बागमती प्रदेशका कृषक र कृषि उद्यमीहरूका लागि चालु आ.व. २०८२/८३ मा सञ्चालन हुने कृषकस्तर तालिममा सहभागी हुन अनलाइन आवेदन आव्हान गरिएको छ। इच्छुकले चैत्र मसान्तभित्र केन्द्रको वेभसाइट मार्फत आवेदन पेश गर्न सक्नेछन्।
आवेदन प्रक्रियामा आवश्यक निवेदन फारम, व्यक्तिगत विवरण फारम र सिफारिस पत्रको ढाँचा वेभसाइटबाट डाउनलोड गरी विवरण भरी अपलोड गर्नुपर्नेछ। तालिम अवधिभर सहभागीको आने-जाने खर्च, दैनिक भत्ता र भ्रमण खर्च केन्द्रद्वारा प्रदान गरिनेछ। थप जानकारीका लागि सूचना अधिकारी संगम घिमिरे (मोबाइल: ९८५११०६१५२) सँग सम्पर्क गर्न सकिनेछ।