लेयर्स कुखुरा पालन मुख्यतया अण्डाको लागि गरिन्छ । नेपालको सवै क्षेत्र तथा स्थानहरू (तराई, मध्य पहाड र उच्चपहाड) मा लेयर्स पालन गर्न सकिन्छ । लेयर्सले धेरै गर्मी तथा धेरै जाडो सहन नसक्ने र मृत्यू समेत हुने भएकोले धेरै गर्मी हुने क्षेत्रहरू तथा धेरै जाडो हुने क्षेत्रहरूमा सहजरूपमा लेयर्स पालन कठिनाई हुन्छ। त्यस्ता क्षेत्रहरूमा सहजरूपमा ले यर्स पालन गर्न उपयुक्त तापक्रम व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
व्यवसायिक लेयर्स पालन गर्न उपयुक्त जातहरू
अण्डा उत्पादनका लागि संसार भर विभिन्न जातका कुखुराहरू लोकप्रिय छन् । नेपालको हकमा खैरो (brown) रंगको अण्डा मन पराइने भएको हुँदा खैरो अण्डा उत्पादन गर्ने हाइलाइन, लोह्म्यान, एचएनएन, हाइसेक्स, नोभोजेन आदि जातहरू पालन गर्दै आइएको छ ।
खोर निर्माण गर्ने स्थानको छनौट
लेयर्सपालन गर्न आवश्यक खोर निर्माण गर्ने स्थानको छनौट गर्दा निम्नानुसार ध्यान दिनु पर्दछ । यातायातको सुविधा भएको स्थान। बिजुली तथा पानीको सुविधा भएको । दाना, औषधी, खो प र प्राविधिक जनशक्तिहरू सहजरूपमा उपलब्ध हुने स्थान । संभव भएसम्म उत्पादित अण्डा तथा कुखुरा बिक्री गर्न सकिने बजार नजिक। पानी नजम्ने तथा सजिलै पानी निकास हुने स्थान। खोर को क्षमता विस्तार गर्न मिल्ने जमिन उपलब्ध हुनुपर्दछ । जंगली जनावर तथा चोरी आदिबाट सुरक्षित । सकभर नजिकै अन्य कुखुरा फार्म नभएको तथा वरि परी छाडा छोडेर पालिने कुखुराहरू समेत नभएको ।
खोरको किसिम
कुखुरापालन गर्न विभिन्न तरिकाका खोरहरू प्रचलित छन् । तर नेपालको हकमा व्यावसायिक रूपमा Cage Housing/Deep Litter House प्रचलनमा रहेका छन । Cage Housing System प्रणाली भनेको पिंजडा जस्तो सानो सानो खण्ड भएको खोरमा कुखुरा पालन गर्ने र Deep Litter Housing system भनेको भुईमा भुस वा सोत्तर (Litter) विछ्याएर कुखुरा पालन गर्ने बुझिन्छ । निर्माण गर्न महंगो भएकोले नेपालमा अधिकांश साना कृषकहरूले लेयर्सपालन गर्न डिप लिटर प्रणाली (Deep Litter Housing System) प्रचलनमा रहेको छ । केही ठूला तथा व्यवसायिक कृषकहरूले Cage Housing प्रणालीबाट लेयर्स कुखुरापालन गरिरहेका छन ।
खोर निर्माण (Deep Litter House)
Fig: Deep Litter Housing System
सामान्यतया खोर को चौडाई २० देखि ३० फिट तथा लम्बाई आवश्यकता अनुसार बनाउनु पर्दछ । खोर को उचाई गर्मी वा जाडो हुने क्षेत्रमा भर पर्दछ । गर्मी हुने क्षेत्रमा खोर को उचाई भुँई देखि छानाको तल्लो भागसम्म ९ फिट तथा छानो को माथिल्लो धुरी रहेको स्थानमा १४ फिट हुनु आवश्यक हुन्छ । अत्यधिक गर्मीबाट बचाउनको लागि पूर्व पश्चिम लम्बाई हुने गरी खोर निर्माण गर्नु राम्रो हुन्छ। जाडो हुने क्षेत्रमा खोर को छाना प्रकाश सोस्ने खालको हुनु पर्छ भने गर्मी हुने क्षेत्रमा खोर को छाना प्रकाश परावर्तन गर्ने खालको हुनु पर्दछ जसले गर्दा तापक्रम व्यवस् थापन गर्न सजिलो हुन्छ । खोर को भुंईबाट १.५ दे खि २ फिट सम्म गाह्रो लगाई बाँकी रहेको माथिको भागमा उचित भेन्टिलेसन हुने गरी जाली लगाउनु पर्दछ । जाली लगाएको भाग आवश्यकता अनुसार बन्द गर्न र खोल्न मिल्ने गरी प्लाष्टिक वा त्रिपाललाई पर्दा लगाए जस्तै गरी टाँस्न मिल्ने व्यवस्था मिलाउनु पर्दछ । खोर भित्र कुखुराले उत्पादन गरेको कार्वनडाइअक्साइड ग्यास, सुलीबाट निस्कने एमोनिया ग्यास र अन्य बाफ खोर बाहिर निस्कासन भई स्वस्च्छ हावा ओहोर दोहर हुने गरी भेन्टिले सनको व्यवस्था गर्नुपर्दछ ।
चल्ला हुर्काउने विधि (Brooding)
Fig: Brooding
कुखुराको चल्लाले १४ दिनको उमेर सम्म बाह्य तापक्रम सँग संतुलन गर्ने क्षमता नभएकोले कम्तिमा १४ देखी २१ दिनको उमेर सम्म कृत्रिम ताप दिएर राखिन्छ र यो विधिलाई ब्रुडिङ भनिन्छ । साधारणतया गर्मी मौसममा २ देखी ४ हप्ता र जाडो मौसममा ३ देखी ६ हप्तासम्म कृत्रिम ताप दिएर ब्रुडरमा राखिन्छ । चल्लाहरूलाई ब्रुडिङ गर्ने उपकरणलाई ब्रुडर भनिन्छ । ब्रुडिङ गर्दा तापक्रम र भेन्टिलेसनलाई बढि ध्यान दिनु पर्दछ । तसर्थ चल्लाको आयु अनुसार खोर को भुंईको तापक्रम व्यवस्थापन गुर्नपर्दछ ।
चल्ला ल्याउनु अघि गर्नुपर्ने तयारी
चल्ला ल्याउनु एक हप्ता अघि पुरा खोर सफा गरी निसंक्रमण गर्नुपर्दछ । चल्ला ल्याउनु एक हप्ता अघि दाना तथा पानी राख्ने भाँडा र अन्य औजार हरू निर्मलीकरण गर्नुपर्छ । बु्रडर कोठामा थर्ममिटर राख्नु पर्दछ । चल्ला ल्याउनु एक दिन अघि बु्रडर भित्रको तापक्रम ३२ दे खि ३५ डिग्री सेल्सियस राख्नुपर्छ। बु्रडरमा ४ इन्च बाक्लो Litter ओछ्याउनुपर्छ ।
Brooder मा राखिने चल्लाको संख्या निर्धारण
साधारणतया गर्मी मौसममा ४ हप्ता र जाडो मौसममा ६ हप्तासम्म कृत्रिम ताप दिएर ब्रुडरमा राखिन्छ । चल्लाहरूलाई ब्रुडर गर्दा होभरको व्यासले निर्धारण गर्दछ । साधारणतया एउटा हो भर को व्यास ४ फिटको छ भने त्यसमा ५०० चल्ला हुर्काउन सकिन्छ । मौसम अनुसार तापक्रम हेरी ब्रुडर मा राख्ने चल्लाको संख्या तल माथि हुन सक्छ । होभरबाट ६० से .मी. भन्दा टाढा नहुने गरी चल्लाको उमेर हेरी १ देखि २ फिट अग्लो जस्तापाता वा बाक्लो कार्डबोर्ड (Chick guard) को बार बनाइ दिएको खण्डमा चल्लाहरू अन्यत्र कुनाकुनामा जान पाउंदै नन् र तापक्रमको व्यवस्थापन गर्न सहज हुन्छ ।
दाना तथा पानीको व्यवस्थापन
पेलेट र मास गरी दुई किसिमका दाना बजार मा उपलब्ध छन । पेलेट भनेको गोटी दाना र मास भने को धुलो दाना हो । चल्लाको बृद्धि विकास र आयुको आधामा दानामा रहे को प्रोटिनको मात्राका आधारमा स्टार्टर , ग्रोअर र लेयर्स गरी तीन प्रकार का दाना दिइन्छ । कुन दाना कति दिन खुवाउने आधार चल्लाको जात, दानाको गुणस्तर र दाना उत्पादन गर्ने कम्पनीमा निर्भर हुन्छ ।
लेयर्स कुखुराको प्रमुख रोगहरू
मरेक्स रानीखेत
आइ.वि. गम्बारो फाउल पक्स
सन्दर्भ ग्रन्थ: कृषि कर्जा तथा एमएसएमई, कृषि विकास बैंक लिमिटेड, काठमाडौं