बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

के हो थुनेलो रोग ? कसरी पत्ता लगाउने ?

शुक्रबार, असार ८ २०८१
13 views
के हो थुनेलो रोग ? कसरी पत्ता लगाउने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

थुनेलो गाई भैसी पालक कृषकहरुको लागि ठूलो समस्याको रुपमा देखा परेको छ । यसको मुख्य कारक जीवाणु, विषाणु र ढुसी भए पनि दुधालु पशुको उचित व्यवस्थापन गर्न नसक्दा यसको समस्या हुने भएकोले यसलाई व्यवस्थाकिय रोग को नामले पनि चिनिन्छ । 

सामान्यतया थुनेलो भन्नाले थुन तथा कल्चौंडोको संक्रमणलाई जनाउँछ । विभिन्न किसिमका किटाणु तथा विषाणुका कारणले पशुको थुन र कल्चौंडोमा संक्रमण गराउँछ । यस रोगले दूधमा भौतिक, रसायनिक र शुक्ष्म जैविक परिवर्तन र दूध उत्पादन घट्ने, गुणस्तर विग्रने र कहिलेकाहीं दुहुना पशु सधैंको लागि वेकम्मा समेत हुने हुनाले दूध उत्पादक किसानहरूको लागि यो रोग आर्थिक हिसावले निकै ठूलो समस्याको रुपमा लिइन्छ । पहिलो वेतका पशुलाई पनि थुनेलो हुन सक्छ । साधारणतया लैनो पशुमा बढी देखिन्छ । थुनेलो रोगमा नेपालमा गरिएका विभिन्न अनुसन्धानलाई हेर्ने हो भने नदेखिने खालको थुनेलो रोग  को प्रकोप करिव १३६ देखि ६० प्रतिशत सम्म देखिएको छ । मानिसलाई स्वस्थ र निरोगी रहन दुध र दुग्ध पदार्थ जस्ता उपयोगी खाद्य पदार्थहरु आफैमा स्वच्छ, सफा र गुणस्तरीय हुन अति जरुरी छ । यसकारण हरेक कृपकले पशुपालनमा असल उत्पादन प्रणाली  र असल व्यवस्थापन प्रणाली  अपनाउनु जरुरी हुन्छ ।

थुनेलो रोगका कारक तत्वहरु :
१) कल्चौडा वा थुनभित्र किटाणु, जीवाणु, विषाणु र ढुसीहरु प्रवेश गरेमा (जस्तैः स्टाफाइलोकोकस्, स्ट्रेप्टोकोकस्, इकोलाई, माइकोप्लाज्मा आदि) 
२) बढि उत्पादन दिने मुख्यतया कसब्रेड पशुहरुमा वढि देखिन्छ 
३) गलत तरिकाले दूध दुहेमा 
४) दुध पुरा ननिखारेमा 
५) पशुलाई फोहोर गोठमा राखेमा 
६) गोठमा पर्याप्त हावा ओहोर दोहोर हुने ठाउँ नभएमा 
७) फोहोर हातले दुध दुहेमा 
८)थुनमा चोटपटक लागेमा, घाउ भएमा, काँडाले तारले थुन कोरे वा घोचेमा 
९) थुनेलो रोग रोकथामका उपायहरु नअपनाएमा 
१०)  विभिन्न खालका रोगहरु जस्तै खोरेत, भ्यागुते र आन्तिरिक र वाह्य परजिवीहरु आदि पनि थुनेलो रोग हुनुका कारक तत्वहरु हुन् ।

थुनेलोको किसिमः सामान्यतया थुनेलोलाई दुई किसिममा बिभाजन गरेको पाईन्छ । 
क) लक्षण देखिने खालको थुनेलो 
१) दुध पातलो वा पानी जस्तो, पहेंलो, रगत मिसिएको, दहि जस्तो, पिप मिसिएको लेग्रा वा छोका आउँछ । 
२) थुन तथा कल्चौंडो रातो, तातो, सुन्निएको हुने र दुख्ने भई पशुले थुन समाउन नदिई उफिने गर्छ । 
३) युनमा गिर्खा, गाँठो देखापर्ने, साह्रो हुने, दूध कम आउने वा पट्टकै नआउने । 
४) उपचार सफल नभएमा कल्चौंडो ढुंगा जस्तो साह्रो भई दूध बन्द हुन सक्छ । 
५) थुनेलो एउटा वा सवै थुनमा एकै पटक लाग्न सक्छ । 
६)  लक्षण देखिने खालको थुनेलोको कारणले करिव २० देखि ३० प्रतिशत सम्म दूध उत्पादनमा कमी हुने गरेको देखिएको छ ।

ख)  आँखाले नदेखिने खालको थुनेलो:
१) कहिलेकाहीँ थुनेलो रोग बाहिरबाट थाहा पाईदैन, तर पशुले क्रमशः कम दूध दिदै जान्छन् । दूधको जाँच गर्दा यस्तो थुनेलो पत्ता लगाउन सकिन्छ । 
२)  यस किसिमको थुनेलोमा पशुहरुमा कुनै पनि वाहिरी लक्षणहरु देखिदैन । 
३)  दूध उत्पादनमा कमी हुन्छ । 
४)  धेरै बल्झिएमा लक्षण देखिने खालको थुनेलोमा परिणत हुन सक्छ (क्लिनिकल मास्टाईटिसको प्रारम्भिक रुप हो) । ५) यस्तो किसिमको थुनेलोमा ७० देखी ८० प्रतिशत सम्म दुध उत्पादनमा कमी आउने गरेको देखिएको छ

थुनेलो रोग पत्ता लगाउने तरिकाहरू :
१) रोग निदान भौतिक परिक्षण गरेर 
२)  पशुको अवस्था, रोगको इतिहास र लक्षणको आधारमा । 
३)  फाँचो सुन्निने, रातो र तातो हुने । कहिलेकाहि कडा भई ढुंगा जस्तो हुने । 
४) दूधमा भौतिक र रासायनिक परिवर्तन आउने । 
५) पानी जस्तो, छेका वा रगत मिसिएको दूध आउने आदी । 
६) प्रयोगशाला परीक्षण गरेर 
७) दूधको परिक्षणहरू जस्तै क्यालिफोर्निया मास्टाइटिस  टेष्ट र कल्चर जांचबाट थुनेलो रोग लागेको पशुमा औषधि प्रयोग गर्नु अघिनै दुधको नमुना लिएर परिक्षण गर्न सकिन्छ । 
८)  सोमाटिक सेल काउन्ट गरेर 
९) दूधको कन्र्डाक्टभिटि टेस्ट वाट

स्रोत :गाई भैंसीको उचित व्यवस्थापन (थुनेलो रोगको रोकथाम तथा नियन्त्रणका लागी) तालिम संचालन पुस्तिका

थप समाचार