परिचयः
बज्रदन्ती करिब ६० से मी सम्म लामो हुने झार वर्गको बहुवर्षीय वनस्पति हो। यसको जरा मोटो, बलियो र गाढा खैरो रंगको हुन्छ। यसको पात संयुक्त, सानो भेट्नु भएको, प्रत्येक पत्र सानो, ३- ४५ से. मी लामो २१५ - २ से मी चौडा, ठुलो र सानो पात एकपछि अर्को गर्दै आएको, माथिको पात ठूलो र तलको सानो, किनारमा दांती भएको, चांदी जस्तो टल्कने हुन्छ। प्रत्येक पत्रको मयिल्लो भाग हरियो र तलको भाग झुसजस्ता रौं भएका चांदी जस्तो टल्कने हुन्छ। यसका फूल डाँठको टुप्पोमा फुल्छ र पहेंलो रंगको हुन्छ । यसको फूल फुल्ने समय असार देखि श्रावण र फल लाग्ने समय असोज देखि कार्तिक हो।
उपलब्धताः
यो नेपालभरको पूर्व देखि पश्चिम सम्म १६०० - ४८०० मिटरसम्मको उँचाइमा खुल्ला चौर र चरन क्षेत्रहरूमा पाईन्छ । कर्णाली प्रदेशका निम्न स्थानहरूमा यो बिरुवा पाईएको अभिलेख छ जुम्ला ३७३० मी., सुर्खेत- कतुकुवा, सिधापाइला, रानीमत्ता, दैलेख डाडांमाडी १२२० मी.), सिलङ्गि बजार १४१० मी., खम्बगाडे १६५० मी।, कुसापानी १९१० मी।, पानीपोखरी (२०२० मी, रातोखोला घोडाबास, ताल पोखरी, पानीटेडी, डोसार, छन्ना-भवासेन-२२०० मी सल्यान ।
संकलन समयः
असोजदेखि मंसिरसम्म यसको जरा संकलन गरिन्छ । व्यापारमा आउने भागबारे जानकारीः यसको जरा प्रयोगमा आउंछ यिसको जरा शुरुमा हल्का गुलाबी र पछि खैरो रंगको, सुकेको जरा खैरो रंगको, ५ - १० से मी लामो हुन्छ। व्यास १ में मी जति भएको यसको जराको माथिल्लो भागमा पुराना पातको तलतिरको बचेको र केही नयां स-साना पातहरू हुन्छ र हल्का खैरो झुस पनि हुन्छ। सुकेको जरा सजिलै भांच्न सकिदैन तर भाचेर हेदां खैरो भागमा स-साना सेता चोप्लाहरूको गोलाकार आक्ति हुन्छ । स्वाद टरों, मुख बाँच्ने खालको हुन्छ ।
प्रयोगः
स्थानीयः जुम्ला, कालिकोट र मुगुमा स्थानीय रूपमा यसको जरालाई घाँटीको संक्रमण हुँदा, रुघा, खोकीमा प्रयोग गरिन्छ । साथसाथै अपच हुँदा र ग्यास्ट्रिकमा पनि यसको प्रयोग गरिन्छ ।
आयुर्वेदः यसको जराको धुलो प्राचीनकाल देखि दांतको दुखाईमा एव दन्तमंजन को रूपमा प्रयोग हुँदै आइरहेको पाइन्छ ।
अन्य औषधिः
अन्य औषधिको रूपमा यसलाई पेट दुख्दा र जुका पर्दा प्रयोग गरिन्छ ।
औधोगिकः
यसको व्यापारिक रूपमा दन्तमंजन बनाउन प्रयोग हुन्छ ।
उत्पादन र बजारः
कणर्णालीबाट निकै कम मात्रामा वज्रदन्तीको व्यापार हुने गरेको वन विभागको तथ्यांकले देखाउँछ । औपत २०० किलो प्रतिवर्ष व्यापार भएको तथ्यांक छ । यसको २०७८ साल को अनुमानित बजार मूल्य रु १५० - १८० (संकलनले पाउने मूल्य र रु २०० - २५० प्रति किलो (जिल्लाका व्यापारीले पाउने मूल्य) रहेको छ ।
संरक्षणको अवस्थाः
बञ्जदन्ती एक आवश्यक औषधीय विरुवा भएतापनि हालसम्म संरक्षणमा संलग्न निकायहरूको संरक्षण सूची जस्तै IUCN-category, CITES-category मा वजूदन्ती समावेश गरिएको छैन ।
Source : कर्णाली प्रदेशमा रहेका व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका