बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यस्ताे छ अदुवा भण्डारण गर्ने प्रविधि

सोमबार, असार ४ २०८१
9 views
यस्ताे छ अदुवा भण्डारण गर्ने प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

पृष्टभूमिः
ताजा अदुवामा ८०—८५ % पानीको मात्रा हुने हुँदा अदुवा भण्डारण गर्दा सुक्ने, चाउरीने जस्ता समस्या देखिनुका साथैटुसा आई गुणस्तर घट्न जानेतथा कुहिएर नोक्सान हुने हुदा अदुवाको सुरक्षित भण्डारणका लागी उचित प्रविधि अपनाउनु आवश्यक हुन्छ ।

वीउका लागी सुरक्षित भण्डारण गर्न नसक्दा सालाखाला २०% सम्म भण्डारण क्षती हुने गरेको पाईन्छ । वीउ प्रयोजनका लागी उचित तरीकाले भण्डारण नगरेमा लामो टुसा आई वीउको गुणस्तर घटी दरीलो पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पर्दछ ।

अदुवालाई १२—१४० से. तापक्रम र ६५—७० % सापेक्षिक आर्द्रता भएको वातावरणमा ५/६ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । अदुवालाई उपरोक्त वातावरण उपलव्ध हुने गरि निम्न तरिकावाट सुरक्षित भण्डारण गर्न सकिन्छ :

१) खाडल भण्डारण तरीका :
परम्परागत खाडल भण्डारण तरिकामा केहि सुधार ल्याई निम्नानुसारको प्रविधि अपनाएर सुरक्षित अदुवा भण्डारण गर्न सकिन्छः

  •  बगेको पानी नजम्ने, छायां पर्ने र हल्का भिरालो ठाउँमा १ मिटर लम्बाई, १ मिटर चाख्लो र १ मिटर गहिराई भएको खाडल बनाउने । यसरी बनाएको १ घन मिटर खाडलमा ३५० किलो अदुवा भण्डारण गर्न सकिन्छ ।
  • भण्डारण गर्ने अदुवा थोरै भए खाडल सानो बनाएपनि हुन्छ । एक मिटर भन्दा गहिरो खाडल आर्थिक दृष्टिकोणले उपयुक्त हुँदैन । साथै भण्डारण गरेको अदुवा झिक्दा धेरै कुल्चिएर टुसा भांचिई वीउ गुणस्तरमा नकारात्मक असर पर्दछ ।
  • खाडललाई एक हप्ता सूर्यको प्रकाशले निर्मलीकरण गरी सकेपछि पुन झार जंगल जलाउनुका साथै बिषादी प्रयोग गरी निर्मलीकरण गर्दा उपयुक्त हुन्छ ।
  • खाडलको पिंधमा करीब एक ईन्च बाक्लो हुने गरी बालुवा वा धानको मोटो भूस वा काठको धुलो बिछ्याउनुपर्दछ ।
  • उपचारित अदुवाको गानोहरु बोक्रा नखुईलिने गरी चाङ लगाएर ६ ईन्च बांकि राखी पुरा खाडल भर्नु पर्दछ ।
  • खाडल काठको फ्ल्याकले ढाक्ने, बिच भागमा पर्ने गरी फ्ल्याकमा २ ईन्चको प्वाल पारी ३ फिट लामो पाईप वा भित्रको गाँठो फालेको बांस खडा गरी राख्नु पर्छ ।
  • छायाँ दिनका लागि अस्थाई छाप्रो बनाउनु पर्छ । जसले पानी पस्नबाट जोगाउँछ र तापक्रम घटाउन मद्दत गर्दछ ।
  • खाडलको चारैतिर कुलेसो काटी पानी पस्नबाट बचाउनुपर्दछ ।
  • खाने प्रयोजनका लागी भण्डारण गरीने अदुवा बिषादीले उपचार नगरी राख्नुपर्दछ ।
  • अदुवा रोप्ने कार्य ढिला हुने भएमा भण्डारणमा लामो टुसा आउने हुँदा वीउ खाडलबाट बाहीर निकाली ४/५ दिन बाहीर राखी पुनः खाडलमा राखीदिनु पर्दछ ।


खाडल भण्डारणका बिशेषताहरु :
- भण्डारण प्रबिधी सस्तो भएकोले सबै कृषकले अपनाउन सक्दछन्।

- यो भण्डारण प्रबिधी १००० मि. देखि १६०० मि. उच्च मध्य पहाडी क्षेत्रमा उपयोगी हुन्छ ।

- वीउ अदुवा मंसिर देखि चैत्र सम्म ४—५ महिना सुरक्षित भण्डारण गर्न सकिन्छ।

- भण्डारण गरेको अदुवाको तौल ५—१०% सम्म मात्र घट्न जान्छ ।

२) सेलार स्टोरमा भण्डारण :
सेलार स्टोरमा २००० — ३००० कि.ग्रा. अदुवालाई ६—७ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । यसका लागि कोठा भित्रको तापक्रम १२ — १४ डि.से. र सापेक्षिक आद्र्रता ६०—७५ प्रतिशतमा रहने गरी ब्यबस्था मिलाउनु पर्दछ ।

आबश्यकता अनुसार सानो वा ठूलो आकारमा निर्माण गर्न सकिने यो भण्डारण तरीकाको लागि मध्य पहाडी क्षेत्रमा दक्षिण फर्केको भिरालो कान्लामा जमीन मुनी ७ फिट ल., ८ फिट उंचाई, ७ फिट चौडा आकारको कोठा बनाउंदा उपयुक्त हुन्छ । यसको गारो सुख्खा ढुंगाको बनाईन्छ र माटोको भित्ता र ढुंगाको गारो बीचमा बालुवा राख्नु पर्छ ।

बालुवा माथी हरेक १ फिटको अन्तरालमा थोपा थोपा पानी खस्ने गरी पोलीथियन पाईप प्वाल पारी सेट गर्नु पर्छ र चुहिएको बढी पानी स्टोर बाहीर जाने ब्यबस्था मिलाउनुपर्छ । सेलार स्टोरमा आबश्यक आद्र्रता कायम गराई राख्न ढोकाको तल्लो भागमा जाली लगाई प्वाल बनाउनुपर्छ ।

हावा संचारका लागी स्टोरको छत माथी ४ ईन्च ब्यासको २/३ वटा पाईप अंग्रजी अक्षर “त्” आकारमा राख्नु पर्छ । छत बनाउँदा काठमाथी पोलीथिन सीट र माटो पत्र बनाएर पानी नपस्ने गरी छोप्नु पर्दछ ।

यसरी सेलार स्टोर निर्माण भए पश्चात सेलार स्टोर भित्र धेरै अदुवा अट्ने गरी बाँसको कप्टेरा प्रयोग गरी ¥याक बनाएर अदुवाको भण्डारण गर्नु पर्दछ ।

355432381_2591201111026950_7343812774932858162_n-1024x768.jpg

सेलार स्टोर भण्डारणका बिशेषताहरु :
- सेलार स्टोर भण्डारण प्रबिधिमा अदुवाको २०००—३००० कि.ग्रा. सम्म सुरक्षित भण्डारण गर्न सकिने भएकाले व्यावसायीक कृषकले अपनाउन सक्दछन्।

- यो भण्डारण प्रबिधी १५०० मि. उच्च मध्य पहाडी क्षेत्रमा उपयोगी हुन्छ ।

-  वीउ अदुवा मंसिर देखि चैत्र सम्म ४—५ महिना सुरक्षित भण्डारण गर्न सकिन्छ।

-  भण्डारण गरेको ६ महिना पछि पनि अदुवाको तौलमा १५—२० % सम्म मात्र कम हुन आउछ ।

-  समय—समयमा निरिक्षण गर्न सजिलो हुन्छ ।

ग) भकारी भण्डारण :
यस प्रकारको भकारीमा अदुवालाई ६—७ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । अदुवावाली अनुसन्धान कार्यक्रममा गरिएको परिक्षणमा एक वर्षको नतिजामा यो प्रविधि उपयूक्त पाईएको भएतापनि यस प्रविधि अझै अनुसन्धानको
प्रकृयामा रहेको छ ।

आबश्यकता अनुसार सानो वा ठूलो आकारमा निर्माण गर्न सकिने यो भण्डारण तरीका मुख्यतया दुई किसिमको वनाउन सकिन्छः

१) वासको चोयाको भकारीः
- यस प्रकारले १ मी.ह् १ मी.ह् १ मी. आकारको भकारी निर्माण गर्दा ८० x ८० से.मी को ४ पिस टुक्राहरुलाई चार कुनामा गाडिएको वासको खम्वाको सहायताले जोडी २० से.मी को दुरीमा पुनः १०० x १०० से..मी को ४ पिस टुक्राहरुलाइ सोहि अनुरुप जोडेर भकारीको निर्माण गर्ने ।

- दुई साईजका मान्द्रोको विचमा खाली छोडिएको २० से.मी भागमा क्रमसः दिन विराएर ५—१० से.मी प्रति दिनका दरले गोवर र माटोको लेदोलाई भकारीको माथी सम्म पुरा भर्दै जानु पर्छ ।

- दुई साईजका टुका्रहरुको विचमा राखीएको गोवर र माटोको लेदोलाई पूर्ण रुपमा सुक्न दिने ।

- भकारीको तल्लो तहमा १० से.मी जति वालुवा राखेर २५ से.मी जति अदुवा राखी पूनः १० से.मी वालुवा राख्ने र क्रमस सोहि अनुरुपले अदुवा र वालुवाको तह तह वनाई राख्ने । 

- भकारीको माथिल्लो तहमा पनि सोहि तरीकाले १० से.मी जति वालुवा राखी माथिवाट प्लास्टिकले ढाकिदिने ।

२) काचो ईट्टाकोभकारीः
- यस प्रकारको भकारी निर्माण गर्दा गोवर र माटोको समीसश्रण वाट वनेको काचो ईट्टाको प्रयोग गर्नु पर्दछ ।

-  ईट्टा सुकिसके पछि क्रमस माटोले जोडि आवश्यकता अनुरुपको भकारीको आकार निर्माण गर्नु पर्दछ ।

- यसरी भकारी निर्माण भएपछि वासको चोयावाट वनेको भकारी जस्तै वालुवा १० से.मी. र अदुवा २५ से.मी ले क्रमस राखी अदुवाको सुरक्षित भण्डारण गर्न सकिन्छ ।

भकारी भण्डारणका बिशेषताहरु :
- यो भण्डारण प्रविधि अपनाउदा प्रत्येक वर्ष निर्माण खर्च नलाग्ने ।
-  कोठा भित्र नै भण्डारण गरिने हुदाँ चोरीको सम्भावना कम हुने ।
- वीउ अदुवा मंसिर देखि चैत्र सम्म ४—५ महिना सुरक्षित भण्डारण गर्न सकिन्छ।

स्रोतः अदुवा वाली अनुसन्धान कार्यक्रम, कपुरकोट सल्यान 

थप समाचार