जातहरु असारे स्क्वासः यो अगौटे जात हो । यसका फल खैरा, हरिया र बेलनाकार हुन्छन । बिउ रोपेको ६० देखि ८० दिनमा फल टिप्न सुरु हुन्छ । यो जात तराई देखि मध्य पहाड सम्म खेती गर्नका लागि सिफारिस गरिएको छ ।
ग्रे जुकिनीः यो पनि अगौटे जात हो । बिउ रोपेको ४५ दिनदेखि फल लिन सकिने यो जातका फल खैरो रङका हुन्छन । फलको टुप्पो तिरको भाग केही मोटो हुन्छ । यो जात तराई देखि मध्य पहाड सम्म खेती गर्नका लागि सिफारिस गरिएको छ ।
सोन्डो भिः यो २०६६ सालमा पञ्जीकृत बर्णशङ्कर जात हो । बिउ रोपेको ३८ देखि ४३ दिनमा फल टिप्न सकिने यो जातको उत्पादन क्षमता २५ टन प्रति हेक्टर छ । यो जात तराई तथा पहाडमा खेती गर्नका लागि सिफारिस गरिएको छ ।
हावापानी र माटो जुकिनी न्यानो र सुख्खा मौसमको फर्सी समूहको बाली हो । यसको बोट र फलको राम्रो वृद्धि विकासको लागि २४ देखि २७ डिग्री सेल्सियस तापक्रम र कम सापेक्षिक आद्रता आवश्यक पर्दछ । यसले तुसारो सहन सक्दैन । तापक्रम बढी भएमा भाले फुलको सङ्ख्या बढ्छ भने आद्रता बढी भएमा फल कुहाउने औँसा तथा ढुसीजन्य रोगहरुको प्रकोप बढ्छ ।
सिँचाई तथा निकासको राम्रो व्यवस्था भएको र प्रसस्त प्राङ्गारिक पदार्थ भएको बुर्बुराउँदो माटो जुकिनी खेतीका लागि उपयुक्त हुन्छ । यसको खेतीको लागि माटोको पी।एच। मान ६।०–६।५ भएमा राम्रो हुन्छ ।
रोप्ने समय मध्य पहाडः फाल्गुण – चैत्र तराई तथा खोंच/बेसीः माघ – चैत्र
बिउदर १००–१५० ग्राम बिउ वा ५०० बेर्ना प्रति रोपनी ९२०००–३००० ग्राम बिउ वा १०००० बेर्ना प्रति हेक्टर०
रोप्ने दुरी १०० x १०० सेमी (लाईन–लाईन x बोट–बोट)
मलखाद जुकिनी खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।
नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजनलाई आधा आधा गरेर बेर्ना रोपेको २० देखि २५ दिनपछि र फुल खेल्न थालेपछि टपड्रेस गर्नुपर्दछ ।
गोडमेल र सिँचाई जुकिनीलाई कम्तिमा दुई पटक गोडमेल गर्नैपर्छ । पहिलो गोडमेल बिरुवा ६/७ पाते भएपछि र दोस्रो बिरुवामा फुल खेल्न थालेपछि गर्नुपर्दछ । दुवै गोडमेलमा सिफारिस मात्रामा नाईट्रोजन मल माटोमा मिलाई बोटमा माटो चढाउनुपर्दछ । गोडमेल गर्दा जरा र काण्डमा चोट नलागोस भनेर साबधानी अपनाउनुपर्दछ ।
गर्मी मौसमको बाली भएकाले जुकिनीलाई प्रसस्त सिँचाईको आवश्यकता पर्दछ । माटोकोसुख्खापन हेरी ५ देखि ७ दिनकोफरकमा सिँचाई दिनुपर्दछ । बिरुवामा मल राखेर गोडमेल गरेलगत्तै सिँचाई गर्नु आवश्यक हुन्छ ।
उत्पादन बेर्ना रोपेको ४५ देखि ६० दिनमा जुकिनीको फल टिप्न सकिन्छ । त्यसपछि हरेक हप्ता फल टिप्न सकिन्छ । राम्रो व्यबस्थापन गरिएको बालीबाट सरदर ३००० देखि ४००० केजी प्रति रोपनी वा ६० देखि ८० टन प्रति हेक्टर सम्म उत्पादन लिन सकिन्छ ।
बाली संरक्षण काँक्रोमा लाग्ने किरा तथा रोगहरूनै जुकिनीमा पनि लाग्ने हुनाले काँक्रोमा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने ।