बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

भ्याकुर - उपयोगी जडिबुटि

बिहीबार , असार ७ २०८१
8 views
भ्याकुर - उपयोगी जडिबुटि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :
नेपालको महाभारत तथा निम्न हिम श्रृंखलाको ९०० देखि ३,००० मि. सम्म उचाईमा चिसो, ओसिलो र पतकर कुहेर मल भएको, अक्सर गरेर बुट्टै बुट्टा भएको भिरालो जग्गामा साल, सल्ला, लालीगुराँस, कटुस, फलास इत्यादिको जंगलमा यो प्रशस्त मात्रामा पाइन्छ । वसन्त ऋतु शुरु भएपछि भ्याकुरको झिनो, चिल्लो लहरा जमिनमुनि रहेको अदुवाको आकार जस्तो गानोवाट पल्हाई आउँछ। गानो साह्रो, कडा, मोटो  ६ मि.मि. देखि २ से.मि. र जमिन भित्र समकोण बनेको हुन्छ। गानाको बाहिरी भाग खैरो रंगको हुन्छ। यसको भित्री भाग (भाँच्दा)  पहेंलो वा सेती तथा सुन्तला रंगको हुन्छ। अरु रंगको भन्दा सेतो रंगको गानोलाई उच्च गुणस्तरको ठहराइएको छ। गानोबाट निस्केका जराहरू बदेलका री जस्ता दहो, लामा तथा झिना हुन्छन् । लहराका हरेक आँख्लामा एक एक पात हुन्छन् । पात २ देखि १४ से.मि. लामो र १ देखि ५ से मि चौडा, अण्डाकार, भालाकार तथा मुटु आकार भै टुप्पो तिखो र लामो भएको हुन्छ । एक आंख्लावाट फूलहरू एउटा झुप्पा बनि निस्केको हुन्छ । फूलको रंग सेतो हुन्छ । एकै विरुवामा भाले तथा पोथी दुवै फूल पाइदैन ।

खेती :
भ्याकुरको खेती अक्सर ६० देखि ७० ग्राम तौल भएको काटिएको गानोवाट गरिन्छ।कोपिलाहरू आएको गानोलाई वसन्त ऋतुमा ड्याङ्गमा लगेर सारिन्छ। यसको बीजबाट पनि विरुवा उमारी खेती गरिन्छ । विरुवाहरूलाई सार्नु अघि खेतलाई खनजोत गरी गाई गोरुको मल (१,००० के.जी. प्रति रोपनी ) हाल्नु पर्दछ। त्यसपछि ड्याङ्गमा ६० से.मी. को फरकमा रोप्नु पर्दछ। गानोबाट लहराहरू पल्हाई आएपछि तिनलाई थाँक्रो दिनु अत्यन्त जरुरी छ। याँक्रो दिन नकंट, बाँसका चिरा, निगालो र अन्ये काठका घोचाहरू काममा लगाउन सकिन्छ । २० नयाँ डाँठको कलमीबाट पनि विरुवा उमारिन्छ । नेपालको निम्नलिखित जिल्लाहरूमा यसको खेती गर्न सकिन्छ काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोखां, पाल्पा, दैलेख, जुम्ला, जाजरकोट आदि ।

संकलन :
हरेक दोस्रो तथा चौथो वर्षमा कार्तिकदेखि माघसम्ममा खनेर गानो झिकिन्छ। जंगलबाट संकलन गरिदा एक पटक संकलन गरिसकेको क्षेत्रभित्र कम्तिमा २ वर्षसम्म फेरि संकलन गर्नु हुँदैन, कारण पछि फेरि आफै पल्हाएर आओस् भनि संकलन गर्दा यसको गानोको केही भाग जमिन भित्रै छोड्नु अति जरुरी छ । 

सुकाउने तथा संरक्षण :
संकलन गरिएको गार्नीहरूमा टाँसिएको माटो हटाउन पानीमा पखालिन्छ। पछि टुक्रा टुक्रा गरी काटिन्छ र त्यसलाई घाम वा छहारीमा राम्ररी सुकाइन्छ। राम्ररी सुकिसकेका गानाका टुक्राहरूलाई बोरामा राम्ररी बांधि ओभानो ठाउँमा राख्नु पर्दछ । 

उपयोगिता :
यो जुम्रा मार्न र माछा मार्ने विषको रुपमा प्रयोग गरिन्छ। यसको प्रशोधन गरी प्राप्त हुने डायोस्‌जेनिनवाट स्टेरोयेड हरमोन्स गर्भ निरोधक चक्की (औषधि)  पनि निर्माण गरिन्छ । घाउ, खटिरा र तागतको औषधिमा पनि यो प्रयोग गरिन्छ। यसलाई पोलेर खाने पनि खाने गर्दछन । 

स्रोत :  जडीबुटि संकलन , संरक्षण , सम्वद्र्धृृन विधी, जडिबुटि परिचय माला, वनस्पती विभाग 

 

थप समाचार