बढी उब्जनी लिनका लागि उपयुक्त जातको शुद्ध र स्वस्थ बीउ लगाउन अत्यन्त आवश्यक हुन्छ । त्यसैले बीउको छनोट गर्दा ठूलो पोटिलो, कीराले नखाएको, रोग नलागेको, अन्य झारपातको बीउ र वेजातको बीउ नमिसिएको, ८०% भन्दा बढी उमारक्ति भएको बीउ छान्नुपर्दछ । राम्रो बीउको छनोटवाट साधारणतः २० देखि २५% सम्म उत्पादन बढाउन सकिन्छ । जमिनको तयारी फापरको बीउ एकनासले उम्रन र उपयुक्त घनत्व कायम गर्न जमिनको तयारी राम्रोसँग गर्नुपर्दछ । पहिलो बाली काट् नासाथ एक पटक वा बढीमा दुई पटकसम्म राम्रोसँग हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपातहरू हटाई माटो बुरबुराउँदो पार्नपर्दछ । माटोलाई धेरै मसिनो र मिहिन बनाउनु हुँदैन । जमिन तयार गर्दा पानीको निकासको राम्रो प्रबन्ध गर्नपर्दछ । मलखादको व्यवस्थापन :  यस वालीवाट राम्रो उत्पादन लिनका लागि गोबर मल ५ देखि ८ टन प्रतिहेक्टर बीउ छर्नुभन्दा पहिले १५-२० दिन अगावै प्रयोग गर्नपर्दछ वा पहिलो जोताइमा राम्रोसँग माटोमा मिसाउनुपर्दछ । रासायनिक मल रोप्ने समयमा एक ग्राम र डी.ए.पी. ३.३ किलो का दरले प्रयोग गर्नपर्दछ । फापर छर्ने समयमा युरियाको आधा मात्रा र डी.ए.पी. को पूरै मात्रा माटोमा मिलाउनुपर्दछ । वाँकी युरियाको आधा मात्रा फूल फुल्नुभन्दा केही दिन पहिले प्रयोग गर्नुपर्दछ । बीउको दर :  बीसको मात्रा, बीउको आकार, जात, छर्ने तरिका, माटो चिस्यानको मात्रा साथै बीउको शुद्धता, उमारशक्ति आदि अनुसार फरक पर्ने भए तापनि साधारणतः ५०-६० किलो प्रतिहेक्टर बीउको आवश्यकता पर्दछ । लगाउने तरिका :  नेपालमा छरेर लगाइने गरे तापनि ४-५ से.मी. गहिरो, २५ से.मी फरकमा लाइन बनाई लगाएमा वढी उत्पादन लिन सकिन्छ । एक बोटदेखि अर्को बोटको दूरी ५ से.मी. कायम गर्नपर्दछ । सिँचाईको व्यवस्था साधारणतः फापर बाली सुक्खा सहने वाली भएकाले यसको खेती असिञ्चित जग्गामा पहिलो बाली कटानीपछि तुरुन्तै लगाइने हुँदा सिंचाई गरिदैन तर सिंचाईको सुविधा छ भने फुल खेल्ने वा दाना लाग्ने समयमा एक पटक सिंचाई गनाले बढी उत्पादन लिन सकिन्छ । त्यसै गरी लगाउने समयमा सुक्खा खडेरी परेमा सिंचाइ गरेर मात्र छर्नुपर्दछ । फारपात नियन्त्रण :  फापर वाली छिटै हलक्क बढ्ने, पातहरू चौडा हुने र यसको काण्डबाट निस्कने रासायनिक पदार्थले झारपातको वृद्धि र विकासलाई रोक्ने भएको हुँदा कुनै पनि झारपातनाशक विषादी सिफारिस गरिएको छैन । रोग कीराको नियन्त्रण :  फापर वालीमा रोग र कीराहरूको आक्रमण अत्यन्त न्यून हुने गर्दछ । फापर बालीमा लाग्ने प्रमुख कीराहरूमा लाई, खुमे, फौजी कीरा, थ्रिप्स, झुसिलकीरा, फट्याङ्ग्रा मुख्य हुन् भने प्रमुख रोगहरूमा धुले ढुसी, सेते दुसी, पात डढुवा, जरा कुहिने आदि हुन् तर यी कीरा र रोगहरूको प्रकोपले उत्पादनमा खासै द्वास नपाइएको हुँदा कुनै पनि विषादी प्रयोग गर्न सिफारिस गरिएको छैन । बाली काट्ने र चुट्ने :  स्थान विशेषअनुसार यी दुवै जातहरू बीउ छरेको ८०-९० दिन भित्रमा पाक्दछन् । जब बोटको तल्ला पातहरू क्रमशः सुकेर झर्न थालेपछि र ७५-९०% दानाहरूको रङ खैरो वा कालो रङमा परिणत भई डाँठ कडा हुन्छ, तब बाली कटानी गर्न उपयुक्त मानिन्छ । बाली काट्दा सकेसम्म विहानीपख काटेमादाना झर्नबाट रोक्न सकिन्छ । फापरलाई जमिनको सतहनजिक २-३ इञ्च छोडेर हसियाँले काट्ने र त्यसलाई पातलो हुने गरी करिव २-३ दिनसम्म खेतबारीमा सुकाउनुपर्छ । त्यसपछि मुठा बनाएर लड्गीले चुटी दानालाई वोटबाट छुट्टयाउनुपर्दछ । उत्पादन :  नेपालमा फापरको औसत उत्पादकत्व १०४७ किलो प्रतिहेक्टर भएको छ भने उन्नत प्रविधि अपनाई खेती गरेमा तिते फापर- १ को औसत उत्पादन १५२६ किलो (१०८३-२२४२ किलो हेक्टर र तिते फापर -२ को औसत उत्पादन १५८८ किलो (१०००-२२८० किलो। प्रतिहेक्टर भएको छ । भण्डारण :  भण्डारण गर्न फापरको तापक्रम ५-८ डिग्री सेन्टिग्रेट सापेक्षिक आर्द्रता ४०-४५% र बीउको चिस्यानको मात्रा १३% भन्दा कम भएमा भण्डारणको लागि उपयुक्त मानिन्छ । फापरको भण्डारण क्षमता अन्य बालीको तुलनामा कम हुन्छ । लागत र नाफा नेपालमा फापरको राष्ट्रिय उत्पादकत्व जम्मा १ टन प्रतिहेक्टर पाइन्छ भने यी दुई जातको प्रतिहेक्टर उत्पादकत्व तिते फापर- १ को १.५ टन र तिते फापर- २ को १.५ टन रहेको छ  बजार :  मानिसहरूको स्वास्थ्यप्रति बढ्दो चासो र अन्य अन्नहरूको बढ्दो मूल्यले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको माग दिन प्रतिदिन बढ्दो छ । जापान सबैभन्दा बढी फापर आयात गर्ने देशमा पर्दछ जसले फापरलाई सोया नुडल्सको लागि कच्चा पदार्थको रूपमा प्रयोग गर्दछ । हाम्रो देशमा पनि यसको व्यावसायिक रूपमा खेती गरेमा वैदेशिक मुद्राको आय स्रोत वन्ने प्रचुर सम्भावना देखिन्छ । - नारायणबहादुर धामी- मनोज कँडेल Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन 

प्रिमियम समाचार

विस्तृत समाचार र विशेष सामग्री पढ्नुहोस्।

पूरा समाचार पढ्नुहोस्

समाचार शेयर गर्नुहोस्

Share this news

विस्तृत समाचार

पूरा समाचार र थप विवरण

फापर वालीले अन्नवालीहरूमध्ये नेपालमा छैटौं स्थान ओगटेको छ । यो वाली उच्च पहाडी क्षेत्रमा वसोबास गर्ने मानिसहरूका लागि खाद्य सुरक्षा र पोषणको दृष्टिकोणले प्रमुख बालीको रूपमा चिनिन्छ । तिते फापर १ र तिते फापर- २ नेपाली फापरका रैथाने जातहरूबाट छनोट गरी मध्य पहाडी र उच्च पहाडी क्षेत्रका लागि विकास गरिएका जातहरू हुन् ।

यी जातहरू रोग कीराप्रतिरोधी, सीमान्तकृत वा क्रम मलिलो जग्गामा, कम हेरविचारमा सजिलै खेती गर्न सकिन्छ । तिते फापरमा मिठे फापरमा भन्दा १०० गुणा बढी प्रोटिन तत्व पाइन्छ र यसको प्रयोग उच्च रक्तचाप, मुटु, कोलेस्टेरोल, मधुमेह आदि रोगीहरूका लागि अत्यन्त उपयोगी मानिन्छ । तिते फापर - १ र तिते फापर- २ मा क्रमशः प्रोटिन १३.०६% र १५.४१%, फलाम २.४५% र १.०४% पाइन्छ । नेपालमा फापरको औसत उत्पादकत्व १०४७ किलो प्रतिहेक्टर छ भने तिते फापर- १ र तिते फापर- २ को औसत उत्पादन क्रमशः १५२६ किलो/हे. र १५८८ किलो हे. पाइएको छ ।


पृष्ठभूमि

नेपालमा अन्न वालीहरूमध्ये फापर वाली क्षेत्रफल, उत्पादन, उत्पादकत्व र उपभोगको हिसाबले छैटौं स्थान ओगटेको छ । यो बाली उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि प्रमुख अन्नबालीको रूपमा चिनिन्छ । यसको खेती मध्य पहाडमा (६००-१७०० मी.) र उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्र (१७००-४५०० मी.) का जिल्लाहरू विशेष गरी रुकुम, रोल्पा, जाजरकोट, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, काभ्रे, दोलखा, ओखलढुङ्गा सोलुखुम्बु, ताप्लेजुङ आदि प्रमुख रूपमा हुन्छ ।

पहाडी वाली अनुसन्धान कार्यक्रमद्वारा हाल विकास गरिएका जातहरू दोलखा जिल्लाको मेलुङ गाउँपालिकाबाट तिते फापर- १ र याकु, गौरीशङ्खकर गाउँपालिकाबाट तिते फापर- २ सन् १९८६ मा सङ्कलन गरी सुरुवातमा चारित्रीकरण एवम् राष्ट्रिय अवलोकन नर्सरीमा मूल्याङ्कन गरी विभिन्न स्थानमा गरिएको परीक्षणहरूमा एक्सेसन ३२२२३-१ र एक्सेसन ३२२२७-१ को नामबाट मध्य पहाडी र उच्च पहाडी क्षेत्रहरूमा धेरै वर्षसम्म परीक्षण गरी उत्पादनलगायत अन्य गुणहरू र कृषकहरूको प्रतिक्रियाको आधारमा छनोट गरिएका यी जातहरू क्रमशः ACC ३२२२३- १ लाई तिते फापर- १ र ACC ३२२२७-१ लाई तिते फापर- २ वाट नामकरण गरी जातीय उन्मोचनका लागि प्रस्ताव पेस गरी हाल जातीय उन्मोचन तथा प्राविधिक उपसमितिवाट जातीय उन्मोचनको सिफारिस गरिएको छ ।


जातीय विशेषताहरू

तिते फापर- १ : 

विभिन्न समयमा गरिएको परीक्षणहरूको आँकडाअनुसार तिते फापर- १ को डाँठको रङ सुरुमा हरियो र पाक्ने समयमा गुलावी रङ, पातको भेट्नो हल्का गुलाबी रडको, दानाको आकार गोलो र दानाको टुप्पातिर केही तिखो हुन्छ । एउटा बोटमा ५-७ वटा मुख्य हाँगाहरू लाग्ने गर्दछन् । सरदर उचाइ ८५.९ से.मी., पातको सङ्ख्या ८ वटा प्रतिकाण्ड, फूल फुल्ने ४३ दिन, औसत पाक्ने अवधि ७८ दिन, एउटा बिरुवामा फूलको झुप्पा औसतमा १५ वटा, हजार दानाको औसत तौल १८.२ ग्राम र प्रतिहेक्टर उत्पादकत्व १५२६ किलो (१०८३- २२४२ किलो)/हे. हुन्छ । यो जातले धुले ढुसी (पाउडरी मिल्ड्यु र सेते ढुसी डाउनी मिल्ड्यु रोगहरू सहन सक्ने देखिएको छ ।

तिते फापर- २ : 

यस जातको बोटको उचाइ औसत ८५ से.मी. हुन्छ । यस जातको एउटा बोटमा ५-९ वटा मुख्य हाँगाहरू लाग्ने गर्दछन् । डाँठको रङ सुरुमा हरियो र पाक्ने समयमा गुलावी रङ, पातको भेट्नो हल्का गुलावी रङको, फूलको रङ । हरियो सेतो, दानाको रङ (कालो खैरो, दानाको आकार हल्का गोलो र दानाको टुप्पातिर केही बोधो परेको, विरुवाको औसत उचाइ ८२.९५ सेमी (५०-१३६ सेमी, पातको सइख्या ८-११ प्रतिकाण्ड, औसत ४३ दिनमा फूल फुल्ने, औसत ७८ दिनमा पाक्ने, औसतमा प्रतिविरुवा फूलको झुप्पा १६ वटा लाग्ने, हजार दानाको औसत तौल १८३ ग्राम, उत्पादन १५८८ किलो (१०००-२२८० किलो हेक्टर रहेको छ। यो जातले धुले दुमी (पाउडरी मिल्ड्यु र सेते ढुसी (डाउनी मिल्ड्यु रोगहरू सहन सक्ने देखिएको छ ।

महत्व तथा उपयोग : 

तिते फापरलाई उच्च (पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि खाद्य तथा पोषण सुरक्षाको हिसाबले अत्यन्त महत्वपूर्ण मनिन्छ । यो वालीलाई जलवायु परिवर्तन अनुकूल, सीमान्तकृत र कम मलिलो जग्गामा पनि खेती गर्न सकिन्छ । यसको दाना, पात, डाँठ र जरा प्रयोग गरिन्छ । तिते फापरमा मिठे फापरमा भन्दा १०० गुणा बढी प्रोटिन तत्व पाइन्छ र यसको प्रयोग उच्च रक्तचाप, मुटु, कोलेस्टेरोल, मधुमेह आदि रोगीहरूका लागि अत्यन्त उपयोगी मनिन्छ । यसलाई ढिंडो, रोटी, दोर्पा (दाल, हरियो र सुकेको पातको तरकारी र अचार, सुप, फुरौला आदिको रूपमा प्रयोग गरिन्छ । त्यसै गरी यसको पराल गाईबस्तुको लागि, दानाको बोक्राबाट तकिया र हरियो विरुवा मलको रूपमा प्रयोग गरिन्छ । यसको वृद्धि छिटो हुने भएकाले झारको रोकथामको लागि र कुनै कारणवश पहिलो वाली असफल भएमा अर्को मुख्य वाली लगाउनुभन्दा पहिले यो बाली लगाएर सजिलै उत्पादन लिन सकिन्छ । आजकल नगदे वालीको रूपमा र स्वास्थ्यसम्बन्धी जनचेतनाको कारणले खाना तथा औषधिको रूपमा यस वालीको महत्व दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ।

पौष्टिक तत्वहरू : 

खाद्य अनुसन्धान महाशाखा खुमलटारमा गरिएको अनुसन्धानको नतिजाअनुसार तिते फापर- १ र तिते फापर- २ को खाद्य पदार्थमा पाइने पौष्टिक तत्वहरू निम्न रहेका पाइएका छन् ।

सिफारिस क्षेत्र : 

यो जात मध्य पहाडी (६००-१७०० मी.) र उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्रमा (१७००-४५०० मी.) सम्म खेती गर्न सकिन्छ ।

खेती प्रविधि : 

हावापानी

यसको खेती १६-३० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा गर्न उपयुक्त मानिए तापनि उचित वानस्पतिक वृद्धिका लागि १७- २० डिग्री से. सम्मको तापक्रम साथै ६०-८०% सापेक्षिक आर्द्रताको आवश्यकता पर्छ । फापरको बीउ उम्रनका लागि कम्तीमा पनि ६-८ डिग्री से. तापक्रम चाहिन्छ तर १६-२२ डिग्री से तापक्रम उपयुक्त मानिन्छ । फापरले तुसारो र वृद्धि विकासको क्रममा २ डिग्री से भन्दा तलको तापक्रम सहन सक्दैन । फूल फुल्ने अवस्थामा तातो हावा चलेमा वा हावाको तापक्रम बढी भएको माटोमा चिस्यान कम भएमा उत्पादनमा हास आउँदछ । फापरको सफल खेतीका लागि कम्तीमा पनि औसत वार्षिक वपां १०० मिली हुनु राम्रो मानिन्छ । फूल  फुल्ने अवस्थामा बढी तापक्रम, तुसारो, बढी हावाको गति र बढी सुक्खा परेमा उत्पादनमा निकै ह्रास आउँछ ।

बाली प्रणाली

(१) उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्र

फापर-गहुँ,

फापर-जौ,

फापर-बाँझो,

फापर-गहुँ-फापर,

फापर-वांझो-कोदो-बांझो

(२) मध्य पहाडी क्षेत्र

मकै-फापर,

फापर-धान,

मकै-फापर-वांझो,

धान-फापर-बाँझो,

मकै + भटमास-फापर,

मकै + भटमास-फापर-सस्यु तोरी

 
लगाउने समय : 

उच्च पहाडी क्षेत्र वा हिमाली क्षेत्र: जेठ-साउन मध्य पहाडी क्षेत्र : फागुन-चैत, भदौ-असोज

माटो

फापरलाई कम उर्वर माटोदेखि बढी उर्वरता भएको माटोमा खेती गर्न सकिन्छ तर बढी उर्वरशील माटोमा वानस्पतिक वृद्धि भई ढल्दछ । यसको उचित वृद्धि र विकासका लागि ५-६ पी.एच. भएको माटो उपयुक्त मानिन्छ । फापर वालीले अन्य बालीहरूभन्दा केही बढी अम्लीयपन सहन सक्दछ । यसको उपयुक्त खेतीका लागि हल्का बलौटे वा बलौटे दोमट माटो उपयुक्त मानिन्छ । धेरै वजनदार, चिम्ट्याइलो, पानी जम्ने माटोमा फापरको खेती राम्रोसँग गर्न सकिदैन । बढी चिम्ट्याइलो माटोमा एकनासले विउ उम्रन नसकी विरुवाको उपयुक्त घनत्व कम हुन्छ । भखरै मात्र फडान गरिएको जग्गा, पानीको निकास गरिएको खेत, प्राङ्गारिक पदार्थ मात्र धेरै भएको ठाउँमा पनि फापरको सफलतापूर्ण खेती गर्न सकिन्छ ।

फापरको जात र बीउको छनोट : 

फापर वालीवाट बढी उब्जनी लिनका लागि उपयुक्त जातको शुद्ध र स्वस्थ बीउ लगाउन अत्यन्त आवश्यक हुन्छ । त्यसैले बीउको छनोट गर्दा ठूलो पोटिलो, कीराले नखाएको, रोग नलागेको, अन्य झारपातको बीउ र वेजातको बीउ नमिसिएको, ८०% भन्दा बढी उमारक्ति भएको बीउ छान्नुपर्दछ । राम्रो बीउको छनोटवाट साधारणतः २० देखि २५% सम्म उत्पादन बढाउन सकिन्छ ।

जमिनको तयारी

फापरको बीउ एकनासले उम्रन र उपयुक्त घनत्व कायम गर्न जमिनको तयारी राम्रोसँग गर्नुपर्दछ । पहिलो बाली काट् नासाथ एक पटक वा बढीमा दुई पटकसम्म राम्रोसँग हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपातहरू हटाई माटो बुरबुराउँदो पार्नपर्दछ । माटोलाई धेरै मसिनो र मिहिन बनाउनु हुँदैन । जमिन तयार गर्दा पानीको निकासको राम्रो प्रबन्ध गर्नपर्दछ ।

मलखादको व्यवस्थापन : 

यस वालीवाट राम्रो उत्पादन लिनका लागि गोबर मल ५ देखि ८ टन प्रतिहेक्टर बीउ छर्नुभन्दा पहिले १५-२० दिन अगावै प्रयोग गर्नपर्दछ वा पहिलो जोताइमा राम्रोसँग माटोमा मिसाउनुपर्दछ । रासायनिक मल रोप्ने समयमा एक ग्राम र डी.ए.पी. ३.३ किलो का दरले प्रयोग गर्नपर्दछ । फापर छर्ने समयमा युरियाको आधा मात्रा र डी.ए.पी. को पूरै मात्रा माटोमा मिलाउनुपर्दछ । वाँकी युरियाको आधा मात्रा फूल फुल्नुभन्दा केही दिन पहिले प्रयोग गर्नुपर्दछ ।

बीउको दर : 

बीसको मात्रा, बीउको आकार, जात, छर्ने तरिका, माटो चिस्यानको मात्रा साथै बीउको शुद्धता, उमारशक्ति आदि अनुसार फरक पर्ने भए तापनि साधारणतः ५०-६० किलो प्रतिहेक्टर बीउको आवश्यकता पर्दछ ।

लगाउने तरिका : 

नेपालमा छरेर लगाइने गरे तापनि ४-५ से.मी. गहिरो, २५ से.मी फरकमा लाइन बनाई लगाएमा वढी उत्पादन लिन सकिन्छ । एक बोटदेखि अर्को बोटको दूरी ५ से.मी. कायम गर्नपर्दछ ।

सिँचाईको व्यवस्था साधारणतः

फापर बाली सुक्खा सहने वाली भएकाले यसको खेती असिञ्चित जग्गामा पहिलो बाली कटानीपछि तुरुन्तै लगाइने हुँदा सिंचाई गरिदैन तर सिंचाईको सुविधा छ भने फुल खेल्ने वा दाना लाग्ने समयमा एक पटक सिंचाई गनाले बढी उत्पादन लिन सकिन्छ । त्यसै गरी लगाउने समयमा सुक्खा खडेरी परेमा सिंचाइ गरेर मात्र छर्नुपर्दछ ।

फारपात नियन्त्रण : 

फापर वाली छिटै हलक्क बढ्ने, पातहरू चौडा हुने र यसको काण्डबाट निस्कने रासायनिक पदार्थले झारपातको वृद्धि र विकासलाई रोक्ने भएको हुँदा कुनै पनि झारपातनाशक विषादी सिफारिस गरिएको छैन ।

रोग कीराको नियन्त्रण : 

फापर वालीमा रोग र कीराहरूको आक्रमण अत्यन्त न्यून हुने गर्दछ । फापर बालीमा लाग्ने प्रमुख कीराहरूमा लाई, खुमे, फौजी कीरा, थ्रिप्स, झुसिलकीरा, फट्याङ्ग्रा मुख्य हुन् भने प्रमुख रोगहरूमा धुले ढुसी, सेते दुसी, पात डढुवा, जरा कुहिने आदि हुन् तर यी कीरा र रोगहरूको प्रकोपले उत्पादनमा खासै द्वास नपाइएको हुँदा कुनै पनि विषादी प्रयोग गर्न सिफारिस गरिएको छैन ।

बाली काट्ने र चुट्ने : 

स्थान विशेषअनुसार यी दुवै जातहरू बीउ छरेको ८०-९० दिन भित्रमा पाक्दछन् । जब बोटको तल्ला पातहरू क्रमशः सुकेर झर्न थालेपछि र ७५-९०% दानाहरूको रङ खैरो वा कालो रङमा परिणत भई डाँठ कडा हुन्छ, तब बाली कटानी गर्न उपयुक्त मानिन्छ । बाली काट्दा सकेसम्म विहानीपख काटेमा
दाना झर्नबाट रोक्न सकिन्छ । फापरलाई जमिनको सतहनजिक २-३ इञ्च छोडेर हसियाँले काट्ने र त्यसलाई पातलो हुने गरी करिव २-३ दिनसम्म खेतबारीमा सुकाउनुपर्छ । त्यसपछि मुठा बनाएर लड्गीले चुटी दानालाई वोटबाट छुट्टयाउनुपर्दछ ।

उत्पादन : 

नेपालमा फापरको औसत उत्पादकत्व १०४७ किलो प्रतिहेक्टर भएको छ भने उन्नत प्रविधि अपनाई खेती गरेमा तिते फापर- १ को औसत उत्पादन १५२६ किलो (१०८३-२२४२ किलो हेक्टर र तिते फापर -२ को औसत उत्पादन १५८८ किलो (१०००-२२८० किलो। प्रतिहेक्टर भएको छ ।

भण्डारण : 

भण्डारण गर्न फापरको तापक्रम ५-८ डिग्री सेन्टिग्रेट सापेक्षिक आर्द्रता ४०-४५% र बीउको चिस्यानको मात्रा १३% भन्दा कम भएमा भण्डारणको लागि उपयुक्त मानिन्छ । फापरको भण्डारण क्षमता अन्य बालीको तुलनामा कम हुन्छ । लागत र नाफा नेपालमा फापरको राष्ट्रिय उत्पादकत्व जम्मा १ टन प्रतिहेक्टर पाइन्छ भने यी दुई जातको प्रतिहेक्टर उत्पादकत्व तिते फापर- १ को १.५ टन र तिते फापर- २ को १.५ टन रहेको छ 

बजार : 

मानिसहरूको स्वास्थ्यप्रति बढ्दो चासो र अन्य अन्नहरूको बढ्दो मूल्यले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको माग दिन प्रतिदिन बढ्दो छ । जापान सबैभन्दा बढी फापर आयात गर्ने देशमा पर्दछ जसले फापरलाई सोया नुडल्सको लागि कच्चा पदार्थको रूपमा प्रयोग गर्दछ । हाम्रो देशमा पनि यसको व्यावसायिक रूपमा खेती गरेमा वैदेशिक मुद्राको आय स्रोत वन्ने प्रचुर सम्भावना देखिन्छ ।

- नारायणबहादुर धामी
- मनोज कँडेल

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन 

सम्बन्धित विषय

थप समाचार