बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तरकारीको नर्सरी स्थापना र व्यवस्थापन कसरी गर्ने ?

बुधबार, असार १३ २०८१
8 views
तरकारीको नर्सरी स्थापना र व्यवस्थापन कसरी गर्ने  ?

समाचार शेयर गर्नुहोस्

Share this news

विभिन्न किसिमका तरकारीहरुलाई विभिन्न तरीकाबाट रोप्ने वा लगाउने गरिन्छ । प्रसारणको आधारमा तरकारी
वालीलाई निम्न किसिमले बर्गीकृत गर्न सकिन्छ ।

- सोझै वीउ छर्ने :
यस तरीकावाट खेतवारी तयार गरी सकेपछि तरकारीको वीउलाई सोझै खेतमा छर्ने गरिन्छ, जस्तैः गाजर, वोडी, सिमी, मूला, चम्सुर, पालुङ्घो, सलगम, केराउ, रामतोरीया आदि ।

- अलैगिंक तरीकाबाट :
यस तरीकाद्धारा केसरा, गानो, लहरा आदिवाट वोट सार्ने काम गरिन्छ । जस्तैः लसुन, पिंडालु, अदुवा, वेसार, आलु, परवल आदि ।

- बेर्ना उत्पादन गरी सार्ने :
यस तरीकाद्धारा विउलाई वेर्ना तैयार गरेपछि स्थाई स्थानमा सार्ने काम गरिन्छ । जस्तैः काउली, वन्दा, गोलभेडा, भण्टा, खुर्सानी, रायो, आदि ।

बेर्ना उत्पादन गरि सार्दा हुने फाईदाहरु :
 - महँगो वीउको बचत हुन्छ ।
 - ब्याडको क्षेत्रफल सानो हुने हुँदा वेर्नाको हेरचाह गर्न सजिलो हुन्छ ।
 - प्रतिकुल अवस्थामा पनि बेर्ना उत्पादन गर्न सकिन्छ ।
 - बेर्ना सार्ने उचित मौसम तयार नभएमा वेर्ना सार्ने काम केही पछि सार्न सकिन्छ ।
 - जमीनको उचित सदुपयोग हुन्छ ।
 - वाली वढ्ने सन्तोषजनक अवस्था पाउँछ ।

ब्याडको लागी जग्गाको छनौट गर्दा निम्नलिखित कुरामा ध्यान दिनु पर्दछ :
- घाम लाग्ने, रुख, पर्खाल, भवन आदिको छाँया नपर्ने ठाँउ हुनु पर्दछ ।
- हेरचाह गर्नका लागी घर नजिक हुनु पर्दछ ।
- सिचांई तथा जल निकास भएको ठाउँ हुनु पर्दछ ।
- घरको नजिक हेरचाह गर्न सक्ने ठाउँ हुनु पर्दछ ।
- खुकुलो, प्रशस्त मात्रामा प्राँगारिक पदार्थ भएको माटो हुनु पर्दछ ।

ब्याडको तयारी :
ब्याडकोलागि जग्गा छनौट गरी सकेपछि वीउ रोप्नु भन्दा अगाडी माटोलाई राम्ररी खनजोत गर्नुपर्छ,जसले गर्दा माटो खुकुलो हुनुको साथै माटो भित्र रहेका कीराहरु, लार्भाहरु नष्ट हुन्छन । त्यसपछि राम्रो कुहिएको कम्पोष्ट मल १० किलो प्रति वर्गमीटर राखी राम्रोसँग माटोमा मिसाउनु पर्छ ।

माटोमा भएको झारपात, ढुङ्गा आदि केलाई माटो मसिनो बुर्बुराउँदो पारी लम्वाई आफ्नो आवश्यकता अनुसार चौडाई १ मीटर तथा उचाई जमीन सतहवाट १५ से.मी.जति उठेको व्याड तयार गर्नुपर्दछ ।

दुई ब्याडको बीचको दूरी ३०–४० से.मी. राख्नुपर्छ । यसवाट पानीको निकास गर्न, झारपात झिक्न तथा औषधि उपचार गर्न सजिलो हुन्छ । तयार भएको ब्याडमा माटोमा भएका कीराहरु नियन्त्रणको लागि क्लोरोडेन, अल्ड्रीन वा मालाथियान
धुलो १० ग्राम प्रति वर्ग–मीटरका दरले माटोमा छरी मिलाउनु पर्दछ ।

वीउ छर्ने :
व्याडमा वीउ छर्दा ५–७ से.मी. लाईन देखि लाईनको दुरी कायम गरी १–२ से.मी. गहिराईमा वीउ रोप्नु पर्दछ । वीउ एकै ठाँउमा वाक्लो गरी रोप्दा वेर्ना सड्ने रोग÷फेद कुहिने रोग लाग्ने सम्भावना वढी हुन्छ र विरुवा पनि कमजोर हुन्छ । त्यसकारण ब्याडमा विउलाई सकेसम्म पात्लो गरी छर्नुपर्छ ।

वीउ व्याडमा छरेपछि खरानी वा माटोले वीउ पुर्नुपर्छ । माथिवाट खर वा परालले व्याडलाई छोपी दिनुपर्दछ । त्यसपछि हजारी वा कुनै साधनले पराल भिज्ने गरी ब्याडमा सिचाई गर्नुपर्छ ।

ब्याडलाई परालले छोपेपछि व्याडमा तापक्रम उत्पन्न भई वीउ छिटो उम्रिन्छ । ३–४ दिनपछि वीउ अंकुरण हुन थाले पछि सावधानीपूर्वक पराल हटाउनु पर्दछ । पराल हटाएपछि ३–४ दिनपछि यदि ब्याडमा सुख्खा देखिएमा हजारीले हल्कासँग सिचाई
दिनुपर्दछ ।

बेर्ना ज¥खराउने :

धेरैजसो तरकारीका वेर्नाहरु ४–६ हप्तामा सार्न लायक हुन्छन । बेर्ना उखेल्नु भन्दा पहिले व्याडलाई पानीले भिजाउनु पर्छ । जसले गर्दा माटो नरम भई वेर्नाको जरा चुडिने सम्भावना कम भई वेर्नाको जरासँगै माटो पनि आउँछ र वेर्ना छिटै ओइलाउन पाउदैन ।

प्रायः जसो काउली समुहका वेर्नाहरु कलिलै अवस्थामा सार्दा वढी ओइलाउने मर्ने हुन्छ । त्यकारण ब्याडवाट उखेली १०–१२ से.मी.को फरकमा पहिलाको जस्तै ब्याड
वनाई वेर्ना सारी १५–२० दिन छाड्नु पर्छ । यसलाई वेर्ना जरखराउने भनिन्छ । यसमा वेर्नाहरु मोटो दरो भईपछि स्थाई वारीमा मर्ने सम्भावना कम हुन्छ ।

प्लास्टिकको थैलामा वेर्ना उत्पादन :
काँक्रो–फर्सी समूहको बेर्ना प्लास्टिक थैलामा पनि तयार गरिन्छ । यसको लागि ६×४ इंचको प्लास्टिक थैला तल प्वाल भएको लिनुपर्छ । दुई भाग माटो, दुई भाग कम्पोष्ट मल तथा एक भाग बालुवाको मिश्रण बनाई थैलामा भर्नुपर्छ ।

यसप्रकार भरेको थैलामा २–२ वटा वीउका दरले रोप्नुपर्छ । थैलालाई पंक्तिवद्ध रुपमा
ठड्याएर राख्नु पर्छ । थैलालाई घामपानी तथा तापक्रम कम भएको समयमा तुसारोवाट जोगाउनको लागी प्लास्टिकले छोपी दिनुपर्छ र दिउसो घाँम लागेको वेला प्लास्टिक हटाई दिनुपर्छ ।

तापक्रम राम्रो भएमा ४–५ दिनपछि वीउ उम्रन्छन । उम्रेको वीउ ३०–३५ दिनमा स्थाई खेतमा सारिँदा प्लाष्टिक ठाडो चिरी माटोसहित रोप्नुपर्छ ।

बेर्नाको हेरचाह :
- ब्याड सुख्खा भए सिंचाईको व्यवस्था मिलाउने तथा वढी पानी भएमा जल निकास गराउनु पर्छ ।

- तरकारी नर्सरीमा विशेष गरी बेर्ना कुहिने रोग लाग्ने भएकोले यो बेर्नाको विभिन्न अवस्थामा लाग्छ ।

- वेर्ना कुहिने भन्ने रोग देखा परेमा डाइथेन एम.४५, दुई ग्राम प्रति लीटर पानीमा मिसाएर छर्ने ।

- ब्याडमा कुनै किसिमको कीराहरु देखा परेमा रोगार/मालाथियान औषधि २ मि.ली. प्रति लीटर पानीमा मिसाएर छर्ने ।

- झारपात उमे्रमा झारपात निकाल्ने, विरुवा वढी वाक्लो भएमा केही विरुवा छाँट्नु पर्दछ ।

स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका

थप समाचार