बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तेजपात

बिहीबार , असार २८ २०८१
8 views
तेजपात

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः 

यो १०-१५ मी सम्म अग्लो हुने मध्यम आकारको सदाबहार रूख हो । यसको रुखको पातलाई तेजपात र यसका बोक्रालाई दालचिनी भन्ने चलन छ। यसको बोक्राको रंग बिरुवा सानो हुँदा हरियो र छिपिएको अवस्थामा खैरो रंगको हुन्छ । यसको पातहरू टल्किन, चिल्लो र सुगन्धित हुन्छ । पात एकपछि अर्कोतिर विपरित दिशामा हुन्छ । पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । पातको फेददेखि टुप्पासम्म तीनवटा नशाहरू गएको हुन्छ । भेट्नु सहितको पात वास्नादार हुन्छ । फाल्गुणदेखि वैशाख महिनासम्ममा सेतो वा पहेंलो, स-साना फूलहरू हाँगाको टुप्पामा फुल्ने गर्दछ । यसको फल अण्डाकार, एउटामात्र बीउ भएको, गाढा बैजनी रंगको १५-२ से मी सम्म लामो हुन्छ ।

उपलब्धताः

प्राकृतिक अवस्थामा  अवस्थामा तेजपात ४०० २३०० मी सम्मको उचाईमा नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्रमा पाइन्छ । तेजपात उपोष्ण हावापानीमा बढी पाईन्छ। कर्णाली प्रदेशका निम्न स्थानहरूमा तेजपात पाइने अभिलेख रहेको छ. कालिकोट कणाली तिला दोभान, सुर्खेत सारे खोला, जाजरकोटः भेरी उपत्यका, जल्दि गड, दैलेख छगात्र ।

संकलन समयः

तेजपात वर्षमा एक अथवा दुई पटक (भदौ असोज र चैत्र वैशाख) रुखको हाँगाहरू भांचेर झिकिन्छ । त्यस्तै दालचिनी वर्षको एकपटक जाडो याममा संकलन गरिन्छ ।

व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः

सुकेको पात १० - १८ से मी. लामो, ५ ८ से.मी. चैडा भएको, बीच भागदेखि फेद र टुप्पो तिर सांघुरो भएको, पातको माथिल्लो भाग हरियो-पहेंलो रंगको हुन्छ भने तल्लो भाग पहेंलो रंगको हुन्छ । पातको फेददेखि टुप्पोसम्म तीनवटा नशाहरू हुन्छन् । भेट्नु सहितको पात हल्का गुलियो र बास्नादार हुन्छ । यसको पात र बोक्रा दुबै व्यापारमा आएको पाईन्छ । बोक्राको बाहिरी भाग हल्का कालो-खैरो रंगको हुन्छ भने भित्री भाग रातो-खैरो रंगको हुन्छ । यो बास्नादार हुनुका साथै खाँदा हल्का गुलियो तथा पिरो स्वादको र चपाउँदै जाँदा चिप्लो हुन्छ ।

प्रयोग 

स्थानीयः बोक्राको धुलो वा सारतत्व आन्द्रा सम्बन्धि, वाकवाकी, ग्यास्ट्रिक पखाला जस्ता समस्याको उपचारमा प्रयोग हुन्छ । यसको पात, बोक्राको धुलो मसलाको रूपमा प्रयोग गरिन्छ ।

आयुर्वेदः यसको पात र बोक्राको प्रयोग औषधिमा, मसलाको रूपमा र खाद्य पदार्थलाई सुगन्धित बनाउनमा गरिन्छ । यसको पातको प्रयोग आउँ पर्दा, पेट दुख्दा र खाना पचाउनको लागि पनि गरिन्छ। दालचिनीलाई पानीमा उमालेर पानी पिउनाले पखाला रोक्ने, वाक्वाकी थाम्ने र पेटको गडबडी नियन्त्रण गर्छ । तेजपातको बिऊको रस पेट सम्बन्धि समस्या, छालाको रोग, उपचार झाडापखाला नियन्त्रण गर्न प्रयोग गरिन्छ । यसको पातको रस, बेसार, अदुवा, ज्वानोको साथ सेवन गर्नाले लामो समयको खोकी पनि निको हुन्छ ।

अन्य औषधिः यसको तेल दांतको दुखाईमा औषधिको रूपमा पनि प्रयोग हुन्छ। पातबाट निकालिएको रासायनिक तत्व Cinnamaldehyde Eugenol औषधि, सुगन्धित तेल, खाद्य र पेय पदार्थमा प्रयोग गरिन्छ । औधोगिक र व्यापारिक यो मसलाको रूपमा अत्याधिक प्रयोगमा आउँछ ।

उत्पादन र बजारः कणांलीबाट प्रतिवर्ष ३९१ टन तेजपात र ५५ टन दालचिनीको सकलन र व्यापार हुने गरेको छ (वन विभाग) । २०७७ सालमा कर्णालीबाट तेजपात प्रति किलो अनुमानित रु ४० - ६० संकलनले पाउने मुल्य। मा विक्री भएको थियो भने नेपालगञ्जमा यसर्थ मूल्य अनुमानित रु ७० - ८० प्रति किलो जिल्लाका व्यापारीले पाउने मून्य थियो। त्यस्तै २०७७ सालमा दालचिनी अनुमानित रु ८०-  १०० संकलनले पाउने मल्य। मा विक्री भएको थियो भने नेपालगन्जमा यसको मूल्य अनुमानित रु ११० -  रु १३० प्रति किलो जिल्लाका व्यापारीले पाउने मूल्य। थियो। कणांलीबाट सकलित तेजपात र दालचिनी नेपालगञ्ज र गड्डाचौकी हुँदै मुख्य बजार भारततर्फ नियांत हुन्छ ।

संरक्षणको अवस्थाः IUCN Red list अनमार यो वनस्पति कम चामी भएको (LC। वनस्पति अन्तर्गत पर्दछ । नेपाल सरकारले यसलाई खेती तथा सरक्षणको लागि प्राथमिकता क्रममा राखेको छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार