बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

केजमा माछा पालन कसरी गर्ने ?

बुधबार, माघ १० २०८०
6 views
केजमा माछा पालन कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

माछा पालन गर्ने विभिन्न तरीकाहरूमध्ये एक तरीका केजमा माछा पालन पनि हो । नेपालमा केजमा माछा पालन पोखरास्थित तालहरूबाट सुरु भएको हो । अहिले पोखराका फेवाताल, वेगनास ताल, रूपातालका अलवा कुलेखानी रिजरभ्वायरमा व्यावसायिक रूपमा केजमा माछापालन गरिदै आएको छ । दशौँ पञ्चवर्षीय योजनाको अन्त्यसम्म ४० हजार क्षेत्रफलमा केजमा माछापालन गर्ने लक्ष्य रहेकोमा आ.व. ०६२/ ६३ को अन्त्यमा कुलेखानी रिजरभ्वायरमा मात्र करिब ५३ हजार घनमिटर क्षेत्रफलमा केजमा माछापालन भइसकेको छ ।

पोखरास्थित तालहरूको समेत जोड्दा अहिले करीब ७३ हजार घनमिटर क्षेत्रफलमा केजमा माछा पालन भइरहेको छ । यसरी केजमा माछापालनको क्षेत्र विस्तार हुनुका साथै व्यावसायिक रूपमा माछा उत्पादन गर्ने कार्यमा कृषकहरूको चाहना बढिरहेको छ ।

केजमा माछा पालनको आधुनिक प्रविधिका बारेमा कृषकहरूलाई अझ बढी जानकारी दिन सके अहिले भइरहेको तुलनामा माछाको उत्पादन बढ्ने देखिन्छ । ठुलो जलाशयमा माछा पाल्ने केजहरू विभिन्न किसिमका हुने भए पनि आजकल कृषकहरूमा बढी लोकप्रिय भएको केज नाइलन वा प्लाष्टिकको केज नै हो । यस प्रकारका केजमा मसिनो डोरी भएको र मोटो डोरी भएको गरी दुई प्रकारका पाइन्छ । मोटो डोरी भएको केज बढी खप्ने क्षमता भएकोले यो बढी उपयुक्त हुन्छ ।

केजको तयारी गर्दा ५ मेश साइजदेखि १५ मेस साइजसम्मको भुरा माछा हुर्काउनका लागि प्रयोग गरिन्छ भने २० मेस साइजदेखि ३५ मेश साइजका केजहरू उत्पादनका लागि पालिने माछा पाल्न प्रयोग गरिन्छ । केज तयार गर्दा काम गर्न सजिलो हुने हिसाबले केज तयार गर्नु पर्ने हुन्छ । यसका लागि नर्सरी केज ८ घ.मि. (२ मि.×२ मि.×२ मि..८ घ.मि.), ३२ घ.मि. (४ मि.×४ मि.×२मि..३२ घ.मि.) का उपयुक्त हुन्छन् । त्यसैगरी उत्पादन केजका लागि ५० घ.मि. (५ मि×५ मि.×२ मि.. ५० घ.मि.) को केज उपयुक्त हुन्छ ।

केजमा पालिने माछाका जातहरू केजमा पालिने माछाका जातहरू

नेपालमा अहिले पालिने गरिएका सबै जातका माछाहरू केजमा पाल्न सकिन्छ तर माछापालन गर्ने जलासयको पानीमा उपलब्ध हुने माछाका प्राकृतिक आहाराको आधारमा माछाका जातहरू छनोट गर्नु उपयुक्त हुन्छ । फेवातालमा घाँस खुवाएर माछा पाल्नका लागि ग्रास कार्प जातको माछा उपयुक्त हुन्छ ।

माछाका जात छनोट गर्दा केज सफा गर्ने र जलाशयको प्राकृतिक आहाराको अधिकतम् उपयोग गर्ने जातलाई प्राथमिकता दिनुपर्ने हुन्छ । कुलेखानी रिजरभ्वायरमा सिल्भर कार्प जातको माछाले उपभोग गर्ने फाइटोप्लाङटन र बिगहेड कार्प जातको माछाले उपभोग गर्ने जुप्लाङटन प्रशस्त मात्रामा पाइने भएको हुनाले सिल्भर कार्प र बिगहेड कार्प माछा मुख्य रूपमा पाल्नु पर्दछ ।

माछा स्टक समय, दर र साइज केजमा माछापालन गर्ने कृषकले आफूलाई आवश्यक पर्ने माछाको भुरा उपलब्ध हुने समयमा फ्राइ साइजका वा फिङ्गरसाइजका माछा भुरा ल्याई केजमा राखी हुर्काउनु पर्दछ । जब जलाशयको पानीको तापक्रम तात्न सुरु गर्दछ तब फागुन महिनामा उत्पादन केजमा स्टक गर्नु पर्दछ । केजमा माछा पाल्ने कृषकले १० गोटा माछाप्रति घ.मि.का दरले स्टक गर्नु पर्दछ । माछाको जातीय अनुपात भने केजमा माछा पाल्ने जलाशयको पानीमा पाइने माछाका प्रकृतिक आहाराको उपलब्धतामा भर पर्ने हुन्छ ।

उत्पादन केजमा भुरा स्टक गर्दा केज सफा गर्ने जातका माछा जस्तै कमन कार्प वा रहु माछा १० प्रतिशत स्टक गर्नु पर्दछ । कुलेखानी रिजरभ्वायरमा ४० प्रतिशत सिल्भर कार्प, ४० प्रतिशत बिगहेड कार्प, १० प्रतिशत ग्रास कार्प र १० प्रतिशत कमन कार्प जातका माछा पाल्नु उपयुक्त हुन्छ । केजमा माछा भुरा स्टक गर्दा माछा भुराको साइज २५ ग्राम देखि ५० ग्राम साइजका हुनु उपयुक्त हुन्छ । पोखरीमा माछा पालनमा जस्तै केजमा माछा पालनमा पनि मल्टीपल स्टकिङ्ग÷मल्टीपल हार्भेटिङ्ग गर्दा उत्पादनमा बृद्घि ल्याउन सकिन्छ ।

केजमा पालिएका माछाको हेरचाह केजमा पालिएका माछाको उत्पादन केजमा माछा स्टक गरी सकेपछि हरेक १५ दिनमा केज सफा गर्ने गर्नुपर्दछ । नियमित रूपले केज सफा गर्दा केजका प्वालहरू बन्द हुन पाउँदैनन् र जलाशयको पानी राम्रोसँग भित्र बाहिर गर्न पाउँदा माछाका प्राकृतिक आहारा माछालाई अधिकतम मात्रामा उपलब्ध हुन गई माछाको बृद्घि छिटो हुन सक्दछ । त्यसरी नै केजलाई दरो बनाउन र तैराउन राखिएको बाँस भाँच्चिएमा पनि मर्मत गर्न सकिन्छ, केजमा प्वालहरू भएमा देख्न सकिन्छ ।

माछामा कुनै प्रकारको रोग लागेको देखिएमा समयमै उपचार गर्न सकिन्छ । माछा हार्भेस्टिङ्ग केजमा माछा पाल्न फागुन महिनाबाट शुरू गरेपछि असार श्रावण महिनादेखि जब माछाको तौल ५०० ग्राम भन्दा माथि पुग्दछ तब सो साइजका माछा हार्भेष्ट गरी भुरा हुर्काउन राखिएको केजबाट ५० ग्रामदेखि १५० ग्रामसम्मका भुरा उत्पादन केजमा राख्नुपर्छ । यसले गर्दा उत्पादनमा बृद्घि हुन जान्छ ।

साधारणतया मार्ग–पौष महिनामा केजमा भएका सम्पूर्ण माछा हार्भेस्ट गर्नु पर्दछ । यसरी करीब ३०० देखि ३५० दिनसम्म केजमा माछा पाल्दा औसतमा ६०० देखि ७०० ग्रामसम्मका माछा बिक्री गर्न सकिन्छ । एउटा ५० घन मीटरको केजमा ५०० गोटा माछा पाली करीब १ वर्षको अवधिमा २५० देखि ३०० के.जी. माछा उत्पादन अहिले भइरहेको छ ।

माछा पालन गर्ने जलाशयमा पाइने माछाका प्राकृतिक आहाराको आधारमा केजमा पालिने माछाका जातहरू छनोट गरेर र ठूलो साइजका माछा भुरा केजमा स्टक गर्न सकेमा अहिले भइरहेको उत्पादनमा बृद्घि ल्याउन सकिन्छ । हालसम्म माछा बिक्रीमा कुनै समस्या देखिएको छैन । कृषकहरूको घर दैलोमा पुगी उपभोक्ताहरूले आपूmलाई आवश्यक परेको माछा माग गरी केजबाट झिक्न लगाई लाने गरेको पाइएको छ ।

थप समाचार