बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सफा र स्वच्छ दूध उत्पादन प्रविधि

आइतबार, असार १० २०८१
6 views
सफा र स्वच्छ दूध उत्पादन प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

१.परिचय
सफा दूध भन्नाले स्वस्थ्य गाई भैंसीबाट स्वस्थ्य मानिसले सरसफाईका विधि अपनाई स्वच्छ वातावरणमा दुहेको कच्चा दूधलाई सम्झनु पर्दछ । दूध दुहुने कार्यदेखि प्रशोधन कार्यसम्म स्वच्छ तथा स्वस्थ्य वातावरणमा स्वस्थ्य मानिसले दूध सम्बन्धी कारोबार सम्हालेको (दूध उत्पादन, संकलन, चिस्यान केन्द्र, ढुवानी तथा भण्डारण, चिस्यान केन्द्रदेखि प्रशोधन केन्द्र सम्म ढुवानी, प्रशोधन तथा बजारीकरण ) अवस्थामा उत्पादित दूध जसको प्राकृतिक स्वरुप, बास्ना, बनावट, स्वाद सामान्य भएको र जिवाणुरहित गुणस्तरीय दुधलाई सफा दुध भनिन्छ । दूधमा मानव स्वास्थ्यलाई हानी पु¥याउने खालका जिवाणुहरु अनुपस्थित भएको, मानव स्वास्थ्यमा हानी पु¥याउने रासायनिक अवयवबाट मुक्त, जैविक तथा बाह्य मिसावट नभएको, सामान्य तापक्रममा लामो अवधीसम्म सुरक्षितसँग भण्डार गर्न सकिने गुण भएको दुधलाई सफा दूध भनिन्छ । यस्ता दूध मानव उपभोगका लागि उपयुक्त रहेको हुन्छ ।

१.१ सफा दुध उत्पादनको महत्व 
क) सफा र स्वच्छ दूध सेवनले उपभोक्ताहरु स्वस्थ रहन सहयोग पुग्दछ ।
ख) दूधको प्राकृतिक गुण लामो अवधिसम्म कायम रहन सहयोग पुग्दछ ।
ग) सफा दूधको भौतिक तथा आन्तरिक गुणस्तर लामो समयसम्म रहने हुँदा ढुवानीको लागि सहज हुन्छ ।
घ) सफा र स्वच्छ दूध उपभोक्ताहरुले सहज स्विकार गर्दछन् ।
ड) सफा र स्वच्छ दूध उत्पादनले दूधको माध्यामबाट सर्ने जुनोटिक लगायत अन्य रोगहरु फैलिन पाउँदैन ।
च) सफा र स्वच्छ दूध उच्च मुल्यमा बिक्रि हुने र बजारीकरणमा समस्या नहुने ।
छ) सफा दूधबाट गुणस्तरीय दुग्धजन्य पदार्थका परिकारहरु उत्पादन तथा प्रशोधन गर्न सकिन्छ ।
ज) सफा दूधबाट उत्पादित दूग्धजन्य पदार्थ निर्यात गरी आयात प्रतिस्थापन 

१.२ सफा दूध कस्तो हुनु पर्दछ ?
क) स्वस्थ्य जनावरबाट उत्पादन गरिएको दूध हुनु पर्दछ ।
ख) निरोगी मानिसबाट दुहिएको दूध हुनु पर्दछ ।
ग) सफा र स्वच्छ वातावरणमा दुहेको दूध हुनु पर्दछ ।
घ) सफा भाडामा दुहेको दूध हुनु पर्दछ ।
ड) दूधको प्राकृतिक गुण बास्ना, स्वाद र रंग आदि
च) सामान्य अवस्थामा रहेको हुनु पर्दछ ।
छ) दूधको औषत आन्तरिक बनावट  तथा गुणस्तर सामान्य अवस्थामा रहेको हुनु पर्दछ ।
ज) उत्पादित दूध शुक्ष्म जिबाणु रहित हुनु पर्दछ ।
झ) उत्पादित दूधमा एन्टिबायोटिकको अवयव हुनु हुँदैन ।
ञ) दूधमा किटनाशक तथा रोगनाशक विषादीको अवयव हुनु हुँदैन ।
ट) चिस्यान केन्द्रबाट दूध प्रशोधन उद्योगमा नपठाएसम्म चिलिङ्ग भ्याटमा ४ देखि ५ डिग्री सेल्सियस तापक्रम कायम गरी भण्डारण गर्नु पर्दछ ।
ठ) चिस्यान केन्द्रदेखि प्रशोधन उद्योगसम्म दूध ढुवानी गर्दा पनि ४ देखि ५ डिग्री सेल्सियस तापक्रम कायम गरी ढुवानी गर्नु पर्दछ ।

१.३ सफा दूध उत्पादनका जिम्मेवार पक्ष
क) कृषक अर्थात उत्पादन कर्ता सफा दूध उत्पादनका लागि सबैभन्दा बढी जिम्मेवार हुनु पर्दछ ।
ख) संकलन केन्द्रमा दूध सफा राख्न विशेष ध्यान पु¥याउनु पर्दछ ।
ग) ढुवानी कर्ताले छिटो भन्दा छिटो संकलन केन्द्रमा जिम्मेवारी पुर्वक समयमै दूध पुर्याउन पर्दछ । दूध दुहेको १ देखि १.३० घण्टा भित्र चिस्यान केन्द्रमा पुर्याउन पर्दछ ।
घ) दुग्ध चिस्यान केन्द्रमा केन्द्र प्रमुखले सफा दूध उत्पादनका लागि विशेष ध्यान दिई दूधको गुणस्तर परिक्षण गरी गुणस्तरीय दूध मात्र चिलिङ्ग भ्याटमा राख्नु पर्दछ ।
ड) दूधको गुणस्तर कायम राख्नका लागि भण्डारण तापक्रम ४ देखि ५ डिग्री सेल्सियसमा भण्डारण गर्नु पर्दछ ।
च) दुग्ध प्रशोधन उद्योगले सफा र स्वच्छ दूध तथा दुग्धजन्य पदार्थ उत्पादनका लागि प्रशोधनका हरेक पाईला पाईलामा प्रशोधन मापदण्ड अनुसार सरसफाईमा ध्यान पुर्याउनपर्दछ ।
छ) सफा दूध उत्पादनका लागि कृषकदेखि प्रशोधन तथा भण्डारण र बिक्रेता सम्मले उत्तिकै जिम्मेवार भई काम गर्नु पर्दछ ।

२. सफा दूध उत्पादन विधी
दूध दुही सकेपछी जाली वा कपडाले छानेर सफा गर्ने मात्र नभई स्वस्थ्य गाई भैंसीवाट स्वस्थ मानिसले दूध दुही निसंक्रमित तवरबाट दूधलाई व्यवस्थापन वा सम्हाल्ने  भनिएको हो । विगतमा दूधको गुणस्तर मापन गर्दा दूधको चिल्लो पदार्थ  र चिल्लो पदार्थ रहित ठोस पदार्थ  को आधारमा मात्र गरिन्थ्यो भने हाल आएर त्यतिमा मात्र सिमित नरही दूधको गुणस्तरको वर्गीकरण गर्दा दूधमा रहेको शुक्ष्म जिवाणुको संख्या  एन्टीवायोटिक अवयवको मात्रा  या  किटनाशक तथा रोगनाशक विषादीहरुको अवयवको  मात्राका आधारमा गुणस्तर निर्धारण गरिन्छ । दूध यस्तो माध्याम हो जसमा द्रुत गतिले शुक्ष्म जिवाणुहरुको संख्यामा वृद्धि  हुन्छ । दूधलाई शुक्ष्म जिवाणुवाट मुक्त राख्न सावधानी अपनाउनु पर्दछ । दूधको गुणस्तर संरक्षण गरी राख्न मापदण्ड तयार पारी अनिवार्य रुपमा कार्यान्वयन गर्ने र गाई भैंसीको फाँचोबाट दूध दुहेदेखि उपभोक्ता माझ नपुगुञ्जेल दूधको गुणस्तर कायम राख्न सबै पक्षहरु जिम्मेवारीपुर्वक लाग्नु पर्दछ । गाई भैंसी फार्ममा दूध दुहिने कार्य महत्वपूर्ण मानिन्छ । दूध उत्पादन सिधै आम्दानीसँग गाँसिएको हुन्छ । उन्नत गाई,पोषिलो आहारा, व्यवस्थित गोठ भएता पनि द्ूध दुहिने प्रक्रिया उपयुक्त नभएमा फार्म आर्थिक रुपले प्रभावकारी नहुन सक्छ । दूध दुहिने प्रक्रिया एक कला हो, जसमा अनुभव र दक्षताको आवश्यकता पर्दछ । दूध दुहिने कार्य सुविधायुक्त भई दिँदा गाइ भैंसीले दूध बढी हुन्छ । असुविधा भएमा दूध उत्पादनमा कमी आउँछ ।
दूध दुहुने स्थान वा गोठ सफा भएमा गाईको फाँचो  सफा रहने, दुध उत्पादन पनि स्वच्छ र सफा वातावरण हुने र दूध भण्डारण लामो समयसम्म गर्न सकिन्छ । दूध ५–७ मिनेट भित्र दुही सक्नु पर्दछ । यस अवधिमा दूध पग्रन र दूध उत्पादन गर्ने ग्रन्थीहरुबाट दुध बाहिर निस्कन सहयोग गर्ने हर्मोन अक्सिटोसिन  पैदा भई दूध दुहुन सहयोग पुग्दछ । दूध पूर्ण रुपमा दुहुनु पर्दछ । पूर्ण रुपमा दूध दुहिन नसके थुनमा बाँकी रहेको दूधबाट थुनेलो हुने सम्भावना हुने र कूल दूध उत्पादनमा पनि कमी आउँछ । सफा दुध उत्पादन निम्न अनुसार गर्न सकिन्छ ः

२.१ दूध दुहुने तयारी 
क) दूध दुहुने स्थान राम्रोसँग सफा गर्नु पर्दछ । प्रत्येक पटक दूध दुही सकेपछि सफा पानीको प्रयोग गरी दूध दुहुने ठाउँ सफा गरी ओभानो राख्नु पर्दछ ।
ख) दूध दुहुने बेला धुलो तथा गन्ध आउने खालको दाना खुवाउनु हँदैन ।
ग)गाईको पछाडीको भाग, फिला, फाँचो ब्रसले सफा गर्नु पर्दछ । धेरै गोबर माटो लागेको भए सफा पानीले धोएर सफा कपडाले पुछेर ओभानो पार्नु पर्दछ ।
घ) दूध दुहुनु भन्दा पहिला फाँचो सफा गरी सकेपछी सफा कपडाले एन्टिसेप्टीकको हलुका झोलमा डुबाई निचोरेर पुछ्नु पर्दछ । ठण्डी मौसममा एन्टिसोप्टीक झोल तातो पानीमा राखेर सफा कपडाले थुन तथा फाँचो सफा गरी दुहुनु पर्दछ ।
ड) गाईको फाँचोे सफा गर्नुका साथ साथै दूध दुहुने मानिस र दूध दुहुने बाल्टीन सफा हुनु पर्दछ ।
च) दूध दुहुने मानिसले सफा लुुगा लगाउनुु पर्दछ । टाउकोमा जाली टोपी लगाउनु पर्दछ, अन्यथा कपालका रौंहरु दूधमा खस्ने सम्भावना रहन्छ ।

२.२ दूध दुहुने तरिका 
– सामान्यतया गाई भैंसी हातले नै दुहुने प्रचलन छ ।
– हिँजो आज केही व्यावसायिक फार्महरुमा मेसिनबाट पनि दूध दुहुने गरिन्छ ।
– दुध दुहुँदा थुनलाई तान्नु हुँदैन निचोरेर दूध झार्नु पर्दछ ।
– प्रत्येक थुनबाट पहिले २–३ सिर्को दूध थुनेलो परिक्षणको लागि छुट्टै कपमा दुहुनु पर्दछ ।
– स्ट्रिपिङ्ग र फुल हायाण्ड मिल्किङ्ग २ तरिकाबाट दूध दुहुने तरिका प्रचलित छन् ।
– स्ट्रिपिङ्ग पद्धतिमा थुनलाई बुढी औंला र चोर औंलाको बीचबाट थुनको फेददेखि टुप्पा सम्म थिच्दै दूध झार्नु पर्दछ । यो प्रक्रियाबाट छिटो छिटो दुध दुहुने कार्य पुरा गर्नु पर्दछ ।
– दूध दुहुने मानिसले हातको नङ राम्रोसँग काटेको हुनु पर्दछ र प्रत्येक पटक दूध दुहिसकेपछि एन्टिसोप्टीक झोलले हात सफा गर्नु पर्दछ ।
– दूध दुहुने मानिसले धुम्रपान गर्नु हुँदैन । यसो गर्नाले दूधले सुर्तिजन्य पदार्थको गन्ध सोस्दछ र गुणस्तरमा ह्रास आउँदछ ।
– दूध दुहुने व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्दछ ।
– दूध दुहने बाल्टीनलाई तातो पानीले सफा गर्नु पर्दछ । भाँडोलाई ब्रसले घोटी घोटी सफा गर्नु पर्दछ । त्यसपछि चिसो पानीले सफा गर्नु पर्दछ । अन्तमा बाल्टीनलाई घोप्टो पारेर पानी तैरन दिनु पर्दछ । दूध राख्ने क्यान  लाई पनि यसै प्रक्रियाबाट सफा गर्नु पर्दछ । खुई लागेको बाल्टिनमा दूध दुहुनु हुँदैन ।
– दुहुना गाई भंैसीहरुलाई नियमित रुपमा समयमै दुही सक्नु पर्दछ ।
– दाना घाँस एक्कासी परिवर्तन नगरी क्रमिक रुपमा परिर्वतन गर्दा राम्रो हुन्छ ।
– गाई भैंसीहरुलाई दुहुने समयमा ठाउँ सार्नु हुँदैन पहिले जहाँ दुहिने गरिएको हो त्यही स्थानमा दुहुनु पर्दछ ।
– अनुभवी मानिसलाई दूध दुहुने कार्यमा लगाउनु पर्दछ ।
– फूल ह्याण्ड मिल्किङ विधिवाट दूध दुहुँदा थुनलाई हातको पञ्जाले निचोर्दै दूध दुहिन्छ । यो प्रक्रिया दूध नथ्रिउन्जेल छिटो छिटो गरी दोहो¥याईरहनु पर्दछ ।
– स्ट्रिपिङ्ग तरिकाले भन्दा पुरा पञ्जाको प्रयोग विधिबाट दूध दुहुँदा बढी प्रभावकारी र सजिलो हुन्छ । यसमा माउलाई बाच्छाले दूध चुसेकै अनुभूती हुन्छ । सानो थुन भएका गाईको लागि स्ट्रिप तरिका उपयुक्त हुन्छ ।
– स्ट्रिपीङ तरिकाबाट गाई दुहुँदा असहज भई गाईलाई असजिलो महसुस हुन्छ ।

२.३ दूध दुहुने व्यवस्थापन 
– बाच्छा बाच्छी वेगर दूध दुहुन गाईलाई बानी पार्नु
पर्दछ ।
– दूध दुहुनु भन्दा पहिले गोठको सरसफाई गर्ने र गोबरलाई गोठबाट टाढा थन्क्याउने व्यवस्था गर्ने ।
– पशुलाई सरसफाई गर्ने खास गरी फाँचो र थुनलाई राम्ररी सफा गर्नु पर्दछ ।
– फाँचो सफा गरेपछि सफा कपडाले पुछेर ओभानो पार्नु पर्दछ ।
– हात साबुन पानीले धुने र तौलियाले पुछेर हात ओभाएपछि मात्र दूध दुहुनु पर्दछ ।
– दूध दुहुने भाँडो या बाल्टीन स्टेन्लेस स्टीलबाट बनेको हुनु पर्दछ ।
– दूध दुहुने उपयुक्त प्रविधि अपनाउनु पर्दछ । जसले गर्दा थुनेलो रोगबाट थुनलाई बचाउन सकिन्छ ।
– रोगी र निरोगी पशु दूहिने भाँडो अलग अलग राख्नु पर्दछ । रोगी पशु अन्तिममा दुहुनु पर्दछ ।
– रोगी निरोगी पशुको दूध एकै ठाउँमा मिसाउनु हुँदैन ।
– एन्टिवायोटिक प्रयोग गरेको पशुको दूध अन्य पशुको दूधमा मिसाउनु हुँदैन
– गाई भैंसीको लागि प्रयोग गरिने भाँडाकुँडा सफा गर्न सफा पानीको प्रयोग गर्नु पर्दछ
– दूध दुहुने व्यक्तिको स्वास्थ्य स्थिति ठिक भएको एकिन हुनु पर्दछ ।
– दूध दुहुने छोटो समयमा पूर्ण रुपमा दुहुनु पर्दछ । दूध पर्गाने अक्सिटोसिन हर्माेनले ५–७ मिनेटसम्म क गर्ने हुँदा सोही अवधी भित्र दूध दुही सक्नु पर्दछ ।
– थुनमा दूध बाँकी रहेको अवस्थामा सुक्ष्म जिवाणु  हरुको प्रवेशबाट थुनेलो रोग हुने सम्भावना रहन्छ ।
– दूध दुहीसकेपछि थुनेलोबाट बच्न थुनलाई एन्टिसेप्टीक झोलमा डुबाउनु  पर्दछ । जसले गर्दा थुनको प्वालवाट ब्याक्टेरिया प्रवेश गर्न पाउँदैन ।
– पाडा अथवा बाच्छाद्वारा दूध पगारेर दुहुने भए पाडा वा बाच्छा झिकेपछि फाँचो र थुन राम्रोसँग पानीले सफा गरी दूध दुहुनु पर्दछ ।
– गोठको आसपासको क्षेत्रको वातावरणीय अवस्था सुधार गर्नु पर्दछ ।

३. सफा दूध उत्पादनका व्यवस्थापकिय पक्ष निम्न अनुसार वर्णन गरिएको छ
(क) गाई भैंसीको गोठ व्यवस्थापन
(ख) गाई भैंसीको स्वास्थ्य व्यवस्थापन
(ग) गाई भैंसीको आहारा व्यवस्थापन
(घ) दूध दुहुने व्यक्तीको स्वास्थ्य व्यवस्थापन
(ङ) दूध दुहुने भाँडाको सरसफाई
(च) दूध संकलन तथा ढुवानी व्यवस्थापन

(क) गाई भैंसीको गोठ व्यवस्थापन
–  पशुहरु स्वस्थ्य रहन सफा गोठको महत्व रहन्छ । जसले गर्दा सफा दूध उत्पादनमा सहयोग पुग्दछ ।
– प्रत्येक गाई भैंसीलाई आवश्यकता अनुसार बस्ने ठाउँ दिनु पर्दछ । सफा सुग्घर गोठ नभएमा झिंगा र लामखुट्टेको प्रजनन् केन्द्र बन्न जाने र तिनिहरुको आक्रमणबाट पशुहरुलाई विभिन्न प्रकारको रोगको संक्रमण हुन सक्दछ ।
– गोठमा प्रयाप्त हावाको सञ्चार र उज्यालो छिर्न नसकेको अवस्थामा गोठमा मिथेन ग्याँस, ओसिलोपन, कार्बनडाइअक्साइड र एमोनिया ग्याँसको मात्रा बढ्न गई गाई भंैसीले असुविधा महशुस गर्दछन् र स्वास्थ्यमा प्रतिकुल असर पर्दछ ।
– गोठमा निकासको उचित प्रबन्ध मिलाउनु पर्दछ जसले गर्दा शुक्ष्म जिवाणुको संख्यामा वृद्धि हुन पाउँदैन र सफा दूध उत्पादनलाई सहयोग पुग्दछ ।
– गोठभित्र फोहोर भएको अवस्थामा स्वयं गाई भैंसीको शरीर पनि फोहोर हुने हुँदा सफा दूध उत्पादन गर्न कठिन हुन्छ । झिंगा, लामखुट्टे आदीको पनि प्रकोप बढी हुन्छ । त्यसैले गोठको भूँईको सतह सकेसम्म पक्का र ओभानो हुनु पर्दछ ।
– गोठको भित्री भागमा हावा ओहोर दोहोर ९खभलतष्बितष्यल० हुने प्रयाप्त प्रबन्ध मिलाउनु पर्दछ । जसले गर्दा गोठको भँुई ९ँयियच० ओभानो रहन सहयोेग पुग्दछ ।
– गोठभित्रको मलमुत्र नालामा सजिलैसँग खाडलसम्म बग्ने प्रबन्ध मिलाउनु पर्दछ । पशुहरुलाई बस्नको लागि सुविधायुक्त भुँई हुनु पर्दछ ।
– गोठमा ताजा र सफा पानीको उचित प्रबन्ध मिलाउनु पर्दछ ।
– गोठ सधंै सफा, स्वच्छ र ओभानो राख्नु पर्दछ ।
– भुँईलाई नियमित रुपमा पानीले सफा गर्नु पर्दछ । गोबर राख्ने खाडलमा झिंगा नियन्त्रणको लागि मट्टितेल छर्कनु पर्दछ र गोठभित्र फिनाइल पानीले छर्केर सफा राख्नु पर्दछ ।
– गोठ दैनिक सफा गरीे मलमुत्रको उचित व्यवस्थापन गर्न मललाई गोठभन्दा करिब १०० मिटर टाढा खाडलमा व्यवस्थापन गर्नु पर्दछ ।
– जाडो मौसममा भुँइमा सोत्तर ओछ्याएर पशुलाई न्यानो पार्नु पर्दछ । जसले गर्दा पशुलाई सफा राख्न सहयोग पुर्याउँछ ।

(ख) पशु स्वास्थ्य व्यवस्थापन 
– सबै दुहुना पशुहरुलाई १५ दिनको अन्तरालमा नियमित रुपमा थुनेलो रोगको परिक्षण गराउनु पर्दछ ।
– थुनेलो रोग नियन्त्रणको लागि नियमित रुपमा प्रत्येक पटक दूध दुहिसकेपछि थुनलाई ०.५ देखि १ प्रतिशत आयोडिन झोलमा डुबाउनु ९त्भबत मष्उउष्लन० पर्दछ । पशुको नियमित स्वास्थ्य परिक्षण गराउनु पर्दछ । जसले गर्दा रोगको पहिचान गरी उपचार गर्न सहयोग पुग्दछ ।
– खोरेत, भ्यागुत्ते र चरचरे रोग विरुद्ध नियमित रुपमा खोप लागाउनु पर्दछ ।
–  रोग लागेको गाई भंसीको दूध निरोगी गाई भैंसीको दूधमा मिसाउनु हुँदैन ।
– एन्टिवायोटिक्स प्रयोग भएका गाई भैंसीको दूध पशु चिकित्सकले सिफारिस गरे अनुसार खानको लागि प्रयोग गर्नु हुँदैन । यसमा एन्टिवायोटिक्सको अंश रहने हुँदा दूधको गुणस्तरमा ह्रास आउनुको साथै उपभोक्ताहरुको स्वास्थ्यमा पनि हानी पु¥याउँछ ।
–  पशु दुहेको कम्तीमा १ घण्टासम्म भुँईमा बस्न दिनु हुँदैन र तिनिहरुलाई घाँस पराल दिएर खडै राख्ने प्रयास गर्नु पर्दछ । किनभने दूध दुहेको करिब १ घण्टासम्म थुनको दूध आउने नली खुला रहन्छ र भुँईमा बस्दा जिवाणुको प्रवेश हुन गई थुनेलोको संक्रमण हुन सक्दछ ।
–  पशुबाट मानिसमा सर्ने रोगहरु जस्तै टि.बी. बु्रसेलोसीसका बारेमा बढी ध्यान पु¥याउनु पर्दछ ।

(ग) गाई भैंसीको आहारा व्यवस्थापन 
– पशुलाई आहारा व्यवस्थापन गर्दा आहारा सम्बन्धी आधारहरुलाई ख्याल गरि “ओजन अनुसार भोजन र उत्पादन अनुसारको पोषण” उपलब्ध गराउनु पर्दछ । जस्तै निर्वाहको लागि आहारा, दूध उत्पादनका लागि, शारीरिक वृद्धिका लागि, गर्भावस्थाका लागि र कामको लागि आवश्यक पर्ने शक्ति, प्रोटिन, खनिज तत्व, चिल्लो पदार्थ र भिटामिनको आवश्यक मात्रामा उपलब्ध गराई अधिकतम उत्पादन लिनु पर्दछ ।
– सामान्यतया पशु आहारा व्यवस्थापन गर्दा शक्ति र प्रोटिनको मात्रालाई ख्याल गर्नु पर्दछ । व्यवस्थित रुपमा संचालित गाई÷भैसी फार्महरुमा सन्तुलित दाना बनाई उत्पादन वृद्धिका लागि दुधालु पशुलाई मात्रा मिलाई दाना खुवाउनु पर्दछ । दाना ताजा र स्वच्छ हुनु पर्दछ ।
– अनाज तथा विभिन्न अनाजका उप–पदार्थको मिश्रणबाट तयार पारिएको दाना दूध उत्पादनका आधारमा दैनिक ३.५ देखि ४ के.जी दिन सकिन्छ । यसले १० लिटर ४.५ प्रतिशत घृतांस भएको दूध उत्पादन गर्न आवश्यक पर्ने पोषण तत्व प्रदान गर्दछ ।
–  सन्तुलित दाना कुल दूध उत्पादनको एक तिहाई आवश्यक पर्दछ तर भंैसीको लागि यो मात्रा भन्दा केही बढाउनु पर्दछ । किनभने भैंसीको दूधमा फ्याटको मात्रा बढी हुन्छ । पशु आहारा व्यवस्थापन गर्दा गाईभैंसीको शरीरको तौलको आधारमा गर्नु पर्दछ । गाईको लागि १ के.जी दाना ३ लिटर दूध उत्पादनका लागि र भंैसीको लागि ०.५ के.जी प्रति १ के.जी. दूध उत्पादनका लागि आवश्यक पर्दछ ।
–  उन्नत जातका गाई र भैंसीहरुलाई २.५ देखि ३ के.जी सुख्खा पदार्थ प्रति १०० के.जी जिवित शारीरिक तौलको लागि आवश्यक पर्दछ ।
–  पशुहरुलाई दिइने कुल सुख्खा पदार्थमध्ये एक तिहाई दानाबाट र बाँकी दुई तिहाई सुख्खा पदार्थ घाँस परालबाट पुरा गर्नु पर्दछ ।
–  दूई तिहाई घाँस परालमध्ये कम्तीमा एक तिहाई हरियो घाँसबाट र बाँकी नल पराल तथा भुस्साबाट सुख्खा पदार्थको आपूर्ति गर्नु पर्दछ ।

(घ) दूध दुहुने व्यक्तिको सरसफाईको व्यवस्थापन 
– दूध दुहुने व्यक्तिमा कुनै प्रकारको सरुवा रोग लागेको हुनु हुँदैन ।
–  दूध दुहुने व्यक्तिको कतै पनि खुल्ला घाउँ हुनु हँुदैन जसले गर्दा दूधमा शुक्ष्म जिवाणुको प्रवेश हुन सक्छ ।
– दूध दुहुने मानिसले सफा कपडा लगाउनु पर्दछ र आफू पनि सफा हुनु पर्दछ ।
– दूध दुहुने व्यक्तिले व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्दछ । जस्तै कपाल काट्ने, दाह्री काट्ने र नियमित रुपमा नङ काट्ने गर्नु पर्दछ ।
–  हातलाई सफा साबुन पानीले राम्रोसँग धुने र तौलीयाले पुछेर हात ओभानो पारेर मात्र दूध दुहुनु पर्दछ ।
– दूध दुहुने व्यक्तिले बिडी, चुरोटको सेवन गर्नु हुँदैन, पान चपाउनु हुँदैन र दूध दुहुुने बेलामा थुक्नु हुँदैन ।
–  दूध दुहुने क्रममा छिउँ गर्नु र खोक्नु हुँदैन । मुखमा मास्क लगाउनु पर्छ ।
–  छिटो, प्रभावकारी र निरन्तर रुपमा दूध दुहुन पर्दछ ।
–  दूध दुहुने क्रममा पशुलाई पीडाको अनुभुति हुन दिनु हुँदैन ।
–  दूध दुहुँदा थुनलाई तान्नु हुँदैन निचोरेर ९क्त्रगभभशभ० दूध झार्नु पर्दछ ।
–  दूध फाँचोबाट पूर्ण रुपमा निथार्नु पर्दछ । दूध दुहिसकेपछि त्भबत म्ष्उष्लन गराउनु पर्दछ ।

(ङ) दूध दुहुने भाँडाको सरसफाई 
१) दूध दुहुने बाल्टीनलाई दूध दुहि सकेपछि सफा पानीले धुनु पर्दछ र ओभानो हुने गरी घोप्ट्याएर राख्नु पर्दछ ।
२) बाल्टीन सफा गर्दा बाल्टीनमा रहेको चिल्लो पदार्थ पूर्ण रुपमा हट्ने गरी सफा गर्नु पर्दछ ।
३) काठको दूध दूहुने ढुंग्रो भएमा चर्केको ठाउँमा दूध रहन गई दुर्गन्धित हुने र दूध फाट्नसमेत सक्ने भएकोले सकेसम्म यस्ता चर्केका भाँडाहरु दूध दुहुन प्रयोग गर्नु हँुदैन ।
्र४) दूध दुहुने बाल्टीन खिया नलाग्ने सरसफाइ गर्न सजिलो हुने खालका स्टिल वा आल्मोनियमको हुनु पर्दछ ।
५) कपडाले दूध छानी सकेपछी दूध छान्ने जाली वा कपडालाई सफासँग धोई सुकाएर राख्नु पर्दछ ।

(च) दूध संकलन तथा ढुवानी व्यवस्थापन 
१) दूध संकलन गर्ने स्थान वा कोठा राम्रोसँग सफा गर्नु पर्दछ । दूधलाई झिंगा वा जिवाणुको सम्र्पकबाट जोगाउनु पर्दछ ।
२) दूध संकलन गर्ने क्यान, फ्याट नाप्ने उपकरणहरु र भुँइको सरसफाइमा ध्यान दिनु पर्दछ । सरसफाइ गर्ने उपकरणहरुको काम सकिए पछि सुरक्षित रुपले अलग्गै राख्नु पर्दछ ।
३) कपडाले दूध छानिसके पछि सफा पानीले धुनु पर्दछ र विल्चिङ पाउडरको सहायताले किटाणु रहित बनाई सुकाएर राख्नु पर्दछ  ।
४) क्यानको बिर्को भुँईमा राख्नु हुँदैन ।
५) क्यानको बिर्को राम्ररी कसेर फिट गर्नु पर्दछ । खुकुलो भए नयाँ बिर्को फेर्नु पर्दछ र दूध राखेको क्यान वा बाल्टीन छोपेर राख्नु पर्दछ ।
६) क्यानमा राखेको दूध ट्रक वा ट्याङ्करमा लोड नगर्दासम्म शितल वा ठण्डा स्थानमा राख्नु पर्दछ ।
७) दूध ढुवानी गर्दा हुट भएको ट्रकमा लोड गरेर पठाउनु पर्दछ । सिधा रुपमा घामको ताप पर्दा व्याक्टेरियाको वृद्धि हुन्छ र दूधको गुणस्तरमा ह्रास आउँछ ।
८) दूध ढुवानी गरेको गाडीमा अन्य सामग्री ढुवानी गर्नु हुँदैन । ढुवानी कर्ता ढुक्क हुनु पर्दछ की आफ्नो कारणबाट दूधको गुणस्तरमा ह्रास नहुने र उपयुक्त तरिकाबाट ढुवानी गरेको छु भनेर विश्वस्त हुनु पर्दछ ।
९) दूध संक्रमण हुने बढी सम्भावना संकलन केन्द्रदेखि चिस्यान केन्द्रसम्म ढुवानी गरी लैजाँदा हुन्छ । ढुवानी समय सकेसम्म कम लगाएर दूध दुहेको १ देखि १.३० घण्टाभित्र चिस्यान केन्द्रमा दूध पु¥याउनु पर्दछ । किनकी सामान्य तापक्रममा दूधको आयु २ घण्टादेखि बढीमा ४ घण्टासम्म मात्रहुन्छ त्यसपछि गुणस्तरमा ह्रास हुँदै जान्छ ।
१०) दूध तरल भएको र अधिकतम शुक्ष्म जिवाणुहरुले मन पराउने भएका कारण दूधको गुणस्तरमा खराबी आउन सक्छ त्यसैले दूध उत्पादनदेखि प्रशोधन गर्दासम्म संलग्न हरेक व्यक्तिहरुले ध्यानपुर्वक सरसफाईमा संवेदनशील हुनु पर्दछ । जसले गर्दा दूधको गुणस्तर सामान्य अवस्था रहन सहयोग पुग्दछ ।
११) यदि दूध सफा र स्वच्छ तरिकाबाट उत्पादन गर्न सकिएन भने गुणस्तरका कारण उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने र बजारीकरणमा समेत नकारात्मक असर पार्दछ ।
१२) संक्रमित दूधबाट स्वास्थ्यमा बाधा पर्नुका साथै ठुलो आर्थिक क्षति पनि हुन सक्छ ।
१३) दूधको संक्रमण हरेक मूल्य श्रृंखलामा हुन सक्छ । उत्पादन गर्ने थलोमा, संकलन तथा भण्डारणमा, चिस्यान केन्द्रमा, ढुुवानीमा र प्रशोधन केन्द्रमा ।
१४) दूधमा धेरै प्रकारका आवश्यक पोषण तत्वहरु पाउने हुँदा विभिन्न शुक्ष्म जिवाणु हरुले आक्रमण गर्ने र तिनीहरुको संख्या द्रुत गतिले वृद्धि भई दूधलाई अमिल्याउने काम गर्दछन् र दूधको गुणस्तरमा कमी आउँदछ ।
१५) स्वस्थ गाई भैंसीबाट दूध दुहुँदा संक्रमण हुने सम्भावना कम हुन्छ । गुणस्तर कायम राख्न दूध दुही सकेपछि सरसफाईमा विशेष ध्यान दिनु पर्दछ । स्वच्छ दूध उत्पादनका लागि दुग्ध प्रशोधन केन्द्रको सरसफाई । 
सन्दर्भ सामग्री 

– रुद्रप्रसाद पौडेल 
१.डा.भेषराज भण्डारी, दूध तथा दुग्ध पदार्थ प्रविधि, शैलेशिखर कृषक उत्थान संस्था, हेटौंडा, मकवानपुर २०६३ ।
२.रुद्र प्रसाद पौडेल, सफा दूध उत्पादन प्रविधि, सामुदायिक पशु विकास आयोजना, हरिहर भवन, ललितपुर २०६९ ।
३.साना डेरी उद्योग सञ्चालन पुस्तिका, सामुदायिक पशु विकास आयोजना, हरिहरभवन, ललितपुर २०६५ ।
४.जि.सि.वनर्जी, ए टेक्स्ट बुक अफ एनिमल हसवण्ड्री, कल्यानी पब्लिसर ।५.राजेन्द्र प्रसाद अधिकारी, दुग्ध पदार्थ उत्पादन प्रविधि, ज्ञानज्योति बुक्स पब्लिकेसन, बागबजार, काठमाडौं २०६४

थप समाचार