बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पशुहरूमा लाग्ने किर्ना र जुम्राको जडीबुटीद्वारा रोकथाम विधि

बुधबार, असार २० २०८१
11 views
पशुहरूमा लाग्ने किर्ना र जुम्राको जडीबुटीद्वारा रोकथाम विधि

समाचार शेयर गर्नुहोस्

Share this news

कृषकहरूले पालेको पशुहरूमा किर्ना, तथा जुम्रा लाग्ने एक प्रमुख समस्या हो । कुनै–कुनै जुम्रा, किर्नाहरू नाँगो आँखाले प्रष्ट देखिने हुन्छ भने कुनै अति साना हुन्छ, जुन कि नाँगो आँखाले नदेखिने खालका हुन्छन् । यसबाट प्रभावित पशुहरूको मृत्यु चाँडै नभए पनि उत्पादनमा निकै कमी आउँछ । गोठ, खोरहरूको सरसफाईमा ध्यान नपु¥याएको कारणले किर्ना, तथा जुम्रा उत्पन्न गर्ने किटाणुहरूको वृद्धि हुन्छ । कृषकहरूले जुम्रा, तथा किर्नाको औषधी प्रयोग गरिसकेपछि पनि पुनः केही दिनमा नै किटाणुको आक्रमण हुन्छ तर यसको कारणबारे कृषकहरू अनभिग्ज्ञ रहेको देखिएको छ । यसको कारण के हो भने कृषकहरूले पशुको शरीरको किटाणुहरूलाई मात्र मार्ने औषधी प्रयोग गर्ने गरेका हुन्छन् तर फोहरको कारण नाँगो आँखाले नदेखिने किटाणुका अण्डाहरू गोठ÷खोरको भित्ता, छाना, ढोकाको चेपमा रही नै रहन्छन् र केही दिनमा अण्डाबाट बच्चा भई पुनः पशुको जिउभरी फैलिन्छन् ।

लक्षण : 
१) रौ नभएको ठाउँमा प्रशस्त मात्रामा किर्ना देखिने ।
२) चिलाई रहने कारणले पशु अशान्त रहने ।
३) ठाउँ ठाउँमा रातो रातो थोप्ला देखिने ।
४) गोठको भित्ता, किलामा जिउ दल्ने ।
५) रौहरू झर्ने ।
६) दुब्लाउँदै  जाने ।

उपचार : 
१) हातले टिप्न सकिने टिपेर मट्टीतेलमा हाली मार्ने ।
२) २०० ग्राम खाने नुन ४ लिटर पानीमा घोली जिउमा राम्ररी दलिदिने ।
३) १०० एम.एल. तारपिनको तेलमा १० ग्राम कपुर राखेर तताउने र चिसो भएपछि जिउमा दलिदिने ।
४) ५० एम.एल.नरिवलको तेल १०० ग्राम गन्धक तथा ५० ग्राम अदुवालाई पिनेर मिसाउने र त्यसलाईतताउने अनि सेलाएपछि पशुको जिउभरी लगाइदिने ।
५) ३०० ग्राम सुकेको सूर्तिको पातलाई १ लि. पानीमा भिजाउने र त्यसमा १५ ग्राम नुन हाली १० घण्टा पछि छानेर झोल निकाल्ने र जिउमा लगाइदिने ।
६) ३० ग्राम सुकेको बकाइनोको बीउलाई पानीसित राम्ररी पिन्ने र तयार पारेको लेदोलाई जिउमा दलिदिने ।
७) नरीवल आगोमा पोली धुलो बनाई नरीवलको तेलमा मिसाउने र जिउमा दलिदिने ।
१ के.जी. सूर्तिको पात र ५०० ग्राम निमको पातलाई कुटेर आधा लिटर पानीमा ३÷४ घण्टा भिजाउने र जिउमा दलिदिने ।
८) लेख्ने चकको धूलो ५० ग्राम, नुन ५० ग्राम १०० एम.एल.साबुन पानीको झोलमा घोली जिउमा दलिदिने ।

रोकथाम : 
१) माथि उल्लेखित औषधीहरू मध्ये कुनै एक औषधी प्रयोग गरेकै दिन पशुको गोठ, खोरको भित्ता, छाना, गोठको बाहिर वरीपरी किर्ना मार्ने औषधी राम्ररी छरेर मात्र पशुलाई गोठमा बाँध्ने ।
२( गोठ ÷खोरको नियमित सरसफाई गरिरहने ।
३) पशुहरूलाई प्रत्येक दिन नुन खुवाउने । गोठ नजिक कुखुरा वा हाँस पालन गरी किर्नाहरू
४) खान दिने व्यवस्थालाई प्रोत्साहन गर्ने ।
५)कीरा धपाउन गोठ नजिक निमको रूख लगाउने ।
६) पशुलाई नियमित नुहाइदिइ सफा राख्ने ।
पशुको जिउमा जुम्रा भएको स्थानको रांै काटेर फाल्ने ।

source : 

थप समाचार