परिचयः
चुत्रोको नेपालमा ४० भन्दा बढि प्रजातिहरू छन् । यी प्रजातिहरूमध्ये Berberis aristata Berberis asiatica को प्राक्तिक वितरण अन्य प्रजातिहरू भन्दा सहज र सघन भएकाले यसको प्रयोग भएको पाइन्छ । Berberis aristata करिव २३ भी सम्म अग्लो हुने, ठूलो झाडीभएको, पात छोटो, भेट्नु भएको, झुप्पामा पलाएको, २ ७ से मी लामो र ०५ २ से. मी. चौडा, किनारामा कांडेदार दांत भएको हुन्छ। फूल पहेलो, फलको दाना गाढा रातो र पाकेपछि निलो वा प्याजी रंगको हुन्छ । Berberis asiatica करिव २ ४ मी सम्म अग्लो, झाडीदार, पात छोटो भेट्नु भएको, झुप्पामा पलाएको, १८७५ सेमी लामो २०५२ से. मी चौडा, अलि बाक्लो, किनारामा ठूलो कांडा भएको हन्छ । फूल पहेंलो बास्नादार, फल बेरि, गाढा निलो वा कालो रंगको हुन्छ। फलको स्वाद गुलियो र अमिलो हुन्छ । दुवै प्रजातिमा फूल फागुनदेखि जेठमा फुल्दछ भने असारदेखि मंसिरमा फल लाग्छ ।
उपलब्धताः
Berberis aristata ११५० ४००० मी सम्मको उचाईमा पाईन्छ भने Berberis asiatica ६०० ३१५० मी सम्मको उचाईमा नेपालभरका खुल्ला पाखामा फैलिएको पाइन्छ। यी प्रजातिहरूलाई हिमालय क्षेत्रको रैथाने वनस्पति मानिन्छ । कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा यी दुई प्रजाति पाईएको छ डोल्पा- क्याम्प साईट, थाला गाँउ, जडग्रा खोला, धुनाई (२१८० मी कालीकोट तरि (९१७५० मी नग्मा, तिला खर्वाभिय (२१२० मी। मुगु करखान, खतेर डारा २१२० मी कावा (२१२० मी., दक्षिण भयारि २५१० मी, जुम्ला (३०३० मी दैलेख तिमुरे, गईराई ९०० मी। डुल्लु १३७० मी।, रानिमत्ता-रातोखोला घोडावास तालपोखरी-पानी टेडी-दुईसार। २१०० मी। जाजरकोट मजिरिलेख (२३५० मी.। सल्यान वल्ले १५८०- १७६० मी।, बरमरे, जुम्ला- पन्नोत्यास- रंगा चौवाका (दक्षिण च्याखुरे। हुम्ला मैला, मदना, कालिका, श्रीनगर, जैर, दामां, मिमि, श्रीमष्ठा, मेलछाम, रोडिकोट, गोठी, बरांई, साया, लाली, छिपा, खापुंनाथ, येहे, बरगाउं, सिमकोट, डांडाफया, म्याडा, हेप्का, खगालगाउ, मुचु र लिमी, रुकुम पश्चिम रोलि (१२१० मी, शंखपिपल, सानोपिपल ।
संकलन समयः
चुत्रोको फल कार्तिकदेखि मसीरमा सङ्कलन गरिन्छ। बोकाको मङ्गलन परिपक्व हांगावाट सकभर फल पाकेपछि मात्र गरिन्छ त्यसैले दुवै प्रजातिको बोक्रा र जराको संकलन असोज देखि मंसिरभित्र गरिन्छ ।
व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः
यसको जरा र बोक्राको व्यापार हुन्छ। यसको जरा तथा डाँठको बोक्रा सुकेको, कडा, बाहिरी भाग अलिअलि चिरा परेको, हल्का पहेंलो-खैरो रंगको र भित्री भाग पहेंलो रंगको हुन्छ। जरा तथा डांठको स-साना टुक्राहरू (३-७ से. मी) बनाएर व्यापारमा आएको पाईन्छ। बोक्रा खांदा तीतो तर गन्धरहित हुन्छ ।
प्रयोगः
स्थानीयः चुत्रोको फल, पात, बोक्रा र जराको औषधीय प्रयोग हुन्छ। जुम्लामा स्थानीय बासिन्दाले यसको फलको अचारको रूपमा प्रयोग गर्छन्। जुम्ला, कालिकोट र मुगुमा यसको बोक्राको रस आंखा पाकेमा प्रयोग गरिन्छ। डोल्पामा यसको पात र फलको जुस झाडापखाला र पेटको अन्य समस्यामा, बोक्राको रस जडिस र विषमज्वरोको उपचारमा प्रयोग गरिन्छ ।
आयुर्वेदः
आयुर्वेदिक पद्धतिअनुसार चुत्रोलाई अति महत्वपूर्ण श्रऔषधिमूलक जडीबुटी मानिन्छ । यसलाई घाउ खटिरा भएमा, आंखा पर्कको बेलामा, बहुमुत्र भएमा, कमलपित्त, ज्वरो खोकी आउँ परेका र टाउको दुख्ने विरामीका लागि खान लगाउन र घस्न उपयोगी हुन्छ । अन्य औषधि यसको बांका पाइल्स, कमलपित्त, मलेरिया र फियो बढेमा, शरिर मुन्नेकोमा, रगत शुद्ध गर्नमा प्रयोग गरिन्छ । औधोगिक विशेष गरि बोक्रा र जरा प्राक्तिक रूपमा पहेंलो रंग शुद्ध निकाल्न प्रयोग हुन्छ। चुत्रोको फल स्वादिलो हुनाले आजकल जाम र मदिरा तयार पार्न उद्योगहरूमा पनि यसको प्रयोग हुन थालेको छ ।
संरक्षणको अवस्थाः
नेपालको पूर्वदेखि पश्चिमी भागमा यस वनस्पति पाखा र जंगलमा पाइने हुँदा अहिले सम्म यसको संरक्षण अवस्था सन्तोषजनक नै छ त्यसकारण हालसम्म संरक्षणमा संलग्न संघसंस्था निकायहरूको संरक्षण सूची (conservation list) मा चुत्रो सूचीकृत भएको छैन । तथापि अव्यवस्थित सङ्कलन र यसको प्राकृक्तिक वासस्थानको विनाशले चुत्रोको दिगो संरक्षणमा समयमा नै ध्यान पुर्याउन जरुरी छ ।