बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पिपला - औषधिय गुणले भरिपुर्ण एक बनस्पती

मंगलबार, असार १९ २०८१
9 views
पिपला  - औषधिय गुणले भरिपुर्ण एक बनस्पती

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
पिपला एउटा भूइंमा फैलिएर  जाने सदावहार लहरेदार विरुवा हो । सहारा पाएको खण्डमा यो रुख वा झयांङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरुको मद्दतले भूइंमा फैलिदै जान्छ । यो हल्का सुगन्धित हुन्छ । नेपालमा व्यापारिक महत्वका पिपलामा Piper longum  र Piper peepuloides    छन् र हाल मलेशियाबाट आयात गरिने पिपलालाई जाभा पिपला भनिन्छ जस्को फल अलि लामो हुन्छ । यसका पातहरु मुटु आकारका ६–१० से.मी. लामा र ३ देखि ५ से.मी. चौडा हुन्छन् । पातको माथिल्लो सतह चम्किलो र हरियो हुन्छ भने तल्लो सतह फिका हरियो हुन्छ । यसमा भाले र पोथी फूूलहरु अलग अलगै हुन्छन् । फूललहरु मसिना र लामो डाँठ मा लाग्दछन् । भाले फूलहरुको डाँठ पोथी फूूलहरुको डाँठ भन्दा लामो, मसिनो र हल्का पहेलो हुन्छ । भाले फूलहरु लाग्ने डाँठ २.५ देखि ७.५ से.मी. लामा हुन्छन् भने पोथी फलहरु लाग्ने डाँठ १.२५–२ से.मी. सम्म लामो, केही मोटा हुन्छन् र पहिला हरियो र पाकेपछि काला हुन्छन् ।

फूूल  फुल्ने समयः  आषाढ–श्रावण

प्राकृतिक वास्स्थानः
यो भारत, भूटान, श्रीलंका, मलेशिया लगायत नेपालमा २०० देखि ८०० मीटर सम्मको उचांइमा पाइन्छ । यो खास गरी सालको जंगल, खोल्सा तथा जंगल भित्रका सेपिला र चिस्यान हुने ठाउँहरुमा हुर्कन्छ । यसको लागि वर्षा बढी हुने र गर्मी बढी हुने ठाउँ उपयुक्त हुन्छ । चुन मिसिएको माटो यसको लागि राम्रो मानिन्छ ।

उपयोगिताः
पिपलाको फल मसलाको साथै औषधीको रुपमा प्रयोग गरिन्छ । यसको डाँठ पनि प्रयोग गरिन्छ, जसलाई पिपलामूल भन्ने गरिन्छ । फल र डाँठ दुवै व्यापारिक महत्वका छन् । फलहरु कफ, खोकी, दम, खाना पचाउने, कुष्ठरोग निकोपार्नको निमित्त प्रयोग गरिन्छ । मांसपेशी दुखेको वा जलनमा समेत यसको प्रयोग गरिन्छ । यसका फलहरुबाट ०.७ प्रतिशत सम्म तेल निस्कन्छ ।

संकलन समय र विधिः
यसको मूख्य काम लाग्ने भाग फल हो । फलहरु विरुवा लगाएको १८ महिना पछि लाग्दछन् । दोश्रो वर्ष एक हेक्टरमा १.५ मीटरको फरकमा लगाएका विरुवहरुबाट कम्तिमा २०० र बढीमा ५६० के.जी. फलहरु फल्छन् । तेश्रो वर्षमा सबैभन्दब बढी फल लाग्दछन जुन कम्तिमा १००० के.जी. र बढीमा १६८०० के.जी. प्रति हेक्टर हुन सक्छ । लगाएको १८ महिना देखि ३० वर्ष सम्म पनि फल संकलन गर्न सकिन्छ तापनि ३ वर्ष पछि कम फल्ने हुनाले नयाँ वाली लगाउनु उचित हुन्छ । फलहरु गाढा हरीया र कालो रंगका हुन थाले पछि टिप्न लायकका हुन्छन् । यस बेला यसको पीरोपना बढी हुन्छ । यसको पीरो पन नै महत्वपूर्ण मानिन्छ । यसपछि यसको पीरोपना कम हुँदै जान्छ र त्यसको मूल्य कम  हुन्छ । 

खासगरी मंसीर पुष तिर यो टिप्न लायकको हुन्छ । टिपी सकेपछी ४÷५ दिन सम्म घाममा सुकाउनु पर्छ । लगातार तीन वर्ष फलेपछि बोट धेरै झाँगिन्छ र फल लाग्ने क्रम कम हुँदै जान्छ । त्यसकारण विरुवाहरुको डाँठहरु पनि संकलन गरी विक्री गर्न सकिन्छ । डाँठ संकलन गरी सकेपछि त्यस ठाउँमा नयाँ विरुवाहरु लगाइन्छ । यस्ता डाँठहरु खनि सफा गरी २.५–५ स.मी. लामा टुक्रा काटी सुकाइन्छ । यसलाई पिपलामूक भनिन्छ । यस्ता डाँठहरु प्रतिवर्ष एक हेक्टरमा करीब ५०० कि.ग्रा उत्पादन लिन सकिन्छ । मोटा जराहरु भएका र जमीन मुनी रहेको डाँठहरु बढी मूल्यका बिक्री हुन्छन् ।

प्रसारण विधिः
यसको प्रसारण जरा सहितका काण्डका टुक्राहरु (सकर) बाट गर्न सकिन्छ । वर्षातको समयमा यसका जरा सहितका आँख्लाहरु निकालेर तयार पारिएको व्याडमा रोपिन्छ र पछि सारिन्छ । यसलाई जमीनको तयारी गरेर सिधै जमीनमा पनि सार्न सकिन्छ । नर्सरी व्याडमा रोप्दा १० से.मी. को फरकमा विरुवाहरु रोपिन्छ भने सिधै जमीनमा रोप्दा १.५ मिटरको फरकमा रोपिन्छन् । नर्सरी व्याड बनाउँदा जंगलबाट पतकर कुहिएको मलिलो माटो, बालुवा र गाई भैसीको  राम्ररी कुहिएको मल चालेर क्रमश ३ भाग र एक÷एक भाग गरी मिश्रण बनाई व्याड तयार गर्नु पर्छ । व्याडको चौडाई  १ मिटर, लम्बाई ठाउँ हेरी वा १० मिटर सम्म र १५ स.मी. अग्लो हुनु पर्छ । यसमा १० से.मी. फरकमा बेर्ना लगाइन्छ । यसरी तयार गरीएका विरुवाहरु खेतीको लागि अर्को वर्षातमा सार्न सकिन्छ ।

प्रमुख रसायनिक तत्वः
यसको फल तथा जरामा पाइपेरिन , पिप्लाटीन , पाइपरलोङ्गोमिन , लोङ्गामाइट , सेसामाइन भन्ने रसायन पाइन्छ । यसको फलमा सुगन्ध्ति तेल हुन्छ ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ 

थप समाचार