बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तितेपाती

बिहीबार , असार २८ २०८१
71 views
तितेपाती

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

यो २ मी. सम्म अग्लो हुने, हाँगाहरू छरिएको झार वर्गको सुगन्धित वहुवर्षीय वनस्पति हो । पात ५ – १० से.मी. सम्म लामो भालाकार हुन्छ । पातहरू खण्डमा चिरिएको र तल्लो सतहमा खरानी रंगको जस्तो धुलो लागेको हुन्छ । फूल सेतो अथवा फिक्का हरियो रंगको हुन्छ र भदौदेखि कार्तिकमा फूल फुलेर फल लाग्छ ।

उपलब्धताः

३०० - २४०० मी. सम्मको उचाईमा खेतवारीमा, वनको किनारातिर नेपालभरी नै पाईन्छ । कणर्णाली प्रदेशका सबै १० जिल्लाहरूमा तितेपाती पाइन्छ ।

संकलन समयः

आश्विनदेखि मंसिर महिनासम्म ।

व्यापारमा आउने भागबारे जानकारीः

तितेपाती प्राय गरेर सुगन्धित तेल उत्पादन गर्नका लागि खरिद हुने भएकोले हल्का ओइलाएको अवस्थामा यसको व्यापार हुन्छ । कहिलेकाही सुकेको तितेपातीको पनि व्यापार हुन्छ । यसको सुकेको पात सुर्ती जस्तै कच्याक कुचुक्क परेको, पातको माथिल्लो भाग हल्का हरियो खैरो रंगको, स-साना झुस भएको र तलको भाग हल्का सेतो-खैरो रंगको कपास जस्तो वस्तुले छोपेको हुन्छ । व्यापारमा आउँदा यसको पात संगै फूल र स-साना टुक्रा पारेको डाँठ पनि आएको हुन्छ । यसको पात बास्नादार र हल्क तीतो हुन्छ । सुकेको तितेपाती हल्का सेतो र खैरो रंगको पात आलो अवस्थाको भन्दा सानो र खुम्चिएको तर स्वरूप उस्तै भएको हुन्छ । नेपालीहरूमाझ यो परिचित भएकोले यसको पहिचानमा खासै कठिनाई हुँदैन ।

प्रयोगः

स्थानीयः  पाती वा टिमुरे पातीले चिनिने हुम्लामा यसलाई जैविक किटनासकको रूपमा प्रयोग गरिन्छ । त्यस्तै सुख्खा विरुवालाई पोलेर नस लिंदा पिनास र टाउको दुखेको ठीक पार्छ ।

आयुर्वेदः पेटको कीरा मार्न, वाथ दम, ज्वरो, खोकी आउँ, आदिमा यसको प्रयोग गरिन्छ ।

अन्य

औषधिः यसको झोल वालीमा लागेका कीराहरू मार्नको लागि प्रयोग गरिन्छ ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार