बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गोलभेँडा खेती प्रविधि र यसको सम्भावना

आइतबार, मंसिर २ २०८१
145 views
गोलभेँडा खेती प्रविधि र यसको सम्भावना
<p>कुनै बेला २०, ३० रुपैयाँदेखि कुनै बेला २ सय रुपैयाँ किलो मूल्य पर्ने गर्छ । मूल्य उतार चढावले गर्दा किसानहरु बेलाबेलामा मर्कामा पर्ने गर्दछन् ।&nbsp;<br /> गत वर्ष असारको पहिलो हप्ता नेपालमा गोलभेँडा खेतीको उत्पादन बढी हुँदा मूल्य नपाएर किसानले सडकमै फालेर विरोध प्रदर्शन गरेका थिए । त्यस लगत्तै भारतमा गोलभेँडाको माग बढेपछि नेपालबाट समेत निर्यात गरिएको थियो ।</p>

समाचार शेयर गर्नुहोस्

Share this news

नेपालीहरुको महान चाड बडादशैंको मुखमा काठमाडौं उपत्यकामा गोलभेँडाको मूल्य प्रतिकिलो २ सय रुपैयाँ भन्दा बढी थियो । कुनै बेला २०, ३० रुपैयाँदेखि कुनै बेला २ सय रुपैयाँ किलो मूल्य पर्ने गर्छ । मूल्य उतार चढावले गर्दा किसानहरु बेलाबेलामा मर्कामा पर्ने गर्दछन् । 
गत वर्ष असारको पहिलो हप्ता नेपालमा गोलभेँडा खेतीको उत्पादन बढी हुँदा मूल्य नपाएर किसानले सडकमै फालेर विरोध प्रदर्शन गरेका थिए । त्यस लगत्तै भारतमा गोलभेँडाको माग बढेपछि नेपालबाट समेत निर्यात गरिएको थियो । भन्सार कार्यालयका अनुसार, त्यतिबेला वीरगञ्ज भन्सारबाट ६ सय ७० मेट्रिक टन गोलभेँडा निर्यात भएको थियो । 

ठाउँ अनुसार गोलभेँडा १२ महिना नै फलाउन सकिन्छ । भिटामिन ए, बी, ई तथा क्याल्सिमय पनि पाइने गोलभेँडा खेती निकै फाइदाजनक छ । 
नेपालमा प्रशस्त मात्रामा गोलभेँडा उत्पादन गर्न सकिने भएकाले मुलुकलाई गोलभेँडामा आत्मनिर्भर मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन सकिन्छ । तर त्यसका लागि माटो, प्रविधि, हावापानीको सन्तुलन मिलाउन आवश्यक छ ।
मध्य पहाडी क्षेत्रमा (८ सय मिटर भन्दा माथि) वर्षातको समयमा गोलभेँडा खेती गर्न सकेमा मनग्य आम्दानी गर्न सकिन्छ । यो क्षेत्रमा बेमौसममा प्लाष्टिक घर भित्र (गुमोज बनाएर) खेती गर्न सकेमा पनि यसबाट प्रशस्त आम्दानी गर्न सकिन्छ । 

हावापानी र माटो

नेपालको तराई तथा भित्री मधेसमा हिँउदे र पहाडमा गर्मीयामको बालीको रुपमा गोलभेँडा खेती गर्न सकिन्छ । ब्यवसायिक रुपमा नै यसको खेती गर्नका लािग माटो, हावापानी र प्रविधिको सन्तुलन मिलाउन जरुरी छ । गोलभेँडालाई सबैभन्दा बढी असर गर्ने भनेको तुषारोले हो । त्यसैले तुषारोबाट जोगाउनु पर्दछ । २० डिग्री सेल्सियसदेखि ३० डिग्री से. तापक्रम गोलभेँडा खेतीका लागि सबभन्दा उपयुक्त हुन्छ । औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेमा गोलभेडाको सेचन क्रिया रोकिन गई फूल झर्न थाल्छ र फल लाग्दैन । तापक्रम १० डिग्री से. भन्दा कम भएमा पनि यसको खेती गर्नु उचित हुदैन । 
नेपालको पहाडी क्षेत्रमा ६ महिना (असारदेखि मंसीरसम्म) बेमौसममा पनि गौलभेडा उत्पादन गर्न सकिन्छ । तराई भेगमा यो समयमा वर्षा र तापक्रम बढी हुने भएकाले गोलभेँडा खेतीलाई नोक्सान पुर्याउँछ । तर प्लाष्टिक टनेलमा खेती गर्न गोलभेँडा राम्रो उत्पादन गर्न भने सकिन्छ । (८०० मिटरभन्दा कम उचाइको बढी गर्मी हुने ठाउँमा प्लाष्टिक टनेल उपयुक्त मानिँदैन ।  
गोलभेडा खेतीको लागि पानी नजम्ने खालको माटो उपयुक्त हुन्छ ।  पानी नजम्ने, प्राङ्गारिक, हल्का बलौटे तथा दोमट पाँगो माटो यो खेतीका लागि उपयुक्त मानिन्छ । पिएच मान ६ देखि ७ भएको माटोको अम्लीयपन हुनुपर्छ ।

गोलभेडाका जातहरुः 

डेढ दर्जन भन्दा बढी जातका गोलभेँडा हुन्छन् । हाइब्रिडदेखि लोकल प्रकृतिका गोलभेँडा हुने भएकाले ठाउँ अनुसार यसको उत्पादन गर्न सकिन्छ । भारतबाट आयात हुने अधिकांश गोलभेँडाहरु हाइब्रिड जात नै हुन्छन् । 
सृजना, स्नेहलता, मनिषा, मनिमेकर, लप्सीगेडे, भिम, सुरक्षा, युरेका, थिम्स १, एस.१६२, एन.१६२, एन.एस.२५३५, एचआरडी १, श्रेस, पुसा रुबी जस्ता विभिन्न जातका गोलभेँडाहरु पाइन्छन् । 
सृजना जातको गोलभेँडा नेपालमा विकास गरिएको हाइब्रिडजातको गोलभेँडा हो । यो मध्य पहाड, बेसी, टारमा वर्षात तथा गृष्म ऋतुमा लगाउन सकिन्छ । यो प्लाष्टिक घरभित्र गुमोज बनाएर तथा खुल्ला खेतमा लगाउन सकिन्छ । यो राम्र्रो उत्पादन दिने, फल मध्यम आकार र रसिलो हुने गर्छ । डढुवा र ओइलाउने रोग सहन सक्ने जात भएकाले पनि यो किसानको बढी रोजाइमा पर्ने गर्छ । 
स्नेहलता जातको गोलभेँडाको बोट अग्लो, फल ठूलो र गोलो राम्रो देखिन्छ । यसको एउटै फलको तौल १४० देखि १५० ग्रामसम्मको हुन्छ । तातो सहन सक्ने भएकाले यो तराइ क्षेत्रमा पनि लगाउन सकिन्छ । 
मनिषा जातको गोलभेँडाको बोट अग्लो, फल अण्डा आकारको हुनुका साथै  फल ८० देखि १०० ग्रामको हुन्छ । 
थिम्स १ जातको गोलभेँडाको बोट अग्लो हुन्छ भने १ सयदेखि २ सय ग्रामको फल लाग्ने गर्छ । यो पनि गर्मी सहन सक्ने जात हो । 
लप्सी गेडे जातको गोलभेँडाको फल सानो र अमिलो हुने गर्छ भने वर्षा सहन सक्ने हुन्छ ।  

tomato-nepal.jpg

ब्याड राख्ने र लगाउने समय

राम्ररी खनजोत गरी पाकेको गोबरमल वा कम्पोष्ट मिलाएको जग्गालाई एक मिटर चौडाइ, आवश्यकता अनुसार लम्बाई १५–२५ से. मी. उचाईको आकारमा ब्याड बनाउनु पर्दछ । उक्त व्याडलाई २–३ ग्राम बेभिष्टीन वा ब्लाइटक्स प्रति लिटर पानीमा मिसाई बनाएको घोलले भिजाइ २४ घण्टासम्म प्लाष्टिकले छोपी उपचार गर्नुपर्दछ । त्यसको अर्को दिन केहीमात्रामा डि.ए.पि र पोटास मिलाइ ५÷५ से.मी. को फरकमा लाइन कोरी त्यसैमा बीउ छर्नु पर्दछ । त्यसपछि हल्का माटोले पुरेर परालको छापो दिई सिँचाइ गर्नु पर्दछ । व्याडमा आवश्यक मात्रामा चिस्यान कायम गर्नु पर्दछ तर बढी पानी दिनुहुँदैन । २०–२२ दिनपछि बेर्ना सार्न लायक हुन्छन् ।
गोलभेँडा तराई तथा भित्री मधेसमा भदौदेखि फागुनसम्म, मध्य पहाडी क्षेत्रमा असारदेखि साउन र चैत–वैशाखमा तथा उच्च पहाडी क्षेत्रमा चैतदेखि असारमा बेर्ना सार्ने समय उपयुक्त हो । 

जग्गाको तयारी

बेर्ना लगाउने जग्गा १०–१५ दिन पहिले राम्रोसँग खनजोत गरी तयार पार्नुपर्छ । वर्षात्को बेलामा उत्पादन गर्दा बारीमा ड्याङ बनाएर बेर्ना सार्नु पर्छ । होचो बोट हुने जातको लागि १२० से.मी चौडाइ र २० से.मी. अग्लो ड्याङ बनाई ६० से.मी.को फरकमा दुई हार बेर्ना रोप्नु राम्रो हुन्छ । बोटबाट बोटको दूरी ४५ से.मी. कायम गर्नु पर्दछ । अग्लो हुने जातका लागि भने ड्याङको चौडाई १७० से.मी हुनु पर्दछ । उक्त ड्याङमा दुईहार बेर्ना रोप्नु पर्दछ । एक बेर्नाबाट अर्को बर्ना ६० से.मी. को फरकमा रोप्नु पर्दछ । 

बीउदर
एक रोपनी जग्गामा सार्नको लागि हाइव्र्रिड जातको बीउ ५ ग्राम र खुला संचित जातको बीउ १०–१५ ग्राम आवश्यक पर्छ ।

मलखाद
ड्याङ बनाइसकेपछि विरुवा रोप्नुभन्दा एक हप्ताअघि नै मलखाद ड्याङमा छरी माटोमा राम्ररी मिलाउनु पर्दछ । मलखादको मात्रा जमिनको उर्वराशक्तिमा भर पर्दछ । प्रतिरोपनी ४० डोको कम्पोष्ट मल, नाइट्रोजन ६ किलो, डिएपी ४ किलो र पोटास ७ किलो अथवा प्रतिबोट २ किलो गोबर मल, युरिया १० ग्राम, डिएपी २० ग्राम र पोटास १५ ग्राम राम्रो उत्पादनको लागि आवश्यक पर्छ । यूरियाको ३ भागमा १ भाग (३ ग्राम) र डिएपी र पोटासको सबै मात्रा जमिन तयारीको बेला मिलाउनु पर्छ । बँचेको युरियालाई २ भागमा बाँडी क्रमशः ३० र ६० दिनपछि दिनुपर्दछ । मल दिँदा गोडमेल पनि सँगसँगै गर्नुपर्दछ । बायोजाम, जिङ्क र बोरेक्स आदि उपलब्ध भएमा १–१ किलो प्रति रोपनीका दरले राख्दा गुणस्तरको गोलभेडा उत्पादन हुन्छ । 

थाक्रा दिने

ड्याङमा रोपेको गोलभेडालाई प्रत्येक लहरमा चार बोटको बीचमा बाँसको घोँचा लामो बोट हुने गोलभेँडाको लागि १७० से.मी. अग्लो र छोटो बोट हुने गोलभँेडालाई ७५ सेमी अग्लो थाक्रा गाड्नुपर्छ । उक्त घाँेचालाई जमिनदेखि पहिलो साटा ३० सेमी र अन्य साता ३०–४५ से.मी. को फरकमा लगाउनु पर्दछ । उक्त साटामा गोलभेँेडाको डाँठलाई सुतली बाँध्नु पर्छ । यस्ता साटा ४–५ तह दिनुपर्छ । 

बाली संरक्षण 

बेर्ना कुहिने, डढुवा जस्ता विभिन्न रोगहरु लाग्ने भएकाले बाली संरक्षणमा विशेष ध्यान दिन आवश्यक हुन्छ । 
बेर्ना कुहिने रोग नर्सरी व्याडको प्रमुख समस्या हो । यो रोगले बेर्नालाई नउम्रदै जमिन भित्र वा उम्रेपछि फेद कुहाएर मार्दछ । यसको रोकथामको लागि पानी नजम्ने घाम लाग्ने ठाउँमा नर्सरी बनाउने, वेभिष्टीनले माटो उपचार गरेर व्याड राख्ने, अग्लो ठाउँमा व्याड बनाउने, लाइनमा बीउ छर्ने, रोगको लक्षण देखिना साथ किसान सुुरक्षा वा डाइथेन एम–४५ ले उपचार गर्ने आदि विधि अपनाउन सकिन्छ । 

अगौटे डढुवा लाग्दा पातहरुमा अनिश्चित आकारका दागहरु देखा पर्छन् र  पछि दागहरु जोडिएर पातलाई सुकाउँछ भने पछौटे डढुवा लाग्दा पातहरुमा पानीले भिजे जस्ता दागहरु देखिन्छन् । बादल लागेको या आद्र्र्र मौसममा यी दागहरु छिट्टै वृद्धि हुन्छन् र गाडा खैरा डढेका क्षेत्रहरू देखिन्छन् ।

सम्बन्धित विषय

थप समाचार