परिचय
बोडी धेरै कीरा र रोगबाट संक्रमण हुने खालको बाली हो । त्यस कारण उचित उपायहरू अपनाइएन भने यसले धेरै क्षति पुर्याउन सक्छ ।
कीराहरू
(१) जरामा लाग्ने कीराः
– धमिरा (Terrmite)
– फेद काट्ने कीराहरू (cutworm )
(२) डाँठमा लाग्ने कीराहरूः
– डाँठमा लाग्ने घुनहरू (weevils )
– डाँठमा लाग्ने झींगाहरू (Files )
– डाँठमा लाग्ने फड्के कीरा (cow bugs)
– कत्ले कीराहरू (scale insect)
(३) पात नोक्सान गर्ने कीराहरूः
– फड्के कीराहरू लाइहरू ,
– सेले झींगा
– कोपिलाबाट रस चुस्ने कीराहरू
– फटेंग्रा र सलह
– पातखाने घुनहरू
– पुतली समूहका कीराहरू
– पात बेरुवाहरू
– पात खन्ने कीराहरू
– फौजी कीरा
४) फूल र कोसामा लाग्ने कीराहरूः
थ्रिप्स
– घाउ गराउने खपटे
– कोसामा लाग्ने घुनहरू
– कोषबाट रस चुस्ने कीराहरू
– कोसामा लाग्ने गबारोहरू
– नीलो रंगका पुतलीहरू
– बोडीको कोषमा लाग्ने गबारो ।
– प्वाँख जस्ता पखेटा भएका पुतली
– कोसामा लाग्ने झींगाहरू
कीराहरूको एकीकृत रोकथामका उपायहरू
(क) प्राकृतिक शत्रुहरूको संरक्षण गर्नेः
– गाइने कीरा
– सिकारी कीरो
– माकुरो, चीवे चरो
– चुसाहा, (हरियो लेस विङ्ग),
– कुमारकोटी
यी माथिका कीराहरूले धेरै जसो लाई सिकार गर्दछन् ।
(ख) परजीवी कीराहरू संरक्षण गर्नेः Eucelatoria blyani , झिँगो Ovomermis albica नामक जुको
(ग) कीरालाई रोग लगाएरः ब्याक्टेरिया (-Bacillus thuringiensis ) ले पुतली समुहका कीराहरू
नियन्त्रण गर्दछ, एन.पी.भी (Nuclear polyhedrosis virus ) ले रोग लगाउँछ, साथै फन्जाई र निमारोडहरू पनि कीरालाई रोग लगाएर नियन्त्रण गर्दछ ।
(घ) बीउ उपचार २ ग्राम र केजी बीउ थिराम वा बेभिष्टिनले गर्ने
(ङ) पात बेरुवा नियन्त्रण गर्नः दैहिक विषादी (मेटासिंस्टक्स) –२५५ झोल, १ मि. लि प्रति लिटर पानीका दरले प्रयोग गर्ने ।
(च) अन्य पात खाने कीराहरूको लागि कृत्रिम पाइरेथ्रवाइड (साइपरमेथ्रिन) १. ५ मि.लि. वा थायोडान इन्डा्सल्फान (३५ इसी) २ मि.लि. प्रति लिटर पानीको दरले छर्ने ।
(छ) कीराको चल, अचल अवस्थाहरू संकलन गरेर बिनास गर्ने ।
(ज) बत्तीको धराप ( Light trap) थापेर कीरा मार्ने ।
रोगहरू :
(१) बोट मार्ने रोगहरूः
– फेद कुहिने रोग
– फ्युजेरियम ओइलाउने रोग,
– सुख्खा जरा कुहिने रोग
२) पातमा लाग्ने रोगहरूः
– धुले ढुसी रोग
– अल्टरनेरिया डढुवा रोग,
– पातको थोप्ले रोग
– बोडीको पहेलो तथा मोजाइक भाइरस,
– बेब ब्लाइट
३) सिंदुरे रोग, बोट्राइटिस खैरो ढुसी रोग, बोट होचिने रोग जरा मैलोहुने रोग
रोगहरूको एकीकृत रोकथामका उपायहरू :
१) रोग व्यवस्थापनका लागि उपलव्ध विभिन अवसरहरूको पहिचान गरी उपयुक्त प्रविधिहरूको प्रयोगले रोगबाट हुने क्षति न्युन राख्ने र वातावरणीय प्रदुषण घटाउनु नै
एकीकृत रोग व्यवस्थापनको सिद्धान्त हो ।
२) रोग रहित बीउको प्रयोग गर्ने वा रोगी बीउलाई नयाँ ठाउँमा ल्याउन बन्देज लगाउनु ।
३) बाली चक्र अपनाउने, बिरुवाका अवशेष नष्ट पार्ने कामहरू गरी रोगको बीउलाई कम पार्ने वा बीउको क्षमतालाई घटाउने ।
४) स्थापित भइसकेको रोगलाई क मगर्न उपयुक्त बाली व्यवस्थापन– खाद्यतत्वको समुचित प्रयोग, माटोको पी.एच., झारपात नियन्त्रण, विषादी छर्ने आदि) गर्ने र आवश्यकता अनुसार सुरक्षित तवरले ठीक समयमा विषदी छर्ने तर घरायसी र जैविक विषदीको प्रयोगलाई प्रोत्साहित गर्ने आदि रहेका छन् ।
५) वनपतिक विषादीमा निम्न वनस्पति प्रयोग गरिन्छः सूर्ति, नीम, मेवाको पात, असुरो, खुर्सानी, गोदावरी फूल , चिउरीको पिना, सिस्नु, सयपत्री, बोझो, टिमुर, लसुन, आदि ।
६) जैविक विषादीमा ब्याक्टेरिया, फङ्गस, भाइरस, प्रोटोजोवा र निमारोडहरू प्रयोग गरिन्छ
Source : सन्तोष रसाईली, सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन काठमाडौँ