बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

अदुवा भण्डारण प्रविधि

सोमबार, असार ३२ २०८१
8 views
अदुवा भण्डारण प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

पृष्टभूमिः
ताजा अदुवामा ८०—८५ % पानीको मात्रा हुने हुँदा अदुवा भण्डारण गर्दा सुक्ने, चाउरीने जस्ता समस्या देखिनुका साथैटुसा आई गुणस्तर घट्न जानेतथा कुहिएर नोक्सान हुने हुदा अदुवाको सुरक्षित भण्डारणका लागी उचित प्रविधि अपनाउनु आवश्यक हुन्छ । वीउका लागी सुरक्षित भण्डारण गर्न नसक्दा सालाखाला २०% सम्म भण्डारण क्षती हुने गरेको पाईन्छ । वीउ प्रयोजनका लागी उचित तरीकाले भण्डारण नगरेमा लामो टुसा आई वीउको गुणस्तर घटी दरीलो पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पर्दछ । अदुवालाई १२—१४० से. तापक्रम र ६५—७० % सापेक्षिक आर्द्रता भएको वातावरणमा ५÷६ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । अदुवालाई उपरोक्त वातावरण उपलव्ध हुने गरि

निम्न तरिकावाट सुरक्षित भण्डारण गर्न सकिन्छ :
१) खाडल भण्डारण तरीका : 
परम्परागत खाडल भण्डारण तरिकामा केहि सुधार ल्याई निम्नानुसारको प्रविधि अपनाएर सुरक्षित अदुवा भण्डारण गर्न सकिन्छः

१. बगेको पानी नजम्ने, छायां पर्ने र हल्का भिरालो ठाउँमा १ मिटर लम्बाई, १ मिटर चाख्लो र १ मिटर गहिराई भएको खाडल बनाउने । यसरी बनाएको १ घन मिटर खाडलमा ३५० किलो अदुवा भण्डारण गर्न सकिन्छ ।
२. भण्डारण गर्ने अदुवा थोरै भए खाडल सानो बनाएपनि हुन्छ । एक मिटर भन्दा गहिरो खाडल आर्थिक दृष्टिकोणले उपयुक्त हुँदैन । साथै भण्डारण गरेको अदुवा झिक्दा धेरै कुल्चिएर टुसा भांचिई वीउ गुणस्तरमा नकारात्मक असर पर्दछ ।
३. खाडललाई एक हप्ता सूर्यको प्रकाशले निर्मलीकरण गरी सकेपछि पुन झार जंगल जलाउनुका साथै बिषादी प्रयोग गरी निर्मलीकरण गर्दा उपयुक्त हुन्छ ।
५. खाडलको पिंधमा करीब एक ईन्च बाक्लो हुने गरी बालुवा वा धानको मोटो भूस वा काठको धुलो बिछ्याउनुपर्दछ ।
६. उपचारित अदुवाको गानोहरु बोक्रा नखुईलिने गरी चाङ लगाएर ६ ईन्च बांकि राखी पुरा खाडल भर्नु पर्दछ ।
७. खाडल काठको फ्ल्याकले ढाक्ने, बिच भागमा पर्ने गरी फ्ल्याकमा २ ईन्चको प्वाल पारी ३ फिट लामो पाईप वा भित्रको गाँठो फालेको बांस खडा गरी राख्नु पर्छ ।
८. छायाँ दिनका लागि अस्थाई छाप्रो बनाउनु पर्छ । जसले पानी पस्नबाट जोगाउँछ र तापक्रम घटाउन मद्दत गर्दछ ।
९. खाडलको चारैतिर कुलेसो काटी पानी पस्नबाट बचाउनुपर्दछ ।
१०. खाने प्रयोजनका लागी भण्डारण गरीने अदुवा बिषादीले उपचार नगरी राख्नुपर्दछ ।
११. अदुवा रोप्ने कार्य ढिला हुने भएमा भण्डारणमा लामो टुसा आउने हुँदा वीउ खाडल बाट बाहीर निकाली ४÷५ दिन बाहीर राखी पुनः खाडलमा राखीदिनु पर्दछ ।

खाडल भण्डारणका बिशेषताहरु :
- भण्डारण प्रबिधी सस्तो भएकोले सबै कृषकले अपनाउन सक्दछन्।
- यो भण्डारण प्रबिधी १००० मि. देखि १६०० मि. उच्च मध्य पहाडी क्षेत्रमा उपयोगी हुन्छ ।
- वीउ अदुवा मंसिर देखि चैत्र सम्म ४—५ महिना सुरक्षित भण्डारण गर्न सकिन्छ ।
- भण्डारण गरेको अदुवाको तौल ५—१०% सम्म मात्र घट्न जान्छ ।

२) सेलार स्टोरमा भण्डारण :
सेलार स्टोरमा २००० — ३००० कि.ग्रा. अदुवालाई ६—७ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । यसका लागि कोठा भित्रको तापक्रम १२ — १४ डि.से. सापेक्षिक आद्र्रता ६०—७५ प्रतिशतमा रहने गरी ब्यबस्था मिलाउनु पर्दछ । आबश्यकता अनुसार सानो वा ठूलो आकारमा निर्माण गर्न सकिने यो भण्डारण तरीकाको लागि मध्य पहाडी
क्षेत्रमा दक्षिण फर्केको भिरालो कान्लामा जमीन मुनी ७ फिट ल., ८ फिट उंचाई, ७ फिट चौडा आकारको कोठा बनाउंदा उपयुक्त हुन्छ । यसको गारो सुख्खा ढुंगाको बनाईन्छ र माटोको भित्ता र ढुंगाको गारो बीचमा बालुवा राख्नु पर्छ । बालुवा माथी हरेक १ फिटको अन्तरालमा थोपा थोपापानी खस्ने गरी पोलीथियन पाईप प्वाल पारी सेट गर्नु पर्छ र चुहिएको बढी पानी स्टोर बाहीर जाने ब्यबस्था मिलाउनुपर्छ । सेलार स्टोरमा आबश्यक आद्र्रता कायम गराई राख्न ढोकाको तल्लो भागमा जाली लगाई प्वाल बनाउनुपर्छ । हावा संचारका लागी स्टोरको छत माथी ४ ईन्च ब्यासको २÷३ वटा पाईप अंग्रजी अक्षर “त्” आकारमा राख्नु पर्छ । छत बनाउँदा काठमाथी पोलीथिन सीट र माटो पत्र बनाएर पानी नपस्ने गरी छोप्नु पर्दछ । यसरी सेलार स्टोर निर्माण भए पश्चात सेलार
स्टोर भित्र धेरै अदुवा अट्ने गरी बाँसको कप्टेरा प्रयोग गरी ¥याक बनाएर अदुवाको भण्डारण गर्नु पर्दछ ।

सेलार स्टोर भण्डारणका बिशेषताहरु : 
- सेलार स्टोर भण्डारण प्रबिधिमा अदुवाको २०००—३००० कि.ग्रा. सम्म सुरक्षित भण्डारण गर्न सकिने भएकाले व्यावसायीक कृषकले अपनाउन सक्दछन्।
-  यो भण्डारण प्रबिधी १५०० मि. उच्च मध्य पहाडी क्षेत्रमा उपयोगी हुन्छ ।
- वीउ अदुवा मंसिर देखि चैत्र सम्म ४—५ महिना सुरक्षित भण्डारण गर्न सकिन्छ ।
- भण्डारण गरेको ६ महिना पछि पनि अदुवाको तौलमा १५—२० % सम्म मात्र कम हुन आउछ ।

- समय—समयमा निरिक्षण गर्न सजिलो हुन्छ ।

ग) भकारी भण्डारण : 
यस प्रकारको भकारीमा अदुवालाई ६—७ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ ।

अदुवावाली अनुसन्धान कार्यक्रममा गरिएको परिक्षणमा एक वर्षको नतिजामा यो
प्रविधि उपयूक्त पाईएको भएतापनि यस प्रविधि अझै अनुसन्धानको प्रकृयामा रहेको छ । आबश्यकता अनुसार सानो वा ठूलो आकारमा निर्माण गर्न सकिने यो भण्डारण तरीका

मुख्यतया दुई किसिमको वनाउन सकिन्छः
१) वासको चोयाको भकारीः
- यस प्रकारले १ मी.ह् १ मी.ह् १ मी. आकारको भकारी निर्माण गर्दा ८० ह् ८० से.मी को ४ पिस टुक्राहरुलाई चार कुनामा गाडिएको वासको खम्वाको सहायताले जोडी २० से.मी को दुरीमा पुनः १०० ह् १०० से..मी को ४ पिस टुक्राहरुलाइ सोहि अनुरुप जोडेर भकारीको निर्माण गर्ने ।

-  दुई साईजका मान्द्रोको विचमा खाली छोडिएको २० से.मी भागमा क्रमसः दिन विराएर ५—१० से.मी प्रति दिनका दरले गोवर र माटोको लेदोलाई भकारीको माथी सम्म पुरा भर्दै जानु पर्छ ।
- दुई साईजका टुका्रहरुको विचमा राखीएको गोवर र माटोको लेदोलाई पूर्ण रुपमा सुक्न दिने ।
- भकारीको तल्लो तहमा १० से.मी जति वालुवा राखेर २५ से.मी जति अदुवा राखी पूनः १० से.मी वालुवा राख्ने र क्रमस सोहि अनुरुपले अदुवा र वालुवाको तह तह वनाई राख्ने ।-  भकारीको माथिल्लो तहमा पनि सोहि तरीकाले १० से.मी जति वालुवा राखी माथिवाट
प्लास्टिकले ढाकिदिने ।

२) काचो ईट्टाकोभकारीः
- यस प्रकारको भकारी निर्माण गर्दा गोवर र माटोको समीसश्रण वाट वनेको काचो ईट्टाको प्रयोग गर्नु पर्दछ ।
-  ईट्टा सुकिसके पछि क्रमस माटोले जोडि आवश्यकता अनुरुपको भकारीको आकार निर्माण गर्नु पर्दछ ।
- यसरी भकारी निर्माण भएपछि वासको चोयावाट वनेको भकारी जस्तै वालुवा १० से.मी. र अदुवा २५ से.मी ले क्रमस राखी अदुवाको सुरक्षित भण्डारण गर्न सकिन्छ ।

भकारी भण्डारणका बिशेषताहरु :
- यो भण्डारण प्रविधि अपनाउदा प्रत्येक वर्ष निर्माण खर्च नलाग्ने ।

- कोठा भित्र नै भण्डारण गरिने हुदाँ चोरीको सम्भावना कम हुने ।
-  वीउ अदुवा मंसिर देखि चैत्र सम्म ४—५ महिना सुरक्षित भण्डारण गर्न सकिन्छ ।

Source : वशिष्ठ आचार्य, प्रविधिक अधिकृत - अदुवा वाली अनुसन्धान कार्यक्रम, कपुरकोट सल्यान

थप समाचार