परिचय यो स्थानीय जातको खुर्सानी हो । यसलाई अकबरे वा रांगे खुर्सानी भनेर पनि चिनिन्छ । यसको खेती देशका सबै भागमा र खाशगरी पूर्बि पहाडमा प्रसस्त मात्रामा गरिन्छ । यो केही मात्रामा निर्यातयोग्य बाली पनि हो ।
पूर्बि नेपालमा पाइृने यस अकबरे खुर्सानीमा ६/७ किसिमका बिबिधता पाईन्छ । आकारको आधारमा अकबरे खुर्सानीलाई ठूलो डल्ले, सानो डल्ले, सानो गोलो लाम्चे, ठूलो गोलो लाम्चे, बास्नादार ठूलो गोलो लाम्चे, पिरो नहुने चिप्लो डल्ले, डल्ले पोटिलो आदि ।
रंङको आधारमा गाढा रातो, कलेजी रातो तथा रातो अकबरे भनिन्छ । ठूलो गोलो लाम्चे, जातको अकबरे निकै पिरोको साथै प्रख्यात पनि छ । अकबरे खुर्सानी उच्च देखी मध्यपहाडमा सजिलै संग खेती गर्न सकिन्छ ।
यसको खेती नेपालको खोच बेसी मध्यपहाड तथा तराईक्षेत्र सम्म फैलिएको छ । हिउ तथा तुषारो पर्ने स्थानहरुमा यस्को खेती गर्न सकिदैन । तर मध्य पहाडको उत्पादन गुणस्तरको मानिन्छ ।
तराईमा एक बर्षे बालीको रुपमा तथा माथिल्लो क्षेत्रमा बहुबर्षे बालीको रुपमा यसको खेती गर्न सकिन्छ । नेपालमा हाल ब्यबसायीक रुपमा पूर्बि पहाडी जिल्लाहरु जस्तै भोजपुर, धनकुटा, ईलाम लगायत का जिल्लाहरुमा गरिन्छ ।
पोषणको हिसावले यसमा भिटामिन, खनीज, रेशा, फयाट, प्रोटिन आदि पाईन्छ । भिटामिन सि तथा ए प्रसस्त मात्रामा पाईन्छ । यसमा प्रसस्त मात्रामा क्याप्सेईसिन पाईने ह।नाले बढि पिरो हुने गर्दछ ।
यसको उपयोग नेपाल,भारत, हङ्गकङ्ग, सिङ्गापुर, बेलायत, अमेरिका, र खाडी क्षेत्रमा बस्ने नेपालीहरुले पनि अकबरे खुर्सानी प्रयोग गरेको पाईन्छ । अकबरे खुर्सानी ग्याष्टी्रक तथा अल्सर रोगमा समेत लाभदायी हुन्छ भनिएको छ ।
अकबरे नियमित खादा भोक जाग्ने, खाना रुची हुने आदि हुन्छ । पाकेको अकबरे खुर्सानीलाई हल्का सुकाई शुद्ध तोरीको तेल वा पकाएको खाने नुन वा भिनेगरमा डुबाएर टाईट बिर्को लगाई राखेमा दुई बर्ष सम्म खान सकिन्छ ।
साथै विभिन्न अचार उद्मोगहरुले समेत अकवरेको पेस्ट बनाई प्रयोग गर्ने क्रम समेत शुरु भएको छ । साथै विर्तामोड र जोगवनि नाकाबाट मात्र पनि हजारौ किलो निर्यात भएको देखिन्छ ।
अकवरे खुसानी आन्तरिक र बाहिरी माग बढिरहेको , मुल्य समेत आकर्षक रहेको र यसमा रहेको स्थानियपनको तुलनात्मक फाईदा नेपालका कृषकले पाउन सक्ने कारण यो बालीलाई प्रथमिकता दिनुपर्ने देखिन्छ ।
अकवरे खुर्सानीलाई ब्यवसायिक खेतीका रुपमा विकास गर्नका लागि थप व्यवसायिक प्राविधिक ज्ञानको अनुसन्धान ,उत्खनन र प्रचार प्रसारको आवश्यकता देखिन्छ । खास गरि उत्पादन पर्यन्त गरिने कृयाकलाप जस्तै ग्रेडीङ्ग ,प्याकेजिङ्ग ,लेवलिङ्गको क्षेत्र त्यस्तै विषादी प्रयोग न्यून गरिने उत्पादन र हाल अकवरेको रंग र आकारमा देखिएको विविधतालाई कम गरि कतबदभि गुण रहेको जातको विकास चुनौतीको रुपमा रहेको छ ।
यसलाई व्यवसायिक रुपमा उत्पादन गरी इकाई बढाउन सकेमा हाल कच्चा रुपमा नै हुने गरेको कारोवारमा केही प्रशोधन गरी मुल्य अभिवृद्धि गरेमा रोजगारीको अवसर बढनूका साथै लामो समय सम्म राखेर प्रयोग गर्न सकिने तथा लामो दुरी वा तेस्रो मुलुकमा निर्यात गर्न सक्ने प्रवल सम्भावना भएकोले कृषकहरुका लागि सजिलो आय आर्जन गर्ने उद्मोगका रुपमा स्थापित हुन सक्दछ ।
अकबरे ढिलो पाक्ने बहुबर्षिय जात हो । यो वेर्ना सारेको १०० देखि ११० दिनमा पहिलो बाली लिन तयार हुन्छ । यसको बोट अग्लो र हांगा सहित झांगिएको हुन्छ । फल गाढा हरियो, तल तिर फर्किएको हुन्छ । फल शुरुमा हरियो तथा पाकेपछि रातो र असाध्यै पीरो हुन्छ ।
यसको सरदर उत्पादन ४ देखि १० मे.टन प्रति हेक्टर ताजा र १ देखि ३ मे. टन प्रति हेक्टर सुकाउंदा हुने गर्दछ । मध्य पहाडको १००० मी. देखि २००० मी. सम्म उत्पादन राम्रो हुने यो वाली उक्त स्थानमा बहुबर्षिय र तराईमा लगाउदा एक बर्षिय वाली लिने गरिन्छ ।
सामान्य रुपमा अकबरे खुर्सानीलाई बहुबर्षिय वालीको रुपमा लगाउदा यसको वोट १ देखि २ मिटर अग्लो हुने १० देखि १५ बर्षसम्म उत्पादन दिएको कृषकहरुको अनुभब रहेको छ ।
तर यसको लागी मलजल, कांटछाटं, सिंचाई तथा गोडमेलको उचित ज्ञान हुन जरुरी हुन्छ । अकबरे खुर्सानीको पात हरियो र अन्य खुर्सानीभन्दा ठुलो र चौडा हुन्छ, फूल सेतो, हांगादार वोट, तल फर्केको लामो भेट्नोमा एक्लो गोलाकार पिंधमा केहि चाउरिएको चिल्लो हरियो यस फलको बिशेषता हो । पाकेपछि फल पूर्णरुपमा चिल्लो रातो देखिन्छ ।
ब्यबसायीक उत्पादनका प्राबिधिक पक्षहरु - अकबरे खुर्सानीको उत्पादन प्रबिधिको बारेमा छुट्टै अनुसन्धान गरेको नतिजाहरु बिरलै भेटिन्छन् यस बालीका धेरै क्रियाकलाप सामान्य अन्य खुर्सानी सरह र केही अनुसन्धानका तथ्य, सरकारी फार्मका अनुभव, बागवानीबिज्ञ हरुको अनुभव, कृषकका अनुभव तथा कृषकको उत्पादन थलोमा गई गरिएको अनुगमन र अबलोकनलाई यस प्राबिधिक लेखको मूल आधार बनाईएको छ ।
जलबायू - उच्च पहाड देखि तराईका गर्मि क्षेत्र सम्म खेतीगर्न सकिने
- यसका लागी दिनको तापक्रम २२ देखी २५ डि. से, रातीको तापक्रम १५ देखी २० डि. से. उपयुक्त मानिन्छ ।
- तर केही घटि वा बढिमा पनि उत्पादन गर्न सकिन्छ । गर्मि तथा आद्र मौसम यसको लागी राम्रो मानिन्छ ।
- सेपिलो तथा पानी जम्ने, बढि बर्षात तथा तुषारो पर्ने, हिंउ पर्ने ठांउमा भने यसको खेती राम्रो हुदैन ।
- बर्षाको हकमा ८०० देखी १५०० सेमी बर्षा हुने स्थान उपयुक्त मानिन्छ ।
- फल टिप्ने बेलाको बर्षा तथा बढि चिस्यान यो बालीको लागी हानिकारक हुन्छ ।
माटोः - सबैखाले माटोमा खेतीगर्न सकिएता पनि पानी नजम्ने, राम्रो निकास सुबिधा भएको,मलिलो हल्का दोमट तथा केही चिम्टयाईलो माटो समेत राम्रो मानिन्छ ।
- प्रसस्तमात्रामा प्राङ्गारीक पदार्थ भएको ५.५ देखि ६.५ पि. एच् मान भएको माटो राम्रो मानिन्छ ।
- बेलाबेलामा माटो जांच गरी माटोलाई सन्तुलित अबस्थामा राख्न सिफारिस गरिन्छ ।
बीउ तथा बेर्नाः - यस जातको खुर्सानीको बीउहाल सम्म सरकारी स्तरमा तथा अनुसन्धान बाट मूल तथा प्रमाणित बीउको रुपमा सिफारिस गरिएको छैन । कृषक स्तरमा उत्पादित बीउनै बृहद् रुपमा प्रयोग भई आएको छ । यसको प्रसारण बीउ बाटनैगरिन्छ ।
बीउ उत्पादनको सामान्य सिद्धान्त अबलम्बन नगरी लामो समय देखि कृषक आफैले परम्परागत रुपमा बीउ उत्पादन तथा प्रसारण गर्नाले अकबरे खुर्सानीमा रंग,आकार प्रकार र बोटमा बिबिधता भेटिने गरेको छ ।
यती धेरै माग भएको बालीमा अनुसन्धान गरी शुद्ध तथा गुणस्तीय बीउ बिकास तथा जातीय सम्बद्धर्न गर्न अति जरुरी छ । हाल कृषक स्तरमा उत्पादन भएको बएकिो उमारशक्ती प्रतिशत ४० देखि ६० रहेको छ ।
नर्सरी ब्यबस्थापन
- अकबरे खुर्सानीलाई उत्पादन र उपलब्धताको हिसावले भाद्र देखि कार्तिक सम्म मौसमी तथा मंशीर देखि श्राबण सम्म बेमौसमी भन्ने गरिन्छ । पहाडमा बैशाख देखि श्राबण सम्म र तराईमा मंशीर देखि फागुन सम्म अकबरे खुर्सानीको बेमौसमी उत्पादन महीना हुन्छ ।
- प्लाष्टिकको घरमा खेती गर्दा मुख्यबालीको रुपमा अकबरे खुर्सानीलाई चैत्र देखि श्राबण सम्म उत्पादन गर्न सकिन्छ ।
- बीउ छर्ने समयको हकमा पहाडमा पौष देखि चैत्र तथा जेष्ठ देखि असार तथा तराईमा भदौ देखि असोज र पौष देखि माघ उपयुक्त हुन्छ ।
- अकबरे खुर्सानीको बीउ निकाल्दा एकनासका राम्रा फलहरु छनौट गरी बीउ निकाल्नु पर्दछ ।
- नर्सरीमा बेर्ना उत्पादन सम्बन्धी प्रबिधि तथा ब्यबस्थापन नर्सरीको अध्यायमा उल्लेख भए अनुसार गर्नु पर्दछ ।
खेतीगर्ने जमिनको छनौट तथा तयारीः
- पानी नजम्ने, मलिलो तथा छाया वा सेपिलो नभएको जग्गा छनौट गर्नुपर्दछ ।
- जग्गालाई ३/४ पटक खनजोत गरी हल्का तथा बुरबराउदो बनाउनु पर्दछ
- बर्षा सिजनमा खेती गर्दा डया¨ उठाएरबेर्ना सार्नु पर्दछ ।
आबश्यक बीउ तथा बेर्नाः - एक ग्राम बीउमा करिव १५० देखि २५० सम्म दाना हुन्छन् - एक रोपनीमा राम्रो उमारशक्ती भएको बीउ १५ ग्रामआबश्यक पर्दछ । - अन्य सामान्य बीउ ३० देखि ४० ग्राम आबश्यक पर्दछ ।
मलखादको प्रयोग : माटो परिक्षणको आधार लगायत अन्य बिभिन्न कुराको आधारमा मलखादको मात्रा निर्धारण हुन्छ । सरदर मलखाद १ रोपनी जग्गाको लागी निम्न बमोजिम सिफारिस गरिन्छ ।
खाडल खनि बिरुवा रोपण गर्ने - १० इन्च जति गहिराई तथा गोलाईको खाडल तयार गरी माथी उल्लेखित मलखाद सिफारिस गरिए मुताबिक प्रयोग गरि माटोमा मलि ३ दिन जति छोडी दिने ।
- बेलुकीपख ६ देखि ८ पाते बिरुवा तयारी खाडलमा सार्ने
- हलुका सिंचाई दिने
- जरा नखलबलिने गरी बिरुवा सार्ने
छापो हाल्ने
- पानी कम भएको स्थानमा बिरुवा सारेपछि छापो दिनु अति प्रभावकारी मानिन्छ।
- छापोले पानीको मितब्यायीता, झारपात कम आउने, माटो नबग्ने, बिरुवालाई न्यानो हुने हुन्छ ।।
सिंचाई तथा निकासको ब्यबस्थापन - आबश्यकता अनुसार चिस्यान हेरेर सिंचाई दिने - यसलाई माटोमा चिस्यान सदैब आबश्यक पर्दछ । - बर्षादमा पानी जम्ने हुनाले पानी निकासको उचित ब्यबस्था मिलाउने - बर्षादको समयमा ३०/४० सेमी उचाईको डया¨मा बिरुवा लगाउनु पर्दछ । - थोपा सिंचाई तथा स्पी्रङ्कलर सिंचाई प्रबिधि पनि प्रयोग गर्न सकिन्छ । - प्लाष्टिक मल्चीङ्गको प्रयोग पनि प्रभावकारी देखिएको छ ।
गोडमेल : - आबश्यकता हेरी गोडमेल गर्ने - बिरुवा लगाएको १५÷२० दिनमा माटो चलाई दिने तथा माथी उल्लेखित अबधिहरुमा गोडमेल गरी मलखादको प्रयोग गर्ने - गोडमेल गर्दा बिरुवामा चोटपटक नलगाउने - सोहीसोही बेलामा सिंचाईको ब्यबस्थापन माथी उल्लेख गरे अनुसार गर्ने - सफाखेती प्रबिधिमा ध्यान दिने ।
काँटछाँट तथा सरसफाई - बिरुवाका तल्लो भागका बाक्ला तथा पहेला पात ,नचाहिने मुना,पुराना हांगा आदिलाई लगातार रुपमा हटाईदिने
- बहुबर्षिय बालीका रुपमा लगाउने हो भने प्रसस्तै गोडमेल गर्ने , आबश्यकता अनुसार मलखाद पनि थप्दै जाने
- पहिलो बर्षको फल टिपेपछि बोटलाई कांटछांट तथा गोडमेल गर्नु पर्दछ ।
- उच्च पहाडमा हो भने बोटलाई जाडो बाट बचाउन बोरा,प्लाष्टिक तथा घांसपातको छानो बनाई सुरक्षित गर्नु पर्दछ ।
- बिशेषत मध्य तथा उच्च पहाडमा यो प्रबिधि अपनाउनु पर्दछ ।
- ताराई तथा भित्रि मधेशमा एक बालीको रुपमा मात्र लगाईन्छ ।
अकबरे खुर्सानीका प्रमुख किरा तथा रोग र तिनको ब्यबस्थापन
१. फेद कटुवा तथा खुम्रे किरा सारेका बिरुवाको फेदमा काटेर नोक्सान गर्दछन् ।
ब्यबस्थापन
माटो खनजोत तथा सरसफाईको उचि ब्यबस्थापन गर्ने
माटोमा प्रयोग गर्ने किटनाषक बिषादि जस्तै मालाथायन धुलो, डर्सवान दानादार बिषादि १ केजी/रोपनीका दरले माटोमा प्रयोग गर्ने
बिरुवाको फेद मुनि लुकी बसेका किराहरुलाई कोट्टयाएर संलन गरी नष्ट गर्ने
बारीको बिचबिचमा झारपातको थुप्रो बनाई लुकेका किराहरु संकलन गरि नष्ट गर्ने
मालाथायन जस्ता झोल बिषादि २ मि.लि/लि पानीमा मिसाई बिरुवाको १० सेमी गहिराई भिज्ने गरी छर्ने
कांचो मलको प्रयोग नगर्ने आदि
२. थ्रिप्स किरा
मसिनो तर नजिक बाट हेर्दा देख्न सकिने हुन्छ । यसले बालीको कलिला भागको रस चुसेर तथा कोत्रेर क्षती गर्दछ । यो किराले कलिला मुना, फुल पात आदि लाई बढि नोक्सानी गर्दछ । फूल झर्ने, बोटको बृद्धि रोकिने पातहरु बटारिने यसका लक्षण हुन् ।
ब्यबस्थापन
रोगर २ मि.लि÷लि पानीमा मिसाई प्रयोग गर्ने
बानस्पतीक बिषादि तयारी गरी ३/३ दिनको फरकमा छर्ने
३ लाही किरा
बिरुवाका बिभिन्न भागमा चुसेर नोक्सान पुरांउछ । यसले बालीको कलिला भागको रस चुसेर नोक्सान पुराउदछ ।
ब्यबस्थापन
रोगर २ मि.लि÷लि पानीमा मिसाई प्रयोग गर्ने
बानस्पतीक बिषादि तयारी गरी ३/३ दिनको फरकमा छर्ने
बेला बेलामा गंहुत तथा धुलो खरानीको प्रयोग गर्ने
४ सेतो झिंगा
बिरुवाका बिभिन्न भागमा रस चुसेर नोक्सान पुराउदछ साथै भाईरसजन्य रागहरु सार्न मदत गर्दछ ।
ब्यबस्थापन
रोगर २ मि.लि÷लि पानीमा मिसाई प्रयोग गर्ने
बानस्पतीक बिषादि तयारी गरी ३/३ दिनको फरकमा छर्ने
अकबरे खुर्सानीका प्रमुख रोगहरु
१. डढुवा
यो ढुसि जन्य रोग हो । पात, फल, डांठ तथा फूलमा क्षती पुराउदछ । शुरुमा साना खैरो कालो सुकेको धब्बा देखिनु यसको लक्षण हो रोग बढ्दै जादा बिरुवा सुक्ने तथा सड्ने हुन्छ । यो रोगले शत् प्रतिशत बाली नोक्सान गरेको अध्ययनहरुले देखाउदछन् ।
ब्यबस्थापन
प्रति केजी बीउलाई बेभिष्टीन २ ग्रामका दरले रोप्नुपूर्ब उपचार गर्ने
पानीको निकासको राम्रो ब्यबस्था गर्ने घुम्ती बाली अपनाउने
रोग अबरोधक जातहरु लगाउने
तामायुक्त बिषादि , कपरअक्सी क्लोराइड(ब्लाईटक्स) २ ग्राम/लि. पानीमा मिसाई छर्ने
उचित बालीको ब्यबस्थापन
सफा खेती प्रबिधि
२. पातको थोप्ले रोग सुरुमा पातमा स साना गोला पानीले भिजे जस्ता थोप्ला ( घेरा सादा र बिचको भाग हल्का रंगका) देखिन्छन् । थुप्रै थोप्लाहरु भएका पात पहेलिन्छन् । थोप्लाहरु हांगामा , फलको भेट्ना र फूलको भेट्नामा पनि बढ्दै जान्छन् ।
ब्यबस्थापन
स्वस्थ बीउको प्रयो गर्ने
बेभिष्टीन २ ग्राम/केजी बीउमा मिलाई उपचार गर्ने
रोगी बोट र पातलाई खेत बारीबाट संकलन गरी नष्ट गर्ने
बोट भिजेको अबस्थामा खेत बारीमा नपस्ने
३–४ बर्षमा घुम्ती बाली लगाउने
कपरअक्सीक्लोराइड जस्तै ३ ग्राम/लि. पानीमा घोल बनाई छर्ने)
३. बेर्ना कुहिने रोग
यसले नर्सरी ब्याडमा बढि आक्रमण गर्दछ । खुर्सानीको बेर्नाको फेद तर्फ सुकेको तथा कुहिएको हसन्छ । बेर्नाहरु ढलेको देखिन्छ ।
ब्यबस्थापन
माथी नर्सरीको अध्यायमा उल्लेख गरे अनुरुप नर्सरीको ब्यबस्थापन गर्नु पर्दछ ।
४. जरा फेद कुहिने तथा ओईलाउने रोग रोग लागेको बोटमा फेद तथा जरा सड्ने लक्षण देखा पर्दछ बिस्तारै बिरुवा ओईलाएर जान्छ ।
ब्यबस्थापन
नर्सरी ब्याडलाई माथी उल्लेख गरेखनुसार सोलाराईजेसन गर्ने
बीउलाई १० ग्राम टाईकोड्रमा र १० ग्राम चिनिलाई ४० एम्एल् पानीमा मिसाई बीउलाई मोल्ने र ओजेलमा केही बेर राखी राप्ने
९० ग्राम टाईकोड्रमा र ९० ग्राम चिनिलाई १० केजी गोबर मल वा कम्पोष्ट मलमा मिसाई ब्याडको माटोमा मिलाउने र बीउ राप्ने
नर्सरीमा बिरुवा हुर्कदै गर्दा ५ ग्राम टाईकोड्रमा/लि पानीका दरले स्पे्र गर्ने
बर्ना रोपेको १४ दिनमा, ३० दिनमा, ६० दिनमा टाईकोड्रमा र सख्खर ५/५ ग्राम /लि पानीका दरले मिसाई बोटमा तथा जरा क्षेत्र भिज्ने गरी प्रयोग गर्ने
५ फल कुहिने रोग
बिरुवाको फल बिस्तारै खैरो कालो भई सड्दैजानु यसको प्रमुख लक्षण हो
ब्यबस्थापन
क्याल्सीयमको कमिको कारणले यो रोग बढि लाग्ने भएकोले १.५ ग्राम कृषि चुन/लि पानीमा सिाई १० दिनको फरकमा २ पटक छर्ने
६. भाईरस मोज्याक
पात टाटेपाटे हुने,पात चाउरिने, गुजुमुजु पर्ने, पात सानो हुने आदि लक्षण देखिन्छन् । प्रजाती अनुसार लक्षण पनि भिन्न भिन्न देखिन्छन् ।
ब्यबस्थापन
रोगी बोटलाई देख्ना साथ उखेलेर जलाउने तथा खाडलमा पुर्ने
लाही तथा सेतो झिंगाको नियन्त्रण गर्ने
रोगी बिरुवा बाट निस्केका बीउ तथा प्रसारण सामाग्रीको प्रयोग नगर्ने
७ जरामा लाग्ने गांठे रोग यो जुका माटोमा रहन्छ । यसले बिरुवाका कलिला जरामा आक्रमण गर्दछ । बिरुवा उखेली हेर्दा जरामा गांठागांठा देखिन्छ । गांठा फुटाएर हेर्दा मसिना जुकाहरु देख्न सकिन्छ । बिरुवाको बृद्धि रोकिन गई बोट ओईलाउदछ ।
ब्यबस्थापन
३ देखी ५ केजी निप्रोट/रोपनीका दरले माटोमा मिलाउने, राम्ररी पाकेको कम्पोष्ट मल तथा गोठे मलको प्रयोग गर्ने
बालीको आसपासमा सयपत्री लगाउने
५० ग्राम/बोट निम वा तोरी वा चीउरीको पिनाको प्रयोग गर्ने ।
उत्पादन तथा बजार ब्यबस्थापन
- अकबरे टिप्न सुरुगरे देखि करिव २ देखी ४ महीना सम्म लगातार टिप्न सकिन्छ । लामो अबधि टिपाई हुने हुनाले बालीको उचित ब्यबस्थापन गर्न आबश्यक छ । सरदर प्रति रोपनी उत्पादन ३५० केजी हुन्छ ।
नेपालको लागी यो बाली रैथाने हो अतः यसमा थप अनुसन्धान गरी जातीय बिकास तथा सुधार गर्न अति आबश्यक छ । राष्ट्रीय तथा अन्तराष्ट्रीय बजारमा समेत माग भएको बाली भएकोले यसको प्रबद्धर्न अति जरुरी छ । यसलाई बजारमा ताजा बिक्रि तथा सुकाएर बेमौसममा पनि बिक्रि गर्न सकिन्छ ।