बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पोखरीमा एरिएटर किन ?

सोमबार, असार १८ २०८१
8 views
पोखरीमा एरिएटर किन ?

समाचार शेयर गर्नुहोस्

Share this news

पोखरीमा एरिएटरको प्रयोग

सघन मत्स्य पालनमा उत्पादन र उत्पादकत्व बढाउन भुराको संख्या र साईजमा व्रिद्दी, दाना तथा मलखाद जस्ता थुप्रै उत्पादन सामाग्रीहरुको थप प्रयोग गरिएको हुन्छ, जस्ले पोखरीको वहन क्षमता (Carrying Capacity) घटाइ दिन्छ । यसले माछाको उत्पादनमा प्रभाव पार्ने पानीका थुप्रै गुणहरु मध्ये संवेदनशिल गुण अक्सिजनको उपलब्धतामा नकारात्मक प्रभाव बढी पार्दछ् । पानीको घुलित अक्सिजन उपयोग गर्ने माछा तथा प्राकृतिक शुक्ष्म जीवको घनत्व बढी हुने र उत्पादन सिमित हुने एउटा असन्तुलीत अवस्थाको सृजना हुन गई अक्सिजनको कमि हुन जान्छ । लामो समय सम्म पानीमा अक्सिजनको मात्रा कम भएको अवस्थामा माछामा निम्न प्रभाव पर्नगै माछाको उत्पादन कमि तथा नोक्सान हुन सक्छ ।

-माछाल दाना कम खाने |
-दाना खाए अनुसार माछा नबढ्ने ।
-माछालाई रोग र परजिवीको आक्रमण हुने जोखिम रहने ।
- माछा निस्सासिएर मर्ने ।

त्यसैले सघन मत्स्य पालन गरिएको पोखरीमा, पोखरीको वहन क्षमता बढाई माछाको उत्पादन र उत्पादकत्व व्रिद्दी गर्न र व्यवसायवाट अधिकतम प्रतिफल प्राप्त गर्ने थप अक्सिजनको आपूर्ति अनिवार्य छ, जुन विभिन्न किसिमका एरिएटरको उपयोगवाट गर्न सकिन्छ ।

पोखरीमा प्रयोग गरिने एरिएटरको किसिम 

मत्स्य पालनमा वायु प्रवाह गर्नको लागी पेडल व्हिल एरिएटर, इम्पेलर एरिएटर, पम्प स्प्रेयर एरिएटर, भर्टिकल पम्प एरिएटर, दिफ्यूजर बाटर
कम्प्रेसर गरि ५ प्रकारका विद्युतबाट संचालन हुन एरिएटरहरुचलनमा रहेको भए पनि पेडल व्हिल एरिएटर र इम्पेलर एरिएटर उपयोगिता
एव संचालनका दृष्टिकोणले उपयुक्त मानिन्छ| 

3kw-Fish-Pond-Impeller-Aerator-for-Sale.jpg
इम्पेलर एरिएटर

एरिएटरका कामहरु

-पोखरीको पानीमा अक्सिजनको मात्रा सोझै बढाउछ ।
-पोखरीको पानीलाई चलायमान गराई सतह देखि पिंघ सम्म अक्सिजनको मात्रा सकभर समान रुपले वितरण गर्न मदत गर्दछ ।
- गहिरो जैविक थिग्र्यानको तह भएको पोखरीमा एरिएटरले पोखरीको सतहमा अक्सिकृत तह वनाई पिंधवाट निस्कने विषालु ग्यास (अमोनिया, सल्फाईड) को प्रभावलाई कम गर्दछ|
- एरिएटरले अन्य विषालु ग्यास, वढी भएको नाइट्रोजन एवं कार्वनडाई–अक्साइडलाई पानीबाट वायुमण्डलीय वातावरणमा पठाउन मदत गर्दछ ।

एरिएशन गर्नु पर्ने अवस्थाहरु 

सामान्यत स्वस्थ माछा पालनका लागी ५.० मि. ग्रा/ली घुलित अक्सिजनको आवश्यकता हुन्छ । पोखरीमा घुलित अक्सिजनको मात्रा २,३ मि.ग्रा/लि.भन्दा कम हुन दिनु हुदैन । पोखरीमा अक्सिजन कम हुनुका निम्न कारणहरु हुन सक्छन ;

-बढी दाना,मल तथा अन्य उत्पादन सामाग्री प्रयोग भएमा,
-लामा समय सम्म बादल लागी रहेमा 
-लामा समय सम्म पोखरीमा पानीको तापक्रम २७.डि.से  भन्दा माथि रहेमा 
-शुक्ष्म वनस्पति तथा जीवहरु अचानक मरेमा र
-पोखरीको पानीमा शुक्ष्म प्राणी जीवहरुको मात्रा अत्यधिक भएमा ।

सघन मत्स्य पालनमा माथि उल्लखित कारणहरु र पानीको गुणस्तरको उचित व्यवस्थापन नहुदा अक्सिजनको कमिका लक्षणहरु वरावर देखापर्ने गरेको पाईएको छ । विहान ४,५ बजे अक्सिजनको मात्रा पानीमा कहिले कांही १,२ मी.ग्रा/लिटर भन्दा पनि कम हुने गर्छ, यसो हुनुको कारण सूर्यको उपस्थितीमा दिनभर उत्पादन भएको अक्सिजन माछा तथा अन्य जलिय वनस्पति तथा जीवहरुको वाक्लो उपस्थितीले उपयोग भैसक्नु र पुनः उत्पादन प्रकृयाको सुरुवात हुन नभ्याउनु हो । यतिवेला माछा सतहमा आई प्याक प्याक गर्ने र एक्कासी मर्ने गर्छन, जसले गर्दा ठुलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । त्यस्तो अवस्था आउन नदिन वा न्यून गर्न विहान–विहान पोखरीमा भएका माछाको चाल, व्यवहार अनुगमन गर्ने, अक्सिजन र तापक्रमको जांच नियमित रुपले गर्ने, पोखरीमा पानीको उपयुक्त गहिराई कायम राख्ने र उत्पादन सामाग्रीको प्रयोग बुद्धिमत्तापूर्वक गर्नुका साथै थप अक्सिजनका लागी एरिएटरहरु चलाउने गर्नु पर्दछ् । अक्सिजनका कमिका लक्षणहरु आकस्मिक रुपमा देखि रहने महिनाहरु (सामान्यतया जेष्ठ देखि भाद्र सम्म)मा विहान ३–६ वजे सम्म दैनिक ३–४ घण्टा र पालन अवधिको उत्तरार्धमा माछा ठूला हुदै जांदा , माछाको कुल तौल बढने , दाना तथा अन्य उत्पादन सामाग्रीको आपूर्ति (लोड) पनि बढदै जाने हुदा, त्यती वेला आकस्मिक समयका साथै दाना दिनु भन्दा अगाडी अतिरिक्त १ घण्टा एरियटर चलाउनु उत्तम हुने देखिएको छ ।

एरिएटर राख्ने स्थान

एरिएटर पोखरीको विच भागमा राख्नु उपयुक्त हुन्छ , जसले गर्दा पोखरीको पानी पूर्ण रुपमा चलायमान हुन्छ र अपेक्षित रुपमा अक्सिजनको उत्पादन समेत हुन्छ । एरिएटर एक किनारा वा कुनामा राख्दा पोखरीको डिल भत्काई माटो र अन्य थिग्रानालाई पोखरीको विचमा थुपार्दै जान्छ जस्ले गर्दा माछा मार्न जाल हाल्ने तथा अन्य कार्यहरुमा वाधा पुग्दछ ।

स्रोत: व्यवसायिक मत्स्य पालन प्रविधि, मत्स्य विकास निर्देशनालय, केन्द्रीय मत्स्य भवन, बालाजु, काठमाडौं |

 

थप समाचार