बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

डालेचुक

बिहीबार , असार २८ २०८१
10 views
डालेचुक

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

डालेचुकको १० - १०० से मी अग्लो, तिखा धेरै हांगाबिगा भएको, पतझर, झाडीवर्गको कांडेदार वनस्पति हो । यसको पुरानो हाँगाहरूको टुप्पाले तिखो कांडाको आकार लिएको हुन्छ। पात १५ २ से. मी लामो, २- ४ मिमी चौडा, सांगुरो अण्डाकार हुन्छ र रातो सिन्दुर जस्तो कत्लाले पातलाई ढाकेको हुन्छ । फूलहरू बिना डाँठको र पहेंलो रङको हुन्छ र फूलहरू पात नभएको होगहरूमा झुप्पा-झुप्पा भएर फुल्छ। फल पाकेपछि सुन्तला वा रातो रङ्गको हुन्छ। यसको फूल वैशाखदेखि जेठ महिना तिर फुल्दछ, साउन भदौ तिर फल लाग्दछ ।

उपलब्धताः

डालेचुक प्राक्तिक अवस्थामा ३३०० ४५०० मी. को उचाइमा पानीले। बगाएर ल्याएको ढुङ्गा बालुवा मिश्रित माटोमा पाइन्छ । कणर्णाली प्रदेशका हिमाली जिल्लाहरू हुम्ला, मुगु, जुम्ला, जाजरकोट, डोल्पामा यो प्रसस्त मात्रामा पाइन्छ । कणर्णाली प्रदेशका निम्न स्थानहरूमा डालेचुक पाइने अभिलेख रहेको छः हुम्लाः दोजाम, चुवा खोला, लिमी, मुगु, जुम्ला, जाजरकोट बारेकोट, डोल्पा ।

संकलन समयः

असोज कार्तिक तिर फल तथा बीउ संकलन गर्न सकिन्छ व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारी: भुईच्कको फल पाकेपछि सुन्तला रातो रङको र गुदीदार हुन्छ। यसको आकार हरियो केराउ जत्री, बोका एकदमै कमलो हुन्छ। फल धेरैनै अमिलो हुन्छ। भित्रको वीउ पीचमा फग्लेटा परेको कफीको बीउजस्तो हुन्छ । 

प्रयोगः

स्थानीयः पाकेका फलहरूबाट अमिलो (चुक) बनाई अचार वा तरकारीमा प्रयोग गरिन्छ। फलको रस वा काढा को रूपमा खपत भोक जगाउने, पेट सफा गर्ने टनिकका रुपमा लिइन्छ। पाकेको फलहरू कच्चा वा अचारमा बाइन्छ ।

आयुर्वेदः

यसको फल चिनी रोगलाई घटाउन, रगत सफा गर्न, महिलाहरूको महिनावारी घटबढ भएको नियमित गर्न, रुघा खोकीको उपचार तथा सर्वतको रूपमा प्रयोग गर्ने गरिन्छ ।

अन्य औषधिः

बीउबाट निस्कने तेलमा छालालाई चाउरिनबाट जोगाउने गुण तथा प्रचुर मात्रामा भिटामिन सी रहेको पाइएको छ।

औधोगिक र व्यापारिकः

यसको फलबाट जम, जाम, उच्चस्तरीय रक्सी, वियर जस्ता पेय पदार्थ र मिठाई, चकलेट जस्ता खाद्य पदार्थहरू उत्पादन गर्ने गरिएको पाइन्छ ।

उत्पादन र बजारः

चुक अथवा मुईचुक कणर्णालीबाट रु २०० ८०० प्रति केजीमा विकी हुन्छ। चुकबाट व्यावसायिक रूपमा जूस जाम आदि बनाउन सकिन्छ। मनाङ र मुस्ताङमा यसको फलको जुस पर्यटकलाई राम्रो मूल्यमा अनुमानित २०० २५० प्रति ग्लास विक्री गर्ने गरिन्छ। स्थानीय स्तरमा बनाइने चुकको बजार स्थानीय स्तरमानै छ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

थप समाचार