परिचय
विभिन्न किसिमका तरकारी वालीहरुमा समय– समयमा विभिन्न किसिमका रोगहरु लागेर तरकारी वालीको उत्पादन तथा गुणस्तरमा ह्रास ल्याउने गरेको पाइन्छ । केही मूख्य २ रोगहरु एवं तिनको व्यवस्थापनको विषयमा तल उल्लेख गरिन्छ ।
१) वेर्ना कुहिने रोग (Damping Off) :
यस रोगले व्याडमा विउको अंकुरण तथा बेर्नाहरुको स्थितिलाई अपूरो गर्छ ।
- रोग कारक : ढुसी (Pythium / Rhizoctonia spp. )
- रोगका लक्षण : यस रोगका लक्षण २ वटा अवस्थामा देखा पर्दछ ।
- उम्रनु अगाडी वेर्ना कुहिने रोग : भर्खरका वेर्ना माटो वाहिर निस्कनु अगाडी नै मर्ने गर्दछन् । यद्यपि यो माटोको सतहमुनि हुने हुनाले सबै कृषकले प्रायः यसलाई न बुझेर कमसल खालको विउको असफल अंकुरण ठान्दछन्।
\- उम्री सकेपछि वेर्ना कुहिने रोग : यसमा कलिला वेर्नाहरुको फेद सड्छ र रोगी वेर्नाहरु नर्सरी व्याडमा नै ढुनमुनिएर लडने गर्दछन्।
- व्यवस्थापन :
- वेर्ना उमार्नको लागी राम्ररी कुहिएको प्रशस्त प्रांगारिक मल हाली फुक्का माटो प्रयोग गर्ने ।
- व्याडमा विउलाई पातलो छर्ने र हल्का सिंचाई पटक पटक गर्ने ।
- थाइराम वा कैप्टान विषादीवाट (२.५ ग्राम÷केजी विउको दरले) विउ उपचारित गरी छर्ने ।
- वेर्नामा रोग लागेको देखिएमा थिराम वा कैप्टान २–३ ग्राम प्रति लीटर पानीमा मिसाई सिंचाई गर्ने ।
- १ भाग फर्मालीन ५० भाग पानीमा मिसाएर माटोको उपचार गर्ने अथवा
- व्याड माथि करीब १२ इन्च बाक्लो खेतवारीको सुकेको रद्दी वस्तुको चाङ राखी आगो लगाएको खण्डमा माटोमा रहेका केही जीवाणुहरुलाई नाश गर्दछ ।
२) गोभी वा बन्दाको कालो थोप्ले रोग :
- रोग कारक : ढुसी (Alternaria brassicae, A. brassicola, Cercospora spp.)
- लक्षण : शुरुमा पातका थोप्लाहरु खैरो रंगको दागहरु जस्ता देखिन्छन्, जुन बढदै गएपछि ठूला–ठूला समकेन्द्रिक (तारो हान्ने चक्का–चक्का परेका आकारका) दागहरु बन्दछन् । बढी शीत लाग्ने मौसममा यी थोप्लाहरुको माझमा नीलो खालका ढुसीहरुको वृद्धि भएको देखिन्छन्।
- व्यवस्थापन :
- विउ उपचार (५० D. से. तातो पानीमा १० मिनेट वा थाइराम २.५ ग्राम/केजी विउको दरले) गरी छर्ने ।
- खेतवारीवाट रोगी वालीका अवशेषहरु संकलन गरी जलाई दिनु पर्छ ।
- काउली समूह तरकारी न लगाएर कम्तीमा ३ वर्षे घुम्ती वाली अपनाउने ।
- फाइटोलोन/डाइथेन एम–४५/वेभीष्टीन मध्ये कुनै विषादी २.५ ग्राम/लीटर पानीमा मिसाएर रोग देखा पर्ने वित्तिकै छर्ने र आवश्यकतानुसार १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ ।
३) धुले ढुसी रोग (Powdery Mildew) :
- रोग कारक : ढुसी (Erysiphe cichorocearum)
- लक्षण :
पातमा सेतो खरानी छरेको जस्तो लक्षण देखा पर्दछ र ज्यादा प्रकोप भएमा डाँठमा समेत सो लक्षण देखापरि पातहरु सुक्न थाल्दछन्।
- व्यवस्थापन :
- खेतवारी सफा राख्न, रोग लागेको पातहरु र झारहरु नष्ट गर्ने ।
- क्याराथेन १–२ मि.ली. प्रति लीटर पानीमा मिसाएर पातहरु राम्ररी भिज्ने गरी छर्ने ।
४) डाउनी मिल्डयु (Downy Mildew) :
- रोग कारक : ढुसी (Pseudoperenospora cubensis)
- लक्षण :
यो रोगको प्रकोप काँक्रोमा धेरै देखा पर्दछ । पातमा हल्का खैरो रङका कुना परेको थोप्लाहरु देखा पर्दछन्। पातको तल्लो सतहमा ढुसी उम्रेको देखिन्छ । पातहरु छिट्टै सुकाई वोटलाई समेत सुकाउँदछ । फलको आकारमा विकृति देखा पर्दछ ।
- व्यवस्थापन :
- रोगरहित क्षेत्रको स्वस्थ विउ मात्र प्रयोग गर्ने ।
- उपचारित विउ मात्र वेर्नाको लागी राख्ने ।
- रोगी वोट र अन्य झारहरु उचित तरीकाले नष्ट गर्ने ।
- फल न लागेको अवस्थामा भए ब्लाइटाक्स–५० विषादी ०.२% ले उपचार गर्ने ।
५) डढुवा रोग (Blight) :
- रोग कारक : ढुसी (Phytophthora infestans& Alternaria solani)
- लक्षण :
पातमा डढेको जस्तो लक्षण देखिन्छ । शुरुमा पानीले भिजेको जस्तो हल्का खैरो भई पछि गाढा खैरो वा कालो रंगमा परिणत हुन्छ । अनुकूल वातावरणमा त्यस्ता थोप्लाहरुको वृद्धि भई वोटलाई नै डढाई दिन्छ । ओसिलो अवस्थामा पातको तल्लो सतहमा ढुसी देखिन्छ र फलमा कालो वा खैरो दागहरु देखिन्छन्।
- व्यवस्थापन :
- रोग लागेको वोट, पुराना वोटहरु र झारपात बटुली जलाउने र खेतवारी सफा
राख्ने ।
- रोग शुरु हुने वेला देखि ब्लाइटाक्स–५० को १.५ ग्राम र डाइथेन एम–४५ विषादी १.५ ग्राम मिलाई (३ ग्राम) प्रति लीटर पानीमा मिसाई छर्ने ।
- रोग लागी सकेको अवस्थामा क्रिनोक्सिल गोल्ड/क्रिलैक्सिल २ ग्राम प्रति लीटर पानीमा मिसाई छर्ने ।
६) ओइलाउने रोग (Wilting):
- रोग कारक : बैक्टेरिया (Pseudomonos solanacearum)
- लक्षण :
शुरुमा दिउँसो वोटहरु ओइलाए जस्ता देखिन्छन्र फेरी बेलुकापख राम्रै भएर आउँछन्। तर केही दिनपछि स्थाई रुपले वोटहरु सर्लक्क ओइलाएर जम्मै वोट मर्छन । त्यस्ता ओइलाएको डाँठलाई काटेर सफा पानीमा डुवायो भने केही वेरपछि पीप
जस्तो सेतो लेउ (शाकाणु) निस्केको देखिन्छ । ओइलाएको वोटका फल पनि कुहेका हुन्छन्।
- व्यवस्थापन :
- रोग लागेको वोटवाट विउ न लिने ।
- सोलेनेसी परिवारको वाहेक अन्य वाली सँग घुम्तिवाली लगाउने ।
- रोग अवरोधक जातहरु लगाउने ।
७) भाइरस रोग (Virus) : आलु, गोलभेडा, खुर्सानीमा विभिन्न किसिमका भाइरस रोगहरु देखिन्छन्।
- रोग कारक : विभिन्न किसिमका भाइरसहरु ।
- व्यवस्थापन :
- रोगीवोट देखा पर्न साथ उखेलेर नष्ट गर्ने ।
- भेक्टर (लाही कीरा) को नियन्त्रण गर्ने ।
- प्रिभेन्टल वी.भी. १–२ ग्राम प्रति लीटर पानीको दरले १५–२० दिनको फरकमा ३ पटक छिडकाव गर्ने ।
८) जरामा गाँठा पर्ने रोग (Root Knot Nematode) :
- रोग कारक : निमाटोड (Melioidogyne spp.)
- लक्षण : वोट सानो र ख्याउटे भई बढन सक्दैन र पातहरु पंहेलिएर झर्न थाल्छ । त्यस्ता वोटको जरामा साना गिर्खाहरु वनेका हुन्छन्।
- व्यवस्थापन :
- अन्नवाली सँगको घुम्तीवाली लगाउने, गर्मीमा खनजोत गर्ने अथवा फ्यूराडान/नेमाकुर वाट माटो उपचार गर्ने ।
स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका