बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मत्स्य पालनको लागि पानीको गुणस्तर

सोमबार, असार ११ २०८१
6 views
मत्स्य पालनको लागि पानीको गुणस्तर

समाचार शेयर गर्नुहोस्

Share this news

माछाको बृद्धि जांच तथा स्वास्थ्य जांच

पालिएका माछाहरुको अवस्था कस्तो छ राम्रो संग फस्टाएको छ÷छैन जान्नका लागि र आवश्यक दानाको मात्रा निर्धारण गर्न अत्यावश्यक हुन्छ । जांच गर्दा सबै जात र साइजको माछाको प्रतिनिधित्व हुने गरी १० देखी २० गोटा सम्म माछाको नमुना लिएर त्यसको तौल र साइज लिनु पर्दछ । बृद्धि जांच गरे पछि पोखरीमा भएको सम्पुर्ण माछाको तौल अनुमान गर्न सकिन्छ र त्यसै अनुसार दानाको मात्रा निकाल्न सकिन्छ। माछाको बृद्धि जांच गर्दा स्वास्थ्य जांच पनि गर्नु पर्दछ । माछामा घाउ खटिरा वा अन्य असामान्य अवस्था देखिएमा रोग लागेको हुन सक्छ । यस्तो अवस्थामा प्राविधिक सल्लाह अनुसार उपचार गर्नु पर्दछ ।


मत्स्य पालनको लागि पानीको गुणस्तर

प्रभावकारी र लाभदायक माछापालनको लागि पोखरीमा उपयुक्त वातावरणको आवश्यकता पर्दछ । माछा पानीमा रहने प्राणी भएकोले यसको बांच्ने अवस्था, बृद्धि तथा प्रजनन् पानीको गुणस्तरमा भर पर्दछ । पोखरीमा पालिएका माछाहरुको आहारा लगायत पानीको गुणस्तर सम्बन्धी अन्य आवश्यकता पुरा भएको अवस्थामा पानीमा घुलित अक्सिजनको मात्राले सघन मत्स्य पालनको बृद्धि र उत्पादनलाई नियन्त्रण गर्दछ । सामान्य अवस्थामा माछा पालन गरिएका पोखरीहरुको उत्पादन व्यवस्थापनको आधारमा एउटा निश्चित वहन क्षमता हुन्छ । जुनसुकै माछा पालन प्रणालीमा उत्पादनको लागि गरिने सम्पुर्ण कृयाकलाप (माछँ स्टकिङ्ग, दाना, मलको प्रयोग) बाट पानीको गुणस्तर र माछाँ बृद्धिमा प्रतिकुल प्रभाव नपरी अधिकतम परिमाणमा माछा राख्न वा पाल्न सकिने अवस्था नै पोखरी वहन क्षमता हो । सघन माछा पालनमा पोखरीको वहन क्षमतामा चांडै नै प्राप्त हुने र त्यस भन्दा माथि माछा पालन गर्दा अक्सिजनको मात्रा कम हुन गई माछा मर्ने सम्भावना रहन्छ । पोखरीको वहन क्षमता बढाई पोखरीमा माछाको उत्पादकत्व बढाउन निश्चित अवधिमा सघन मत्स्य पालनबाट अधिकतम प्रतिफल लिन पोखरीको पानीको थप व्यवस्थापनमा ध्यान पुर्याउनु पर्दछ । सुहाउंदो वातावरणले कुनै पनि जीवको विकासमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ । माछा जलचर प्राणी भएकोले पानी र त्यसको वरिपरिको वातावरण माछालाई सुहाउंदो हुनु पर्दछ । प्राकृतिक रुपमा जलाशयको अवस्था खास फरक नपरे पनि जलाशयलाई माछा पालनको लागि प्रयोग गर्दै जांदा माछा लगायतका जलिय जीव तथा विविध सामग्रीको प्रयोगले पानीको वातावरणको सन्तुलन बिग्रदै जान्छ । यस्तो अवस्थामा व्यवसायिक रुपमा माछापालन गर्दा आशा गरे अनुसारको फाइदा भैरहेको हुंदैन । तसर्थ माछा पालन गर्दा मत्स्य उत्पादकले पानीको (वातावरण) गुणस्तरमा ह«ास नआउने गरी माछाको लागि उपयुक्त अवस्थाको निर्माण गर्नु पर्दछ ।
माछाको बृद्धि जाँचद्धछ|
हाम्रो चासोको विषय पानीको वातावरण हो जसलाई असर पार्ने मुख्यतया तीनवटा गुणहरु छन् । ती हुन्ः

१. पानीको भौतिक गुण
२. पानीको रसायनिक गुण
३. पानीको जैविक गुण

माछा उत्पादनकर्ताको मुख्य ध्यान पानीको रसायनिक र जैविक गुणमा सुधार ल्याउने हुनु पर्दछ भने भौतिक गुण जग्गा छनौट, पोखरीको आकार निर्माण तथा बाह्य प्राकृतिक वातावरणमा बढी भर पर्दछ ।

१. पानीको भौतिक गुणहरु

(क) सुर्यको प्रकाश

माछा पानीमा बस्ने प्राणी हो र पानीमा भएका सम्पुर्ण जिवित वस्तुलाई उर्जा चाहिन्छ । सुर्यको प्रकाश उर्जाको प्रमुख श्रोत हो । माछा पालनको लागि लामो समय सम्म उज्यालो हुने गरी सुर्यको प्रकाश पोखरीमा पर्नु पर्दछ जसको सहायताबाट वनस्पतिहरुले प्रकाश संश्लेषण क्रियाद्वारा खाना उत्पादन गरी आफ्नो संख्या बढाउंछन् । (पानीमा प्रकाश बढी भन्दा बढी पर्नका लागि डिलमा झांगिएका रुख हुन दिनु हुंदैन तथा पोखरी सकभर पुर्व पश्चिम लम्बाईमा बनाउनु पर्दछ । यस क्रियाद्वारा निस्केको अक्सिजन माछाले सास फेर्न प्रयोग गर्दछ । सुर्यको प्रकाश दिउंसो बढी हुन्छ । सोही अनुसार दिउंसो प्रकाश संश्लेषण, अक्सिजनको उत्पादन र खपत पनि बढी हुन्छ । धमिलो वा धेरै मलिलो पानीमा सुर्यको प्रकाश पानीमा धेरै तल जान सक्दैन । सेचिडिस्क मानको दुई गुना सुर्यको प्रकाश पोखरीमा पस्न सक्दछ जसलाई प्रकाश क्षेत्र भनिन्छ र पोखरीमा यो नै प्रमुख उत्पादन क्षेत्र हो ।

ख) तापक्रम

तराईको लागि सिफारिस गरिएका उन्नत जातका माछाहरु १८ देखि ३२ डिग्री से. मा बढ्न सकेता पनि २६ देखि ३२ डिग्री से. तापक्रम भएमा राम्ररी फस्टाउंछ । पोखरीको पानीको तापक्रम सुर्यको प्रकाश र वायुको तापक्रममा भर पर्दछ । त्यसैले गर्मी र वर्षातमा माछाको बृद्धि बढी हुन्छ । माछाले पानीको तापक्रम अनुसार आफ्नो जिउको तापक्रम मिलाउने गर्दछ । माछाको तापक्रम पानीको तापक्रम अनुसार विस्तारै विस्तारै घटबढ हुने गर्दछ । तर पानीको तापक्रम एक्कासी (५ डि.से.भन्दा बढी) परिवर्तन भएमा माछा मर्न पनि सक्दछ । तसर्थ माछा ओसार पसार गर्दा एकै चोटी एउटा बातावरणबाट अर्को वातावरणमा पठाउनु हुंदैन । गर्मीयाममा पानीमा रसायनिक र जैविक क्रियाकलाप बढ्दै जान्छ र प्रत्येक १० डि.से. पानीको तापक्रममा भएको परिवर्तनले माछाको क्रियाकलाप तथा पोखरीमा अन्य क्रियाकलापलाई दुई गुणा घटबढ गर्न सक्दछ । गर्मीयाममा पोखरीको माथिल्लो सतहको पानी तातो हुन्छ । जसले गर्दा पानी हलुका हुन्छ भने पोखरीको तलको पानी चिसो नै हुन्छ । यसरी गहिरो पोखरीको माथिल्लो सतहको पानी निकै तात्दा समेत माछालाई खास असर गर्दैन किनकी माछा अनुकुल तापक्रम भएको गहिराईमा गएर बस्न सक्दछ र गहिराई कम भयो भने माछा मर्न सक्छ |

(ग) कार्वनडाईअक्साईड

माछाले सांस फेर्दा पानीमा घुलित अक्सिजन लिन्छ भने कार्वनडाईअक्साईड बाहिर फाल्छ । पानीमा पर्याप्त अक्सिजन भएको अवस्थामा कार्वनडाईअक्साईड बढी भए पनि माछा बांच्न सक्दछ तर अक्सिजन कम र कार्वनडाईअक्साईड ग्यांस बढी भएमा माछा मर्न सक्दछ । घाम लागेको अवस्थामा पानी भित्र रहेका वनस्पतीजन्य जीवले आफ्नो खाना बनाउंदा (फोटोसेन्थेथिस) कार्वनडाईअक्साईडको प्रयोग गर्दछ र अक्सिजन पानीमा छोड्छ, तर राती फोटोसेन्थेथिस प्रक्रिया नहुंदा कार्वनडाईअक्साईड ग्यांस बढी मात्रामा हुन्छ र अक्सिजन ग्यांस थोरै मात्रामा हुने हुनाले माछा सतह माथी आई प्याक प्याक गर्दछ र यो अवस्था बढी समयसम्म रहेमा माछा मर्दछ ।

(घ) पानीको कठोरता

कुनै पनि पानी बगेरे पोखरीमा खस्दा बग्ने क्रममा ढुंगा, इट्टा, चट्टान, आदि संग ठोकिएर त्यसमा घुलित पदार्थ लवणहरु पानीमा मिसिन्छ । त्यही लवणले पानीलाई कठोर बनाउंदछ । साधारणतया कठोर पानी माछा पालनको लागि उपयुक्त मानिन्छ । पानीको कठोरताले पोखरीमा प्राकृतिक आहारा उत्पादनमा सहयोग गर्दछ । पानीको कठोरता घुटेको अवस्थामा पोखरीमा चुनको प्रयोग गर्नु पर्दछ ।

(ङ) पानीको क्षारीयता

पानीलाई कठोर बनाउने लवणहरु, कर्बोनेट बाईकार्वोनेट तत्वहरुको उपस्थितिले गर्दा पानीलाई क्षारीय बनाउंदछ । त्यसैले पानीको कठोरता र क्षारीयता धेरैजसो समान हुने गर्दछ । पानीमा रहेको क्षारीयताले पानीलाई अम्लिय हुन नदिने हुंदा माछालाई फस्टाउने वातावरण बनाउन सहयोग गर्दछ ।

घ. पानीको जैविक गुणहरु

जिउंदो पानीमा विभिन्न किसिमका जैविक क्रियाहरु चलिरहेको हुन्छ तथा विभिन्न किसिमका जिवहरु हुन्छन् । ती मध्ये वनस्पतिहरु प्रारम्भिक उत्पादकर्ता हुन भने प्राणीहरु उपभोक्ता हुन् । पोखरीमा सुक्ष्म वनस्पतिको उपस्थिति आवश्यक हुन्छ जसले गर्दा पोखरीमा जीवहरुको आहार चक्र चल्नमा मद्दत गर्दछ तथा अक्सिजन प्राप्त हुन्छ । फलस्वरुप विभिन्न सतहमा विभिन्न किसिमका माछाका आहारहरु जस्तैः फाइटोप्लांङ्गटन, जुप्लांङ्गटन, गड्यौला, आदिको उत्पादन भई माछा उत्पादनमा मद्दत पुर्याउदछ। प्राकृतिक आहारको साइज, किसिम र संख्या माछाले खान सक्ने खालको छ भने त्यसले माछालाई बढ्नमा मद्दत पुर्याउदछ तर प्राकृतिक आहार र जलिय जीवहरु ठूलो र अनुत्पादक भएको अवस्थामा पानीको गुणस्तरलाई ह्रास गर्नुको साथै माछा उत्पादनमा नकारात्मक असर पर्दछ । 

ङ) एरिएसनले अन्य विषालु ग्यास, बढी भएको नाईट्रोजन, कार्वनडाईअक्साईडलाई पोखरीबाट वायुमण्डलीय वातावरणमा पठाउन मद्दत गर्दछ र पोखरीको वातावरणमा सुधार गर्दछ ।

एरिएटरका प्रकारहरु
पोखरीमा वायु प्रवाह गर्नको लागि पांच प्रकारका एरिएटरहरु चलनमा रहेको पाईन्छ ।
१. पेडल व्हिल एरिएटर (paddle wheel aerator
२. इम्पेलर एरिएटर  (impeller aerator)
३. पम्प स्प्रेयर एरिएटर (pump sprayer aerator)
४. भुिर्टकल पम्प एरिएटर  (vertical pump aerator)
५. डिप्mयुजर वा पानी भित्र हावा (air diffuser)

स्रोत: व्यवसायिक माछापालन प्रविधि पुस्तिका, PMAMP, Bara |


थप समाचार