बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जुनसुकै ठाउँमा फलाउन सकिने फर्सी खेती प्रविधि

सोमबार, असार ११ २०८१
14 views
जुनसुकै ठाउँमा फलाउन सकिने फर्सी खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

जातहरु : सोनार ०२२ः यो २०६६ सालमा पञ्जीकृत बर्णशङ्कर जात हो । बिउ रोपेको ७५ देखि ८० दिनमा फल टिप्न सकिन्छ । उत्पादन क्षमता ५५ टन प्रति हेक्टर भएको यो जात नेपालको तराई क्षेत्रमा खेती गर्नका लागि सिफारिस गरिएको छ ।

स्थानीय जातहरुः स्थानीय जातका फर्सीका लहरा लामा, फल खण्ड खण्ड परेका, फलका भेट्ना पाटापाटा परेका, पात गाढा हरिया, गोलाकार र पातको नशामा सेता थोप्लाहरु भएका हुन्छन । फलका आकारका आधारमा फर्सीलाई जाँते (गोला थेप्चा आकारका) र मादले (लाम्चो मादल आकारका) गरी बर्गीकरण गर्न सकिन्छ ।

हावापानी र माटो
सामान्यतया फर्सी गर्मी मौसमको लहरे बाली भएकोले यसको लागि दिनको तापक्रम २५ देखि ३० डिग्री सेल्सियस र रातको तापक्रम १८ देखि २० डिग्री सेल्सियस उपयुक्त हुन्छ । यसले तुसारो सहन सक्दैन तर केही हदसम्म चिसो सहन सक्छ । प्रसस्त आद्रता र पहारिलो घाम भएमा उत्पादन राम्रो हुन्छ ।

परिपक्व हरिया फल १० डिग्री सेल्सियस भन्दा तलको तापक्रममा राखेमा बिग्रन थाल्दछन । ४० डिग्री सेल्सियस भन्दा माथिको
तापक्रममा फुल फुल्ने तथा परागसेचन क्रियामा नकारात्मक असर पर्दछ । धेरै किसिमका माटोमा फर्सीको खेती गर्न सकिन्छ । बढी उत्पादन लिन पारिलो, निकासको राम्रो ब्यबस्था भएको, प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे दोमट वा दोमट माटो उत्तम हुन्छ । यसको खेतीको लागि माटोको पी.एच. मान ५.५–६.८ भएमा उपयुक्त हुन्छ ।

रोप्ने समय
उच्च पहाडः बैशाख – जेष्ठ (आद्र र न्यानो क्षेत्रहरुमा मात्र, बिउ वा बेर्ना रोप्न सकिने)
मध्य पहाडः फाल्गुण – बैशाख (सिधै बिउ वा बेर्ना रोप्न सकिने)
तराई तथा खोंच/बेसीः माघ – फाल्गुण (सिधै बिउ वा बेर्ना रोप्न सकिने)

plants.2021-02-25-11-02-13.jpeg
undefined

बिउदर
१०० – १२५ ग्राम बिउ वा १२५ बेर्ना प्रति रोपनी (२००० – २५०० ग्राम बिउ वा २५०० बेर्ना प्रति हेक्टर)

रोप्ने दुरी
२०० सेमी x २०० सेमी (लाईन–लाईन x बोट–बोट)

मलखाद
फर्सी खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

11111.JPG

 
नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजन लाई आधा आधा गरेर लहरा छुट्न थालेपछि र फुल फुल्न थालेपछि टपड्रेस गर्नुपर्दछ ।

गोडमेल र सिँचाई
सिधै बिउ रोपेको बालीमा बेर्ना उम्रेर २–३ पाते भएपछि हल्का गोडमेल गरी सिँचाईको कारण जमेको माटो खुकुलो बनाईदिनुपर्दछ जसले गर्दा जराको राम्रो वृद्धिविकास हुन्छ । बोटबाट लहरा छुट्न थालेपछि नाइट्रोजन मलको पहिलो टपड्रेस गरी बोटको वरिपरी हल्का माटो चडाईदिनुपर्दछ ।

त्यसैगरी बिरुवामा फुलखेल्न थालेपछि दोश्रो पटक नाइट्रोजन मल टपड्रेस गर्नुपर्दछ । यसका अलावा हरेक पटक फल टिपेपछि गाईभैंसीको गहुँत १ भागमा ४ भाग पानी मिसाएर बनाएको झोल १ देखि २ चियागिलास प्रतिबोटको दरले हाल्नु राम्रो हुन्छ ।

फर्सीलाई थांक्रा दिनुपर्दैन तर फल माटोको सिधा सम्पर्कमा नआओस भन्नका लागि छापो राख्नु उपयुक्त हुन्छ । फर्सीको मुख्य लहरा तीन आख्ला भन्दा माथि बढिसकेपछि मुन्टो चुँडेर शाखा लहरा फैलाएमा लहराको लम्बाई कम तर उत्पादन बढी लिन सकिन्छ ।

गर्मी मौसमको बालीमा प्रसस्त सिँचाईको आवश्यकता पर्दछ । माटोको सुख्खापन हेरी ५ देखि ७ दिनको फरकमा सिँचाई दिनुपर्दछ । बिरुवामा मल राखेर गोडमेल गरेलगत्तै हलुका सिँचाई गर्नु आवश्यक हुन्छ । बर्षा मौसमको बालीलाई सिँचाई दिनुपर्दैन तर पानीको निकासको व्यवस्था गर्नुपर्दछ ।

फुल फुल्ने समयलाई सिँचाईका हिसाबले संबेदनसिल अवस्था मानिन्छ । यो अवस्थामा पानीको कमी भयो भने उत्पादन ठुलो मात्रामा घट्न सक्छ । फर्सी पाक्ने बेलामा भनेसिँचाई बन्द गर्नुपर्दछ ।

उत्पादन
फर्सीमा हरिया मुन्टा, हरियो फल वा पाकेका फललाई उत्पादनको रुपमा लिन सकिन्छ । हरिया मुन्टा धेरै टिपेमा फल कम हुन्छ । हरियो फलको आकर्षक रङ र आकारका हुनासाथ टिपिन्छ भने ढुवानी वा भण्डारण गर्ने फलहरु अलि पाकेपछि मात्र टिप्नुपर्दछ । बेर्ना रोपेको ८० देखि ८५ दिनपछि हरियो फल टिप्नलायक हुन थाल्दछन । औसतमा २००० देखि ३००० केजी
प्रति रोपनी वा ४० देखि ६० टन प्रति हेक्टर सम्म हरियो फलको उत्पादन लिन सकिन्छ ।

बाली संरक्षण
काँक्रोमा लाग्ने किरा तथा रोगहरूनै फर्सीमा पनि लाग्ने हुनाले काँक्रोमा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने ।

स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटार

सम्बन्धित विषय

थप समाचार