परिचयः
यो १० २० से.मी सम्म अग्लो हुने सुगन्धित जमिनमा फैलने झारवर्गको वनस्पति हो। पात साधारण, विपरित दिशामा पलाएको, भेट्नो छोटो अथवा भेट्नो नभएको ०५-१५ से. मी लामो २०२-०५ सेमी चौडा हुन्छ। फूलहरू सानो बैजनी रंगको झुप्पामा डांठको टुप्पोमा फुल्छ । वैशाख देखि मसिर सम्ममा यसको फूल फल्छ र फल लाग्दछ ।
उपलब्धताः
यो प्रजाति भारत, अफ्गानिस्तान, पाकिस्तान, भुटान, तिब्बत, चाइना र जापान सम्म फैलिएको पाइन्छ। नेपालमा घोडामचर्चा पूर्व, मध्य र पश्चिम क्षेत्रका जिल्लाहरूमा १६०० ४७०० मीटर सम्मको उचाईमा प्राकृतिक अवस्थामा खुल्ला सुख्खा ठाउँमा, घाँसे मैदान र चट्टाने भीरमा पाईन्छ।
कर्णाली प्रदेशका निम्न स्थानमा घोडामचर्चा पाईन्छः
हुम्ला - गोठी, सिमिकोट लग्ना । ३८५० मी, स्याडा, केमिं, जुम्ला- सिन्जा खोला। २४२० मी), धिताचौर (२५०० मी। डांफे पाम २७०० मी मुगु (३३३० मी खत्याड, छायांनाच, डोल्पा-दुनाई। २६०० मी। सुलिगढ़, जगदुल्ला, ठुली भेरि, फोक्सुणडो ताल (३६१९ मी।, तराप ।४०९० मी, दैलेख भैसाकोट (१६०० मी., कालिकोट नग्मा, तिला भ्याली ( २००० मी। जाजरकोट-तालु (४००० नी।
संकलन समयः
यसका पात र फलहरू साउन देखि भदी सम्मा संकलन गरिन्छ भने जग कार्तिक देखि मंसिर सम्ममा संकलन गरिन्छ ।
प्रयोगः
स्थानीय डोल्पामा यसको कलिलो फूल दांत र गिजा को समस्यामा प्रयोग भएको पाइएको छ। हम्ला, मुगु, कालिकोट, जुम्लामा मा यस विरुवाको माथिल्लो भाग पानीमा उमालि रुघा खोकि लाग्दा, पेट दुस्दा झाडापखाला, अपच, ग्यास्ट्रिक भएमा प्रयोग गरिन्छ । आयुर्वेदः आयुर्वेदिक पद्धतिमा यसको पात र फूलको रसलाई ज्वरो, शरिर दुखाईमा, दम, फोक्सो र कलेजो सम्र्वान्ध समस्यामा आंखा दुस्दा, सुन्निदा रातो हंदा प्रयोग गरिन्छ। यसको पातलाई रगत गद्धिकरणमा पनि उपयोगी मानिन्छ । अन्य औषधि यसमा एन्टिहमेन्थिक औषधीय गुण पाईन्छ।
औधोगिक पात र फूल लाई मसाला को रूपमा हर्वल चिया प्रयोग गरिन्छ। यसलाई धूप बनाउन प्रयोग गरिन्छ ।
उत्पादन र बजारः
घोडामचां नेपालभित्रने, अझ भन्नुपदां कणर्णालीमा विक्री वितरण हुन्छ। यसको व्यापारिक परिमाणको यकिन छैन ।
संरक्षणको अवस्थाः
नेपालको पूर्वदेखि पश्चिमी भागमा यस बनस्पति भिरालो पाखा र घाँसे मैदानमा प्रशस्तै मात्रामा पाइन्छ । यस बनस्पतिको वास्तविक सरक्षण स्थितिका बारेमा पर्याप्त अध्ययन भएको छैन। हालसम्म कुनैपनि मरक्षणमा सलग्न संघसंस्थाहरूको संरक्षण सूची मा घोडामचा सूचीकृत भएको छैन ।
Source : कर्णाली प्रदेशमा रहेका व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका