बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

रामपुर नगरपालिकाद्वारा धानको उन्नत बीउमा ५०% अनुदान, आवेदन खुला

सोमबार, चैत २३ २०८२
141 views
रामपुर नगरपालिकाद्वारा धानको उन्नत बीउमा ५०% अनुदान, आवेदन खुला

समाचार शेयर गर्नुहोस्

Share this news

रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पाल्पाले चालु आ.व. २०८२/८३ अन्तर्गत खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसअन्तर्गत धान बालीको उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिनेछ।

इच्छुक कृषक, कृषक समूह तथा कृषि सहकारीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८३/०१/०६ गतेसम्म) आवश्यक कागजातसहित निवेदन पेश गर्न सक्नेछन्। निवेदन कार्यालय समयभित्र पेश गर्न अनुरोध गरिएको छ। 

थप समाचार