बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पंगासियस माछाको परिकारहरु बनाउने तरिका

शनिबार, असार १६ २०८१
8 views
पंगासियस माछाको परिकारहरु बनाउने तरिका

समाचार शेयर गर्नुहोस्

Share this news

पंगासियस(Pangasianodon hypothalamus) माछा पंगासिडी (Pangasidae) परिवारमा पर्दछ । यो माछाको उद्गमस्थल भिएतनाम र लाओसको मेकोङ्ग नदिको निकास हो । यो माछा एशियाका केहि देशहरुमा मत्स्य पालनको लागि भित्राईएको छ । संसारमा सबै भन्दा बढि माछाका उत्पादनहरुमा बिक्री हुनेमा सालमोन र टिलापिया पछि तेस्रोमा यो माछा पर्दछ । संसारको करिब ७० वटा देशहरुमा यो माछा फ्रोजन अथवा थड फिलेट (thawed fillet) को रुपमा उपलब्ध भएको पाईन्छ ।

खानको लागि मात्र नभएर एक्वारियममा पाल्नको लागि पनि पंगासियस माछा प्रसिद्ध छ । एक्वारियमको व्यापारमा पंगासियसलाई ईरिडिसेन्ट सार्क (iridescent shark)अथवा म्यास्टीक सार्क (mystic shark) भनेर चिनिन्छ । शरिर चिल्लो तथा मसिनो कत्ला सहित चाँदी रंग भएको यो माछा सर्वभक्षी स्वभावको हुन्छ । तातो हावा पानीमा फष्टाउने यो माछा २५ देखि ३२० से. ग्रे. तापक्रममा राम्रोसंग फष्टाउन सक्दछ । नेपालमा यो माछा केहि वर्ष पहिले भारत तथा बंगलादेश हँुदै मलाहा माझी तथा कृषकहरुवाट भित्रिएको अनुमान गरिएको छ । यस माछाको उच्च बृद्धि दर र उत्पादकत्वको गुणहरुले गर्दा तराईका केहि जिल्लाहरुमा कृषकहरुले पंगासियस माछा पालन सुरु गरिसकेका छन् ।

पुरा उत्पादन र आपूर्तिको सहजीकरण तथा उत्पादन प्रविधिको विकाससंगै यो माछाको खेती तीब्र रुपमा विस्तार हुने विश्वास गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत क्षेत्रिय कृषि अनुसन्धान केन्द्र, तरहरामा यो माछाको प्रजनन सफल भईसकेको छ र भुरा हुर्काउने सम्बन्धि अनुसन्धान भैरहेको छ । कार्प माछाको तुलनामा यसको प्रति इकाई उत्पादकत्व निकै बढी हुन्छ । भियतनाममा यसको व्यावसायिक खेती उच्च सघन रुपमा संचालन गरी प्रति हेक्टर जलाशयबाट ४०० मे.टन उत्पादन भएको पाइन्छ भने नेपालमा कृषकहरुले ४० देखि ५० मे.टन उत्पादन लिएको पाइन्छ ।

हाल देशको आयातित पंगासियस माछाले २० देखि २५ प्रतिशतसम्म हिस्सा ओगटेको अनुमान रहेको छ । देशमा यसको व्यावसायिक उत्पादन गर्ने प्रचुर सम्भावना रहेको र मत्स्य बजारमा सरकारी निकायवाट प्राथमिकताकोसाथ यस माछाको विकास सम्बन्धि कार्यक्रमहरु कार्यक्रमहरु समेत संचालन भैरहेको अवस्था रहेको हुँदा खाद्य सुरक्षा तथा आयात प्रतिष्ठापनमा ठूलो टेवा पुग्न जाने देखिन्छ । यो माछाको मासुको रङ्ग सेतो अथवा पहेंलो गुलाबी हुन्छ । यसको फिलेटको विशेषता भनेको माछाको गन्ध (fishy smell) नआउनु, स–साना काँढाहरु र कत्ला नहुनु हो । यसको मासु कसिलो हुनेहुनाले यसको फिलेटबाट बिभिन्न प्रकारको परिकारहरु बनाउन सकिन्छ ।

यी विशेषताहरुको साथै बजारमा स्टान्र्डट साईजमा पंगासियसको फिलेट सजिलैसंग उपलब्ध गराउन सकिएको अवस्थामा खाद्य सेवा उद्योग र रेष्टूरेण्टहरुको माग सजिलै पुरा गर्न सकिन्छ । भिएतनाम र यूरोपेली मुलुकहरुको बजारमा फ्रोजन र डिफ्रोष्ट रुपमा उपलब्ध हुने यो माछाको फिलेटमा बढि मात्रामा जलांश (८० देखि ८५ ग्रा./१०० ग्रा.) र प्रोटिन (१२.५ देखि १५.६ ग्राम/१०० ग्रा. पाईन्छ भने चिल्लो पदार्थ अलि कम ९१.१ देखि ३.० ग्राम/१०० ग्रा. मात्रामा पाईन्छ । पंगासियसको फिलेटमा कोलेस्टोरोल (२१ देखि ३९ मि.ग्रा./१०० ग्रा.) कम मात्रामा हुनु अर्काे विषेशता हो ।

पौष्टिकताको दृष्टिकोणले हेर्ने हो भने कम कोलेस्टोरेल भएको खाद्य पदार्थले दिनहु खाने खानामा समावेश गर्नाले कोलेस्टोरोलको मात्रा घटाउँछ । तर माछामा पाईने पोषकतत्वहरु उनीहरुलाई दिईएको दाना र मत्स्य पालनको तरिकामा भर पर्दछ । यसमा धेरै प्रकारका भिटामिन र मिनरलहरु पाईन्छ जस्तैः थायमिन, भिटामिन बी १२, भिटामिन डि, पोटासियम, फलाम, फस्फोरस र सेलेनियम । यो माछामा ओमेगा ३ फ्याटी एसीड पाईने हुनाले स्वास्थ्यको लागि निकै लाभदायक छ । ओमेगा–३ फ्याटी एसीडको सेवनले हृदयघात हुनबाट बचाउंछ । ओमेगा–३ फ्याटी एसीड हाम्रो शरिरले बनाउन सक्दैन र हामीले खाने खानाबाट नै प्राप्त गर्नुपर्दछ ।

फ्याटी एसिडले दिमाग तथा छालाको राम्रो विकास गर्दछ । यसको अतिरिक्त उच्च रक्तचाप र कोलेस्टोरेल कम गर्नुको साथै जोर्नीको दुखाई समेत कम गर्दछ । एउटा १०० ग्रामको पंगासियस माछाको मासुले २०१.२ किलो क्यालोरी, २३.१८ ग्राम प्रोटिन, ११.११ ग्राम बोसो, ८० मि.ग्रा. कोलेस्टोरल प्रदान गर्दछ । प्रोटिनले बृद्धि विकास गर्नुका साथै बिग्रेका तन्तुहरु मर्मत संभार गर्दछ । यति मात्र नभई हर्माेन, ईन्जाईम र अरु जैविकिय महत्वपूर्ण कुराहरु जस्तै एन्टीबडी र हेमोग्लोबिन बनाउन मद्दत गर्दछ ।

भिटामिन बी ले खाना पचाउनुका साथै ती पचेका खानाबाट शरिरमा शक्ति प्रदान गर्न मद्दत गर्दछ । मिनरल्सले शरिरको विभिन्न प्रकृयाहरु संचालन गर्न मद्दत गर्दछ भने पंगासियस माछाको हाडमा क्यालसियम र फस्फोरस पाईने हुनाले मानिसको हड्डी मजबूत पार्न मद्धत गर्दछ । पंगासियस माछामा पाईने यी पोषकतत्वहरुलाई स्वास्थ्यबर्धक र सदुपयोग गर्नको लागि उचित तरिकाबाट उपयोग गर्नुपर्दछ । पंगासियस माछाबाट स्वस्थ्यकर र पोषकतत्वहरु सुरक्षित राखी खान योग्य बनाउन विभिन्न परिकारहरु प्रचलनमा रहेका छन् । यी मध्ये देशमा नै पाइने विभिन्न सामाग्रीहरु तथा मरमसलाहरु प्रयोग गरि स्वादिष्ट र पौष्टिक पंगासियस माछाको केही परिकारहरु तयार गर्ने विधि यस पुस्तिकामा उल्लेख गरिएको छ ।

१. चिजसंग बेक गरिएको पंगाासियस माछा

Capture.JPG
चिजसंग बेक गरिएको

आवश्यक सामाग्रीहरु

१. पंगासियस माछा ४ वटा फिलेट्स, प्रत्येक १५० ग्रामको
२. सूर्यमुखि फुलको तेल दुई चिया चम्चा
३. नून ईच्छा अनुसार
४. बेसार अलिकति
५. कालो मरिच ईच्छा अनुसार
६. थीमको पात आधा चिया चम्चा
७. पिसेको लसुनको एक चौथाई चिया चम्चा
८. चिज (कोरेको) एक चौथाई चिया चम्चा
९. कागती आधा टुक्रा

बनाउने तरिका

- माछाको फिलेटमा नून, बेसार, कालो मरिच, थीमको पात, पिसेको लसुन,
-कागतीको रस र तेल मलेर भिज्न छोड्ने ।
-ओभनलाई पहिले नै २१८.३० से. ग्रे. तताइराख्ने ।
- बेकिङ्ग डिसमा माछाको छाला तलतिर पर्ने गरि फिलेट राख्ने ।
- १०—१५ मिनेट सम्म फिलेट बेक गर्ने ।
- माछा पस्कनको लागि तयार भयो ।

२. ह्यामसंग पंगासियस माछा

Capture.JPG
ह्यामसंग पंगासियस माछा

आवश्यक सामाग्रीहरु

१. पंगासियस माछा ७५ ग्रा. को ४ वटा स्लाईस
२. सूर्यमुखी फूलको तेल २ चिया चम्चा
३. हरियो धनिया (मसिनो गरि काटेको) अलिकति
४. नून ईच्छा अनुसार
५. बेसार अलिकति
६. कालो मरिच ईच्छा अनुसार
७. ह्याम ८ वटा स्लाईस
८. हरियो सिमी २५० ग्रा.
९. म्याकरोनी २५० ग्रा.

बनाउने तरिका

- नून, बेसार र कालो मरिचको धुलो माछाको फिलेटको दुबैतिर मोल्ने र १०–१५ मिनेटसम्म त्यतिकै राख्ने ।
- ओभन २००० से. ग्रे. मा पहिले नै तताई राख्ने ।
- ह्यामको दुईवटा स्लाईसको विचमा फिलेट र हरियो धनियाको पात राख्ने र त्यस्को दुबैतिर तेल दल्ने ।
- फिलेटलाई ओभनको ट्रेमा राखेर २० मिनेटसम्म बेक गर्ने ।
- हरियो सिमी ५—१० मिनेट उसिन्ने ।
- उसिनेको हरियो सिमी एउटा प्लेटमा राख्ने |

३. कर्नफ्लेक्स् र तीलले लेपन गरेको पंगासियस माछा

Capture.JPG
कर्नफ्लेक्स् र तीलले लेपन गरेको पंगासियस माछा

आवश्यक सामाग्रीहरु

१. पंगासियस माछा करिब १७५ ग्रामको ४ वटा फिलेट्स
२. सूर्यमूखी फूलको तेल ३० मी.ली.
३. नून ईच्छा अनुसार
४. बेसार अलिकति
५. धुलो खोर्सानी ईच्छा अनुसार
६. कर्नफ्लेक्स ३ कप
७. तिल एक चौथाई कप
८. कागती (मसिनो गरि काटेको) १ टुक्रा 
९. अण्डा (फिटेको) १ वटा
१०. दूध १ टेबल चम्चा
११. मैदाको पिठो २ टेबल चम्चा

बनाउने तरिका

- नून, बेसार र पिसेको खुर्सानी फिलेटको दुबैतिर राम्ररी मोल्ने र १०–१५ मिनेटसम्म त्यतिकै राख्ने ।
- ओभन १९०.५० से. ग्रे. मा पहिलेनै तताईराख्ने ।
- एउटा ठूलो कचौरामा कर्नफ्लेक राख्ने र चम्चाको पछाडिपट्टीले थिचेर तीलको गेडा जत्रो मसिनो पार्ने । यसरी थिचेर मसिनो बनाएको कर्नफ्लेकमा
तील र मसिनोगरि काटिएको कागती मिसाएर एकातिर राख्ने ।
- एउटा बाटामा अण्डा र दूध मिसाउने ।
- एउटा प्लेटमा मैदा खन्याउने ।
- माछालाई मैदाको पिठोमा राखेर लट्पटाउने र बढि भएको मैदा झार्ने । मैदा दलेको माछालाई पहिले अण्डा र दूधको मिश्रणमा डुबाउने, त्यसपछि तील र मसिनोगरि काटिएको कागती मिसाईएको कर्नफ्लेकमा डुबाउने ।
- माछामा तील र मसिनोगरि काटिएको कागती मिसाईएको कर्नफ्लेक राम्ररी टाँसिएको हुनुपर्दछ । प्रत्येक फिलेटलाई पहिले नै तेल दलिएको बेकिङ्ग ट्रेमा मिलाएर राख्ने । ओभनबाट ट्रे झिकेर एकातिर राख्ने । अब फिलेट प्याज, टमाटर र कागतीको स्लाईससंग पस्कन तयार भयो ।

४. पालुङ्गोको सागसंग पंगासियस माछा

Capture.JPG
पालुङ्गोको सागसंग पंगासियस माछा

आवश्यक सामाग्री

१. पंगाासियस माछा ३ वटा फिलेट, प्रत्येक १५० ग्रामको
२. सूर्यमूखी फूलको तेल १ चिया चम्चा
३. नून ईच्छा अनुसार
४. बेसार अलिकति
५. धुलो खुर्सानी ईच्छा अनुसार
६. पालुङ्गोको साग चार कप
७. प्याज (मसिनो गरि काटेको) १ टुक्रा 
८. गाजर (कोरेको) आधा कप
९. चिज (कोरेको) आधा कप

बनाउने तरिका

- नून, बेसार र पिसेको खुर्सानी फिलेटको दुबैतिर राम्ररी मोल्ने र १०–१५ मिनेटसम्म त्यतिकै राख्ने ।
- ओभन २०४ डिग्री से. ग्रे. मा पहिले नै तताईराख्ने ।
- पालुङ्गोको सागलाई १ मिनेट सम्म माईक्रोवेभमा बफाउने र त्यसलाई बेकिङ्ग डिसमा चारैतिर बराबर हुनेगरि छरेर राख्ने ।
- पंगासियस माछाको फिलेट पालुङ्गोको साग माथि राख्ने र आफ्नो स्वाद अनुसार सिजनिङ्ग गर्ने ।
- प्याज र गाजरलाई तेलमा २–३ मिनेटसम्म तारेर माछाको माथि चारैतिर पर्नेगरि छरेर राख्ने ।
- चिजले माथिबाट टपिङ्ग गरेर १२–१५ मिनेटसम्म माईक्रोवेभ ओभनमा बेक गर्ने ।
- मौसमी ताजा हरियो तरकारीसंग पस्कने ।

स्रोत: पंगासियस माछाको परिकारहरु बनाउने तरिका, नेपाल कृषि अनुसन्धान परिषद् मत्स्य अनुसन्धान महाशाखा ,गोदावरी, ललितपुर|

 

थप समाचार