बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गामडोल

मंगलबार, असार २६ २०८१
7 views
गामडोल

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

गामडोल सुनाखरी सानो आकारको (७ १५ से. मी.) अग्लो, चिस्यान युक्त जमिनमा हुर्कने सुनाखरी प्रजाती हो। यसको काण्ड पातलो, सामान्यतया वैजनी रंगको हुन्छ। यसको पातहरू लाम्बा, बेलनाकार हुन्छ । साउन भदौमा ५ - १५ से मी लामो, १२ १५ वटा फूल फुल्छ। फूलहरू गुलावी रङका पानपाते आकारको हुन्छ। यसको गानो एउटा विरुवामा २ वटा हुन्छ र यसको आकार ०८- १.४ से मी जत्रो हुन्छ। यो दुगाजस्तो कडा, बीचमा फुकेर दुइतिर लाम्बो परेको, हल्का खैरो रंगको हुन्छ ।

उपलब्धताः

गामडोल ६०० २६०० मी सम्मको उचाईमा पाईन्छ। यो बढी मात्रामा पहाडी साल र चौडापाते वन एकै ठाउँमा भएको स्थानमा पाईन्छ। कणाली प्रदेशका निम्न स्थानहरूमा गामडोल पाइने अभिलेख रहेको छ मल्यानः जिमाली, मामां खोला, दैलेख रानी महा, रातो खोला, घोडावास, ताल पोखरी, पानीटन्की, दुजेसर, कालीकोट बदीगांड, मान्मा, कणर्णाली नदि पुल, रेगेला-कोटा। संकलन समयः गामडोलको गानों आश्विनदेखि कात्तिक महिनासम्म सकलन गर्न सकिन्छ ।

व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारी:

यसको मुकेको गानो कडा, १४५ से.मी लामो, बीचमा फुकेर दुईतिर साँघुरो परेको, लाम्बो, खैरो-फुखो रंगको हुन्छ। एउटा बिरुवामा २ वटा गानो हुन्छ र यसको सुकेको औसत तौल १.३ ग्राम हुन्छ। गानो फुटाएर हेदां स-साना फिस्टलको रूपमा टुक्रने र खांदा हल्का चिप्लो हुन्छ। प्रयोगः स्थानीयः शक्तिवर्धक तथा यौनवर्धक औषधिको रूपमा उपयोग गरिन्छ । आयुर्वेदः गामडोलको गानों खोकीमा कफ निकाल्न, जिउ बांधन र शक्तिवर्धक औषधिको रूपमा उपयोग गरिन्छ । 

उत्पादन र बजारः

गामडोल अथवा कालादाना भनेर अन्य प्रजातिको बीउ पनि व्यापार हुने गरेको छ। यहाँ हामीले उल्लेख गरेको मूल्य Brachycorythis obcordata को हो । कणांनीबाट प्रतिवर्ष ३३ टन गामडोल संकलन र व्यापार हुने गरेको छ (वन विभाग। २०७७ सालमा कणांलीबाट गामडोल प्रति किलो अनुमानित रु ३०० भने नेपालगञ्जमा यसको मूल्य अनुमानित रु ७০০ वियो । ५०० (संकलनले पाउने मुल्य। मा विक्री भएको वियो ९०० प्रति किलो जिल्लाका व्यापारीले पाउने मुल्य।

संरक्षणको अवस्थाः

यो अर्किड परिवारमा पर्ने भएकोले CITES अनुसूची २ मा पर्दछ। यो प्रजातिहरू लोप हुने खतरा छैन, तर यसको अव्यवस्थित सालन तथा व्यापारको कारण जोखिममा पर्नेछ। त्यसैले नेपाल सरकारले CITES अनुमुचीमा पर्ने बोटविरुवाहरूको सकलन, प्रयोग, विक्री, वितरण, ओसार पसार र नियातमा प्रतिबन्ध लगाएको त छैन तर CITES अनुसूची २ मा परेका वनम्पितहरूको हकमा निर्यात गर्न CITES प्रमाणपत्र आवश्यक पर्छ ।

Source :  कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

थप समाचार