बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तोरीको लाही

बिहीबार , असार ७ २०८१
9 views
तोरीको लाही

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :

पखेटा भएका र नभएका दुवै  थरीमा पाइने नरम बनावटको २ देखि २.५ मिमि लामा यी कीराको शरीरमा सेतो पाउडर जस्तो पदार्थ भेटिन्छ। पखेटा भएका लाहीहरु मैला हरिया वा पहेला हरिया रङ्गका हुन्छन् । पखेटा नभएका लाडीहरुको शरीरमा काला दागहरु हुन्छन्। रायो, तोरी, मूला, सलगम, काउली र ब्रोकाउलीमा बढी मात्रामा लाग्ने यो कीरा आलु, काँक्रो, केराउ, प्याज र सिमीमा पनि यदाकदा भेटिन्छ।

lahi.jpg
पोथी लाहीले पातको तल्लो सतहमा अण्डा पार्दछ । प्रशस्त आहारा उपलब्ध भएको अवस्थामा पोथी लाहीले सिधै बच्चा लाही जन्माउन सक्दछन् यस्तो अवस्थामा भालेको आवश्यकता हुँदैन। प्रति दिन ३ देखि ६ बच्चा लाहीको दरले १५० भन्दा बढी बच्चा जन्माउन सक्छ। पखेटादार पोथी लाहीहरु कार्तिकको तेस्रो सातादेखि वालीमा देखा परी चैत्र महिनासम्म आक्रमक रुपमा रहन्छन्। यस अवधिमा ११ औं पुस्ता सम्म तयार हुन सक्छ। यो लाही कीरा १५ देखि २१ दिनसम्म बाँच्छ । 

क्षतिको लक्षण :
वयस्क र बच्चा दुवै लाहीहरुले बोटका विभिन्न भागहरुवाट रस चुसेर खाइ बोटको रस सन्तुलन बिग्रन र पातहरु पहेला, गुजुमुजु पर्ने वा बटारिने हुन्छ । अत्यधिक आक्रमण भएको अवस्थामा डाँठहरु ओइलिन्छन्, बोटहरुको विकास रोकिन्छ र अन्तमा सुकेर मर्दछन् । लाहीहरुले निकालेको गुलियो बिष्टका कारण पातमा कालो दुसी पनि उम्रन्छ । यो कीराले भाइरस जन्य रोगहरु पनि बोट बिरुवामा सार्दछ। 

व्यवस्थापन :
१) नाइट्रोजनयुक्त रासायनिक मलको बढी प्रयोग नगर्ने। 
२)  यो कीराको प्राकृतिक शत्रु लेडी बर्ड विटल कीराको संरक्षण गर्ने। 
३)  स्थानीयस्तरमा नीमको बीउवाट बनेको झोल, खुर्सानीको प्रयोग गरी बनाइएको झोल वा लसुनको झोल प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । 
४)  गाइवस्तुको मुत्र र पानी 1:4 को अनुपातमा मिसाइ २ देखि ३ दिनको फरकमा छर्ने। 
५)  प्रकोप बढ्‌दै गएमा डाइमेथोएट ३५प्रतिशत  इसि विषादी १.५ मिलि प्रति लिटर पानीका दरले वा मालाथियन ५० प्रतिशत  इसि १ मिलि प्रतिलिटर पानीका दरले विरुवा राम्रोसँग भिज्ने गरी छर्ने।

Source : बाली संरक्षण प्रयोगशाला ,गण्डकी प्रदेश 

थप समाचार