बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बोझो : जलथल  दुवैमा हुने वहुवर्षीय विरुवा

आइतबार, असार २४ २०८१
8 views
बोझो : जलथल  दुवैमा हुने वहुवर्षीय विरुवा

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
बोझो जलथल  दुवैमा हुने वहुवर्षीय विरुवा हो । यसको जमीन मुनीको भाग   केही घस्रेर फैलिने   गर्दछ । यसको माटो जराको भित्री भाग सेतो र लचकदार  हुन्छ । जमीनमुनी
भएको काण्डबाट यो पलाएर आउछ र यसको रंग फिका सुन्तला वा खैरो गुलावि हुन्छ । पात १५ से.मी. देखि ४५ से.मी. सम्म लामो र करीब २.५ से.मी. चौडा र टुप्पो तिखो हुन्छ । यसको काण्ड अलि सुगन्धित, स्वाद अलि परपराउने पीरो र तितो हुन्छ । काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ । काण्डको तल्लो भागमा पुरानो जराको दागहरु भेटिन्छन् । पात जमिनमुनि रहेको काण्डबाट पलाएका हुन्छन् ।

फूल फुल्ने समयः बैशाख–जेष्ठ

प्राकृतिक वासस्थानः
यो हिमालयको काखमा प्राकृतिक रुपमा २००० मिटर सम्मको उचाईमा पाइन्छ । यो चिस्यान भएको या सिमसार भूमिमा पाइन्छ । खोलाको तिर, दलदल परेको ठाउँ, पोखरी या यसको आसपासमा पाइने हुनाले अल्प मात्रामा यस्तै स्थानहरुमा लगाएको समेत पाइन्छ ।

उपयोगिताः
यसको काण्ड वाथ, ज्वरो, शूल, कफ आदिको उपचारमा प्रयोग गरिन्छ । यसलाई भोक जगाउन पनि प्रयोग गरिन्छ । यो स्वर खुलाउने स्मरण शक्ति बढाउने र तागतको औषधिको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । सौन्र्दय प्रसाधनका वस्तुहरुमा पनि सुगन्धको लागि यसको तेल प्रयोग गर्ने गरिन्छ । यसको (जराको) धुलोमा कीटनाशक गुण हुन्छ र उडुस, पुतली (रातमा आउने) र जुम्रा हटाउने काममा पनि उपयोगी पाइएको छ ।

संकलन, समय र विधिः
बोझोको काण्ड (जरा) आश्विन–कार्तिकमा संकलन गरिन्छ । बजारमा लैजानु अघि संकलन भएको जरा  लाई पटक पटक घाममा सुकाउनु पर्दछ र बोरामा हाली भण्डार गर्नु पर्दछ । एक हेक्टर भूमिमा करीब १००० किलोग्राम सुकेको काण्ड उत्पादन गर्न सकिन्छ । एक हेक्टरमा यसको खेती गर्न रु १२,००० लाग्ने र उत्पादनको विक्रीबाट रु ४०,०००/– सम्म प्राप्त गर्न सकिने उल्लेख भएको पाइन्छ । बोझोको सुकेका जरा  मा १.५–३.५ प्रतिशत सम्म पहेंलो वासनादार तेल पाइन्छ । यसको जरामा एकोरिन  भन्ने ग्लुकोसाइड पनि पाइन्छ ।

प्रसारण विधिः
बोझोको विस्तारण यसको जमीन मुनीको काण्डबाट गर्नु पर्दछ । यसको लागि केही बलौटे माटो भएको चिस्यान रही रहने ठाउँ उपयुक्त हुन्छ । हरियो मल  राखेर खेती गर्दा राम्रो परिणाम देखिएको छ । अघिल्लो वर्ष रोपेको विरुवाको अग्र भागलाई छुट्याएर ३० से.मी. फरक पारी विरुवा रोप्नु पर्दछ । पुरानो भाग भने संकलन गर्नु पर्दछ । एक वर्षमा यो संकलन योग्य बन्दछ । चिस्यान कम हुने ठाउँमा खेती गर्नु अघि र पछि पनि सिंचाईको आवश्यकता पर्दछ ।

प्रमुख रसायनिक तत्वः
यसको जरा र काण्डमा सुगन्धित तेल पाइन्छ । यसमा मुख्य रुपले विटा एसारोन  नामक
वानस्पतिक रसायन पाइन्छ ।

सम्बन्धित विषय

थप समाचार