सिताके च्याउः उत्तिस वा कटुसको मुढामा फलाउनुस् मनग्ये कमाउनुस्
सिताके च्याउ खेती गरेर कसरी मनग्ये कमाउने ? एकछिन सोच्नैपर्यो तर, आफ्नो उत्कृष्ट भिजन र सहि विचार र ब्यवस्थापनले तपाइको सपान सार्थक बनाउँछ पहिला यसरी शुरु गर्नुस्
परिचय
यो च्याउको वैज्ञानिक नाम लेन्टिनुला इडोडस (Lentinula edodes) हो । यसलाई नेपालीमा “मृगे च्याउ” र अङ्ग्रेजीमा सिताके (Shiitake) भनिन्छ । यस च्याउको छाताको बाहिरी सतहको रङ्ग कलेजी खैरो र त्यसमा सेता थोप्लाहरू हुन्छन् ।
यस च्याउको रंग हेर्दा मृगको छाला जस्तै देखिने भएकोले यसलाई मृगेच्याउ भनिएको हो । यो च्याउ नेपालको पहाडी भेगका जङ्गलहरूमा पनि पाइन्छ । यो च्याउ पहिले सानो गोलो छाता जस्तो आकारमा उम्रिन्छ र यसलाई धेरै दिनसम्म नटिपीकन राखेको खण्डमा निकै ठुलो छाता वन्छ ।
एउटा च्याउको तौल १५० ग्राम देखि २५० ग्रामसम्म हुन्छ । यो च्याउको खेती चीनमा सुरु गरिएको र यसको प्रविधि विकास जापानमा गरिएको पाइन्छ । नेपालमा वि.सं. २०३७/०३८ सालमा जापानी स्वयंसेवक वातानाबेले ओखरका मुढामा यसको खेती सुरु गरेका थिए ।
खेती प्रविधिनेपालमा मृगे च्याउ खेती प्रायः कटुस, उत्तिसको काठको मुढामा गरिएको पाइन्छ । यसको खेती प्रविधि कन्ये र गोब्रे च्याउ खेती प्रविधिभन्दा फरक किसिमको छ । यो च्याउ खेतीबाट उत्पादन लिन लामो समय कुर्नु पर्ने, बीउ रोपेको मुढाको स्याहार सुसार एवं यसको व्यवस्थापनमा बिशेष ध्यान दिनु पर्दछ ।
च्याउ बीउको तयारी
च्याउ फलाउने मुढाको तयारी
च्याउ बीउ रोपाइ
च्याउ बाली/मुढाको व्यवस्थापन र च्याउ टिपाइ
च्याउ बीउ (Spawn) को तयारीयस च्याउको बीउको तयार गर्ने प्रकृया कन्ये/गोब्रे च्याउको जस्तै नै हो । तर यसको बीउ बनाउने माध्यम (Media) गहुँको दानामा नभई काठको धुलो वा काठको क्याप्सुल (Plugs) मा तयार गरिन्छ । नेपालमा यो च्याउको बीउ पाउने स्रोत निकै कम छ ।
च्याउ फलाउने मुढाको तयारी(१) आवश्यक सामग्रीहरूयो च्याउ खेती गर्दा निम्नानुसारको सामग्रीहरु जुटाउनु पर्दछ :
- काठमा प्वाल पार्ने ड्रिलिङ्ग मेसिन वा बर्मा वा पञ्चर (गोलो मुखे छिनो): संख्या १- ड्रिल विट (१ देखि १.५ से.मी. आकारको): संख्या १- कोरा मैन : १ कि.ग्रा.- मैन पगाल्ने सानो डिक्ची वा कराई: संख्या १
- लामो सिन्को (टुप्पोमा कपडाले बेरेको): संख्या २- च्याउको बीउ (सिताके): कि.ग्रा. ३- प्लास्टिक सिट: कि.ग्रा. १०- खोटो वा चोप: ग्राम १००- काठका मुढा: संख्या २०
काठको छनोट- यो च्याउको खेती काठको मुढाहरुमा गरिने र च्याउको उत्पादन मुढाको जात, उमेरमा भर पर्ने भएकोले काठको मुढाको छनौट ध्यान पु¥याउनु पर्दछ ।
- यस च्याउ खेतीको अनुसन्धानबाट उत्तीस, कटुस, लाँकुरी, बाँझ, सौर, खरी, आदिका मुढाहरु मृगे च्याउ खेतीको उपयुक्त मानिएको छ ।
- अतः आफ्नो भेगमा उपलब्ध हुन सक्ने काठको मुढा यसको खेतीका लागि प्रयोग गर्न सकिन्छ । नेपालमा यस च्याउको व्यावसायिक खेतीका लागि मुख्यतः उत्तिस र कटुसका मुढा बढी प्रचलनमा आएको पाइन्छ ।
-ब्यवसायी/उद्यमीको अनुभवको आधारमा कटुसको मुढा अन्य जातको काठको मुढा भन्दा बढी टिकाउ र उत्पादनसिल भएको पाइन्छ ।
काठको मुढाको तयारी
च्याउ खेतीको लागि उत्तीस काठको मुढा काट्दा रूखको उमेर कम्तीमा ५ वर्ष वा त्योभन्दा बढी हुनुपर्दछ ।
रूख काटेर मुढाको तयारी कार्तिक देखि माघ महिनासम्ममा गरिसक्नु पर्दछ ।
काठको मुढाको साइज : मुढाको व्यवस्थापन सजिलोको लागि सामान्यतः मुढाको लम्बाइ १ मिटर र गोलाई (ब्यास) १०–१५ से.मी. आकारको हुनुपर्दछ । उपयुक्त काठको आकार/साइज : लम्बाई (१ मिटर) x गोलाई (१२ से.मी.) लाई मानिन्छ ।
काठ काट्दा मुढाको बोक्रा निस्कन वा बोक्रामा चोटपटक लाग्नबाट बचाउनुपर्दछ ।
काठ काटेपछि १–२ हप्तासम्म रूखको छहारीमा सुकाउनुपर्दछ ।
बीउ रोप्ने बेला मुढाको चिस्यान ४० देखि ४५ प्रतिशत हुनुपर्छ ।
काठमा चिस्यान कम (सुख्खा) भए रूख काटेको २–४ दिनभित्रै बीउ रोप्न तयार हुन्छ ।
च्याउ बीउ रोपाई
- च्याउ बीउ रोपाईको लागि तयार गरिएको काठको मुढामा प्वाल पार्ने, बीउ रोप्ने र त्यसलाई मैनले टाल्ने कार्य एकै दिनमा सकाउनु पर्दछ ।
- काठको मुढामा बीउ रोप्ने प्वालको साइजः गोलाई (१ से.मी.) x गहिराई (१.५ देखि २ से.मि) हुनुपर्दछ । काठमा प्वाल पार्न बर्मा वाअन्य ज्यावलको सहायता लिनुपर्दछ ।
- मुढाको एउटा टुप्पोबाट अर्को टुप्पासम्म हार मिल्नेगरी १५ से.मी. को फरकमा प्वालहरु बनाउनुपर्दछ ।
- मुढामा पारिएको प्वालहरुको एक हारबाट अर्को हारसँगको दुरी ५ से.मी. कायम गर्नुपर्दछ । एउटा हारपछि दोस्रो हारमा प्वाल पार्दा पहिलो हारका प्वालहरूको बीचमा पर्ने गरी (ओदानखुट्टे तरिकाबाट) प्वाल बनाउनु राम्रो हुन्छ ।
- प्वाल पार्दा ठुलो मुढामा ३–४ वटा हार र सानो मुढामा १–२ वटा हार कायम गर्न सकिन्छ ।
- मुढामा आवश्यक प्वालहरू पारिसकेपछि बीउ रोपणको कार्य शुरु गर्नु पर्दछ ।
- च्याउको बीउ काठको धुलो वा क्याप्सुल÷प्लगमा नै बनाइएको हुने र बीउलाई रोप्दा प्लाष्टिक पाकेट (पाउच) वा सिसीबाट मुढामा बनाइएको प्वाल जत्रो एक टुक्रा बीउ निकालेर काठको प्वालमा घुसार्नु पर्दछ ।
- त्यसपछि औँलाले हल्का थिचेर मुढाको प्वाल बीउले भर्नु पर्दछ । हाल मृगे च्याउको बीउ प्वालको आकारमा ठयाक्क मिल्ने किसिमको तयारी बीउका टुक्रा क्याप्सुल÷प्लग किन्न पाइन्छ ।
- मुढाको सबै प्वालमा बीउले भरेपछि भाँडामा तताई राखेको तातो मैनको झोलले सबै प्वाल टालि दिनुपर्दछ । मैनमा अलिकति रेजिन (गुँड) मिसाएमा च्याउ उम्रिन सजिलो हुन्छ ।
- मैनले प्वाल टाल्न सिन्कोमा कपडा बेरेर पग्लेको मैनमा चोप्दै बीउ भरेको प्वालमाथि दल्नुपर्दछ ।
- यसरी बीउ रोपिसकेपछि च्याउको ढुसी मुढाको बोक्राको भित्रीभागको सतह (Sap Wood) मा फलिन थाल्दछ र बाहिरबाट मुढाको बोक्राले ढुसी फलिने प्रक्रियालाई सहयोग गर्छ ।
च्याउ बाली/काठको मुढाको व्यवस्थापन र च्याउ टिपाईच्याउ बीउ रोपिसकेको काठको मुढाको हेरचार र अन्य व्यवस्थापन कार्य च्याउ उत्पादनका हिसावले निकै महत्वपूर्ण ठानिन्छ । मुढालाई थुपार्ने, क्यो रिङ गर्ने र मुढालाई चलाउने/पल्टाउने कार्य गर्नु पर्दछ ।
काठको मुढालाई थुपार्ने कार्यकाठको मुढामा बीउ रोपिसकेपछि ती मुढालाई ३ किसिमले थुप्रो लगाउन सकिन्छ ।
साधारण तरिकाले एकमाथि अर्को गरेर थुप्रो लगाउने ।
मुढा ठाडो पारेर थुप्रो लगाउने ।
एक अर्कोको विपरीत दिशातर्फ फर्काएर तह बनाएर (Criss Cross) थुप्रो लगाउने ।
थुप्राइएको काठको मुढाको हेरचाह- जाडो महिनामा बीउ रोपेपछि मुढा भित्रको चिस्यानको सन्तुलन मिलाउन थुप्रो लगाएका मुढालाई प्लाष्टिकले छोपेर राख्ने र मुढालाई पहिलो महिनामा १ वा २ पटक पानी दिने ।
- दोस्रो महिनामा मुढालाई चलाएर तलका मुढा माथि र माथिका मुढा तल पार्ने र हप्तामा २–३ पटक पानी छर्किदिने । मुढालाई महिनाको एक पटक चलाउने ।
- यसरी प्लाष्टिकले छोपेर राख्दा बोक्राको माथिबाट अन्य ढुसी पलाएर आउन सक्ने हुनाले ती खराब ढुसीलाई हलुका खुर्केर पानीले पखाली सफा गर्ने ।
- मुढालाई जाडो मौसममा मात्र वा चैत्र र वैशाखसम्म पनि प्लाष्टिकले छोपेर राख्न सकिन्छ । तर गर्मी याममा मुढालाई खुला राखी एकदिन बिराएर पानी दिनुपर्छ ।
- यसरी ४–५ महिनासम्म हेरचाह गरेर राखेपछि काठको मुढाभित्र मृगे/सिताके च्याउको ढुसी पैmलिएको अवस्था जानकारी लिन बोक्रालाई काटेर भित्रपट्टि हेर्दा सेता सेता धर्साहरू देखिन्छन् । यसरी ढुसी फैलिएका काठका मुढावाट क्रमशः च्याउ फलाउने उपायहरू अपनाउनुपर्छ ।
च्याउ फलाउने तरिका- च्याउ फलाउनका लागि काठका मुढालाई पानीबाट निकालेर राम्रोसँग हावा खेल्ने छाप्रो वा कोठामा मुढालाई ठाडो पारेर राख्नुपर्दछ ।
- मुढालाई दैनिक रुपमा एक वा दुई पटक पानी दिने र मुढालाई १–२ हप्तासम्म प्लाष्टिकले छोपेर राख्ने । यस बीचमा प्लाष्टिक खोलेर २–३ पटक राम्रोसँग हावा वहन दिनुपर्छ ।
- च्याउ पलाउने बेला एक मुढाले अर्कोलाई नछुने गरी ठाडो पारेर राख्नुपर्दछ ।
- मुढामा च्याउ पलाईरहेको बेलामा हावाको राम्रो सञ्चार र आवश्यक उज्यालोको व्यवस्था गर्नुपर्दछ । यतिबेला प्लाष्टिकले मुढाहरुलाई छोप्नु हुँदैन र मुढामा मात्र पर्ने गरी पानी हाल्नुपर्छ ।
- तर च्याउ टिप्दा सुख्खा अवस्थामा हुनुपर्ने भएकोले च्याउ टिप्ने अघिल्लो दिन पानी हाल्नु हुँदैन ।
च्याउ फलेपछि मुढाको हेरचाह- पहिलो पटक च्याउ फलेका मुढाबाट च्याउ टिपिसकेपछि मुढाहरु निकालेर फेरि थुप्रो लगाउनुपर्दछ ।
- सबै मुढामा एकैपल्ट च्याउ नफल्ने हुँदा च्याउ फलिसकेको मुढालाई मात्र थुप्रो लगाएर राखी २ महिनासम्म आराम दिनुपर्छ ।
- त्यसपछि मुढालाई च्याउ फलाउनको लागि २४ घण्टासम्म पानीमा डुबाएर राख्नुपर्दछ ।
- यसरी काठका मुढामा पटक पटक गरी च्याउ फलाउन सकिन्छ । राम्रो हेरचाह पुगेमा च्याउ रोपिएका मुढामा ३–५ वर्षसम्म च्याउ टिपी रहन सकिन्छ ।
च्याउ उत्पादन- पहिलो पटक सिताके÷मृगे च्याउ उत्पादन लिन ४ देखि ६ महिनासम्म कुर्नु पर्ने हुन्छ । यो च्याउ उत्पादन गर्नका लागि जङ्गलको वातावरण भएको ठाउँ वा सिलो ठाउँ हुनुपर्छ ।
- यो च्याउ खास गरेर हाम्रो देशको उच्च पहाडी तथा मध्य पहाडी भेगमा मात्र राम्रो हुन्छ र गर्मी भएको तराईको हावापानीमा यसको खेती हुँदैन । यसका लागि उपयुक्त तापक्रम १५ देखि २५ डि.से. र सापेक्षित आद्र्रता ७०–९० प्रतिशत चाहिन्छ ।
- यो च्याउ खेतीमा अन्य च्याउको तुलनामा अलि बढी मिहिनेत आवश्यक हुन्छ । अतः यसको लागि च्याउ हुर्कनको लागि उपयुक्त वातावरण मिलाउनु पर्दछ ।
- उपयुक्त तापक्रम : स्पोर उम्रिन २२ देखि २६ डिग्री सेल्सियस), माइसे लिया बढ्न/हुर्कन २४ देखि २७ डिग्री सेल्सियस, कनिके टुसा पलाउन १० देखि २० डिग्री सेल्सियस, च्याउ/फ्रुटबडी बृद्धि हुन ८ देखि १६ डिग्री सेल्सियस उपयुक्त हुन्छ ।
- सापेक्षित आद्रता : करिब ८० प्रतिशत हुनुपर्छ ।
- उज्यालो/प्रकाश व्यवस्थापन : सिधै सूर्यको प्रकाश पर्न दिनु हुँदैन र छहारी दिइ मन्द प्रकाशको व्यवस्था मिलाउनु पर्दछ । प्रकाशले च्याउको फ्रुटबडीको रंग बिकासमा सहयोग गर्दछ ।
- हावा सञ्चारको व्यवस्थापन : राम्रो हावा सञ्चार हुनको लागि भेन्टिलेसन हुनु जरुरी हुन्छ । हावा सञ्चार कम भएमा कार्बनडाइअक्साइडको मात्रा बढी भई च्याउ कम फल्ने हुन्छ ।
यस च्याउको उत्पादन काठको मुढाको साइज र अन्य व्यवस्थापनमा भर पर्दछ । सामान्यतः लम्वाई १ मिटर र गोलाई १२ से.मी. भएको एउटा मुढाको लागि १०० ग्राम बीउ चाहिन्छ । सिताके च्याउको बीउ ४०० ग्राम देखि १ के.जी. (नर्मल पि.पि. ब्याग) को प्याकेटमा काठको धुलोमा बनाइएको पाइन्छ । १०० मुढाको लागि आवश्यक पर्ने च्याउको बीउ (२५ प्याकेट) को मूल्य रु ५००० – ७००० सम्म च्याउ बीउ ब्यापारीले लिने गरेको पाइन्छ ।
च्याउ रोपेको मुढाको अवधिभर ५ – ८ के.जी. प्रति मुढा च्याउ उत्पादन गर्न सकिन्छ । व्यावसायिक सिताके च्याउ उत्पादन गर्न कृषकले करिब २,००० देखि २,५०० मुढामा सिताके च्याउ खेती गर्नु उपयुक्त देखिन्छ र उक्त कृषकले यसबाट दैनिक २० देखि २५ के.जी. च्याउ टिप्न सक्दछ र बजारमा लगी रु ८०० मा बिक्री गर्न सक्दछ ।
रोग तथा कीरा व्यवस्थापन
१ काठको गबारो किरा (Wood borer) (अन्य रोग र कीराको समस्या खासै समस्या देखा पर्दैन ।) यसले काठमा सुरुङ बनाएर नोक्सान गर्छ ।
व्यवस्थापनसुरूङमा सिन्काले घोचेर वा हिलो माटो वा मट्टितेलमा भिजाएको कपासलाई प्वालमा खाँद्ने ।
२.विभित्र रङ्ग (कालो, हरि यो पहेँलो, रातो) का ढुसीहरू । यसले बढी भए उत्पादन घट्ने गर्छ ।
व्यवस्थापनढुसीहरूलाई खुर्केर पानीले पखाली सफा गर्ने ।
सन्दर्भ सामग्रीहरु: व्यावसायिक कीट विकास केन्द, कृषि विभाग
यो च्याउको वैज्ञानिक नाम लेन्टिनुला इडोडस (Lentinula edodes) हो । यसलाई नेपालीमा “मृगे च्याउ” र अङ्ग्रेजीमा सिताके (Shiitake) भनिन्छ । यस च्याउको छाताको बाहिरी सतहको रङ्ग कलेजी खैरो र त्यसमा सेता थोप्लाहरू हुन्छन् ।
यस च्याउको रंग हेर्दा मृगको छाला जस्तै देखिने भएकोले यसलाई मृगेच्याउ भनिएको हो । यो च्याउ नेपालको पहाडी भेगका जङ्गलहरूमा पनि पाइन्छ । यो च्याउ पहिले सानो गोलो छाता जस्तो आकारमा उम्रिन्छ र यसलाई धेरै दिनसम्म नटिपीकन राखेको खण्डमा निकै ठुलो छाता वन्छ ।
एउटा च्याउको तौल १५० ग्राम देखि २५० ग्रामसम्म हुन्छ । यो च्याउको खेती चीनमा सुरु गरिएको र यसको प्रविधि विकास जापानमा गरिएको पाइन्छ । नेपालमा वि.सं. २०३७/०३८ सालमा जापानी स्वयंसेवक वातानाबेले ओखरका मुढामा यसको खेती सुरु गरेका थिए ।
खेती प्रविधि नेपालमा मृगे च्याउ खेती प्रायः कटुस, उत्तिसको काठको मुढामा गरिएको पाइन्छ । यसको खेती प्रविधि कन्ये र गोब्रे च्याउ खेती प्रविधिभन्दा फरक किसिमको छ । यो च्याउ खेतीबाट उत्पादन लिन लामो समय कुर्नु पर्ने, बीउ रोपेको मुढाको स्याहार सुसार एवं यसको व्यवस्थापनमा बिशेष ध्यान दिनु पर्दछ ।
च्याउ बीउको तयारी
च्याउ फलाउने मुढाको तयारी
च्याउ बीउ रोपाइ
च्याउ बाली/मुढाको व्यवस्थापन र च्याउ टिपाइ
च्याउ बीउ (Spawn) को तयारी यस च्याउको बीउको तयार गर्ने प्रकृया कन्ये/गोब्रे च्याउको जस्तै नै हो । तर यसको बीउ बनाउने माध्यम (Media) गहुँको दानामा नभई काठको धुलो वा काठको क्याप्सुल (Plugs) मा तयार गरिन्छ । नेपालमा यो च्याउको बीउ पाउने स्रोत निकै कम छ ।
च्याउ फलाउने मुढाको तयारी (१) आवश्यक सामग्रीहरू यो च्याउ खेती गर्दा निम्नानुसारको सामग्रीहरु जुटाउनु पर्दछ :
- काठमा प्वाल पार्ने ड्रिलिङ्ग मेसिन वा बर्मा वा पञ्चर (गोलो मुखे छिनो): संख्या १ - ड्रिल विट (१ देखि १.५ से.मी. आकारको): संख्या १ - कोरा मैन : १ कि.ग्रा. - मैन पगाल्ने सानो डिक्ची वा कराई: संख्या १
- लामो सिन्को (टुप्पोमा कपडाले बेरेको): संख्या २ - च्याउको बीउ (सिताके): कि.ग्रा. ३ - प्लास्टिक सिट: कि.ग्रा. १० - खोटो वा चोप: ग्राम १०० - काठका मुढा: संख्या २०
काठको छनोट - यो च्याउको खेती काठको मुढाहरुमा गरिने र च्याउको उत्पादन मुढाको जात, उमेरमा भर पर्ने भएकोले काठको मुढाको छनौट ध्यान पु¥याउनु पर्दछ ।
- यस च्याउ खेतीको अनुसन्धानबाट उत्तीस, कटुस, लाँकुरी, बाँझ, सौर, खरी, आदिका मुढाहरु मृगे च्याउ खेतीको उपयुक्त मानिएको छ ।
- अतः आफ्नो भेगमा उपलब्ध हुन सक्ने काठको मुढा यसको खेतीका लागि प्रयोग गर्न सकिन्छ । नेपालमा यस च्याउको व्यावसायिक खेतीका लागि मुख्यतः उत्तिस र कटुसका मुढा बढी प्रचलनमा आएको पाइन्छ ।
-ब्यवसायी/उद्यमीको अनुभवको आधारमा कटुसको मुढा अन्य जातको काठको मुढा भन्दा बढी टिकाउ र उत्पादनसिल भएको पाइन्छ ।
काठको मुढाको तयारी
च्याउ खेतीको लागि उत्तीस काठको मुढा काट्दा रूखको उमेर कम्तीमा ५ वर्ष वा त्योभन्दा बढी हुनुपर्दछ ।
रूख काटेर मुढाको तयारी कार्तिक देखि माघ महिनासम्ममा गरिसक्नु पर्दछ ।
काठको मुढाको साइज : मुढाको व्यवस्थापन सजिलोको लागि सामान्यतः मुढाको लम्बाइ १ मिटर र गोलाई (ब्यास) १०–१५ से.मी. आकारको हुनुपर्दछ । उपयुक्त काठको आकार/साइज : लम्बाई (१ मिटर) x गोलाई (१२ से.मी.) लाई मानिन्छ ।
काठ काट्दा मुढाको बोक्रा निस्कन वा बोक्रामा चोटपटक लाग्नबाट बचाउनुपर्दछ ।
काठ काटेपछि १–२ हप्तासम्म रूखको छहारीमा सुकाउनुपर्दछ ।
बीउ रोप्ने बेला मुढाको चिस्यान ४० देखि ४५ प्रतिशत हुनुपर्छ ।
काठमा चिस्यान कम (सुख्खा) भए रूख काटेको २–४ दिनभित्रै बीउ रोप्न तयार हुन्छ ।
च्याउ बीउ रोपाई
- च्याउ बीउ रोपाईको लागि तयार गरिएको काठको मुढामा प्वाल पार्ने, बीउ रोप्ने र त्यसलाई मैनले टाल्ने कार्य एकै दिनमा सकाउनु पर्दछ ।
- काठको मुढामा बीउ रोप्ने प्वालको साइजः गोलाई (१ से.मी.) x गहिराई (१.५ देखि २ से.मि) हुनुपर्दछ । काठमा प्वाल पार्न बर्मा वाअन्य ज्यावलको सहायता लिनुपर्दछ ।
- मुढाको एउटा टुप्पोबाट अर्को टुप्पासम्म हार मिल्नेगरी १५ से.मी. को फरकमा प्वालहरु बनाउनुपर्दछ ।
- मुढामा पारिएको प्वालहरुको एक हारबाट अर्को हारसँगको दुरी ५ से.मी. कायम गर्नुपर्दछ । एउटा हारपछि दोस्रो हारमा प्वाल पार्दा पहिलो हारका प्वालहरूको बीचमा पर्ने गरी (ओदानखुट्टे तरिकाबाट) प्वाल बनाउनु राम्रो हुन्छ ।
- प्वाल पार्दा ठुलो मुढामा ३–४ वटा हार र सानो मुढामा १–२ वटा हार कायम गर्न सकिन्छ ।
- मुढामा आवश्यक प्वालहरू पारिसकेपछि बीउ रोपणको कार्य शुरु गर्नु पर्दछ ।
- च्याउको बीउ काठको धुलो वा क्याप्सुल÷प्लगमा नै बनाइएको हुने र बीउलाई रोप्दा प्लाष्टिक पाकेट (पाउच) वा सिसीबाट मुढामा बनाइएको प्वाल जत्रो एक टुक्रा बीउ निकालेर काठको प्वालमा घुसार्नु पर्दछ ।
- त्यसपछि औँलाले हल्का थिचेर मुढाको प्वाल बीउले भर्नु पर्दछ । हाल मृगे च्याउको बीउ प्वालको आकारमा ठयाक्क मिल्ने किसिमको तयारी बीउका टुक्रा क्याप्सुल÷प्लग किन्न पाइन्छ ।
- मुढाको सबै प्वालमा बीउले भरेपछि भाँडामा तताई राखेको तातो मैनको झोलले सबै प्वाल टालि दिनुपर्दछ । मैनमा अलिकति रेजिन (गुँड) मिसाएमा च्याउ उम्रिन सजिलो हुन्छ ।
- यसरी बीउ रोपिसकेपछि च्याउको ढुसी मुढाको बोक्राको भित्रीभागको सतह (Sap Wood) मा फलिन थाल्दछ र बाहिरबाट मुढाको बोक्राले ढुसी फलिने प्रक्रियालाई सहयोग गर्छ ।
च्याउ बाली/काठको मुढाको व्यवस्थापन र च्याउ टिपाई च्याउ बीउ रोपिसकेको काठको मुढाको हेरचार र अन्य व्यवस्थापन कार्य च्याउ उत्पादनका हिसावले निकै महत्वपूर्ण ठानिन्छ । मुढालाई थुपार्ने, क्यो रिङ गर्ने र मुढालाई चलाउने/पल्टाउने कार्य गर्नु पर्दछ ।
काठको मुढालाई थुपार्ने कार्य काठको मुढामा बीउ रोपिसकेपछि ती मुढालाई ३ किसिमले थुप्रो लगाउन सकिन्छ ।
साधारण तरिकाले एकमाथि अर्को गरेर थुप्रो लगाउने ।
मुढा ठाडो पारेर थुप्रो लगाउने ।
एक अर्कोको विपरीत दिशातर्फ फर्काएर तह बनाएर (Criss Cross) थुप्रो लगाउने ।
थुप्राइएको काठको मुढाको हेरचाह - जाडो महिनामा बीउ रोपेपछि मुढा भित्रको चिस्यानको सन्तुलन मिलाउन थुप्रो लगाएका मुढालाई प्लाष्टिकले छोपेर राख्ने र मुढालाई पहिलो महिनामा १ वा २ पटक पानी दिने ।
- दोस्रो महिनामा मुढालाई चलाएर तलका मुढा माथि र माथिका मुढा तल पार्ने र हप्तामा २–३ पटक पानी छर्किदिने । मुढालाई महिनाको एक पटक चलाउने ।
- यसरी प्लाष्टिकले छोपेर राख्दा बोक्राको माथिबाट अन्य ढुसी पलाएर आउन सक्ने हुनाले ती खराब ढुसीलाई हलुका खुर्केर पानीले पखाली सफा गर्ने ।
- मुढालाई जाडो मौसममा मात्र वा चैत्र र वैशाखसम्म पनि प्लाष्टिकले छोपेर राख्न सकिन्छ । तर गर्मी याममा मुढालाई खुला राखी एकदिन बिराएर पानी दिनुपर्छ ।
- यसरी ४–५ महिनासम्म हेरचाह गरेर राखेपछि काठको मुढाभित्र मृगे/सिताके च्याउको ढुसी पैmलिएको अवस्था जानकारी लिन बोक्रालाई काटेर भित्रपट्टि हेर्दा सेता सेता धर्साहरू देखिन्छन् । यसरी ढुसी फैलिएका काठका मुढावाट क्रमशः च्याउ फलाउने उपायहरू अपनाउनुपर्छ ।
च्याउ फलाउने तरिका - च्याउ फलाउनका लागि काठका मुढालाई पानीबाट निकालेर राम्रोसँग हावा खेल्ने छाप्रो वा कोठामा मुढालाई ठाडो पारेर राख्नुपर्दछ ।
- मुढालाई दैनिक रुपमा एक वा दुई पटक पानी दिने र मुढालाई १–२ हप्तासम्म प्लाष्टिकले छोपेर राख्ने । यस बीचमा प्लाष्टिक खोलेर २–३ पटक राम्रोसँग हावा वहन दिनुपर्छ ।
- च्याउ पलाउने बेला एक मुढाले अर्कोलाई नछुने गरी ठाडो पारेर राख्नुपर्दछ ।
- मुढामा च्याउ पलाईरहेको बेलामा हावाको राम्रो सञ्चार र आवश्यक उज्यालोको व्यवस्था गर्नुपर्दछ । यतिबेला प्लाष्टिकले मुढाहरुलाई छोप्नु हुँदैन र मुढामा मात्र पर्ने गरी पानी हाल्नुपर्छ ।
- तर च्याउ टिप्दा सुख्खा अवस्थामा हुनुपर्ने भएकोले च्याउ टिप्ने अघिल्लो दिन पानी हाल्नु हुँदैन ।
च्याउ फलेपछि मुढाको हेरचाह - पहिलो पटक च्याउ फलेका मुढाबाट च्याउ टिपिसकेपछि मुढाहरु निकालेर फेरि थुप्रो लगाउनुपर्दछ ।
- सबै मुढामा एकैपल्ट च्याउ नफल्ने हुँदा च्याउ फलिसकेको मुढालाई मात्र थुप्रो लगाएर राखी २ महिनासम्म आराम दिनुपर्छ ।
- त्यसपछि मुढालाई च्याउ फलाउनको लागि २४ घण्टासम्म पानीमा डुबाएर राख्नुपर्दछ ।
- यसरी काठका मुढामा पटक पटक गरी च्याउ फलाउन सकिन्छ । राम्रो हेरचाह पुगेमा च्याउ रोपिएका मुढामा ३–५ वर्षसम्म च्याउ टिपी रहन सकिन्छ ।
च्याउ उत्पादन - पहिलो पटक सिताके÷मृगे च्याउ उत्पादन लिन ४ देखि ६ महिनासम्म कुर्नु पर्ने हुन्छ । यो च्याउ उत्पादन गर्नका लागि जङ्गलको वातावरण भएको ठाउँ वा सिलो ठाउँ हुनुपर्छ ।
- यो च्याउ खास गरेर हाम्रो देशको उच्च पहाडी तथा मध्य पहाडी भेगमा मात्र राम्रो हुन्छ र गर्मी भएको तराईको हावापानीमा यसको खेती हुँदैन । यसका लागि उपयुक्त तापक्रम १५ देखि २५ डि.से. र सापेक्षित आद्र्रता ७०–९० प्रतिशत चाहिन्छ ।
- यो च्याउ खेतीमा अन्य च्याउको तुलनामा अलि बढी मिहिनेत आवश्यक हुन्छ । अतः यसको लागि च्याउ हुर्कनको लागि उपयुक्त वातावरण मिलाउनु पर्दछ ।
- उपयुक्त तापक्रम : स्पोर उम्रिन २२ देखि २६ डिग्री सेल्सियस), माइसे लिया बढ्न/हुर्कन २४ देखि २७ डिग्री सेल्सियस, कनिके टुसा पलाउन १० देखि २० डिग्री सेल्सियस, च्याउ/फ्रुटबडी बृद्धि हुन ८ देखि १६ डिग्री सेल्सियस उपयुक्त हुन्छ ।
- सापेक्षित आद्रता : करिब ८० प्रतिशत हुनुपर्छ ।
- उज्यालो/प्रकाश व्यवस्थापन : सिधै सूर्यको प्रकाश पर्न दिनु हुँदैन र छहारी दिइ मन्द प्रकाशको व्यवस्था मिलाउनु पर्दछ । प्रकाशले च्याउको फ्रुटबडीको रंग बिकासमा सहयोग गर्दछ ।
- हावा सञ्चारको व्यवस्थापन : राम्रो हावा सञ्चार हुनको लागि भेन्टिलेसन हुनु जरुरी हुन्छ । हावा सञ्चार कम भएमा कार्बनडाइअक्साइडको मात्रा बढी भई च्याउ कम फल्ने हुन्छ ।
यस च्याउको उत्पादन काठको मुढाको साइज र अन्य व्यवस्थापनमा भर पर्दछ । सामान्यतः लम्वाई १ मिटर र गोलाई १२ से.मी. भएको एउटा मुढाको लागि १०० ग्राम बीउ चाहिन्छ । सिताके च्याउको बीउ ४०० ग्राम देखि १ के.जी. (नर्मल पि.पि. ब्याग) को प्याकेटमा काठको धुलोमा बनाइएको पाइन्छ । १०० मुढाको लागि आवश्यक पर्ने च्याउको बीउ (२५ प्याकेट) को मूल्य रु ५००० – ७००० सम्म च्याउ बीउ ब्यापारीले लिने गरेको पाइन्छ ।
च्याउ रोपेको मुढाको अवधिभर ५ – ८ के.जी. प्रति मुढा च्याउ उत्पादन गर्न सकिन्छ । व्यावसायिक सिताके च्याउ उत्पादन गर्न कृषकले करिब २,००० देखि २,५०० मुढामा सिताके च्याउ खेती गर्नु उपयुक्त देखिन्छ र उक्त कृषकले यसबाट दैनिक २० देखि २५ के.जी. च्याउ टिप्न सक्दछ र बजारमा लगी रु ८०० मा बिक्री गर्न सक्दछ ।
रोग तथा कीरा व्यवस्थापन
१ काठको गबारो किरा (Wood borer) (अन्य रोग र कीराको समस्या खासै समस्या देखा पर्दैन ।) यसले काठमा सुरुङ बनाएर नोक्सान गर्छ ।
व्यवस्थापन सुरूङमा सिन्काले घोचेर वा हिलो माटो वा मट्टितेलमा भिजाएको कपासलाई प्वालमा खाँद्ने ।
२.विभित्र रङ्ग (कालो, हरि यो पहेँलो, रातो) का ढुसीहरू । यसले बढी भए उत्पादन घट्ने गर्छ ।
व्यवस्थापन ढुसीहरूलाई खुर्केर पानीले पखाली सफा गर्ने ।