बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

घिरौंला खेती गर्ने तरिका, प्रविधी र जानकारी

सोमबार, असार ११ २०८१
9 views
घिरौंला खेती गर्ने तरिका, प्रविधी र जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

घिरौंला खेती किसानहरुको लागि तरकारी खेती गर्ने सहज आम्दानीको अर्को राम्रो श्रोत पनि हो । अहिले यसलाई व्यवसायिक रुपमा खेती गर्ने प्रचलन बढ्दो छ । विशेष गरी उन्नत जातको घिरौंला लगाएर राम्रो आम्दानी गर्न सकिन्छ । अहिले विभिन्न जातका घिरौंलाहरु पाइन्छन् । तपाईँले आफ्नो भुगोल, हावापानी  र आवश्यकता अनुसार छनोट गर्न सक्नुहुन्छ । 

जातहरु
कान्तिपुरेः योजातका फल हल्का हरिया र ७५ देखि ९० सेमी लामा हुन्छन । बिउ रोपेको ९० देखि ९५ दिनमा पहिलो फल लिन लायक हुन्छन । यो जात मध्य पहाडी क्षेत्रमा खेती गर्नको लागि सिफारिस गरिएको छ ।

न्यू नारायणी F1: यो बर्णशङ्कर र अगौटे जात हो । लहराको लम्बाई ३५०– ४०० सेमी हुन्छ । बिउ रोपेको ५०–५५ दिनमा यसले पहिलो फल दिन्छ । यो जातका फलहरु लामा, ६० देखि ७० सेमीसम्म हुन्छन । यो जात तराई तथा मध्य पहाडमा खेती गर्नका लागि सिफारिस गरिएको छ ।

हावापानी र माटो
घिरौंला गृष्म–बर्षा यामको लहरे तरकारी बाली हो । २५ देखि ३० डिग्री सेल्सियस तापक्रम र प्रयाप्त आद्रता भएमा यसको खेती राम्रो हुन्छ । यसले तुसारो सहन सक्दैन । ३८ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम र उच्च आद्रता भएमा लहराको वृद्धि तिब्र गतिमा हुन्छ, भाले फुलको सङ्ख्या बढ्दछ र बोटको उत्पादकत्व घट्छ ।

कम तापक्रम, छोटो दिन र उच्च सापेक्षिक आद्रताको अवस्थामा पोथी फुलको सङ्ख्या बढ्दछ । धेरै किसिमका माटोमा घिरौँलाको खेती गर्न सकिन्छ । बढी उत्पादन लिन निकासको राम्रो ब्यबस्था भएको, प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे
दोमट वा दोमट माटो उत्तम हुन्छ । यसको खेतीको लागि माटोको पी.एच. मान ५.५–६.५ भएमा उपयुक्त हुन्छ ।

रोप्ने समय
उच्च पहाडः बैशाख – जेष्ठ
मध्य पहाडः फाल्गुण – जेष्ठ
तराई तथा खोंच÷बेसीः माघ – जेष्ठ

बिउ र बेर्ना
१००–१२५ ग्राम बिउ वा १२५–१७० बेर्ना प्रति रोपनी (२००० – २५०० ग्राम बिउ वा २५०० – ३४०० बेर्ना प्रति हेक्टर)

रोप्ने दुरी
२०० सेमी x २०० सेमी (लाईन–लाईन x बोट–बोट)

मलखाद
घिरौंला खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

1.JPG


नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजनलाई आधा आधा गरेर लहरा छुट्न थालेपछि र फुल फुल्न थालेपछि टपड्रेस गर्नुपर्दछ ।

274239011_1696275690738523_6131746522141225979_n.jpg
undefined

गोडमेल र सिँचाई
सिधै बिउ रोपेको बालीमा बेर्ना उम्रेर २–३ पाते भएपछि हल्का गोडमेल गरी सिँचाईको कारण जमेको माटो खुकुलो बनाईदिनुपर्दछ जसले गर्दा जराको राम्रो वृद्धिविकास हुन्छ ।

बोटबाट लहरा छुट्न थालेपछि नाइट्रोजन मलको पहिलो टपड्रेस गरी बोटको वरिपरी हल्का माटो चडाईदिनुपर्दछ । त्यसैगरी बिरुवामा फुलखेल्न थालेपछि दोश्रो पटक नाइट्रोजन मल टपड्रेस गर्नुपर्दछ ।

यसपछि फल टिप्न थालेपछि हरेक दोस्रो फल टिपाईपछि माथिअनुसारकै मात्रामा नाईट्रोजन मल टपड्रेस गरेमा उत्पादन बढाउन
सकिन्छ । यसका अलावा हरेक पटक फल टिपेपछि गाईभैंसीको गहुँत १ भागमा ४ भाग पानी मिसाएर बनाएको झोल १ देखि २ चियागिलास प्रतिबोटको दरले हाल्नु राम्रो हुन्छ ।

घिरौंला बालीमा थांक्रा दिनु अनिबार्य हुन्छ । यसरी थांक्रा दिंदा माथितिर मात्र चढ्नेगरी अग्ला थांक्रा दिनुभन्दा जमीनबाट ७–८ फिटमाथि बाँसको भाटा वा डोरीले टाँड बनाएमा गोडमेल गर्न तथा फल टिप्न सहज हुन्छ ।

पोथी फुलको सङ्ख्या र उत्पादन बढाउन ईथेफोन हर्मोनको २०० मिलिग्राम प्रति लिटर पानीको झोल बनाई ४ पाते बोट भएको अवस्थामा छर्कनु उपयुक्त हुन्छ ।


गर्मी मौसमको बालीमा प्रसस्त सिँचाईको आवश्यकता पर्दछ । माटोको सुख्खापन हेरी ७ देखि १० दिनको फरकमा सिँचाई दिनुपर्दछ । बिरुवामा मल राखेर गोडमेल गरेलगत्तै हलुका सिँचाई गर्नु आवश्यक हुन्छ । बर्षा मौसमको बालीलाई सिँचाई दिनुपर्दैन तर पानीको निकासको व्यवस्था गर्नुपर्दछ । फुल फुल्ने समयलाई सिँचाईका हिसाबले संवेदनशील अवस्था
मानिन्छ । यो अवस्थामा पानीको कमी भयो भने उत्पादन ठुलो मात्रामा घट्न सक्छ ।

उत्पादन
घिरौंलाका फलहरु नछिप्पिँदै टिप्नुपर्दछ । फुल फुलेको१२ देखि १५ दिनमा फल टिप्न लायक हुन्छन । फल टिप्दा कलिलो फलसँगै अलिकति भेट्नो समेत काट्नु उपयुक्त हुन्छ । उपयुक्त जात र व्यवस्थापन गरिएको बालीबाट सरदर १००० देखि १५०० केजी प्रति रोपनी वा २० देखि ३० टन प्रति हेक्टर सम्म उत्पादन लिन सकिन्छ ।

बाली संरक्षण
काँक्रोमा लाग्ने किरा तथा रोगहरूनै घिरौलामा पनि लाग्ने हुनाले काँक्रोमा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने ।

स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटार

सम्बन्धित विषय

थप समाचार