बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धटेलो

बिहीबार , असार २८ २०८१
10 views
धटेलो

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

धटेलो २ - ३ मिटरसम्म अग्लो हुने, भकांडेदार झाडी वर्गमा पर्ने पतझड बहुवर्षीय वनस्पति हो । पात २.५ - ७५ सेमी सम्म लामो र ०.५- ३ से. मी चौडा हुन्छ । पात भेट्नु भएको गाढा हरियो, किनारमा हल्का दांती भएको हुन्छ । फूलहरू भेट्‌नो भएको, सेतो रङ्गको हुन्छ । फल वेल्नाकार, पाकेपछी वैजनी रंगको हुन्छ । यसको फूल फुल्ने र फल लाग्ने समय वैशाख देखि कार्तिक सम्म हो ।

उपलब्धताः

यो प्रजाति भारत, भुटान, दक्षिण तिब्बत र पश्चिमी चीनमा पाइन्छ। नेपालमा धटेलो पुर्व, पश्चिम तथा मध्य क्षेत्रका जिल्लाहरूमा ११००-३४०० मी को उचाईमा प्राकृतिक अवस्थामा जंगलमा छेउमा, घाम लाग्ने खुल्ला ठाउँमा पाईन्छ । कर्णाली प्रदेशका निम्न स्थानमा धतेलो पाइने उल्लेख रहेको छ हुम्ला गोठी, सिमिकोट, म्याडा, केर्मि, डोल्पा वाला गाउँ जाडा खोला दुनाई (२१८० मी आंखे (२६९० मी जुम्ला (२३००- २३१४ मी। -गेठीचौर-मुनिगाउँ चुतां २७५० मी मृग-गमगढी २४४० मी, रारा २९०० मी कालिकोट- चिलखाया (२००० मी. । जाजरकोट-इसेरे (१७४० मी, हानिसल्ला लेख (२६३० मी।

संकलन समयः

यसको बीउको संकलन असोज देखि कार्तिकमा गरिन्छ ।

प्रयोगः

स्थानीयः  जुम्लामा यसको बीउको तेल खाना पकाउन प्रयोग गरिन्छ । डोल्पा, हुम्ला र जुम्लामा यसको तेललाई बेहोसीको औषधी को रूपमा लिईन्छ र गर्भवती महिला ले बच्चा जन्माउदा सजिलो गराउन प्रयोग गरिन्छ । तेल बाथरोग, आंउ, ज्वरो र माशंपेशी दुखाईमा प्रयोग गरिन्छ । जुम्ला, कालिकोट, मुगु र सल्यानमा यसको तेल तताएर छाती र घाँटी दुख्दा मालिस गरिन्छ र खोकी निको पार्न पनि प्रयोग गरिन्छ ।

आयुर्वेदः  धटेलोको बीउको तेल बाथ रोगमा, माशंपेशी दुखाईमा प्रयोग गरिन्छ। पेटमा किरा पर्दा र पेट दुखाईमा पनि यो उपयोगी मानिन्छ ।

औधोगिकः यसको फलबाट गाढा वैजनी रंग उत्पादन गरिन्छ। यसको तेल खाना पकाउन का साथै वत्ती बाल्न पनि प्रयोग गरिन्छ ।

उत्पादन र बजारः कर्णालीमा बजार मूल्य रु १०० - १४० प्रति केजी ।

संरक्षणको अवस्थाः यस वनस्पतिको वास्तविक संरक्षण स्थितिका बारेमा पर्याप्त अध्ययन भएको छैन । हालसम्म संरक्षणमा संलग्न संघसंस्था निकायहरूको सरक्षण सूचीमा धटेलो सूचीकृत भएको छैन । 

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार