जैविक मल त्यस्तो प्रकारको मल हो जसमा जीवित जीवाणुहरुको प्रयोग गरिएको हुन्छ । यी जीवाणुहरु बीउ बिरुवााको जराको सतह एवं जरा नजिकको माटोमा टाँसिएर एवं घेरिएर बसेका हुन्छन् । जसले गर्दा यी जीवाणुले बोटबिरुवाबाट निस्कने रस अहाराको लागि प्रयोग गर्दछन् साथै बोट बिरुवालाई आवश्यक पर्ने तत्वहरु उपलव्ध गराउँदछन् ।
जैविक मलमा व्याक्टेरिया, साइनोवेक्टेरिया , एक्टिनोमाइसिट, ढुसीहरु लगायत विभिन्न प्रकारका जीवाणुहरुको प्रयोग गरिएको हुन्छ । मूलतः विभिन्न जीवाणुहरुमा व्याक्टेरिया को नाम नै अगाडी आएको पाइन्छ । जसका प्रकारहरुमा राइजोवियम, एजेटोव्याक्टेरियम, एजोस्पोरिलियम, क्लोस्टरडियम, फस्फेट सलुवलाइजिङ व्याक्टेरिया को साथै एक्टीनोमाइसिटजमा फ्रान्किया, नोस्टक पर्दछ भने साइनोव्यान्टेरियामा एनावियना, नोस्टक आदि पर्दछन् ।
जैविक मलका प्रकारहरु
नाइट्रोजन स्थिरिकरण गर्ने : राइजोवियम,एजोटोव्याक्टर, एजोस्प्रेलियम,साइनेव्याक्टेरिया
फस्फोरस घुलनशील गर्ने : बासीलस, एस्परजीलस, सिउडोमोनस बिरुवावद्र्घक, सिउडोमोनस
फस्फोरस परिचालन गर्ने : माइकोराइजा
जैविक मलले कसरी काम गर्छ ?
- जैविकमलले वायुमण्डलमा रहेको नाइट्रोजनलाई माटोमा तथा बिरुवाको जरामा रहेको गाँठामा स्थिरीकरण गरेर उपल्व्ध गराउँदछ ।
- जैविक मलले माटोमा रहेको अघुलनशील फस्फोरसलाई घुलनसील बनाएर बिरुवालाई उपलव्ध गराउँदछ ।
- जैविक मलले बिरुवावद्र्धक हर्माेनहरु उत्पादन गरी उपलव्ध गराउँदछ ।
- यसले जैविक मललाई कुहाउन मद्धत गर्दछ जसले गर्दा प्राङ्गारीक मलमा रहेको तत्वहरु बिरुवालाई उपलव्ध गराउँदछ ।
- जैविक मलले विभिन्न सूक्ष्मजीव अहितकारी तत्व उत्पादन गर्दछ । जसले गर्दा विभिन्न
रोगजन्य किटाणुहरुको वृद्धिलाई रोक्दछ । जैविक मललाई नाइट्रोजन प्रदान गर्ने
हिसाबले २ प्रकारमा बाड्न सकिन्छ ।
१) बिरुवासंग सहसम्बन्धित रहेर नाइट्रोजन उत्पादन गर्ने
२) बिरुवासंग असम्बन्धित रहेर नाइट्रोजन उत्पादन गर्ने
बाली विषेशका आधारका जैविक मल
क) दलहन तथा कोशेबाली बालीको लागिः
दलहन बाली जस्तै मूगं, चना, अरहर, मसुरो, सीमी तथा अन्य कोशेबाली आदिको लागि राइजोवियम तथा फस्फोरस घोलक जैविक मलको प्रयोग गरिन्छ । विभिन्न दलहन वा कोशेबालीको लागि राइजोयिवमको विभिन्न प्रजातीहरु प्रयोग गर्नु पर्दछ ।
ख) कोशे तथा दलहन बाली बाहेक अन्य बालीको
लागिः
गैर दलहन बाली जस्तै धान, मकै, गहुँ, जौ, तिल आदि अन्य बालीको लागि माटोको
संरचना अनुसार एजोटोव्याक्टर, व्लु ग्रिन अल्गी, एजोस्पारिलम, फस्फोरस घोलक जीवाणु आदि प्रयोग गर्न सकिन्छ ।
जैविक मल प्रयोग विधि :
क) बीउ उपचारः बीउ रोपिने बाली लगाउनु पूर्व राइजोवियमको विभिन्न प्रजाती तथा फस्फोरस घोलकद्वारा उपचार गर्नुपर्दछ । यसरी बीउ उपचार गर्दा जैविक मलमा पानी मिसाई घोल तयार पारिन्छ ( १० देखि १२ के.जी. बीउको लागि २००÷२०० ग्राम जैविक मल भए पुग्छ । घोल तयार गर्दा उक्त जैविक मलमा ४०० मि.ली. पानी मिसाउनु
पर्दछ ) । उक्त घोल रोपाई गर्न तयार गरेको बीउलाई राखेर हल्कासंग तलमाथि गरेर चलाउनु पर्दछ ताकि बीउको सम्पूर्ण बाहिरी भागमा समान रुपले जैविक मल टाँसिन सकोस् । यसरी उपचार गरिएको बीउलाई एकै छिन छायाँमा सुकाएर तुरुन्त रोपिहाल्नु पर्दछ ।
ख) बिरुवा उपचार : यो विधि व्याडमा बिरुवा तयार गरी, बिरुवा रोपाई गरिने विभिन्न बाली जस्तै तरकारी, धान आदिमा प्रयोग गरिन्छ । यस विधि अन्र्तगत तयार गरिएको जैविक मलको घोलमा ( १ किलो एजोस्प्रीरिलम÷एजोटोव्याक्टर ५ देखि १० लिटर पानीमा मीसाउनु पर्दछ ) रोपाई गरिने बिरुवाको जरालाई २० देखि ३० मिनेट सम्म डुवाएर राखिन्छ र उक्त समय पश्चात बिरुवालाई तुरुन्त रोपाई गरिन्छ । तर धान बालीको लागि
भने बिरुवाको जरा ८ देखि १२ घण्टा सम्म घोलमा डुबाएर राखेपछि मात्र रोपाई गर्नु पर्दछ ।
ग) माटो उपचार : यस विधिमा राम्ररी पाकेको कम्पोष्टमा जैविककलाई रोम्रोसंग मिलाई रात भरि रहन दिनु पर्छ । यसरी जैविक मल मिसाइएको कम्पोष्टमलाई बाली रोपाई गरिने जग्गामा समान रुपले छर्नुपर्दछ । फलफूल तथा अन्य ठूला वनस्पतीका
जरा वरीपरि उक्त जैविक मल मिसाएको कम्पोट प्रयोग गर्न सकिन्छ । अन्य बाली जस्तै आलु, उखु, अधुवा आदि डयाङ्मा लगाउने बालीको लागि बाली रोपाई गर्नु पूर्व डयाङ्मा उक्त मिश्रण राखेपछि मात्र रोपाई गर्नुपर्दछ ।
राइवोजियम :
उल्लेख गरिएका जीवाणुहरुमध्ये सबैभन्दा अग्रपङ्गतिमा राइरोवियम व्याक्टेरिया पर्छ । यसको बारेमा धेरै खोज भइसकेको साथै यो उत्पादन गर्न र प्रयोग गर्न सजिलो भएको कारण यो धेरै प्रचालित छ । राइजोवियम एक प्रकारको Gram Negative व्याक्टेरिया हो । यसको चौडाइ तथा लम्वाई करिव०.५–०.९ र १.२–३.० माइक्रोमिटर हुन्छ । यसलाई
बाच्नको लागि उपयुक्त तापक्रम २७० से. र उज् ६.८ हो । राइजोवियमले कोशेबालीसंग Symbiotic सम्बन्ध राख्दछ । कोसेबालीमा हुने जराको गाँठाहरुका यो रहन्छ । यसले वायुमण्डलमा रहेको नाइट्रोजनलाई स्थीरिकरण गरेर बिरुवाले लिन मिल्ने अवस्थामा
उपलव्ध गराउछ । राइजोवियमले कोशेबालीको सहायता विना वायुमण्डलीय नाइट्रोजन लाई स्थीरीकरण गर्न सक्दैन यसको लागि सर्वप्रथम राइजोवियमले कोशेबालीको जरामा घाउ बनाउँदछ । फलस्वरुप जरामा पाइने तत्वको माध्यमबाट भित्री भागमा पुग्दछ । यसरी भित्र गएपछि यसले जरामा पाउने प्रोटिनको माध्यमबाट एक प्रकारको हर्मोन उत्पादन गर्दछ । जसलाई Indole acitic acid भनिन्छ । यसको कारणले जराको
कोषहरु बढेर गाँठागँठी जस्तो हुन पुग्दछन् जसलाई ल्यमगभि भनिन्छ । यी ल्यमगभि मा राइजोवियमले आफूलाई आवश्यक पर्ने वातावरण सिर्जना गर्दछ जसको कारण यी गुलाफी रङ्को हुन्छ । जरामा भएको वातावरणले इन्जाइम नाइट्रोजिनेज उत्पादन
गर्न मद्दत पुर्याउदछ । उक्त इन्जाइमको प्रयोगबाट रायजोवियमलाई वायुमण्डलमा रहेको नाइट्रोजन ग्याँसलाई बिरुवाले लिन मिल्ने नाइट्रोजनमा परिवर्तन गर्ने सक्दछ ।
राइजोवियम जैविक मल बनाउने तरिका :
यस प्रकारको जैविक मल बनाउन सजिलो छ साथै यसलाई आफैले बनाउदा किन्दा लाग्ने पैसा कम गर्न सकिन्छ । यसको लागि निम्न तरिकाहरु अपनाउनु पर्दछ ।
१. सर्वप्रथम बकुल्ला सिमी, चना वा अन्य बिरुवा ल्याउने र उक्त बिरुवाको जरा
हेर्ने जसमा गाँठागुँठीहरु रहेको होस् । जरालाई गाँठागुँठी समेटिने गरि काट्ने ।
२. यसलाई ७० प्रतिशत Ethanol (७० भाग ethanol र ३० भाग पानीको झोल) ले धुने र निर्मुलीकरण (sterilized) गरको पानीले दुई तिन पटक पखाल्ने ।
३. निर्मुलीकरण गरको भाँडामा (निर्मुलीकरण प्रेसर कुकरमा सिठ्ठी लगाउन सुरु भएको
१५ मिनेटमा हुन्छ ) यसको जरामा भएको गाँठा गँठीलाई टुक्रा टुक्रा पारेर पिस्ने ।
यसरी आएको रसलाई बनाइएको Yeast Manitol Agar मा राखीएको YAM
राख्ने जुन एPetridish मा उपयुक्त हुन्छ ।
४. यसरी Petridish मा राखीएको YAM Media लाई प्लाष्टिकको Tape ले सिल
गरेर २८० तापक्रममा चार दिन सम्म राख्ने ।
५. पाँचौ वा छैंठो दिनमा उक्त petridish मा राइजोवियमको कोलोनी बाटुलो, च्याप,च्याप लाग्ने (Mucoid), उठेको एवं गुलावी रंगको हुन्छ ।
६. यसरी आएको राइजोवियमलाई १०० मि.ली. निर्मुलीकरण गरेको Yeast Extract Broath मा ४ दिन सम्म २८० से. तापक्रममा राख्ने ।
७. अब २० ग्राम गम ल्याउने (पिठोबाट बनेको) यसलाई पकाएर लेदो बनाउने र
निमुर्लीकरण गरेको पानी मिसाएर च्याप च्याप हुने जस्तोसम्म बनाई चिस्याउने ।
८. यसमा जति मात्रामा बीउहरु डुवाउन मिल्छ डुबाउने र बीउलाई भाडा बाहिर निकालेर चुनले लपेट्ने यसरी बनाइएको बीउ रोप्नको लागि तयार भयो यसरी राइजोवियम राखिएको बिरुवालाई कुनै किसिमको नाइट्रोजन युक्त मल राख्नु
पर्दैन ।
मुनाल सुबेदी
Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन