बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

रेबिज रोग बारे जानकारी

शुक्रबार, असार ८ २०८१
7 views
रेबिज रोग बारे जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

पृष्ठभुमि :
रविज रोगबाट ग्रसित जनावरको टोकाइबाट मानिस रोग रेबिज हो। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अन्य तातो रगत हने प्राणीहरुमा सने एउटा प्राणघातक विश्वभर सरदर ६०,००० भन्दा बढी व्यक्तिहरु रेविज रोग लागेर मर्दछन र २० लाख व्यक्ति यो रोगबाट बच्न पशुको टोकाई पछि खोप लिन्छन् । रेविज रोग लागेर मृत्यु हुनेमा ९५५ मानिस एशिया र अफ्रिकामा बसोवास गर्दछन्। रोगी पशुको टोकाई पछि मृत्यु हुनेमा ६० प्रतिशत १५ वर्ष मुनिका बालबालिका पर्दछन् । नेपालमा अनुमानित प्रति वर्ष १० देखि १०० व्यक्ति रेविज रोग लागेर मर्ने प्रतिवेदनले देखाएको छ र ३५०० व्यक्तिले रोगबाट बच्न खोप (ए.आर.भी. ) लिने गरेका छन् । रोग लागि सके पछी कुनै पनि हालतमा रोगीलाई बचाउन सकिदैन तर बौलाहा पशुले टोक्ना साथ समयमै रोकथामका उपायहरु : जस्तै साबुन पानीले हात धुने, रेबिज विरुद्धको खोप लगाउने र आवश्कताअनुसार थप हाइपर इम्युन सिरम लगाउने गरेमा १०० प्रतिशत नै रोगबाट बच्न सकिन्छ ।
अष्ट्रेलिया, न्युजिल्यान्ड, अष्ट्रिया, बेलायत, जापान, सिंगापुर, स्वीडेन, आयरल्याण्ड, जस्ता देशहरु यो रोगबाट मुक्त भै सकेका छन् । तर दक्षिण पूर्व एशिया, अफ्रिका, लेटिन अमेरिका मुलुकहरुमा भने यो रोग जरा गाडेर बसेको छ ।

रेबिज सर्ने तरिका :
रेबिज रोगका विषाणुहरु रोगी पशुको मुख, मष्तिस्क, स्नायु, नसा, फोक्सो, मृगौला, छाला र आँखामा प्रशस्त मात्रामा हुने हुँदा यस्तो पशुको मासु काट्दा र हुँदा रोग सर्ने डर हुन्छ । साधारणतया रेविज ग्रसित जनावरको टोकाईबाट रेबिज मानिस र पशुभा सर्दछ । रोगका विषाणुहरु रोगी पशुको न्यालमा रहने हुँदा घाउको माध्यमवाट शरीरमा प्रवेश गर्दछन् र शरीरका स्नायु नसा  हुदै मस्तिष्कमा संक्रमण गरि रोग उत्पन्न गर्दछन् । खास गरि बौलाहा कुकुरको टोकाईबाट नै सबैभन्दा बढी (९४ प्रतिशत )रेबिज मानिसलाई हुन्छ । कुकुरको साथै स्याल, ब्वाँसो, फ्याउरो। न्याउरीमुसो, र मांशाहारी चमेरोको टोकाईबाट पनि यो रोग सर्न सक्छ । यी पशुहरु रोगका श्रोत र सम्बाहक पनि हुन् । रेबिज भाइरसबाट संक्रमण भएका पशुहरुको न्याल वा अन्य पदार्थ हाम्रो शरीरको घाउ भएको वा छाला खोखीएको ठाँउ वा हाम्रो मुख, नाक, र आँखामा लागेमा वा रोगी व्यक्तिको आँखाको नानी निरोगी व्यक्तिमा प्रत्यारोपण गर्दा रेविज रोग सर्दछ । 

जनावरमा रेबिज रोगका लक्षणहरु  :
रेबिज रोग ग्रसित जनावरहरु बिरामी परेको जस्तो देखिनुका साथै रिसाहा, झोकिने, झम्टिने जे पायो त्यहि टोक्ने स्वभावका हुन सक्दछन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यो रोगलाई सामान्य बोलचालको भाषामा बहुला कुकुर भनिएको हो। यस बाहेक कुनै कुनै रोगबाट ग्रसित जनावरमा एकदमै मैत्री स्वभाव लोसे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्दछ । प्रायः रात्रीकालिन समयमा विचरण गर्ने जङ्गली जनावर जस्तै स्याल, फ्याउरो, चमेरो दिउँसै बस्तीमा भौतारिन थाल्यो भने वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाउन लाग्यो वा व्यवहारमा एकाएक परिवर्तन भयो भने त्यस्ता जनावरलाई रेबिज रोग लागेको शंका गर्न सकिन्छ । 

मानिसमा रेबिज रोगका लक्षणहरु  : 
मानिसको शरीरमा रेबिजका भाइरस प्रवेश गरे पछि रोग देखा पर्न ३० देखि ६० दिन लाग्छ । शुरु शुरुमा शंकास्पद जनावरले टोकेको ठाँउमा दुखे, झमझमाउने, एक्कासी चिलाउने जस्ता लक्षण देखिन सक्छन । त्यसपछि ज्वरो आउनु, जाडो लाग्नु, थकित हुनु शरीरका मांशपेशीहरु दुख्नु र झर्कने जस्ता लक्षण विरामीमा देखिन सक्छन । क्रमशः बिरामीमा दिग्भ्रमित हुने, बाझिने, बिना कारण काम्ने, बेसुर हने जस्ता लक्षण देखिन सक्छन । 

रेबिजको पूर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकुरा निल्न नसक्ने, मांशपेशीहरु नियमित अनियमित रुपमा खुम्चने र कम्पन हुने र बिरामीले पानी सम्म निल्न गाह्रो हुन्छ । त्यस्ता विरामीका नजिक पानी राख्दा तर्सने गर्दछ । त्यसैले पनि यसलाई हाईड्रोफोबिया (पानीवाट तर्सने रोग) पनि भन्ने गरिन्छ । त्यस्तै गरी हावा लाग्दा पनि डराउने गर्दछन् । त्यो अवस्थालाई एरोफोबिया भनिन्छ । यो अवस्थामा पुगेको बिरामी धेरै दिन बाच्दैनन् ।

बहुला कुकुर वा जङ्गली मांशाहरी वा अन्य शंकास्पद जनावरले टोकेमा के गर्ने ?
बहुला वा शंकास्पद जनावरले टोके तुरुन्तै टोकेको भागलाई साबुन पानीले धुने र स्वास्थ्य संस्था वा चिकित्सकसंग सल्लाह लिने किनभने यसो भएमा चिकित्सकले कस्तो खालको पशुले टोकेको हो कस्तो ठाँउमा टोकेको हो रु पशु खासगरी कुकुर, बिरालो, घर, पालुवा वा फिरन्ते भुस्याहा कस्तो हो तिनीहरुलाई नियमित खोप लगाएको वा नलगाएको सूचना संकलन गरी के कस्तो उपचार तथा खोप लगाउनु पर्ने हो सल्लाह दिने सक्नेछन् । तपाइले सम्पर्क गरेका चिकित्सकसंग तत्काल सम्बन्धित औषधि नहुन सक्छ । 

त्यसैले बुद्धिमानीपूर्वक अस्पताल, भेटेरिनरी अस्पताल, स्वास्थ्य संस्था आदिमा सम्पर्क गर्नुपर्ने हुन्छ । त्यस वाहेक टोकेको ठाउँको घाउ साबुनपानीले धुने, निःसंक्रमण समेत गर्न विर्सनु हुँदैन । साथमा सम्भावित जिवाणूजन्य संक्रमणको उपचार तथा टिटानसको औषधि प्रयोग गर्न विर्सनु हुँदैन। शंकास्पद पशुले टोकी घाउ बनाएको अवस्थामा विज विरुद्ध खोप लगाउनु पर्छ । 

रेबिज रोगको निदान :
टोक्ने पशु रेबिजबाट ग्रसित हो होइन भनि शुरुको अवस्थामै थाहा पाइदैन । पशुलाई तुरुन्त मार्नु पनि हुदैन। कम्तीमा १० दिन निगरानीमा राख्नु पर्छ र १० दिन भित्र पशु मरेमा रोग निदानका लागि प्रयोगशालामा पठाउनु पर्छ । प्रयोगशालामा यो रोगको निदान मस्तिष्कको (हिप्पोक्यम्पस र मेडुला ओब्लांगाटाभागको )तन्तु लिई रेपिड टेष्ट, सेलर स्टेनिङ, फ्लोरोसेन्ट एन्टीवडी टेष्ट र माउस इनोकुलेसन टेष्टवाट गरिन्छ । हाम्रो देशमा रेबिज रोगको प्रयोगशाला परिक्षण सेवा हाल केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौमा मात्र उपलब्ध छ ।

रेबिज रोगको रोकथाम र नियन्त्रण :
१)रोग लागेको तथा रोगले मरेको पशु मासुको लागि प्रयोग गर्नु हुदैन । 
२)  शंकास्पद जनावरले टोकेमा यथाशिघ्र घाउलाई साबुन पानीले धोएर स्प्रिट वा आयोडिन लगाउनु पर्छ ।
३)  चिकित्सकको सल्लाह अनुरुप तुरुन्त पोष्ट एक्सपोजर खोपरहाइपर इमुन सिरम (जी.जी.) लगाउनु पर्दछ ।
४) यस्तो शंकास्पद कुकुरलाई १० दिन सम्म थुनेर राष्नु पर्छ र १० दिन भित्र कुकुर मरेमा रेबिज रोगको यकिन गर्न प्रयोगशाला परिक्षण गराउनु पर्दछ ।
५) प्रयोगशाला नतिजाको आधारमा चिकित्सकको सल्लाह अनुसार खोपलाई निरन्तरता दिनु वा बन्द गर्नुपर्दछ । 
६) बौलाहा कुकुरले टोक्नु भन्दा अगाडी ०, ७, २१, वा २८ दिनमा ३ वटा खोप लगाई रोकथाम गर्न सकिन्छ र टोकेपश्चात ०, ३, ७, १४,२८ र ९० दिनमा ६ खोप लगाएर यो रोगबाट बच्न सकिन्छ ।

स्रोत : पशुसेवा विभाग, पशुपन्छि रोग अन्वेषण तथा नियन्त्रण महाशाखा, त्रिपुरेश्वर काठमाडौँ 

थप समाचार