बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धयरो - सानो धयरी

आइतबार, असार ३१ २०८१
9 views
धयरो  - सानो धयरी

समाचार शेयर गर्नुहोस्

Share this news

 परिचयः

धंयरो १-३ मी. सम्म, अग्लो हुने, धेरै हांगा भएको झाडीदार बहुवर्षीय वनस्पति हो। यसको बोक्रा फुस्रो रातो रंगको, पातलो र उप्काउँदा उप्कने हुन्छ। पात भेट्नु नभएको, ५-१२ से. मी. लामो, १-३ से मी चौडा, विपरित, लाम्बो सांघुरो परेको, पातको माथिल्लो सतह गाढा हरियो तथा तल्लो भाग फुस्रो हुन्छ । यसको फूलहरू राता, सुन्तला रडका साना सोली आकारको, झुप्पा भएर फुल्छ। फलहरू अनियमित जसमा चिल्लो, साना, खैरो बीउ हुन्छ ।

उपलब्धताः

यो प्राङ्क्तिक अवस्थामा २०० १८०० मी सम्मको उचाईमा सुख्खा, घमाइलो ठाउंहरू, प्रायः पुरानो कृषि भूमिमा तवा खुल्ला स्थानमा नेपालभर पाइन्छ । कर्णाली प्रदेशका निम्न जिल्लाहरूमा धयरो पाइने अभिलेख रहेको छः सुर्खेत, दैलेख, रुकम पश्चिम, सल्यान ।

संकलन समयः

यस वनस्पतिको फूल चैत्र देखि वैशाखसम्म संकलन गर्न सकिन्छ ।

व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः

फल सिम्रिक वा रातो रंगको, सानो भेट्नु भएको, ट्युव जस्तो, मिठो बास्ना आउने हुन्छ। फूलसंग पात र डॉठको टुक्रापनि संगै आएको हुन्छ ।

प्रयोगः

स्थानीयः

फूल, बोक्रा र पातको रस पखाला, पेट दुखाइ, रगतमासिमा प्रभावकारी हुन्छ ।

आयुर्वेदः

फूललाई रंग बनाउन प्रयोग गरिन्छ। यसको फूल अपच, आउँ, पिनास, नाक मुखबाट रगत बग्ने, पखाला आदि रोग नियन्त्रणमा उपयोगी हुन्छ। पांच देखि सात ग्राम ताजा फूलहरूको सारतत्व र १ - २ चम्बा मह मिसाई पखाला लागेको बिरामीले दिनको २ ३ पटक लिदा फाईदाजनक हुन्छ ।

उत्पादन र बजारः

धंयरोको कर्णालीबाट कम मात्रामा व्यापार हुने भएकोले यसको व्यापारिक परिमाणको बारेमा यकिन गर्न सकिंदैन । २०७७ सालमा कणांलीका किसानहरूले धेयेरो प्रति किलो रु ६० ७० मा बिक्री गरेका थिए । यसको मुख्य बजार भारत हो।

संरक्षणको अवस्थाः

हालसम्म यसको अवस्था प्रकृतिक रूपमा सन्तोषजनक रहेको छ। IUCN Red list अनुसार यो बनस्पति कम चासो भएको (LC) वनस्पति सूची अन्तर्गत पर्दछ ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार