बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मत्स्य पालनका फाईदा तथा विभिन्न जातका माछामा पाइने पोषण तत्व बारे जानुहोस

आइतबार, असार १० २०८१
7 views
मत्स्य पालनका फाईदा तथा विभिन्न जातका माछामा  पाइने पोषण तत्व बारे जानुहोस

समाचार शेयर गर्नुहोस्

Share this news

मत्स्यपालन व्यवसाय नेपालमा अति संभावना बोकेको थोरै क्षेत्र मध्ये एक हो । यसले लगभग ६ लाखको हारा हारीमा प्रत्यक्ष रोजगारी सिर्जना गरी अरु दशौं लाख मानिसहरुको लागि यो आम्दानीको दरिलो स्रोत बनेको छ । कुल ग्रार्हस्थ उत्पादनमा यसको योगदान १.३३ प्रतिशत छ जुन अबका दिनमा बढ्ने वाला छ । अहिलेको
मत्स्यपालन क्षेत्रमा देखेको द्रुत प्रगतिले यसैको संकेत गर्दछ । माछाको उत्पादन बढेको र उत्पादनलाई बढावा दिने नर्सरी, दाना उद्योग र ह्याचरीहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । हाल देशभर ९२ वटा ह्याचरी, ११९ वटा नर्सरी, ७ वटा दाना उद्योगहरु तथा ४५००० भन्दा बढि पोखरीहरु संचालनमा छन् । तथापी, यो पर्याप्त छैन, उत्पादकत्व अभैm प्रति हेक्टर ५ टन वा सो भन्दा कमै छ, जो छिमेकी देशहरुको भन्दा धेरै गुणा कम पनि हो । परम्परागत तरिकाको मत्स्य पालन विद्यमान रहनु यसको प्रमुख कारण हो । उन्नत प्रविधिहरु, गुणस्तरिय दाना, स्वस्थ भुराहरु तथा उत्पादन कार्यको लागि आवश्यक पर्ने अन्य सामग्रीहरु सहज अझै पनि पर्याप्त हुन सकेका छैनन् । माछाको प्रशोधन तथा प्याकेजिङ्ग गरेर बजारमा लैजाने कुरा पनि एउटा मुख्य चुनौतीको रुपमा रहेको छ । यसले प्रशोधित माछाको आयात केहि वर्ष यता उल्लेख्य रुपमा बढदै गएको छ । माछाको उत्पादनमा बढोत्तरी हुंदाहुदै पनि आन्तरिक बजारको ठूलो हिस्सा आयात मै निर्भर छ । पछिल्लो आंकडाले देखाएअनुसार प्रशोधित माछाको आयात पनि निकैं बढिरहेको छ । उपभोक्ताको स्वास्थ्यप्रतिको सचेतना बढ्दै जानुले हालको प्रति व्यक्ति उपभोग बढ्ने निश्चित छ । त्यसको सोझो अर्थ माछाको माग बढ्नु नै हो । तथापी, बढ्दो मागलाई धान्न अहिलेको उत्पादन पर्याप्त छैन । माछाको सरदर उत्पादकत्व अभैm प्रति हेक्टर ५ टन वा सो भन्दा कमै रहेको पाईन्छ । त्यसैले माछाको उत्पादकत्व बढाउनु अति आवश्यक छ । तर उत्पादकत्वमा बृद्धि ल्याउन त्यति सहज छैन । यसका लागि उन्नत व्यवस्थापन, गुणस्तरिय दाना, प्रविधि र स्वस्थ भुराहरुको प्रयोग अनिवार्य हुन्छ । यिनै कुराहरुको अपर्याप्तता अहिलेको मुख्य समस्या हो र तिनै समस्याहरुलाई अवसर को रुपमा लिएर अगाडी बढ्नु अपरिहार्य छ ।

Capture.JPG

प्रायः मानिस स्वाद लिन माछामासु खान्छन् । माछामासु स्वादलाई मात्र होइन स्वास्थ्यमा समेत निकै फायदाजक हुन्छ । माछामासुमा उच्च पौष्टिकता हुन्छ । जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ । अझ माछामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागी धेरै उपयोगी हुन्छ । किन माछा खानु पर्छ त ?

१. माछामा पाइने ओमेगा–३ नामक बोसोयुक्त एसिडले मानव शरीरमा फाइदा पुर्याउँछ । ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायु निर्माणमा मद्दत पुर्याउँछ । साथै तन्तु निर्माण, विकास र बृद्धिमा ओमेगा ३ एसिडको अनिवार्य रहन्छ ।
आवश्यकता पर्छ ।

 

२. गर्भावस्थामा वा सुत्केरी अवस्थामा आमाले पर्याप्त माछा खाएमा बच्चाहरुको मष्तिक र स्नायु प्रणालीमा वृद्धि विकाशमा मद्दत पुर्याउँछ । जन्मनु अघि आमाको गर्भबाटै डिएचए प्राप्त गर्ने बच्चाले जन्मेपछि आमाको दूधबाट यो तत्व प्राप्त गर्दछन् । तर आमाको दूध नखाने वा बट्टा बन्द दूध खाने बच्चाहरुले यो पोषण पाउदैनन् । यसले बच्चाहरुको मस्तिष्क र दृश्यशक्ति कम हुने संभावना रहन्छ ।

 

३. नियमित माछा वा मााछाको तेल खाएमा दम रोगको जोखिम कम भएर जान्छ । माछाको तेलको सेवनले फोक्सोको विभिन्न रोगहरुमा समेत उपयोगी हुन्छ । साथै शरीरमा आउने एलर्जीबाट बचाउन पनि माछाको सेवन लाभदायी रहन्छ ।

४. एक अध्ययनमा मष्तिक बोधो भएका, सामान्य ब्यवहारिक कार्य गर्न नसक्ने र लेखपढ गर्न समस्या भएका (डिस्प्राक्सिया, डिस्लेक्सियाजस्ता रोगका)बच्चाहरुलाई नियमित माछाको तेल खुवाउँदा सकारात्मक असर पाइएको थियो ।

५. किशोरावस्थामा हुने तनाव, आक्रमकता र आक्रोश नियन्त्रणमा पनि माछाको सेवन निकै लाभदायी रहन्छ । एक अध्ययन अनुसार शरीरमा पर्याप्त मात्रामा ओमेगा–३ को आपूर्ति भएका किशोरहरुमा तनावग्रस्त अवस्थामा पनि आक्रमकता तथा आक्रोशको भावना कम हुने पाइएको थियो ।

६ बुढ्यौली अवस्थाका मानिसमा समेत माछाको सेवन लाभदायी हुन्छ । विशेष गरी ५० बर्षपछिको उमेरमा देखापर्ने रोग नियन्त्रणमा पनि माछाको सेवन उपयोगी हुन्छ । कतिपय अवस्थामा क्यान्सर तथा हृदयरोगहरुमा समेत माछाको सेवनले फाइदा पुर्याउँछ ।

७. धुम्रपानको लत भएका मानिसमा समेत माछाको सेवन लाभदायी हुन्छ । साता ३/४ पटक सम्म माछा खाएमा धुम्रपानका कारण निम्तिने रोगहरुबाट बच्न मद्दत गर्दछ । माछा खानेहरुमा ब्रोङकाइटिस, दमजस्ता रोगहरुको असर कम हुन्छ ।

विभिन्न माछा मा पाईने पोषण तत्वहरु.JPG
स्रोत: Bangladesh Journal of Fisheries

 

रेन्बो त्रुट मा पाइने तत्वहरु.JPG
Source: USDA
कार्प मा पाइने तत्वहरु.JPG
Source: USDA 

सन्दर्भ सामाग्रीहरु 

१. व्यावसायिक माछा पालन प्रविधि पुस्तिका, PMAMP, Bara |

२.माछापालन प्रविधि , पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय , विराटनगर |

थप समाचार